काठमाडौं (राजधानी दैनिकबाट )// जनता समाजवादी पार्टी नेपालका १८ जना केन्द्रीय सदस्यसहित २० जनाले उपेन्द्र यादव समूह छाडेको घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बिष्णुजंग बस्नेतसहित १८ जना केन्द्रीय सदस्य र दुई जिल्ला सदस्यले जसपाको उपेन्द्र यादव समूह परित्याग गर्ने घोषणा गरेका हुन् ।उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरम नेपालले पार्टी एकता गर्दा गरेको प्रतिवद्धतालाई लत्याउँदै पार्टीलाई केही व्यक्तिको प्राइभेट लिमिटेडका रूपमा चलाएको आरोप समेत उनीहरूले लगाएका छन् ।पत्रकार सम्मेलनमा जसपाका केन्द्रीय सदस्य समेत रहेका भाडावाल सरोकार समाजका अध्यक्ष बिष्णुजंग
काठमाडौं ( नागरिक दैनिक बाट )//। संसद् अधिवेशन अन्त्य भएसँगै राजनीतिक दलसम्बन्धी अध्यादेश आउने आशंकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र तरंग पैदा भएको छ। सरकारले सोमबार अचानक संसद् अधिवेशन अन्त्य गरेपछि एमालेका दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन्।एमाले अध्यक्ष केपी ओली निवासमा उनी पक्षका नेता छलफलमा जुटेका छन्। ‘राजनीतिक दलसम्बन्धी अध्यादेश आए त्यसको प्रतिवाद गर्नेगरी छलफल अघि बढेको छ’, ओली निकट एक नेताले भने। छलफलपछि ओलीले राति नै विज्ञप्ति जारी गरी सरकारले पार्टी विभाजन गर्नेगरी अध्यादेश ल्याउन लागेको भन्दै आपत्ति जनाएका छन्।पार्टी विभाजन गर्नेगरी कुनै पनि प्रकारको अध्यादेश आए त्य
काठमाडौं (गोरखापत्र दैनिकबाट )// मुलुकको राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति एवम् रणनीति तर्जुमा गर्न र सक्षम जनशक्ति तयार गर्ने उद्देश्यसहित निर्माण गर्न लागिएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ ।काभ्रेको पनौतीमा सञ्चालन हुने सो विश्वविद्यालय सञ्चालन गर्ने सिलसिलामा तयार पारिएको विधेयकको मस्यौदा तयार भइसकेको नेपाली सेनाले जनाएको छ ।नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोषबल्लभ पौड्यालले विश्व विद्यालयको सङ्काय (फ्याकल्टी) तथा अध्ययन अध्यापनको विषय छनोट गरी आवश्यक पाठ्यक्रम विकाससमेत सुरु भइसकेको बता
काठमाडौं (राजधानी दैनिक बाट)। सरकारले द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा रहेका नेपालीलाई उद्धारको संयोजन गर्न समिति गठन गरेको छ । सरकारले अफगानिस्तानमा समस्यामा परेका नेपालीलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकत्वमा समिति गठन गरेको हो ।प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले सो जानकारी दिएका हुन् । गृह मन्त्रालय, अर्थ मन्त्रालय, श्रम मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, रक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी र सीसीएमसीको सहसचिव तहको प्रत
काठमाडौं (राजधानी दैनिकबाट)//। नेपाली कांग्रेसले पालिका अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता हुनेगरी विधान संशोधन गरेको छ । कांग्रेसको शनिबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यको अधिकार कटौती गर्दै पालिका अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता हुन पाउनेगरी विधान संशोधन गरेको हो ।यसअघि भने कांग्रेस विधानमा पालिकाभित्र रहेका सबै क्रियाशील सदस्य अधिवेशनका सदस्य हुने प्रावधान थियो । कांग्रेस नेता रमेश लेखकले कोरोना महामारीलाई ध्यान दिँदै अधिवेशनमा भीडभाड नहोस् भनेर यस्तो व्यवस्थासहितको विधान संशोधन गरिएको जानकारी दिए ।संशोधित विषय मंसिरक
काठमाडौं (राजधानी दैनिकबाट)//कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडा बनाउने तयारी गरिएको छ ।स्वास्थ्यसँग सम्बन्धित निकायले काठमाडौं उपत्यकालाई ‘रेड जोन’ मा राखेको भन्दै उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रसासन कार्यालयले जारी निषेधाज्ञालाई थप कडाइ गर्ने तयारी गरेका हुन् ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले स्वास्थ्यसँग सम्बन्धित निकायले काठमाडौंलाई कोरोनाको रेड जोन मानेको र संक्रमितको संख्या बढ्दै जाँदा निषेधाज्ञाको मोडालिटीमासमेत थप कडाइ गर्नुपर्ने अवस्था सिर्जना हुँदै गएको बताए ।उनले आमसर्वसाधारणले महामारी
काठमाडौं ( राजधानी दैनिक बाट )//नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पार्टीको सबै कमिटीमा महिला र दलितका लागि ५० प्रतिशत कोटा सुरक्षित गर्ने निर्णय गरेको छ ।दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठक आइतबार सम्पन्न गर्दै माओवादी केन्द्रले यस्तो निर्णय गरेको हो । बैठकको निर्णय विषयमा जानकारी दिँदै स्थायी कमिटी सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीका विभिन्न तहका कमिटीमा महिला, दलितका लागि कोटा निर्धारण गरेको बताए ।बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गर्दै केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला र १५ प्रतिशत दलित रहनेगरी कोटा नि
इलाम (अन्नपूर्ण पोस्ट दैनिक बाट) //संयुक्त अनुगमन समितिले हालै कन्याम चिया बगानको विषादी भण्डारण गृह सिल गरेको छ । कडा विषादी प्रयोग मापदण्डविपरीत हुने गरेकाले अनुसन्धान गर्नुपर्ने त्यससम्बन्धी सूचनामा जनाइएको छ । बगानको स्वामित्व लिएको चिया विकास निगमले तीन दिनपछि गल्ती स्वीकार गर्यो। व्यवस्थापक लोकनाथ दंगालले भने, ‘नयाँ कर्मचारी आएकोले भूलवश विषादी खरिद गरेको रहेछ। त्यो पनि १ लिटर जति मात्र रहेछ। त्यहाँ पनि भुलचुक भएको छ।’ जहाँ क्लोरोपाइरिफस, साइपर मेथिनलगायत भेटिएको थियो। यी विषादी छर्किएपछि २१ दिनसम्म कुनै पनि कृषिउपज प्रयोग गर्न मिल्दैन। तर, हातले टिपेको चिया (मेसिनले पनि टिप्
काठमाडौं (आर्थिक अभियान दैनिक बाट )//। हरियो तरकारीको मूल्य २ सय ४० प्रतिशत सम्मले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले उपलब्ध गराउने दैनिक मूल्य सूचीअनुसार गएको १ महीनाभित्र तितेकरेला, लौका, फर्सी, काँक्रो, भिन्डीलगायत तरकारीको मूल्य घटेको पाइएको हो । निषेधाज्ञापछि कालीमाटीमा तरकारीको आयात बढेकाले मूल्य घटेको हो ।गएको असार ३० गते प्रतिकिलो ८५ रुपैयाँ थोक मूल्य रहेको तितेकरेलाको मूल्य १ महीनाको अवधिमा २ सय ४० प्रतिशतले घटेर प्रतिकिलो २५ रुपैयाँ कायम भएको छ । यसअघि प्रतिकिलो १ सय १५ रुपैयाँ रहेको घिउ सिमीको मूल्य २ सय २८ प्रतिशतले घटेर प्रतिकिलो ३५ रुपैयाँ पुगेको छ । ७५
काठमाडौं(नयाँ पत्रिका दैनिक बाट )// उपचारका लागि भारतको नयाँ दिल्लीमा रहेका एमाले नेता झलनाथ खनालसँग एमाले नेताहरुले भेटवार्ता गरेका छन्। दिल्लीमा खनालसँग सुरेन्द्र पाण्डे र भीम आचार्यको भेट गरेका हुन्।आचार्यका अनुसार खनालले पार्टी विभाजनको खतरा रोकेर एमालेलाई एकतावद्द बनाउनुपर्नेमा जोड दिए। भेटमा खनालले टुट(फुटको कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्न उनले जोड दिएको उनले बताए।‘विभाजनको सम्भावना रोक्न र एकतावद्ध पार्टी बनाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो’ आचार्यले भने।मृगौला प्रत्यारोपण गरेका खनालको स्वास्थ्यमा क्रमशः सुधार भैरहेको र १५ भदौभित्र डिस्चार्ज भएर फर्किने सम्भावना रहेको
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.