पत्रपत्रिका

    Showing 281-290 of 1,262 items.
  • चार गुणाले बढ्यो विदेश जानेको संख्या

    बिर्तामोड (नागरिक दैनिकबाट ) कोभिड प्रभावित गत २ वर्षमा रेमिट्यान्स घट्ने अनुमान गरे पनि उल्टै बढ्यो । चालु आवको सुरुदेखि भने रेमिट्यान्स आय लगातार घटिरहको छ । तर यही बेला विदेशमा जाने युवाको संख्या करिब चार गुणाले बढेकाले आगामी दिन रेमिट्यान्स आफ्नै लयमा फर्कन संकेत देखिएको हो ।वैदेशिक रोजगार विभागका अनुसार गत वर्षका सुरुका चार महिनामा प्रतिदिन औसत ३ सय ५८ जना युवा विदेश गएका थिए । चालु वर्ष या संख्या १ हजार २०३ पुगेको छ । यो कार्तिकमा मात्र श्रम स्वीकृति लिएर चार हजार २९५ महिलासहित ५४ हजार ९१८ नेपाली वैदेशिक रोजगारीमा गएका छन् । यो वर्ष विदेश जानेको संख्या झण्डै कोभिडअगाडिको जस्तै छ । 

    • प्रकाशित मितिः पुस ८, २०७८
    • 187 पटक पढिएको
  • मेडिकल कलेजको मनपरी : शुल्क नघटाए सिट संख्या घटाउने आयोगको चेतावनी

    बिर्तामोड (नेपाल समाचारपत्र दैनिकबाट ) चिकित्सा शिक्षा आयोगले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सिट संख्या घटाउन चेतावनी दिएको छ । पटक–पटक दिएको निर्देशन अवज्ञा गरेपछि आयोगले यस्तो चेतावनी दिएको हो । आफूले गरेको निर्णय कार्यान्वयन गर्न नसकेको र वर्षेनी निरीह बनेको आरोप खेपिरहेको आयोगले अटेर गर्ने मेडिकल कलेजको आगामी शैक्षिक सत्रमा सिट संख्या घटाउने चेतावनी दिएको हो ।आयोगका सदस्य–सचिव डा। भोजराज काफ्लेले अटेर गर्ने र विद्यार्थीसँग मनपरी शुल्क लिने कलेजमाथि अनुसन्धान शुरु गरिसकिएको र ती मेडिकल कलेजलाई अनुमति दिइएको सिट रोक्का गर्न पत्र पठाउने तयारी भइरहेको बताए । कारबाही गर्ने अधिकार आयोगस

    • प्रकाशित मितिः पुस ८, २०७८
    • 189 पटक पढिएको
  • रामचन्द्र पौडेलले भोट नहाल्दा १ भोटले हारे थानी

    बिर्तामोड (राजधानी दैनिकबाट) नेपाली कांग्रेसको जारी १४ महाधिवेशनमा कर्णाली प्रदेशतर्फको खुला केन्द्रीय सदस्यको मतगणना अनुसार हृदयराम थानी १ मतले पराजित भएका छन् ।मंगलबार राति सकिएको मतगणना अनुसार कर्णालीको दुई खुला केन्द्रीय सदस्यमा राजीवविक्रम शाह र कर्णबहादुर बुढा विजयी हुँदा थानी पराजित भए ।शाहले २८२० र बुढाले २२०० मत प्राप्त गरेका छन् । विजयी दुबै सभापति शेरबहादुर देउवा पक्षका हुन् । थानीले भने २१९९ मत पाए । सुर्खेत क्षेत्र नम्बर २ का नेता थानी पूर्व मन्त्रीसमेत हुन् ।कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका थानी एक भोटले मात्र पराजित भएपछि रामचन्द्र पौडेलले निर्वाचन बहिस्कार गर्दा पराज

    • प्रकाशित मितिः पुस ७, २०७८
    • 185 पटक पढिएको
  • कोरोना बीमा विवादः कोरोना बीमामा अनुदान दिन आनाकानी

    बिर्तामोड ( आर्थिक अभियान दैनिकबाट) सरकारले कोरोना बीमाको प्रिमियममा दिने भनेको अनुदान रकम पनि पूर्णरूपमा निकासा गरेको छैन । कोरोना बीमाको दाबीमा आफ्नो दायित्व बराबरको रकमसमेत उसले निकासा गरेको छैन ।कोरोना बीमाको प्रिमियममा सरकारले अनुदान बापत २ करोड ११ लाख २७ हजार रुपैयाँ दिन बाँकी छ, जुन गत आवमा नै निकासी हुनुपर्ने हो । तर, त्यति सानो रकम पनि सरकारले भुक्तानी नदिएको बीमा कम्पनीहरू बताएका छन् । सरकारले दाबीका लागि दिनुपर्ने ११ अर्ब ८२ करोड रकम पनि निकासा नगर्दा बीमितहरूले अझै पनि दाबीको भुक्तानी पाएका छैनन् ।‘सरकारले अनुदानबापत दिनुपर्ने सानो रकम पनि अझै निकासी गरेको छैन । जुन गत आवमा नै पाउन

    • प्रकाशित मितिः पुस ७, २०७८
    • 199 पटक पढिएको
  • राष्ट्र बैंकले एलसीमा कडाइ गर्दा संकटमा अटो व्यवसाय

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट )नेपाल राष्ट्र बैंकले एलसी (प्रतीतपत्र) खोल्न ल्याएको नयाँ व्यवस्थाले अटोमोबाइल व्यवसाय संकटमा पर्ने देखिएको छ ।राष्ट्र बैंकले सोमवार निर्देशन जारी गर्दै विद्युतीयबाहेक अन्य सवारीसाधन आयातका लागि खोलिने एलसीका लागि शुरूमै सम्बन्धित व्यवसायीले ५० प्रतिशत नगद राख्नुपर्ने व्यवस्था ग¥यो । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष धु्रव थापा यो व्यवस्थाले अटो व्यवसायमा निकै दबाब परेको र यसले समस्या निम्त्याउने बताउँछन् ।उनका अनुसार यो व्यवस्थाबाट अप्रत्यक्ष रूपमा सवारीसाधनको आयात रोक्न खोजिएको देखिन्छ । ‘यो व्यवस्थामा रहेर जस्तोसुकै व्यवसायीले पनि ५० प्रतिशत नगद

    • प्रकाशित मितिः पुस ७, २०७८
    • 191 पटक पढिएको
  • देउवालाई दुई तिहाई

    बिर्तामोड ( नागरिक दैनिकबाट ) नेपाली कांग्रेसको केन्द्रीय समितिमा सभापति शेरबहादुर देउवालाई दुई तिहाई बढी केन्द्रीय सदस्यको समर्थन हुने देखिएको छ । कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत मंसिर २७ गते भएको निर्वाचनको पछिल्लो परिणामले देउवा समूहबाट उम्मेदवार बनेका नेताहरुको केन्द्रीय समितिमा दुई तिहाइभन्दा बढी उपस्थिति देखिएको हो ।मंगलबार साँझसम्मको मतगणनाअनुसार देउवाइतर समूहको कमजोर उपस्थितिले देउवालाई पार्टीभित्र थप शक्तिशाली बनाउने देखाएको छ । पार्टी पदाधिकारीमा मिश्रित परिणाम आए पनि केन्द्रीय सदस्यमा भने देउवा निकट नेताको पक्षमा परिणाम देखिएका छ ।नौ स्थानमा भएको महिला खुलातर्फ देउवाइतर समूह

    • प्रकाशित मितिः पुस ७, २०७८
    • 309 पटक पढिएको
  • मेडिकल कलेजको ठगी बढ्दो, विद्यार्थी पीडित, सरकारी निकाय मौन

    बिर्तामोड (अन्नपूर्ण पोस्ट दैनिकबाट )मेडिकल कलेजहरूले २० लाख रुपैयाँसम्म बढी रकम मागिरहे पनि चिकित्सा शिक्षा आयोग मूकदर्शक बनिरहेको छ। आयोगले सम्बन्धन खारेज गर्न सम्बन्धित विश्वविद्यालयलाई लेखी पठाउने अधिकार पाएको छ। यससम्बन्धी व्यवस्था राष्ट्रिय चिकित्सा शिक्षा ऐनको दफा १४ ले गरेको छ। तर, अवैध ढंगले रकम लिइरहेका कलेजविरुद्ध आयोगले कारबाही प्रक्रिया नै अघि बढाएको छैन।पीडित विद्यार्थीले काठमाडौं विश्वविद्यालय र आयोग धाउँदै आएका छन्। उनीहरूले दुबै निकायमा उजुरी दिएका छन्। ‘काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगलाई देखायो। आयोगले काठमाडौं विश्वविद्यालयलाई देखायो। हामीले के गर्नु ?’, एक पीड

    • प्रकाशित मितिः पुस ६, २०७८
    • 223 पटक पढिएको
  • दुई महिनादेखि सर्वोच्चमा संवैधानिक इजलास गठन अवरुद्ध

    बिर्तामोड (आजको राजधानी दैनिकबाट)सर्वोच्च अदालतको नियमित इजलास सञ्चालन भए पनि संवैधानिक इजलास गठन अन्योलपूर्ण बनेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरू १५ मंसिरबाट गोलाप्रथा प्रक्रियाबाट पेसी तोकिने व्यवस्था गरेर इजलास फर्किए पनि संवैधानिक इजलास भने गठन हुन सकेको छैन ।दुई महिनादेखि संवैधानिक इजलास गठन हुन नसक्दा गम्भीर प्रकृतिका मुद्दा सुनुवाइ प्रभावित बनेको छ । प्रधानन्यायाधीश राणाको राजीनामापछि मात्रै संवैधानिक इजलास गठन हुने अडानमा सर्वोच्चकै न्यायाधीशहरू एक ठाउँमा उभिएपछि न्यायिक संकट उत्पन्न भएको हो । हरेक बुधबार र शुक्रबार तोकिने संवैधानिक इजलास गठ

    • प्रकाशित मितिः पुस ६, २०७८
    • 193 पटक पढिएको
  • कांग्रेस महाधिवेशनमा चार प्रतिशतसम्म मत बदर, दुई प्रतिशतले मतदानै गरेनन्

    बिर्तामोड(नेपाल समाचारपत्र दैनिकबाट) प्रमुख राजनीतिक दलका नेताहरु नै चुनावमा मतदान गर्न जान्दैनन् भन्दा पत्याउन गाह्रो हुन्छ । वडा तहदेखि ठूलो रस्साकस्सीका साथ निर्वाचित भएर केन्द्रसम्म आएका नेताहरूले दिएको मत बदर भएको देख्दा पत्याउन करै लाग्छ ।प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिले गरेको मतदान चार प्रतिशतसम्म बदर भएको पाइएको छ । कांग्रेस केन्द्रीय समितिले दिएको रिपोर्टअनुसार करिब साढे दुई प्रतिशत जतिले त मतदान नै गरेका छैनन् ।केन्द्रीय कार्यसमिति चयन गर्न आउने महाधिवेशन प्रतिनिधिलाई जिल्ला तहका नेताभन्दा माथिल्लो दर्जाका रूपमा हेरिन्छ । वडा तहको अधिवेशनदेखि क्षेत्रीय तहको

    • प्रकाशित मितिः पुस ६, २०७८
    • 201 पटक पढिएको
  • एमसीसीमा सरकारको नीतिः सत्तारूढ र विपक्षी फकाएर संसदमा लैजाने

    बिर्तामोड (राजधानी दैनिकबाट)सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट अघि बढाउन पहिले सत्ता आबद्ध दल र त्यसपछि प्रमुख प्रतिपक्षीसहितका अन्य दलहरूलाई फकाउने नीति लिएको छ ।आइतबार पहिले सत्ता गठबन्धन बैठक र त्यसपछि सर्वदलीय बैठक राखेर एमसीसी परियोजनाका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले शीर्ष नेतृत्वको राय लिएका थिए । सो क्रममा प्रधानमन्त्री देउवाले एमसीसी देशको हितमा रहेको भन्दै अघि बढाउँदा देशलाई नै फाइदा हुने बताएका थिए ।तर, सत्तारूढ घटकमध्येका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीको प्रस्ट धारणा नपाउँदा अलमलमा परेको गठबन्धन बैठकपछि बसेको सर्वदलीय बैठक पनि एमसीस

    • प्रकाशित मितिः पुस ६, २०७८
    • 204 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.