पत्रपत्रिका

    Showing ४५१-४६० of १,२६७ items.
  • विद्युत प्रयोग प्रोत्साहन नीति ल्याउँदै उर्जा मन्त्रालय

    बिर्तामोड (आजको गोरखापत्र दैनिकबाट) नेपालीका लागि विद्युतीय चुलोमा खाना पकाउन सहज हुने भएको छ । विद्युत् अभाव र महँगो महसुल रहेको अवस्थामा हालै माथिल्लो तामाकोसीलगायतका आयोजना नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा थप भएपछि वर्षायाममा मुलुक बिजुलीमा आत्मनिर्भर भएको हो ।अब मागअनुसार बिजुली उपलब्ध हुने अवस्था सिर्जना भएको छ । प्रणालीमा झन्डै दुई हजार मेगावाट बिजुली उपलब्ध भएका सन्दर्भमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भुसालले विदेशी ग्यास छाड्ने र स्वदेशी बिजुली उपभोग गर्ने योजना अगाडि सारेकी छन् ।नेपाल आयल निगमको विवरणअनुसार झण्डै रु ४० अर्ब बराबरको खाना पकाउने एलपी ग्यास नेपाल आयात हुने गरेको छ

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • १९२ पटक पढिएको
  • अध्यादेशमार्फत आउने भयो संघीय निजामती सेवा ऐन

    बिर्तामोड (आजको नागरिक दैनिकबाट) सरकारले संसद्को राज्य व्यवस्था समितिले पास गरेको संघीय निजामती सेवा ऐन केही परिमार्जनसहित अध्यादेशबाट जारी गर्ने गृहकार्य अघि बढाएको छ । विभिन्न गतिरोधका कारण संसद्बाट ऐन ल्याउन नसकेपछि सरकार अध्यादेशको बाटोमा लागेको हो। भदौ २३ बाट सुरु भएको संसद् अधिवेशन शुक्रबार अन्त्य गरिएको छ। संसद् अधिवेशन अन्त्य गरेपछि सरकार अध्यादेशबाट संघीय निजामती सेवा ऐन जारी गर्ने तयारीमा लागेको हो।प्रधानमन्त्री शेरबहादुर देउवा बेलायतबाट फर्केपछि यसबारे टुंगो लाग्ने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले बताए। उनले भने, ‘अहिले त्यसका लागि गृहकार्य भइरहेको छ। संघी

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • १९२ पटक पढिएको
  • नेपाल–भारत आउजाउका लागि परिचयपत्र बनाउने तयारी

    बिर्तामोड (आजको नागरिक दैनिकबाट)  सरकारले सीमा सुरक्षामा कडाइ गर्दै दुवै देशका नागरिकलाई सीमा क्षेत्रबाट आवतजावतका लागि परिचयपत्रको व्यवस्था गर्न भारतसँग प्रस्ताव गर्ने भएको छ। नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै अवैध घुसपैठ हुँदा सुरक्षा चुनौती बढेको भन्दै सरकारले भारत सरकारसमक्ष यस्तो प्रस्ताव राख्ने तयारी गरेको हो।खुला सीमा नाकाको फाइदा उठाउँदै अफगानिस्तान, म्यान्मारलगायतका मुलुकबाट नेपाल पसेकाहरू शरणार्थीका रूपमा यहीं बसोबास गर्न थालेपछि गृह मन्त्रालयले सरोकारवाला निकायहरूसँग छलफल गरेको थियो। त्यसक्रममा नेपाल–भारत दुवै देशका नागरिकलाई आवतजावतका लागि परिचयपत्रको व्यवस्था गर्नुपर्ने र

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • २५० पटक पढिएको
  • सहमहामन्त्री थप्ने देउवा–पौडेलको रणनीति

    बिर्तामोड (आजको नागरिक दैनिकबाट)  कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पार्टीको १४औं महाधिवेशनमा आ–आफ्नो टिम व्यवस्थापन गर्न सहमहामन्त्री पद थप गर्ने रणनीतिमा पुगेका छन्। महाधिवेशन अझै निश्चित हुन नसके पनि दुवै नेता निकटहरूको व्यवस्थापनसहित नेतृत्व प्रतिस्पर्धा सहज बनाउन तीन सहमहामन्त्री थप गर्ने पक्षमा देखिएका हुन् ।दुवै समूहका दोस्रो तहका नेताहरूले सभापतिमै प्रतिस्पर्धा गर्ने जनाउँदै तयारी गरिरहेका बेला सहमहामन्त्रीको पद थप गरेर निकट नेताहरूलाई आफ्नै समूहमा व्यवस्थापन गर्ने रणनीति देउवा र पौडेलले लिएको स्रोतको दाबी छ।सहमहामन्त्री थप गर्दा पद नपाएर अर्को समूहमा जानसक्ने

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • १९२ पटक पढिएको
  • आफ्नै ‘नजिर’ को फन्दामा प्रधानन्यायाधीश जबरा

    बिर्तामोड ( आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट) सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले मुद्दाको पेसी तोक्ने, अरू न्यायाधीश इजलासमा नबस्ने क्रम चलिरहेको छ। यो सिलसिला चलेको चार दिन भयो। इजलास बहिष्कारको ‘नजिर’ भने आफू न्यायाधीश हुँदा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नै बसालेका थिए। विगतमा आफूलाई साथ दिएका सहकर्मीसम्मले अहिले प्रधानन्यायाधीश जबराको आदेशको अवज्ञा गरिरहेका छन्। जबराले त्यस बेला अनपाएको उपाय यस बेला अर्को संस्करण बनेर आफूविरुद्ध नै प्रयोग भइरहेको छ।तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले बिहान १० बजे इजलास तोके। पराजुलीसँग असन्तुष्ट रहेका तत्कालीन न्यायाधीश जबरा समयमै सर्वोच्च पुगे।

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • १८४ पटक पढिएको
  • कामै नगरी टुंगियो संघीय संसद अधिवेशन

    बिर्तामोड (आजको कान्तिपुर दैनिकबाट) सरकार र प्रमुख प्रतिपक्षी एमालेले संघीय संसद्लाई आफ्नो स्वार्थ पूरा गर्ने थलो बनाउन खोज्दा प्रतिनिधिसभाको एउटा सिंगो अधिवेशन कामविहीन भएर टुंगिएको छ । प्रतिनिधिसभाको नवौं र राष्ट्रिय सभाको १०औं अधिवेशन शुक्रबार रातिबाट अन्त्य गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।भदौ २३ देखि सुरु भएको अधिवेशनमा सरकारले संसदमै विचाराधीन ५७ वटा विधेयक पारित गर्ने प्रयाससम्म गरेन । बरु प्रतिनिधिसभामा रहेको एउटा र राष्ट्रिय सभामा रहेका तीनवटा विधेयक फिर्ता लगेको छ । संसद् अधिवेशन अन्त्य गरी सरकारले फिर्ता लिइएका विधेयकलाई अध्यादेशमार्फत ल्याउन लागेको एक मन्त्रीले जानकारी

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • १८० पटक पढिएको
  • एमालेको दशौँ महाधिवेशनमा १५ सय ३६ प्रतिनिधि

    बिर्तामोड (नयाँ पत्रिका दैनिकबाट) नेकपा एमालेको दशौँ महाधिवेशनमा एक हजार ५ सय ३६ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन् । स्थायी समितिको बिहीबारको बैठकले आगामी १० देखि १२ मंसिरसम्म चितवनमा हुने महाधिवेशनमा सात लाख २१ हजार पार्टी सदस्यबाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने मापदण्ड प्रस्ताव गर्दै संख्या तय गरेको हो ।आज बस्ने केन्द्रीय कमिटी बैठकमा एमालेले महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी मापदण्डमाथि थप छलफल गर्दै छ । बैठकपछि सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले महाधिवेशनमा तीनखाले प्रतिनिधिमध्ये केन्द्रीय कमिटी सदस्य, केन्द्रीय आयोग र केन्द्रीय सल्लाहकारहरूबाट दुई सय ६२ जना पदेन प्रतिनिधि तथा भू

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • १८८ पटक पढिएको
  • धानबालीमा सवा आठ अर्बको क्षति

    बिर्तामोड(आजको नागरिक दैनिकबाट) धान भित्र्याउने बेलाको वर्षा र बाढीपहिरोले मुलुकभर धानबालीमा सवा आठ अर्ब रूपैयाँ बराबरको क्षति भएको छ। गत साताको वर्षाले काटेर सुकाएको धान डुबेर नष्ट हुनुका साथै काट्न तयारी अवस्थामा रहेको धानमा समेत क्षति पुगेको थियो।कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकका सातै प्रदेशमा गरी धानबालीमा ८ अर्ब २६ करोड ८० लाख रूपैयाँ बराबर क्षति पुगेको हो। मन्त्रालयका अनुसार सबैभन्दा बढी क्षति लुम्बिनी प्रदेशमा भएको छ। लुम्बिनी एक्लैमा ४ अर्ब ५१ करोड बराबरको धान नष्ट भएको छ। यो कुल क्षतिको आधाभन्दा धेरै हो।लुम्बिनीपछि सबैभन्दा बढी क्षति सुद

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • १९८ पटक पढिएको
  • नेपाल–भारत लिंक रेलवे योजनाः रेल चलाउन कानूनको पर्खाइ

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट)  नेपाल–भारत लिंक रेलवे योजना अघि सारिएको दशकपछि करीब ३५ किलोमीटर ९किमी०को जयनगर–कुर्था रेलखण्ड भारत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । भारत सरकारले अनुदानमा बनाइदिने भन्दै अघि सारिएका विभिन्न ५ लिंंक रेलवेमध्ये यो खण्ड शुक्रवार हस्तान्तरण गरिएको हो ।शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवलाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उक्त रेल खण्ड हस्तान्तरण गरेका हुन् । उक्त रेल खण्ड ८ अर्ब ७७ करोड रुपैयाँँमा निर्माण भएको उल्लेख गरिएको छ ।जयनगर–बर्दिवाससम्मको लिंकमध्ये भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३५ किमी संरचना हस्त

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • २१८ पटक पढिएको
  • प्रधानन्यायाधीश जबरा कसरी परे संकटको घेरामा ?

    बिर्तामोड (राजधानी दैनिकबाट) सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र न्यायाधीशहरूबीचको विवाद बढ्न थालेको छ । जसका कारण सिंगो न्याय क्षेत्र नै विवादित बन्दै जान थालेको छ । सर्वोच्चमा गुटबन्दी मौलाउँदै जान थालेकाले एक न्यायाधीशले अर्को न्यायाधीशलाई असहयोग गर्ने परिपाटी बढ्दै जाँदा सिंगो न्याय क्षेत्र बदनाम हुन पुगेको भन्दै सर्वोच्चका अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । ‘सर्वोच्चमा न्यायधीशहरूबीचमा नै एकले अर्कालाई समाप्त पार्ने खेल बढ्न थालेको छ, यसले न्याय क्षेत्रमा गम्भीर संकट आउन सक्ने भय बढेको छ,’ सर्वोच्चका एक अधिकारीले भने ।उता सर्वोच्चको मुख्य कमान्डरका रूपका रहेका प्रधानन्यायाधीश चोलेन्द्र

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • २२४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.