पत्रपत्रिका

    Showing 721-730 of 1,241 items.
  • वैकल्पिक विधिबाट परीक्षा लिन सुझाव

    काठमाडौँ( गोरखापत्र दैनिकबाट) कक्षा १२ को स्थगित परीक्षाको दीर्घकालीन रूपमा निकास दिन उपयुक्त हुने सुझाव दिइएको छ । परीक्षा दुई–दुई पटक स्थगित गरिएको र अझै पनि भौतिक रूपमा परीक्षा हुन कठिनाइ हुनसक्ने भएकाले विकल्प दिएर परीक्षा सञ्चालन गर्नु उपयुक्त हुने अभिभावकको सुझाव छ । नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले कक्षा १२ को परीक्षा विद्यार्थीको भौतिक उपस्थिति तथा अनलाइन विधिबाट सञ्चालन गर्नुपर्ने बताउनुभयो । लामो समय परीक्षाबारे अन्योल हुनुभन्दा दुवै विधिबाट परीक्षा सञ्चालन गरेर निकास दिनुपर्ने उहाँको जोड छ ।उहाँले विद्यालयमा कक्षा ११ को परीक्षा सञ्चालन हुने, विश्वविद्यालयको उच्च शि

    • प्रकाशित मितिः साउन २८, २०७८
    • 92 पटक पढिएको
  • एमालेमा एकताको ढोका बन्द, विद्रोहको तयारी

     काठमाडौं (नागरिक दैनिकबाट )//नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान संशोधनसहित सांगठनिक कार्यसम्बन्धी प्रक्रिया अघि बढाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले एकताको ढोका बन्द भएको निष्कर्षसहित विद्रोहको तयारी गरेको छ।अध्यक्ष ओलीले पार्टीभित्र उत्पन्न विवाद सुल्झाउनुभन्दा एकलौटी ढंगले विधान संशोधनलगायतका प्रक्रिया अघि बढाएपछि नेपाल पक्षले देशव्यापी रुपमा समानान्तर कमिटी बनाउँदै विद्रोहको तयारी गरेको हो।‘अहिले माधव नेपालले आफू पक्षका केन्द्रीय सदस्यलाई फोनबाट विद्रोहका लागि तयार रहन र त्यहीअनुसार संगठन बनाउन निर्देशन दिइरहनुभएको छ’, नेपाल निकट एक केन्द्रीय सदस्यले भने।ओलीले ए

    • प्रकाशित मितिः साउन २८, २०७८
    • 70 पटक पढिएको
  • कोरोना संक्रमणपछि नसा र स्नायुमा समस्या, पक्षघातको सम्भावना

     काठमाडौं (गोरखापत्र दैनिकबाट)//कोरोना सङ्क्रमित भएको दुई महिनापछि हात दुख्ने समस्याले सताउन थाल्यो ४५ वर्षीय रजिस कार्कीलाई । “किन हात दुखेको थाहै नपाएपछि आफैँले नदुख्ने औषधि सेवन गर्न थालेँ”, उनले भने, “दुखाइ झन् झन् बढ्न थाल्यो कम हुने नाम नै लिँदैन र डाक्टरकोमा जचाउन गएँ ।” कार्कीले थपे, “तर उपचार गराउन धेरै ढिला भएको भए पक्षघातसम्म हुने सम्भावना रहेको चिकित्सकले जानकारी दिनुभएको थियो ।” उनका अनुसार उनलाई कोरोना सङ्क्रमण भएपछि निको भएको थियो । पछि त्यसैको कारण नसामा समस्या भएको चिकित्सक जानकारी दिए ।कार्की मात्र नभएर पोस्ट कोभिडका कारण धेरैलाई नसा तथा स्नायुमा समस्या देखिएको वरिष्ठ न्

    • प्रकाशित मितिः साउन २८, २०७८
    • 74 पटक पढिएको
  • एमसीसीमा सभामुख अनिच्छुक, तत्काल संसदमा अघि नबढाउने

    काठमाडौं (आर्थिक अभियान दैनिकबाट)// सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशनअन्तर्गतको सहयोग सम्झौता अनुमोदनका लागि तत्काल संसदमा अघि नबढाउने संकेत देखाएका छन् ।पूर्वप्रधानमन्त्री तथा विपक्षी दलका नेता केपी शर्मा ओलीले एमसीसीबारे के गर्नुहुन्छ भनी चेतावनीयुक्त भाषामा प्रधानमन्त्री शेरबहादुर देउवालाई रोस्ट्रमबाटै प्रश्न गरेको भोलिपल्टै बुधवार पत्रकारहरूसँगको कुराकानीमा उनले उक्त संकेत गरेका हुन् । उनले एमसीसीमा राष्ट्रिय सहमति जरुरी रहेकाले तत्काल अनुमोदन गरी कार्यान्वयनमा आउने अवस्था नरहेको बताए ।‘एमसीसी सम्झौता पारित गर्न राष्ट्रिय सहमति आवश्यक हुन्छ, त्यो पनि भ

    • प्रकाशित मितिः साउन २८, २०७८
    • 41 पटक पढिएको
  • प्रश्नपत्र लिक प्रकरणः तीन प्रहरीलाई बर्खास्त गर्न सिफारिस

    काठमाडौं (राजधानी दैनिक बाट)//संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीको प्रि–स्याट छनोट परीक्षाको प्रश्नप्रत्र ‘लिक’ प्रकरणमा मुख्य दोषी देखिएका तीन जनालाई तत्काल बर्खास्त गर्न सिफारिस गरिएको छ ।प्रश्नपत्र लिक भएपछि छानबिन गर्न गठित समितिले छानबिनपश्चात् बुधबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीलाई प्रतिवेदन बुझाउँदै तीन जनालाई बर्खास्त गर्न र विभिन्न तहका अन्य ११ प्रहरीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको हो ।प्रतिवेदनमा समितिले प्रश्नपत्र लिक प्रकरणमा मुख्य दोषी देखिएका प्रहरी नायब निरीक्षक जनक थापा, परिचर सुरेश बम र हबल्दार कुमार शाहलाई प्रहरी सेवाबाटै बर्खास्

    • प्रकाशित मितिः साउन २८, २०७८
    • 63 पटक पढिएको
  • समुदायस्तरमै फैलिन थाल्यो कोरोना

    काठमाडौं ( राजधानी दैनिकबाट)// कोरोना समुदायस्तरमै फैलिन थालेपछि सरकारले जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन गर्न आमनागरिकलाई अपिल गरेको छ । साउन महिनाको हालसम्म दैनिक कोरोना परीक्षणदर हेर्दा संक्रमित हुनेदर २० देखि २५ प्रतिशतको हाराहारीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।हाल देशभर कोरोना संक्रमणदर उच्च रहेको छ । काठमाडौं उपत्यकासहित देशभरका १९ जिल्लामा ५ सय बढी सक्रिय संक्रमित छन् । जसअन्तर्गत प्रदेश १ को मोरङ, सुनसरी, झापा र बाग्मती प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, दोलखा, नुवाकोट रहेका छन् ।यस्तै, गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की, बा

    • प्रकाशित मितिः साउन २८, २०७८
    • 54 पटक पढिएको
  • कांग्रेस महाधिवेशन ३ महिना सार्न गृहकार्य

    काठमाडौँ / कांग्रेसले केन्द्रीय महाधिवेशन तीन महिना सार्ने तयारी गरेको छ । तोकिएको मिति भदौ १६–१९ मा महाधिवेशन हुने सम्भावना टरेपछि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको परामर्शमा मंसिरमा महाधिवेशन गर्ने गृहकार्य गरेका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताले कानुनी आधारबिना महाधिवेशनको कार्यतालिका सार्न नहुने अडान राख्दै आएपछि देउवा औपचारिक रूपमा बोल्न भने सकेका छैनन् । संस्थापन पक्षका नेताहरू महाधिवेशन सार्नेमा सहमत छन् ।देउवाले केही दिनअघिसम्म तोकिएकै मितिमा महाधिवेशन गर्ने बताउँदै आएका थिए । कोभिड–१९ को बढ्दो संक्रमण तथा क्रियाशील सदस्यताको विवाद टुं

    • प्रकाशित मितिः साउन २४, २०७८
    • 42 पटक पढिएको
  • नेपाल बंगलादेश बैंकको खुद नाफा २ अर्बभन्दा बढी, निष्क्रिय कर्जा घट्यो

    काठमाडौँ / गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेपाल बंगलादेश बैंकले रू. २ अर्ब २९ करोड २५ लाख ९२ हजार खुद नाफा गरेको छ । आइतवार सार्वजनिक बैंकको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार अघिल्लो वर्षभन्दा ८४ दशमलव १७ प्रतिशतले नाफा बढेको हो । अघिल्लो वर्ष यस अवधिसम्म बैंकको नाफा रू. १ अर्ब २४ करोड ४८ लाख ४६ हजार थियो । गत वर्ष सञ्चालन नाफा ७४ दशमलव ६८ प्रतिशत बढी रू. ३ अर्ब २० करोड ८९ लाख २२ हजार भएको छ । सञ्चालन नाफा बढेकाले पनि बैंकको खुद नाफा बढ्नमा सहयोग मिलेको हो ।गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा पनि अघिल्लो वर्षभन्दा २२८ दशमलव ४९ प्रतिशत वृद्धि भएको छ । अघिल्लो वर्ष रू. ४४ करोड ९१ ला

    • प्रकाशित मितिः साउन २४, २०७८
    • 55 पटक पढिएको
  • शैक्षिक क्षेत्र डामाडोल

    काठमाडौँ / कोरोना महामारीका कारण विद्यालय डेढ वर्षदेखि बन्द छन्। विद्यालय कहिले खुल्ने हुन्, अझै टुंगो छैन। साढे ३५ हजार विद्यालयमा भौतिक रूपमा उपस्थित भएर पठन–पाठन ठप्पप्रायस् छ। कतिपयले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्। विद्यालय र विश्वविद्यालय बन्द हुँदा ८६ लाखभन्दा बढी विद्यार्थीको भविष्य अन्योलग्रस्त छ। विद्यालय स्तरमा ८१ लाख र विश्वविद्यालयमा ५ लाखभन्दा बढी अध्ययनरत छन्। कोरोना महामारीका कारण शिक्षा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको विज्ञहरू बताउँछन्। २०७६ चैत ११ गते लकडाउन सुरु हुनुभन्दा केही अघिदेखि नै शैक्षिक क्षेत्र बन्द गरिएका थिए। पहिलो लहरको संक्रमण कम भएपछि खुल्न थाले

    • प्रकाशित मितिः साउन २४, २०७८
    • 46 पटक पढिएको
  • अब ५५ वर्षमाथिलाई खोप

    काठमाडौँ  / चीनबाट खोप आउने निश्चित भएपछि सरकारले ५५ देखि ६२ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउने तयारी गरेको छ । यसअघि ६२ वर्षभन्दा माथिल्लो उमेर समूहलाई भारतबाट आएको कोभिसिल्ड र चीनको भेरोसेल खोप लगाइएको थियो । चीन सरकारले अनुदानमा दिएको १० लाख डोज खोप काठमाडौं उपत्यकामा ६० वर्षमाथिका र बाहिरी जिल्लामा ६२ भन्दामाथिका नागरिकलाई लगाइसकिएको छ । हिमाली जिल्ला र काठमाडौं उपत्यकामा १८ वर्षमाथिका केहीले पनि खोप लगाएका छन् । ‘अबको चरणमा ५५ वर्षमाथिका सबैलाई पहिलो खोप लगाउने सूची केही दिनमा सार्वजनिक गर्दै छौं,’ स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले भने ।

    • प्रकाशित मितिः असार २०, २०७८
    • 66 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा