मनोरञ्जन

    Showing 71-80 of 2,254 items.
  • जिन्दगीले सबैकुरा खोस्यो बलिउड अभिनेत्री सेलिना

    बलिउड अभिनेत्री सेलिना जेटली यतिवेला विभिन्न चुनौती सामना गरिरहेकी छन् । खासगरी उनी पारिवारिक समस्याले घेरिएकी छन् ।उनका दाजु अवकाशप्राप्त मेजर विक्रान्त कुमार जेटली एक वर्षभन्दा लामो समयदेखि यूएईको जेलमा कैद छन् । सेलिना आफ्नो दाजुलाई जेलबाट रिहा गराउन निरन्तर प्रयासरत छिन् । अर्कोतिर सेलिनाको दाम्पत्य जीवन संकटमा परेको छ ।उनले आफ्नो पति पीटर हागविरुद्ध मंगलबार घरेलु हिंसासम्बन्धी उजुरी दायर गरेको समाचार प्रकाशमा आएको छ । यही सन्दर्भमा सेलिनाले सामाजिक सञ्जालमा भावुक पोस्ट गर्दै आफ्नो धारणा राखेकी छन् ।आफ्नो जीवनकै सबैभन्दा शक्तिशाली र अशान्त आँधीका बिचमा आफूले आमाबुबा र कुनै सपोर्ट सिस्टमविन

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 181 पटक पढिएको
  • प्रिमियर शोमा ‘हर्ष’ले पायो उत्कृष्ट प्रतिक्रिया

    मंसिर १२ गते भोली शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘हर्ष’को बुधबार ललितपुरस्थित लविम मलका भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियर शोमा यो सिनेमा स्वर्गिय शिव रेग्मीकी श्रीमती ज्ञानु रेग्मीसहित निर्माता, निर्देशक, लेखक, कलाकार र सञ्चारकर्मीको बाक्लो उपस्थिती रहेको थियो ।भारतको मुम्बईका बस्दै आएकी अभिनेत्री निरुता सिंह लामो समयपछि नेपाली सिनेमाको प्रमियिर शोमा पुगेकी थिइन् । उनले एकता पौडेलको डेव्यु निर्देशकिय सिनेमा ‘हर्ष’ एकदमै राम्रो बनेको बताइन् । सिनेमाको सुरुवातमा नै आफुले स्वर्गिय निर्देशक शिव रेग्मीको तस्वीर देखेपछि आफु भावुक भएको बताउँछिन् । ‘हर्ष’ एकदमै सन्देश मुलक सिनेमा हो

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 185 पटक पढिएको
  • चितवन राइनोजले विराटनगर किङ्सलाई ४८ रनले हरायो

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज (बुधबार)को खेलमा विराटनगर किङ्सको हार भएको छ ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भएको खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ४८ रनले हराएको हो ।टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन जोडेको थियो भने विराटनगर किङ्सले १६.५ ओभरको खेलमा १२६ रन बनाएर अलआउट भएको हो । विराटनगरको यो पहिला हार हो भने चितवनको दोस्रो जित हो । 

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 191 पटक पढिएको
  • एनपीएलः विराटनगरलाई चितवनको १७५ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज (बुधबार)को खेलमा विराटनगर किङ्सलाई चितवन राइनोजले १७५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन जोडेको हो । आजको खेलमा विराटनगर लगातर चौथो जित निकाल्ने लक्ष्यमा छ । यो टिमले तीन खेल खेलेकोमा तीनै खेल जितेको छ । चितवन भने दोस्रो जितको खोजीमा मैदानमा उत्रँदै छ ।

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 142 पटक पढिएको
  • विदुर पाण्डे ‘जनताजीवन’को आवाजमा नयाँ र्‍याप गीत ‘गन्तव्य’

    विदुर पाण्डे ‘जनताजीवन’को आवाजमा नयाँ र्‍याप गीत ‘गन्तव्य’ सार्वजनिक भएको छ । परम्परागत र्‍याप विधाभन्दा फरक, यस गीतले सनातन दर्शन, पूर्वीय सभ्यता, आत्मअनुशासन र स्वाभिमानजस्ता गहिरा विषयवस्तुलाई उठान गरेको छ ।सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको यस गीतको हुक लाइन— “मैले भनेको है पक्कै, जिन्दगीमा पाउन गन्तव्य” ले युवापुस्तालाई लक्ष्यप्रति केन्द्रित रहन प्रेरित गरेको छ। गीतलाई तीन मुख्य खण्डमा विभाजन गरी कथावाचन शैलीमा प्रस्तुत गरिएको छ । पहिलोमा आक्रोश र आस्था: पहिलो खण्डमा जीवनका संघर्ष, आलोचना र कठिनाइहरूलाई देखाइएको छ।जस्तोसुकै परिस्थितिमा पनि ‘महाकाल’ र ‘पशुपतिनाथ’ को आशीर्वा

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 202 पटक पढिएको
  • आज जन्मदिन हुनेले निःशुल्क चलचित्र ‘मन बिनको धन’ हेर्ने पाउने

    देशैभरिका हलमा तेस्रो सातामा प्रदर्शन भईरहेको चलचित्र ‘मन बिनको धन’ को नया गीत सार्वजनिक गरिएको छ । बालगायक अशोक दर्जीको मुख्य भूमिका रहेको चलचित्र ‘मन बिनको धन’को ह्याप्पी बर्थडे गीत सार्वजनिक गरिएको हो ।सार्वजनिक गीतमा टंक बुढाथोकी ,मेलिना राई ,अन्नु चौधरी ,अशोक दर्जी र  एआर बुढाथोकीको स्वर रहेको छ भने शब्द ,संगीत तथा एरेन्ज  टंक बुढाथोकी रहेको छ ।‘मन बिनको धन’ टिमले ह्याप्पी बर्थडे गीत सार्वजनिकसगै आज जन्मदिन पर्ने दर्शकले निःशुल्क चलचित्र हेर्न पाउने भएका छन् ।चलचित्रका निर्माता तथा निर्देशन टंक बुढाथोकी आज जन्मदिन पर्ने दर्शकले हलमा गएर टिकट किनेर फिल्म हेरेर हामीलाई सम्पर्क गरे

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 300 पटक पढिएको
  • ‘अभिमन्यु : च्याप्टर १’को हिन्दी भर्सनको टिजर सार्वजनिक,मङ्सिर १८ मा हुदैछ रिलिज

    मंसिर १८ गते रिलिज हुने चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को हिन्दी भर्सनको टिजर रिलिज भएको छ । निर्माणपक्षले हिन्दी भर्सन हेर्ने दर्शकलाई लक्षित गर्दै हिन्दी भर्सनको टिजर सार्वजनिक गरेको हो ।यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा नेपाल, भारत र विश्वव्यापी रूपमा एकसाथ प्रदर्शनमा आउँदैछ । त्यसैले भारतसहित ओभरसिज मार्केटलाई लक्षित गर्दै निर्माणपक्षले हिन्दी भर्सनको टिजर सार्वजनिक गरेको हो ।टिजरमा चलचित्रका अधिकांश मुख्य कलाकारलाई देख्न सकिन्छ । टिजरमा प्रेम, सस्पेन्स, पैसाको प्रलोभन, अपहरण, सेयर बाँडफाँट, प्रहरीको कस्टडीमा पुगेको आरोपी र उसको बयान सिनेमामा देख्न सकिन्छ ।सिनेमाको मुख्य पात्र नै कसरी

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 299 पटक पढिएको
  • ‘हर्ष’को कथा बहसको विषय हो : निर्देशक एकता पौडेल

    निर्देशक एकता पौडेल मंसिर १२ गते रिलिज हुने सिनेमा ‘हर्ष’बाट नेपाली रजतपटमा निर्देशकका रूपमा डेब्यू गर्दैछिन् । न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेका कारण र दिवंगत निर्देशक शिव रेग्मीकी भाञ्जी भएको नाताले पनि उनको डेब्यूलाई सिनेमा क्षेत्रले विशेष चासोका साथ हेरिरहेको छ । पौडेलले यी दुबै अपेक्षाहरूमा आफूलाई सक्षम सावित गर्नुपर्ने बताउँछिन् ।आफूसँग रहेका आधा दर्जनभन्दा धेरै स्क्रिप्टमध्ये उनले ‘हर्ष’लाई डेब्यू सिनेमाका रूपमा छनोट गरेकी हुन् । ट्रेलरले ‘हर्ष’ पारिवारिक विषयवस्तुमा बनेको स्पष्ट गरिसकेको छ।दर्शकले किन ‘हर्ष’ हेर्नुपर्छ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘नेपाली सिनेमाले अहिले राम्रो व्या

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 42 पटक पढिएको
  • ‘हर्ष’को कथा बहसको विषय हो : निर्देशक एकता पौडेल

    निर्देशक एकता पौडेल मंसिर १२ गते रिलिज हुने सिनेमा ‘हर्ष’बाट नेपाली रजतपटमा निर्देशकका रूपमा डेब्यू गर्दैछिन् । न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेका कारण र दिवंगत निर्देशक शिव रेग्मीकी भाञ्जी भएको नाताले पनि उनको डेब्यूलाई सिनेमा क्षेत्रले विशेष चासोका साथ हेरिरहेको छ । पौडेलले यी दुबै अपेक्षाहरूमा आफूलाई सक्षम सावित गर्नुपर्ने बताउँछिन् ।आफूसँग रहेका आधा दर्जनभन्दा धेरै स्क्रिप्टमध्ये उनले ‘हर्ष’लाई डेब्यू सिनेमाका रूपमा छनोट गरेकी हुन् । ट्रेलरले ‘हर्ष’ पारिवारिक विषयवस्तुमा बनेको स्पष्ट गरिसकेको छ।दर्शकले किन ‘हर्ष’ हेर्नुपर्छ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘नेपाली सिनेमाले अहिले राम्रो व्या

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 199 पटक पढिएको
  • ४० दिनमा नै सकियो ‘परालको आगो’को छायांकन,बैशाख ११लाई तोकियो रिलिज डेट

    सुटिङ थालेको ४० दिनमा फिल्म ‘परालको आगो’को छायांकन सकिएको छ। निर्माण टिमले दसैं अघिबाट म्याग्दीको विभिन्न स्थानबाट छायांकन थालेको यो फिल्मको छायांकन मंगलबार सकाएको हो। फिल्मको सुटिङ सकेसँगै निर्माण टिमले तीन फरक फरक लुक्सका तस्विर र रिलिज डेट समेत सार्वजनिक गरेको छ। यो फिल्म आगामी बैशाख ११ गतेबाट प्रदर्शनमा आउने निर्माता सुशील पोखरेलले बताए। उनले भने,‘मैले अरु फिल्म प्रदर्शनको समयमा नआउने निर्णय गरेको छु। अरु फिल्म पनि चल्नुपर्छ भन्ने मान्यता राख्दै साधारण डेटमा आफ्नो फिल्म रिलिज गर्ने तयारीमा छु।’उनले साथी भाईको फिल्मलाई सम्मान गर्दै आफ्नो डेटमा अरुले फिल्म नजुधाई दिन समेत आग्रह गरे।उनले थपे,

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 184 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा