बिर्तामोड (आजको गोरखापत्र दैनिकबाट) नेपाली कांग्रेसका वरिष्ठ नेता तथा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सत्ता साझेदार पाँच दलले स्पष्ट धारणा बनाउनुपर्ने बताएका छन् ।वरिष्ठ नेता पौडेलले गठबन्धन समन्वय समितिको बैठकमा १२बुँदे प्रस्ताव पेस गर्दै एमसीसीबारे साझा धारणा बनाउनुपर्ने बताएका हुन् ।पौडेलले भने, “आर्थिक सहयोग राष्ट्रको हितमा हुनुपर्छ । एमसीसीको पक्ष र विपक्षमा बहस भइरहेको छ । त्यसैले पाँच दलले स्पष्ट धारणा बनाउनुपर्छ भन्ने प्रस्ताव गरेको हुँ ।” उनले संसद्को गतिरोध हटाउन प्रयत्न गर्नुपर्ने, सर्वोच्च अदा
बिर्तामोड (राजधानी दैनिकबाट) नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्यको निर्वाचनअघि नै हार स्वीकार गरेका छन् । आगामी १२ माघमा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा एमालेका उम्मेदवार पराजित हुने भन्दै उनले पार्टीका उम्मेदवारलाई नआत्तिन आग्रहसमेत गरेका छन् ।एमाले जिल्ला अधिवेशनको शुक्रबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल उद्घाटन गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले सोचेअनुसारको परिणाम हासिल गर्न नसक्ने धारणा राखेका हुन् ।राष्ट्रिय सभा सदस्य निर्वाचनमा सोचेजस्तो परिणाम आउन सक्दैन भन्दै उनले आत्तिन जरुरी नभएको बताए । संसदीय संघर्षको मैदानमा एमा
बिर्तामोड (गोरखापत्र दैनिकबाटं)प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको शिक्षा प्रणालीले देशको विकासमा आवश्यक पर्ने सीपयुक्त, नयाँ प्रविधिको ज्ञान भएको दक्ष जनशक्ति तयार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।कर्पोरेट क्लब नेपालले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘एक्सिलेन्स अवार्ड’ वितरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो उनले यस्तो बताएका हुन् । उनले नेपाल कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने क्रममा रहेकाले मानव संसाधनको उचित व्यवस्थापन गर्दै नवप्रवर्तनमा जोड दिनुपर्ने बताए ।प्रधानमन्त्री देउवाले युवा जनशक्ति विश्वस्तरीय शिक्षा र राम्रो रोजगारीका लागि विदेशिने क्रम बढिरहेकाले त्यसलाई
बिर्तामोड (नागरिक दैनिकबाट) प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन गर्नका लागि अझै पनि तयारी गरिएको छैन। पाँच दलीय गठबन्धनले मन्त्रीसँग उपसभामुख पनि भागवन्डा गरे पनि उपसभामुखको निर्वाचन गर्ने तर्फ काम अघि बढेको छैन।२०७६ माघ १२ सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित भएसँगै खाली भएको उपसभामुख पद २ वर्ष पुग्न लाग्दा समेत खाली नै छ। उपसभामुखको कार्यकक्षमा कोही नभएपछि माकुराको जालो मात्रै देखिन्छ।संसद्मा बहुमत सदस्यले निर्वाचित गरेर उपसभामुख निर्वाचित गर्न सकिने भए पनि सत्तापक्ष पाँच दलीय गठबन्धनले यस तर्फ प्राथमिकता दिएका छैनन्।संविधान बमोजिम संविधान बमोजिम उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने तथा प
बिर्तामोड (राजधानी दैनिकबाट) नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) यथास्थितिमै अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्न नसकिने निष्कर्षमा पुगेको छ । माओवादी केन्द्रको सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट पारित समसामयिक राजनीतिक प्रस्तावमा यथास्थितिमै एमसीसी सम्झौता पारित गर्न नसकिने उल्लेख छ ।‘राष्ट्रव्यापी तथा अन्तर्राष्ट्रिय रूपमै गम्भीर छलफलमा रहेको नेपाल सरकार र एमसीसीबीच भएको सम्झौताका कतिपय प्रावधान राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हितप्रतिकूल असर पर्ने देखिएकाले यथास्थितिमा सम्झौता पारित नगरियोस्,’ पारित समसामयिक राजनीतिक प्रस्तावमा उल्लेख छ ।माओवा
बिर्तामोड ( नेपाल समाचारपत्र दैनिकबाट) नारायणहिटी दरबार संग्रहालयमा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिकै निर्देशनमा सम्झौताभन्दा बढी काम भएको खुलेको छ । मन्त्रालयले सीमित क्षेत्रफलमा मात्र रेस्टुरेन्ट बनाउने गरी समितिलाई सम्झौता गर्न निर्देशन दिएको थियो । तर, संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले मन्त्रालयलाई पेलेर बढी काम निर्माण गर्न दिएको खुलेको छ । समितिका कार्यकारी निर्देशक दाहाल र ठेकेदार कम्पनीबीच मिलेमतो गरी ठेकेदारले भनेजति निर्माण गर्न स्वीकृत दिएको हो ।टेन्डर आह्वान गर्दा मन्त्रालयले कम्पनी छनोट गरी भाडा दर मात्र तोकेको थियो । ‘कार्यकारी निर्देशक दाहालले क
बिर्तामोड (नेपाल समाचारपत्र दैनिकबाट) नेकपा (माओवादी केन्द्र) को कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि केन्द्रीय कार्यालय बन्द गरिएको छ । कार्यालयका अधिकांश कर्मचारीलाई कोरोना भएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि भेटघाट बन्द गरेर घरमै आइसोलेसनमा बसेका छन् ।प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बिहीबारबाटै प्रचण्डले अत्यावश्यक बाहेकका भेटघाट बन्द गरेको बताए । राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमीका कारण काठमाडौंलगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिनयता भौतिक रूपमा भेटेरै भइरहेको बध
बिर्तामोड (गोरखापत्र दैनिकबाट) पछिल्लो समयमा नेपाली श्रमिकको प्रमुुख गन्तव्य खाडी क्षेत्रका देशमा पनि कोरोना सङ्क्रमण तीव्र रूपमा बढ्न थालेको छ ।कोरोनाको सङ्क्रमण बढेपछि रोकथामका लागि आफ्नो देशमा प्रवेश गर्ने आप्रवासी श्रमिकको स्वास्थ्य परीक्षणको मापदण्डमा कडाइ गर्न थालेका छन् । पछिल्ला तीन वर्षदेखि कतार र साउदी नेपाली बढी जाने श्रम गन्तव्य देश हुन् ।पछिल्लो सातादेखि कतारमा दैनिक औसत ५०० जना कोरोनाका नयाँ सङ्क्रमित देखिने गरेका छन् भने साउदी अरबमा दैनिक औसतमा ७०० भन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेका छन् । यस्तै कुुवेत र यूएईमा दैनिक एक हजारको हारहारीमा नयाँ कोरोना सङ्क्रमित थपिएको जनाइएको छ ।क
बिर्तामोड ( गोरखापत्र दैनिकबाट) नेपालमा हराएका बालिकालाई भारत पुर्याएर देहव्यापारमा लगाउने गरेको खुलेको छ । बेचबिखनमा पर्ने साना बालिकाको यौनाङ्ग र अन्य अङ्ग विकास गराई वयस्क देखाउन सुई लगाउने गरेको अनुसन्धानबाट खुलेको छ ।विभिन्न प्रलोभनमा पारेर तथा झुक्याएर बेहोस बनाई भारतका कोठीमा बेचिएका अधिकांश बालिकालाई सुईमार्फत अङ्गहरूको विकास गराइएका अधिकांश बालिका पछि दीर्घ रोगी भई मृत्यु हुने गरेको छ । कोठीबाट उद्धार गरिएका बालिका तथा महिलाको शरीर आकर्षक देखाउन कोठी सञ्चालकले विभिन्न औषधि तथा सुई लगाउने गरेको उजुरीका क्रममा बताउने गरेका छन् ।२०७४ साउनमा काठमाडौँको कपनबाट हराएका ११ र १३ वर्षका दुई बाल
बिर्तामोड ( समाचारपत्र दैनिकबाट ) बालुवाटार जग्गा घोटाला काण्डको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३ सय जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उक्त जग्गा कीर्ते काण्डमा कांग्रेस नेता विजयकुमार गच्छदारसहित उच्च तहका राजनीतिक तथा सरकारी कर्मचारी तानिने भएका छन् ।उक्त काण्डमा हाई प्रोफाइलका व्यक्तिहरू संलग्न रहेकाले प्रहरीले फेला परेका केही व्यक्तिलाई मात्र पक्राउ गरेर अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ । ब्युरोले पुस महिनाभित्र मुद्दा अदालतमा बुझाइसक्नुपर्ने भएकाले केही व्यक्तिलाई पक्राउ गरी हाई प्रोफाइलका व्यक्तिलाई भने पक्राउ नगरीकनै अनुसन्धान प्रतिवेदन मात्र
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.