मनोरञ्जन

    Showing 621-630 of 2,829 items.
  • सुरज र विनिता अभिनित फिल्म ‘पीआर’को ट्रेलर रिलिज

    शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘पीआर’को ट्रेलर रिलिज भएको छ। मंगलबार निर्माण टिमले पत्रकार सम्मेलन गर्दै ३ मिनेट १ सेकण्ड लामो ट्रेलर रिलिज गरेको हो।ट्रेलरमा नेपालबाट पढ्नका लागि अष्ट्रेलिया पुगेका युवाहरुहरुको कथालाई बाचन गरिएको छ। रिण खोजेर अष्ट्रेलिया पुगेका युवाहरुको सपना पीआर लिने भन्ने हुन्छ। तर यता नेपालबाट रिणमा पठाएको छोराले पैसा पठाउन नसक्दा र उताको परिस्थिति बुझ्न नसक्दाको अवस्थालाई निर्देशक बस्नेतले पर्दामा उतारेका छ। ट्रेलर हेर्दा फिल्ममा लभस्टोरी,बिछोड तथा आफ्नो देश आफ्नै हुनछ भन्ने सन्देश दिन खोजिएको छ।यहि मंसिर २६ गतेबाट अल नेपाल रिलिज हुन लागेको यस फिल्मको प्रचार

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 322 पटक पढिएको
  • चलचित्र विधेयकका सन्दर्भमा सरकार स्पष्ट छः मन्त्री खरेल

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले चलचित्र विधेयकको सन्दर्भमा सरकार स्पष्ट रहेको बताएका छन् । मंगलबार विधायन व्यवस्थापन समितिमा भएको चलचित्र विधेयक, २०८१ मा सरोकारवालासँगको छलफलमा उनले यो विधेयकको सन्दर्भमा सरकार स्पष्ट रहेको भन्दै सोही कारण विधेयक अगाडि बढाउने कुराहरुमा सहमत हुँदै सरकार सैद्धान्तिक छलफलमा सहभागी भएको बताए । उनले भने, ‘सरकार विधेयकको सन्दर्भमा अलमलमा छैन् । सरकार स्पष्ट छ । एकदमै स्पष्ट छ । त्यही भएर नै यो विधेयक अगाडि बढाउने कुराहरुमा सहमत हुँदै सैद्धान्तिक छलफलमा सहभागि भएका हौं र दफावार छलफलको लागि पनि अगाडि बढ्ने कुराहरुमा सरकारले हुदैँन् भने

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 515 पटक पढिएको
  • सामन्थाले कसिन लगनगाँठो

    दक्षिण भारतीय सिनेमाकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभु केही दिनदेखि आफ्नो व्यक्तिगत जीवनका कारण समाचारमा छिन् ।हिन्दुस्तान टाइम्सको समाचारका अनुसार सामन्थाले डिसेम्बर १ मा आफ्नो प्रेमी राज निदिमोरुसँग विवाह गरेकी छन् । यो उनको दोस्रो बिहे हो । दक्षिण भारतीय अभिनेता नागा चैतन्यसँगको उनको पहिलो विवाह पाँच वर्षभित्र टुंगिएको थियो । लामो समयसम्म एक अर्कालाई डेट गरेपछि समान्था र नागाले बिहे गरेका थिए । सम्बन्धविच्छेदपछि नागाले शोभिता धुलिपालासँग विवाह गरेका छन् ।यसैबिच सामन्थाले पनि लगनगाँठो कसेको खबर आएको छ । राज निदिमोरुको पहिलो विवाह सन् २०१५ मा श्यामली डेसँग भएको थियो, तर २०२२ मा उनीहरू अलग

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 367 पटक पढिएको
  • ‘बिगुल’ फिल्मको पोस्टरसँगै प्रदर्शन मिति सार्वजनीक

    ‘बिगुल’ फिल्मको फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति आइतबार सार्वजनीक गरिएको छ । रमेश कोइरालाको निर्देशन,कल्पना पौडेलको प्रस्तुति अनि दिनेश कोइरालाको कथा र निर्माण रहेको फिल्म माघ ९ गतेबाट देशब्यापी प्रदर्शनमा आउने छ ।सार्वजनीक तीन डिजाइनका पोस्टर मध्ये एउटामा अभिनेत्री बेनिशा हमाल गम्भीर भावमा छिन् । सोही पोस्टरमा राँको लिएका एक हुल प्रदर्शनकारी देखिन्छन । दोश्रो पोस्टरमा बेनीशा,अभिनेता नरेन खड्का र रमेश बुढाथोकी आक्रोशीत मुद्रामा छन भने अर्काे पोस्टरमा ‘बिगुल’ का सबै प्रमुख कलाकार समेटिएको छ ।गत बैशाख दोश्रो साता शुभमुर्हत गरि जेठबाट छायांङकन थालिएको ‘बिगुल’ मा जुन बिषयबस्तु उठाइएको छ,सोही बिष

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 360 पटक पढिएको
  • चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

    चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको छ । सोमबार साँझ ललितपुरस्थित लविम महलको क्यूएफएक्समा हलमा गरिएको प्रिमियरमा सिनेमा हेर्ने दर्शकले ‘अभिमन्यु : च्याप्टर–१’लाई उत्कृष्ट भनेका छन् ।चलचित्रको सरप्राइजिङ स्टोरी, कथ्य शैली र अभिनयको अधिकांशले तारिफ गरेका छन् । प्रिमियरमा बाक्लो संख्यामा पुगेका कलाकारले सस्पेन्स थ्रिलर ड्रामाले दर्शकलाई बाँधेर राख्ने क्षमता राख्ने बताएका छन् ।कौतुहलता सिर्जना गर्ने कथा सिनेमाको बलियो पक्ष भएको भन्दै त्यसमा कलाकारको कामले चलचित्रलाई थप बलियो बनाएको प्रतिक्रिया निर्देशक, कलाकार तथा निर्माताहरूले प्रतिक्रिया दिएका छन् ।‘अभिमन्यु :

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 409 पटक पढिएको
  • ‘कुमारी’को पहिलो अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

    निर्देशक दिनेश राउतको नयाँ प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’ले आफ्नो पहिलो अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक गरेको छ। गीत सार्वजनिकसँगै निर्माण टिमले चलचित्रको रिलिज मिति पनि घोषणा गर्दै ‘कुमारी’ आगामी माघ २३ गते देशभर प्रदर्शनमा आउने जनाएको छ। रिलिज मिति ‘भ्यालेन्टाइन डे’ नजिक परेकाले चलचित्रले युवा दर्शकलाई लक्ष्य लिएको बुझिन्छ।यसअघि टुँडिखेलमा भव्य रूपमा आयोजना गरिएको घोषणा कार्यक्रममा यो गीतको लाइभ प्रस्तुति गरिएको थियो, जसले सोसल मिडियामा ठुलो चर्चा बटुलेको थियो। गायक केहर सिंह लिम्बु तथा उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’ले प्रस्तुत गरेको यो गीत हाल युट्युब र टिकटकमा विश

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 348 पटक पढिएको
  • पोखरामा ‘स्मृतिमा झलकमान, नारायणगोपाल साँझ’ हुँदै

    पोखरास्थित झलकमान गन्धर्व सारङ्गी पाठशाला र रेडियो अन्नपूर्णको संयुक्त आयोजनामा आगामी बिहीबार ‘स्मृतिमा झलकमान, नारायणगोपाल साँझ’ हुने भएको छ । पोखरा महानगरपालिका–९ को वडा कार्यालय मुख्य प्रवद्र्धक रहेको उक्त साङ्गीतिक कार्यक्रममा झलकमान गन्धर्व सारङ्गी पाठशालाका विद्यार्थीले झलकमान र नारायणगोपालका गीत सुनाउने छन् ।रेडियो अन्नपूर्णको रजत वर्षको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको रेडियोका स्टेसन म्यानेजर सञ्जयकुमार मल्लले बताए । कला, साहित्य र सङ्गीतको जगेर्ना गर्ने उद्देश्यसहित नेपाली सङ्गीत जगतका दुई मूधन्र्य प्रतिभाको स्मृतिमा साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको उनको भनाइ छ । कार्यक्र

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 370 पटक पढिएको
  • फिल्म ‘झरीपछिको इन्द्रिणी’को पोस्टर सार्वजनिक

    हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) को डेव्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रिणी’को पोस्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक पोस्टरमा फिल्मका प्राय सबै मुख्य कलाकारको क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ ।नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको फिल्मबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन् । यो फिल्म छायांकनका लागि उप्रेती अमेरिकाबाट नेपालम फर्किएका थिए । फिल्ममा गणेशको अलवा रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपा

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 362 पटक पढिएको
  • चैत २७ बाट प्रदर्शन हुने ‘डल्लेले इन्ट्री मार्यो’को फर्स्टलुक्स सार्वजनिक

    आगामी चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ को फर्स्ट लुक्स सार्वजनिक भएको छ। निर्माण टिमले सोमबार फिल्मको पहिलो पोस्टर सार्वजनिक गरेको हो।पोस्टरमा मुख्य अभिनेता सागर लम्साल (बले) को लुक्स देख्न सकिन्छ। उनी हातको औँलाले सिगरेट तानेर झुम्म परेका दृश्यमा देखिएका छन्। कतै-कतै सिगरेट तान्दा उनी निदाएका जस्तो देखिनु उनको क्यारेक्टरको विशेषता झल्काउँछ। पोस्टरले युवापुस्तामा बढ्दो कुलतप्रति निर्देशकले केही सन्देश दिन खोजेको अनुमान गर्न सकिन्छ।पोस्टरमा केवल सागर लम्साललाई मात्रै देखाइएको छ, अन्य कलाकार समावेश गरिएको छैन।फिल्मको अधिकांश छायांकन कास्कीको याङ्जाकोटमा भएको हो

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 367 पटक पढिएको
  • चलचित्र ‘रोल नंं. १’ को छायांकन सुरु

    चलचित्र ‘रोल नंं. १’ को छायांकन सुरु भएको छ । दुई हप्ता लामो वर्कसपपछि निर्माण टिम छायांकनमा निस्किएको थियो ।चलचित्रको छायांकन म्याग्दीबाट सुरु भएको निर्माण टिमले जानकारी दिएको छ । करिब डेढ महिनाको सेडुयुल रहेको निर्माता विनोद पौडेलले जानकारी दिए ।चलचित्रको मुख्य भूमिकामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, शुन्दर धिताल र निर्भिक रेग्मी रहेका छन् ।यो चलचित्रलाई जोन योञ्जनले निर्देशन गर्दैछन् । कथा पनि उनी स्वयंको रहेको छ ।चलचित्र ‘रोल नंं. १’ भ्रम र कथित सामाजिक प्रतिष्ठाका नाममा विद्यार्थीले झेल्नुपर्ने मनोवैज्ञानिक दबाबको कथामा बन्ने निर्माता पौडेलले बताए ।सबैलाई जित्नै प

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 365 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.