पत्रपत्रिका

    Showing 1,181-1,190 of 1,243 items.
  • मुलुकको जिडिपी ४० खर्ब पुग्यो

    बिर्तामोड (नागरिक दैनिकबाट) विश्वभरि महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण गत आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धिदर करिब २ प्रतिशतले ऋणात्मक भएको छ।राष्ट्रिय तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार आव ०७६र७७ मा आर्थिक वृद्धिदर १।९९ प्रतिशतले ऋणात्मक भएको हो। करिब २० वर्षअघि माओवादी द्वन्द्वका बेलामा पनि एक वर्ष आर्थिक वृद्धिदर ऋणात्मक भएको थियो।विभागका अनुसार गत आवमा तेस्रो त्रैमासिकसम्म आउँदा मुलुकको अर्थतन्त्र राम्रो थियो। त्यसपछि सुरु भएको कोभिड समस्याले अर्थतन्त्रलाई नराम्रोसँग प्रभावित गरेपछि आर्थिक वृद्धिदर ऋणात्मक हुन पुगेको हो। कोभिड १९ का कारण सरकारले चैत ११ देखि तीन मह

    • प्रकाशित मितिः फागुन २१, २०७७
    • 49 पटक पढिएको
  • पूर्वी नाकाबाट बढ्यो निर्यात

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट ) पूर्वी नाकाबाट नेपाली वस्तुको निर्यात व्यापार उल्लेख्य बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म आठ महिनामा ७ अर्ब ९६ करोड रुपैयाँ बराबरको नेपाली वस्तु निर्यात भएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जानकारी दिएको छ ।गत वर्ष सोही अवधिमा ६ अर्ब ५७ करोडको वस्तु निर्यात भएको थियो । ‘यो वर्ष १ अर्ब ३९ करोड बढीको सामान निर्यात भयो,’ प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले भने, ‘यसलाई ठूलो उपलब्धि मानेका छौं ।’यस अवधिमा आयात भने स्वात्तै घटेको छ । चालु आर्थिक वर्षमा २४ अर्ब ११ करोडको वस्तु भारत, बंगलादेश, भुटान, चीन तथा तेस्रो मुलुकबाट आएको भन्सार कार्य

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 46 पटक पढिएको
  • मन्त्रीका आसेपासेलाई जोखिम भत्ता

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट ) स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्को आदेशविपरीत पहुँचका आधारमा जोखिम भत्ता वितरण गरेको पाइएको छ । कोरोना संक्रमितको पहिचान, नियन्त्रण र उपचारमा संलग्नले नपाएको अवस्थामा तत्कालीन स्वास्थ्यमन्त्री र राज्यमन्त्रीको सचिवालयका सदस्यहरूलाई जोखिममा काम गरेसरह सबै दिनको भत्ता उपलब्ध गराइएको हो ।मन्त्रालय, यूएन एजेन्सी र अन्य अन्तर्राष्ट्रिय संस्थाबाट तलब बुझ्ने गरी सचिवालयमा रहेका कर्मचारीलाई समेत कोरोना अवधिमा जोखिम मोलेर काम गरेको भन्दै भत्ता दिइएको छ ।मन्त्रालयले गत चैत ११ देखि कात्तिकसम्म २ सय ३० दिनको जोखिम भत्ता वितरण गरेको थियो । यसमा चैतदेखि असारसम्म १ सय १० द

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 54 पटक पढिएको
  • फलामे डण्डी (छड ) को मूल्य बढ्दो क्रममा

    बिर्तामोड ( अभियान दैनिक ) सिमेन्ट र छड उद्योगको उत्पादन क्षमता वृद्धि र खपत पनि सकारात्मक भएका बेला छडको मूल्य बढ्दो क्रममा रहेको छ । गत मङ्सिरमा प्रतिकेजी रू। १५ देखि रू। २० सम्म वृद्धि भएको फलामे छडको मूल्यमा हाल प्रतिकेजी रू।३ देखि रू। ४ सम्म बढेको हो । अर्को मुख्य निर्माण सामग्री सिमेन्टको मूल्य भने यथावत् नै रहेको छ ।विगत २ हप्तादेखि छडको मूल्यमा पुनः वृद्धि हुन थालेका छड उत्पादक तथा विक्रेताहरू बताउँछन् । छड उत्पादक कम्पनीहरूले मंगलवारमात्रै छडको औसत मूल्य भ्याटसहित प्रतिकेजी रू। ७४ मा विक्री गरेका छन् । यो मूल्य पुनः बढ्न सक्ने उनीहरूको भनाइ छ ।उपभोक्ताले किन्ने मूल्यमा भने ढुवानी खर्च

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 64 पटक पढिएको
  • नेकपा विवादः एकअर्कालाई सिध्याउने रणनीतिमा दुवै समूह

    बिर्तामोड ( नागरिक दैनिकबाट ) संसद् अधिवेशन नजिकिँदै गर्दा नेकपा दाहाल–नेपाल समूह र ओली समूहले एकअर्कालाई असफल बनाउन नयाँनयाँ रणनीति अघि सार्दै आएका छन्। दाहाल–नेपाल समूहले संसद् बैठकमा विपक्षीको सिटमा बसेर सरकारको विरोध गर्ने, प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव संसदीय दल वा संसद्मा ल्याउने, ओलीलाई हटाएर ओली समूहबाटै प्रधानमन्त्री बनाउने, कांग्रेसको नेतृत्वमा सरकार बनाउने रणनीति बनाएको छ।  दाहाल–नेपाल समूहले यस्तो रणनीति बनाएपछि ओली समूहले पनि काउन्टर रणनीति अघि सारेको छ। ओली समूहको रणनीतिमा दाहाल–नेपाल समूहलाई कमजोर बनाई संसद्मा वा संसदीय दलमा विश्वासको मत लिने, ह्विप

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 70 पटक पढिएको
  • विमानस्थलको जग्गामा यतीको आँखा

    बिर्तामोड ( नागरिक दैनिकबाट ) सहरका मुख्य भागका सरकारी जमिन भाडामा लिएर व्यवसाय गर्न सफल यती समूहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा होटल खोल्न भाडामा दिने तयारी गरिएको छ। सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको गुरुयोजना बनाएर उक्त जग्गा होटल बनाउन यती समूहलाई दिने तयारी गरेको हो। पर्यटन मन्त्रालयका एक अधिकारीका अनुसार यतीलाई जग्गा दिने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भइरहेको छ। विगतमा यतीलाई जग्गा भाडामा दिने प्रयास पटकपटक असफल भएकोमा अहिले पर्यटनमन्त्रीमा भानुभक्त ढकाल आएपछि फेरि प्रयास सुरु भएको हो।यती समूहले एयरपोर्टको सिनामंगलस्थित ९२ रोपनीभन्दा बढी जग्गा

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 88 पटक पढिएको
  • सरकार–विप्लव वार्ताको तीव्र तयारी, सम्भवत:वार्ता आजै

    बिर्तामोड ( अन्नपुर्णपोष्ट दैनिकबाट ) सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीनबुँदे आन्तरिक सहमतिसँगै औपचारिक वार्ता सुरु हुँदै छ। दुवै पक्षले मंगलबार आआफ्ना तर्फबाट दुई–दुई सदस्यीय वार्ता टोली गठन गरेका छन्। सरकारले गृहमन्त्री रामबहादुर थापा र  प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको हो। सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलन गरी वार्ता टोली गठन गरिएको सार्वजनिक गरेका हुन्। त्यसको एक घण्टापछि विप्लव पक्षले पनि वार्ता टोली गठन गरिएको वक्तव्य निकालेको

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 54 पटक पढिएको
  • हानिकारक ग्यास आयातमा कडाइ

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट ) विश्वव्यापी तापक्रम वृद्धि गर्दै ओजोन विनाश गरेर मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने हानिकारक ग्यास आयातमा नेपाल सरकारले कडाइ गर्दै लगेको छ ।हानिकारक ग्यास उपयोग गर्ने उत्पादन तथा सामग्रीको विकल्पतिर पनि नेपाल सरकारले कदम अगाडि बढाइरहेको वन मन्त्रालयअन्तर्गत वातावरण तथा जैविक विविधता महाशाखाका प्रमुख शिव वाग्लेले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय सन्धि तथा अभिसन्धिहरूमा हस्ताक्षर गरेर ओजोन तह र वातावरण संरक्षणका लागि प्रतिबद्धता जनाएअनुसार काम गरिरहेका छौँ ।” नेपाल ओजोन तह नष्ट हुनबाट जोगाउनका लागि बनेको भियना महासन्धि र मोन्ट्रियल अभिसन्धिको पक्ष र

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 49 पटक पढिएको
  • आठ हजार रोपनी जग्गा अतिक्रमित सुनसरीमा सबैभन्दा बढी

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट ) सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमणसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले मुलुकभर आठ हजार १ सय ९० रोपनी जग्गा मिचिएको र व्यक्तिले आफ्नो नाममा कायम गरेको अध्ययन प्रतिवेदन सरकारसमक्ष बुझाएको छ । गत जेठ २० गतेबाट आयोगले अध्ययन थालेको थियो ।आयोगका अध्यक्ष तथा विशेष अदालतका पूर्वअध्यक्ष मोहनरमण भट्टराईका अनुसार मुलुकभर २० जिल्लामा जग्गा अतिक्रमित छ । सुनसरीमा सबैभन्दा बढी छ भने काठमाडौँ, भक्तपुर र ललितपुरमा पनि सरकारी सार्वजनिक तथा गुठी जग्गा अतिक्रमणमा परेको छ । आयोगले सरकारलाई ३३ वटा बेग्लाबेग्लै प्रतिवेदन बुझाएको छ ।विगतमा कर्मचारी अवकाश हुँदा वा कार्यालयबाट सरु

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 51 पटक पढिएको
  • घूस रकम फालेर पालिका अध्यक्ष फरार

    बिर्तामोड ( नेपाल समाचारपत्र दैनिकबाट )भवन निर्माण सम्पन्न गरेपछि भुक्तानीका लागि ८ लाख घूस रकम लिएर फर्कंदै गरेका वटेश्वर गाउँपालिकाका अध्यक्षलाई अख्तियारको टोलीले पिछा गरेपछि उक्त रकम छोडेर भागेका छन् ।सो गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत पैसा बाटोमा छोडेर भागेपछि अख्तियारको टोलीले गाडी चालक वीरबहादुर मगरलाई गाडीसहित नियन्त्रणमा लिएको छ ।घूस रकम लिएर भाग्दै गरेको प्र।२–०२–००१ झ ०००२ नम्बरको स्कोर्पियो गाडीलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग २ नम्बर प्रदेश कार्यालयका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।अख्तियारले पिछा गरेको थाहा पाएपछि अध्यक्ष क्षेत्रीले घूस

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 64 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा