पत्रपत्रिका

    Showing 141-150 of 1,254 items.
  • उम्मेदवारले बैंकमार्फत मात्र खर्च गरेको वा नगरेको अनुगमन सुरु

    काठमाडौं / निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले बैंकमार्फत मात्र खर्च गरेको वा नगरेको अनुगमन गर्न थालेको छ। आयोगको निर्देशनअनुसार ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयले अनुगमन थालेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए।आयोगले निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहितालाई ख्याल गरी बैंकमार्फत मात्र खर्च गर्न आग्रह गर्दै आएको छ। निर्वाचन आयोग ऐन, २०७३ ले निर्वाचन खर्चसम्बन्धी व्यवस्थामा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्न बैंक व

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • 124 पटक पढिएको
  • शिक्षकका ३४ कोटामा सबै फेल

    काठमाडौं / शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तहको सामान्यतर्फको खुला प्रतियोगितात्मक परीक्षामा विभिन्न विषयका ३४ वटा कोटा रिक्त भएका छन् । परीक्षामा सहभागीमध्ये एक जना पनि उत्तीर्ण नभएपछि ती कोटा रिक्त भएका हुन् । रिक्तमध्ये मधेस प्रदेशका सबैभन्दा धेरै (२९ वटा) कोटा रिक्त भएका छन् । विज्ञान र नेपाली विषयमा धेरै अनुत्तीर्ण छन् । रिक्त कोटाका लागि आयोगले अर्को परीक्षा सञ्चालन गर्नुपर्छ ।मधेसमा नेपाली विषयमा ३२ जना शिक्षकका लागि आवेदन आह्वान गरिएकोमा २६ जना मात्रै उत्तीर्ण भए । सोही प्रदेशमा गणित विषयमा १७ जना माग गरिएकोमा १५ जना मात्रै उत्तीर्ण भए । मधेस प्रदेशमै विज्ञान व

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • 123 पटक पढिएको
  • बढ्यो हवाइ यात्रा सेवा शुल्क

    काठमाडौं / सरकारले वृद्धि गरेको हवाई यात्रा सेवा शुल्क जेठ दोस्रो साताबाट लागू हुने भएको छ । गएको चैत मसान्तमा मन्त्रिपरिषद्बाट पारित भएको नयाँ शुल्क १४ जेठबाट कार्यान्वयनमा आउन लागेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार सूचना प्रकाशित गर्दै वृद्धि भएको विमानस्थल सेवा शुल्क कार्यान्वयनमा आउने जानकारी दिएको छ ।अब हवाई यात्रुले भाडादरमा नै विमानस्थल सेवा शुल्क भुक्तानी गर्नु पर्नेछ । सरकारले विमानस्थल सेवा शुल्क नियमावली २०७८ स्वीकृत गरेअनुसार नयाँ नियमावलीमा यात्रु सेवा शुल्कमा केही वृद्धि भएको छ। यसअघिको विमानस्थल सेवा शुल्क नियमावलीअनुसार अन्तर्राष्ट्रिय यात्रु  (सार्क)

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • 141 पटक पढिएको
  • उम्मेदवारले बैंकमार्फत मात्र खर्च गरेको वा नगरेको अनुगमन सुरु

    काठमाडौं / निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले बैंकमार्फत मात्र खर्च गरेको वा नगरेको अनुगमन गर्न थालेको छ। आयोगको निर्देशनअनुसार ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयले अनुगमन थालेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए।आयोगले निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहितालाई ख्याल गरी बैंकमार्फत मात्र खर्च गर्न आग्रह गर्दै आएको छ। निर्वाचन आयोग ऐन, २०७३ ले निर्वाचन खर्चसम्बन्धी व्यवस्थामा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्न बैंक व

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • 126 पटक पढिएको
  • देशैभरका विद्यालय ६ दिन बन्द हुने

    काठमाडौं  / सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा तीन दिन बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको निर्णय अन सार शिक्षा मन्त्रालयले आगामी २८ गतेदेखि ३० गतेसम्म तीन दिन मतदान स्थल तथा मतदान केन्द्रहरू रहेका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो।मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा तीन दिन बिदा दिन निर्देशन दिएको हो।सो निर्देशनअनुसार देशैभरका सामुदायिक विद्यालय तीन दिनसम्म बिदा हुने भएको छ। शिक्षा तथा मानव सोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • 139 पटक पढिएको
  • प्रशिक्षार्थी कामदार जापान पठाउने प्रक्रिया अलपत्र

    काठमाडौं / जापान इन्टरनेट ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) मार्फत नेपालबाट प्रशिक्षार्थी कामदार पठाउने प्रक्रिया अलपत्र परेको छ। जापानमा नेपाली श्रमिकका लागि रोजगारीका क्षेत्र प्रवर्द्धन गर्न नसक्दा प्रशिक्षार्थी कामदारका रूपमा नेपाली युवालाई पठाउन गरिएको सम्झौता नै अलपत्र छ।वैदेशिक रोजगार व्यवसायीले जापानमा रोजगार प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न नसक्दा र जिट्कोमार्फत नेपाली प्रशिक्षार्थी कामदार पठाउन रोजगारदाता पहिचान गर्न नसक्दा प्रक्रिया सुस्त भएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका निर्देशक कृष्णप्रसाद भुसालले म्यानपावरले माग ल्याउन नसक्दा प्रशिक्षार्थी कामदार पठा

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • 129 पटक पढिएको
  • सशस्त्रमा आईजीपी अर्याल सुरुमै निरीह

    काठमाडौं / सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेल एआईजीमा बढुवा सिफारिस भएका छन्। गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बुधबार पौडेललाई सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को (क) बमोजिम एआईजीमा बढुवा सिफारिस गरेको हो।सशस्त्रमा दुई वटा एआईजी पद रिक्त भए पनि पौडेललाई आईजीपीको एकल दाबेदार बनाउन र सिनियारिटी देखाउन एकल बढुवा सिफारिस गरिएपछि उच्च अधिकारी असन्तुष्ट बनेका छन्।वैशाख १८ गते आईजीपी नियुक्त भएका राजु अर्यालले संगठनमा विधिपद्धती कायम गर्न भूमिका खेल्ने आंकलन गरिए पनि उनी राजनीतिक नेतृत्वसामु निरीह देखिएका छन्।संगठन सुदृढीकरण गर्ने र विधिसम्मत

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • 137 पटक पढिएको
  • सुधारको बाटोमा नेपाल वायुसेवा निगम

    काठमाडौं / राजनीतिक हस्तक्षेपलगायत विविध कारणले विगतका केही वर्षदेखि आर्थिक रूपमा निकै कमजोर अवस्थामा पुगेको मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम हाल सुधारको बाटोमा अघि बढेको देखिएको छ । निगमको पछिल्लो ६ महिनाको वित्तीय सूचकले निगम हाल केही आर्थिक अवस्था सुधारको बाटोमा अघि बढेको देखिएको हो ।हाल आफूसँग भएका विमानको उपयोगिता, उच्च दरको सिट अकुपेन्सी एवं गन्तव्य विस्तारका कारण निगमको आर्थिक पक्ष सुदृढ बन्दै गएको निगमले जनाएको छ ।निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले हाल निगमको वित्तीय अवस्था सुदृढ हुँदै गएको दाबी गरेका हुन् । उनका अनुसार पछिल्लो समय निगमले ओभर ड्राफ्ट सीमाबाट

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • 119 पटक पढिएको
  • सगरमाथामा स्वचालित मौसम केन्द्र

    काठमाडौं / सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना भएको छ । नेपालको उत्तरी छिमेकी चीनले सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना गरेको हो ।यसअघि नै नेपालको समेत सहभागितामा सन् २०१९ मा सगरमाथा क्षेत्रमा पाँचवटा स्वचालित मौसम केन्द्र स्थापना गरिसकेको छ । अमेरिकास्थित नेसनल जिओग्राफी, त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय जल तथा मौसम विभाग र नेपाल सरकारको जल तथा मौसम विज्ञान विभागको संयुक्त पहलमा सगरमाथा क्षेत्रमा स्वचालित मौसम केन्द्र स्थापना गरिएको विभागका सूचना अधिकारी रामप्रसाद अवस्थीले जानकारी दिए । यो केन्द्र आठ हजार ४३० मिटरमा रहेको छ ।चीनले अहिले राखेको म

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • 131 पटक पढिएको
  • मलेसियामा नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि

    काठमाडौं / मलेसियामा नेपालीसहित अन्य विदेशी श्रमिकको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि भएको छ। सरकारले यसअघिको १ हजार २ सय रिंगेटबाट बढाएर श्रमिकको पारिश्रमिक १ हजार ५ सय बनाएको हो। मलेसियास्थित नेपाली दूतावासले नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएर १ हजार ५०० रिंगेट भएको जनाउँदै अबदेखि सोहीअनुसार नयाँ श्रमिकको मागपत्र प्रमाणीकरण गरिने जनाएको छ । दूतावासले मलेसिया जाने नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक १ हजार ५ सय रिंगेट अर्थात् करिब  ४२ हजार रुपैयाँ नभए मागपत्र प्रमाणित नगर्ने जनाउँदै न्यूनतम पारिश्रमिकको सीमा निर्धारण गरेको हो । दूतावासले हालै सूचना जारी गर्

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • 137 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा