पत्रपत्रिका

    Showing 541-550 of 1,254 items.
  • देउवा सरकारमा उपप्रधानमन्त्री नहुने

    बिर्तामोड (राजधानी दैनिकबाट) प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा उपप्रधानमन्त्री नराख्ने भएका छन् ।प्रधानमन्त्री देउवानिकट नेता मीन विश्वकर्माका अनुसार गठबन्धन आबद्ध दलबाट उपप्रधानमन्त्री बनाउँदा उपप्रधानमन्त्री धेरै राख्नुपर्ने बाध्यताका कारण प्रधानमन्त्री देउवा सरकारमा उपप्रधानमन्त्री राख्न अनिच्छुक देखिएका हुन् ।‘प्रधानमन्त्रीले सरकारमा यसपटक उपप्रधानमन्त्री राख्न चाहनुभएको छैन, तीन दलबाट तीन जना उपप्रधानमन्त्री बनाउन उहाँ इच्छुक हुनुहुन्न,’ देउवानिकट नेता विश्वकर्माले भने । 

    • प्रकाशित मितिः असोज १२, २०७८
    • 116 पटक पढिएको
  • विमानस्थलमा ऐतिहासिक सम्पदा बेवारिसे अवस्थामा

    बिर्तामोड (आजको नेपाल समाचारपत्र दैनिकबाट) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र ऐतिहासिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण पाटी र ढुंगेधारा (फल्चा र हिटी) ५२ वर्षदेखि बेवारिसे अवस्थामा रहेको पाइएको छ ।काठमाडौं महानगरपालिका–३२, पुरानो सिनामंगलमा रहेको विमानस्थल परिसरभित्र सो पाटी र त्यसको वरिपरि दुई–दुई वटा ढुंगेधारा रहेको छ । सिनामंगल चोकबाट पश्चितर्फ करिब डेढ सय मिटर पर रहेको सो पाटी र ढुंगेधारा २०२१ सालको नापीमा समेत उल्लेख गरिएको छ ।राजा महेन्द्रले २०११ सालमा जीर्णोद्धार गरेको यो पाटीलाई महेन्द्र फल्चा पनि भनिन्छ । फल्चा वरिपरि महेन्द्र पालाका ईंटाहरू पनि छन् । त्यस वरिपरि दुई ढुंग

    • प्रकाशित मितिः असोज १२, २०७८
    • 123 पटक पढिएको
  • एमालेका पन्ध्र सय जनप्रतिनिधिले नेकपा एस रोजे

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट) नेपाल कम्युनिस्ट पार्टी ९एमाले० बाट विजयी भएका एक हजार ५०५ जना जनप्रतिनिधिले नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० रोजेका छन् ।त्यस्तै जनता समाजवादी पार्टीबाट विजयी भएका ९२१ जनाले पनि नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् । यही भदौ ९ गते एमालेबाट अलग्गिएर माधवकुमार नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० तथा महन्थ ठाकुर नेतृत्वको अध्यक्षतामा लोसपा गठन भएको थियो ।संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत सदस्यले दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश आएपछि दुवै पार्टी गठन भएको थियो । दुवै दलले भदौ ९ गते नै दल दर्ताको प

    • प्रकाशित मितिः असोज १२, २०७८
    • 123 पटक पढिएको
  • बजेट कार्यान्वयनमा अर्थमन्त्रीको सक्रियता

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गरी वर्तमान सरकारले ल्याएको बजेटलाई सही रूपमा कार्यान्वयन गर्न अर्थमन्त्री जनार्दन शर्माले सक्रियता बढाएका छन् ।समयमै बजेट पारित नहुँदा साता दिन ‘बजेट होलिडे’को सामना गर्नुपरेको वर्तमान सरकारका अर्थमन्त्री शर्माले खर्च गर्नका लागि बाटो खुलेसँगै बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन सक्रियता बढाएका हुन् ।सोमवार मात्रै उनले अर्थ मन्त्रालयका सचिव, योजना आयोगका उपाध्यक्षलाई डाकेर उच्चस्तरीय बैठक गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित बैठकमा प्रतिस्थापन बजेटमा राखिएका नयाँ कार्यक्रम तथा अघि

    • प्रकाशित मितिः असोज १२, २०७८
    • 115 पटक पढिएको
  • को को हुन कांग्रेसबाट मन्त्री बन्ने र?

    बिर्तामोड (राजधानी दैनिक) सत्ता गठबन्धन आबद्ध दलहरूबीच भएको सहमतिअनुसार प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको भागमा सात मन्त्रालय परेको छ ।कांग्रेसबाट हाल सरकारमा गृहमन्त्रीको भूमिका बालकृष्ण खाँण छन् । त्यस्तै, कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र परराष्ट्रमन्त्री डा। नारायण खड्का छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी उमेश श्रेष्ठलाई दिएका छन् ।अब भने कांग्रेसले तीन फुल मन्त्री पाउनेछ । जसमा कांग्रेसभित्रको रामचन्द्र पौडेल समूहबाट दिलेन्द्र बडु मन्त्री बन्ने पक्का जस्तै छ ।त्यस्तै, सो समूहबाटै कांग्रेस महामन्त्री रहेका डा। शशांक कोइरालानिकट

    • प्रकाशित मितिः असोज १२, २०७८
    • 139 पटक पढिएको
  • ‘एमसिसी नेपालका लागि मात्रै संशोधन हुँदैन’

    बिर्तामोड (नागरिक दैनिकबाट ) परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालका लागि मात्र संशोधन हुन नसक्ने बताएका छन्।संयुक्त राष्ट्रसंघको ७६औं महासभामा सहभागी हुन अमेरिका पुगेका खड्काले गैरआवासीय नेपाली संघ रन्युयोर्कस्थित महावाणिज्य दूतको कार्यालयले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा एमसिसी स्ट्यान्डर्ड फम्र्याटमा बनाइएको सम्झौता भएको बताए। एमसिसी नेपालका लागि मात्र नभएर सबै देशका लागि एउटै शैलीमा बनाइएको सम्झौता भएको उनको भनाइ थियो।खड्काले एउटा देशले यो प्रावधान हटाइदेऊ भन्दा अन्य देशले पनि हटाउन आग्रह गर्ने भएकाले एमसिसी सम्झौता गरेका

    • प्रकाशित मितिः असोज १२, २०७८
    • 115 पटक पढिएको
  • तालिवानी शासनः दाह्री काट्न प्रतिबन्ध

    एजेन्सी / तालिबानले नाऊहरूले दाह्री काट्ने वा मिलाउने कुराले इस्लामको आफूहरूको व्याख्याको उल्लङ्घन गरेको बताउँदै अफगानिस्तानको हेलमन्ड प्रान्तमा त्यस्तो कार्य गर्नमा प्रतिबन्ध लगाएको छ।उक्त नियम तोड्ने जोकोहीलाई सजाय दिइने बताइएको छ। राजधानी काबुलका केही नाऊहरूले आफूहरूलाई पनि त्यस्तै निर्देशन दिइएको बताएका छन्।उक्त निर्देशनले विगतमा जस्तै उक्त समूहको कडा शासन फर्किएको सङ्केत गरेको छ। तालिबानले विगतमा जस्तो कडा व्यवहार नगर्ने बताउँदै आएको थियो।गत महिना सत्ता आफ्नो हातमा लिएयता तालिबानले विपक्षीविरुद्ध कडा कारबाही गर्दै आएको छ। शनिवार तालिबानका लडाकुहरूले चारजना सन्दिग्ध अपहरणकारीहरूलाई गोली हा

    • प्रकाशित मितिः असोज ११, २०७८
    • 99 पटक पढिएको
  • दसैंमा सिनेमा हल खुल्ने चलचित्रकर्मीहरुको आशा

    बितौमोड(गोरखापत्र दैनिकबाट ) चलचित्रकर्मीले दशैँको फूलपातीबाट सिनेमा घर खुल्ने आशा गरेका छन् । निषेधाज्ञाका कारण बन्द रहेका उपत्यकाका सिनेमा घरलाई असोजको दोस्रो हप्तादेखि खुल्न दिने निर्णय सरकारले गरेको छ ।नेपाल चलचित्र सङ्घका महासचिव अशोक शर्माले भने, “निर्माताहरूसँग छलफल भइरहेका कारण दशैँको फूलपातीदेखि नयाँ चलचित्र प्रदर्शनीमा आउने लक्ष्य राखेका छौँ । ”नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दहालले अहिले उपत्यकाको सिनेमा घर मात्र खोल्ने निर्णय गरेको हुनाले मौफसलका सिनेमा घर पनि खुला गर्ने प्रयास भइरहेको जानकारी दिए । उपत्यकाबाहेक प्रमुख फिल्म बजार रहेका जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग ह

    • प्रकाशित मितिः असोज ११, २०७८
    • 110 पटक पढिएको
  • लघुवित्तमा बेइमानीः सोझा सदस्यको नाममा किर्ते, कर्मचारीको मिलेमतो

    बिर्तामोड ( नयाँ पत्रिका दैनिक बाट ) जडीबुटी सुकुम्बासी बस्तीमा बस्दै आएकी बाराकी पूर्णिमादेवी कर्णले १७ चैत ०७५ मा महिला लघुवित्त केन्द्र ९महिला अधिकार तथा विकास केन्द्र० मा एक लाख २० हजार कर्जा माग गरेकी थिइन् । नियमित कारोबार गरिरहेकी उनलाई ०७६ वैशाखमा एक लाख कर्जा स्वीकृत भएको भन्दै पहिलो किस्तामा विभिन्न शुल्क कटाएर करिब ७९ हजार रुपैयाँ दिइयो ।बानेश्वर फुटपाथमा कस्मेटिक पसल गर्दै आएकी उनको परिवारले ११ महिनासम्म नियमित किस्ताबापत कुल एक लाख ३० हजार बुझाइन् । ०७६ चैतमा लागू भएको लकडाउनले अन्तिम एक किस्ता तिर्न ढिला भयो । तर, पछि बुझ्दा उनले कर्जा पाएकोभन्दा एक महिनाअगाडि नै एक लाख २० ह

    • प्रकाशित मितिः असोज ११, २०७८
    • 139 पटक पढिएको
  • नियमावली स्वीकृत नहुँदा शिक्षक भर्ना रोकियो

     काठमाडौं  ( नेपाल समाचारपत्र दैनिकबाट) । नयाँ सरकार गठन भएको अढाइ महिना पुगिसक्दा पनि शिक्षामन्त्रीको नियुक्ति हुन नसक्दा शिक्षाका दर्जनभन्दा बढी ऐन, निमावली र कार्यविधि पास हुन सकेको छैन । त्यसको प्रत्यक्ष असर शिक्षा क्षेत्रको नीति निर्माणमा पुगेको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षालाई प्राथमिकतामा राख्न नसक्दा सबै काम अलपत्र परेको छ । शिक्षा मन्त्रालयका उच्च अधिकारीका अनुसार मन्त्री नहुँदा शिक्षक सेवा आयोगको नियमावलीसमेत स्वीकृत हुन सकेको छैन । आयोगका सदस्य–सचिव दिनेश श्रेष्ठले शिक्षक सेवा नियमावली स्वीकृत नहुँ

    • प्रकाशित मितिः असोज ११, २०७८
    • 130 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा