पत्रपत्रिका

    Showing ३५१-३६० of १,२६७ items.
  • राष्ट्रिय सभा निर्वाचनः पुस २० मा मनोनयन, माघ १२ मा मतदान

    बिर्तामोड (आजको राजधानी दैनिक)  निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त हुन गइरहेको १९ पदमा १२ माघमा निर्वाचन गर्ने गरी निर्वाचन कार्यक्रम तथा कार्यतालिका स्वीकृत गरेको छ ।आयोगले २० फागुनबाट रिक्त हुने राष्ट्रिय सभातर्फका १९ पदमा १२ माघमा निर्वाचन गर्नेगरी मंगलबार निर्वाचन तालिका र कार्यक्रम स्वीकृत गरेको हो । स्वीकृत तालिकाअनुसार २० पुसमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रिय सभातर्फ रिक्त हुन गइरहेको १९ पदमा १२ माघमा निर्वाचन गर्नेगरी कार्यक्रम तय गरिएको जानकारी दिए ।‘राष्ट्रिय सभातर्फ १९ पद रिक्त हुँदै छ, रिक्त हुनुअघि नै निर्वाचन गर्नेगरी आयोगले

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • २२४ पटक पढिएको
  • बास्मती चामल प्रकरणः खाद्यलाई सरकारले किन कारवाही गरेन ?

    बिर्तामोड ( आजको राजधानी दैनिकबाट) उपभोक्तालाई झुक्यार कुहिएकोे बास्मती चामल बिक्री गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई कारबाही नगरी सरकार मौन बसेको छ खाद्य कम्पनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तर्गतको हो । कम्पनीको सञ्चालक समितिको अध्यक्ष मन्त्रालयको सचिव रहने व्यवस्था हुन्छ । कम्पनीले मनपरी गर्दा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई विभागीय मन्त्रालयले समेत कारबाही गर्न सक्छ । तर, मन्त्रालयले कारबाही गर्नुको साटो उनीहरूलाई नै प्रोत्साहित गर्ने गरेको छ ।सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गर्न नसक्दा सो मन्त्रालयको जिम्मेवारी स्वयं प्रधानमन्त्री शेरबहादु

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • २०१ पटक पढिएको
  • ओमिक्रोन भेरियन्ट देखिएका दुई विदेशी संक्रमणमुक्त

    बिर्तामोड (आजको गोरखापत्र दैनिकबाट) कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएका दुई जना विदेशी नागरिकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।उनीहरूलाई मङ्गलबार कोरोना परीक्षण गरिएकोमा कोरोना रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले मङ्गलबार गरिएको पीसीआर परीक्षणमा उनीहरूको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।गत मङ्सिर ३ गते नेपाल आएका ६६ र ७१ वर्षीय दुई विदेशी नागरिकको जिन सिक्वन्सिङ गर्दा उनीहरूलाई कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो ।प्रवक्ता डा. पौडेलले हाल पनि उनीहरूको अवस्था सामान्य रहेको र क्वारेन्टाइनमा बसिरह

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • २०१ पटक पढिएको
  • कोइरालामा आउला कांग्रेस नेतृत्व?

    बिर्तामोड (नागरिक दैनिकबाट) ‘हाम्रो मुलुक अयोग्य शासनले गर्दा अराजकता र अशान्तितिर ढल्किन लागेको छ। अब एउटा दरिलो, खँदिलो र बलियो सरकारले मात्र मुलुकलाई यस घातक स्थितिबाट जोगाउन सक्छ।यसैअनुसार प्रधानमन्त्रीज्यूलाई मन्त्रिमण्डलमा अहिले भएको संस्थाका सातजना मात्र सहयोगी राख्ने सल्लाह दिँदा उहाँहरूको नामावली पनि दिइयो तर त्यो सल्लाह प्रमज्यूले मान्नुभएन।त्यसपछि पनि कार्यकारिणीद्वारा दिइएको त्यससम्बन्धी सल्लाह प्रमज्यूले नमान्नुभएकाले अब कासले प्रमज्यूलाई आफ्ना अरू साथीहरूसहित सरकारबाट राजीनामा दिन आदेश दिन्छ।’ नेपाली कांग्रेसको २००९ साउन ६ गते बसेको कार्यसमितिको निर्णय हो यो। त्यति बेला नेपाली का

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • १८६ पटक पढिएको
  • कांग्रेस १४औं महाधिवेशनः २९ वटा मतपत्र, २ सय ९३ बुथ

    बिर्तामोड (राजधानी दैनिकबाट) नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी शुक्रबारबाट काठमाडौंमा सुरु हुँदै छ । ‘उत्साह, एकता, रूपान्तरणः सफल बनाऊँ नेपाली कांग्रेसको १४औं महाधिवेशन’ भन्ने मूल नारासहित कांग्रेसले काठमाडौंमा केन्द्रीय नेतृत्व चयनका लागि महाधिवेशन गर्न लागेको हो ।पदाधिकारी र सदस्यसहित गरी १ सय ६७ सदस्यीय हुने कार्य समिति चयनका लागि २९ वटा मतपत्रको तयारी गरिएको छ । ती २९ वटै मतपत्र २९ स्थानबाट नै दिइने गरी निर्वाचन समितिले तयारी गरेको छ ।कांग्रेस प्रवक्ता तथा प्रचारप्रसार विभाग प्रमुख विश्वप्रकाश शर्माले महाधिवेशनको अन्तिम तयारी भइरहेको जानकारी दिए । उनका अनुसार केन्द्रीय निर्वाचन समिति

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • १९८ पटक पढिएको
  • लेखामापन प्रणालीमा समस्या

    बिर्तामोड (राजधानी दैनिकबाट)  स्थानीय तहभित्र भएको उपलब्धिलाई राष्ट्रिय प्रणालीसँग आबद्ध गर्ने संयन्त्र अहिलेसम्म निर्माण हुन सकेको छैन । उक्त संयन्त्रको अभावमा स्थानीय तहमा भएका भौतिक र मानवीय विकासको उपलब्धि सङ्घीय सरकारको तथ्याङ्कमा अभिलेखीकरण हुन सकेको छैन ।स्थानीय तहमा भएका सडक, खानेपानी, ढल, सामुदायिक भवन, विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्रको विकास र सोबाट रोजगारीको सिर्जनालगायतका उपलब्धि राष्ट्रिय प्रणालीसँग आबद्ध गर्न नसकिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमले स्थानीय तहमा भएका उपलब्धि राष्ट्रिय प्रणाली

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • १९२ पटक पढिएको
  • माईत जाँदै गरेका नव विवाहित जोडी सहित ४ जनाको दुर्घटनामा मृत्यु

    बिर्तामोड (राजधानी दैनिकबाट) बैतडीमा जीप दुर्घटना हुदाँ चार जनाको मृत्यु भएको छ भने, ६ जना घाइते भएका छन् । पाटनबाट सकारका लागि हिडेको से १ज ८८८ नम्बरको जीप पाटन नगरपालिका वडा न १ सकार खोलामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । मृतक मध्ये २ जना नव विवाहित जोडी भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा पाटन ७ कैलपाल माइत भएकी २० बर्षीया मनिषा विक र उनका श्रीमान २४ बर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ बर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ बर्षीया रमा भट्टराई रहेका छन् ।उनीहरु चारै जनाको घटनास्थलमै मृत्यु भएको हो । मनिषा र प्रेम १० दिन अघि मात्रै विवाह बन्धनमा बाँधिएका बुझिन आएको छ । उ

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • २०० पटक पढिएको
  • अख्तियारद्वारा एकै दिन ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

    बिर्तामोड ( राजधानी दैनिकबाट)अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले वैदेशिक रोजगार कार्यालय ताहाचलका नायब सुब्बा दुर्गाप्रसाद पोखरेलसहित अन्य दुई जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।नायब सुब्बा (नासु) पोखरेलले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत बनाउन आएका सेवाग्राहीलाई अनलाइन फर्म भर्न बिचौलियासम्म जान बाध्य बनाउने गरेको पाइएको आयोगले जनाएको छ । नासु पोखरेलले खेमप्रसाद काफ्लेमार्फत घुस लिने गरेको अनुसन्धानबाट खुलेपछि आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।साथै वैदेशिक रोजगारमा आउनेसँग बिचौलियाको काम गर्दै आए

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • १९८ पटक पढिएको
  • ओमिक्रोनको असर : बुकिङ ‘होल्ड अन’ गर्न थाले पर्यटक

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) सन् २०२१ को अन्तिमतिर अर्थात् नोभेम्बरमा नेपालमा यो वर्षकै धेरै पर्यटक आएसँगै लयमा फर्किन थालेको पर्यटन क्षेत्रमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले धक्का दिने प्रारम्भिक अनुमान गर्न थालिएको छ । नयाँ भेरियन्ट नेपालमा समेत पुष्टि भएका बेला अहिले नेपाल आउन चाहने पर्यटकले बुकिङ ‘होल्ड अन’ गर्न आग्रह गर्न थालेको होटेल व्यवसायीहरूले बताएका छन् ।सन् २०२१ को नोभेम्बरमा नेपालमा यसअघिका महीनाभन्दा धेरै पर्यटक घुम्न आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बरमा २६ हजार १३५ पर्यटक नेपालमा आएका छन् भने यसअघिको महीना अक्टोबरमा २३ हजार २८४ पर्यटक आएका थिए । पर्यटक

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • १९० पटक पढिएको
  • सीटीईभीटी अनियमितता प्रकरण अख्तियारको नोटिसमा

    बिर्तामोड(आजको राजधानी दैनिकबाट) प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का सदस्य सचिव जीवनारायण काफ्लेले करोडौं चलखेल गरी आफू अनुकूल र सेटिङ गरेका कलेजलाई मात्र सम्बन्धन दिनेगरी भर्ना प्रक्रिया अघि बढाएको विषयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ‘नोटिस’मा राखेको छ ।सदस्य सचिव काफ्लेकै योजनामा पीसीएल भर्नाका लागि कलेजलाई सम्बन्धन दिनेक्रममा प्रतिकलेज ५ देखि १० लाख रुपैयाँसम्म असुल गरेको समाचार सार्वजनिक भएपछि अख्तियारले सीटीईभीटीमा भएको अनियमितता गम्भीर चासो लिएको हो ।अख्तियार स्रोतका अनुसार अख्तियारले सीटीईभीटीमा भएका अनियमितता विभिन्न सञ्चार माध्यममा आएका तथ्यलाई आधार

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • २०२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.