निर्देशक दिनेश राउतको निर्देशनमा निर्माण भइरहेको प्रेम–कथानक नेपाली चलचित्र ‘कुमारी’को सम्पूर्ण छायाङ्कन सम्पन्न भएको छ। गत भाद्र १७ गतेदेखि सुरु भएको छायाङ्कन प्रक्रिया शनिबार औपचारिक रूपमा समाप्त भएको निर्माण टिमले जनाएको छ।छायाङ्कन सकिएसँगै चलचित्रको रिलिज मिति अब केही दिनमै सार्वजनिक गरिने निर्देशक राउतले जानकारी दिए। उनका अनुसार पोस्ट–प्रोडक्सनको प्रगतिलाई हेरेर अन्तिम मिति तय गर्ने तयारी भइरहेको छ। छायाङ्कनको बीचमै नै ‘कुमारी’ चर्चामा आएको थियो। सार्वजनिक समारोहमा प्रत्यक्ष प्रस्तुत गरिएको गीत ‘कता छौ मेरो फूल’ इन्टरनेटमा भाइरल बनेपछि चलचित्र प्रति दर्शकको चासो बढेको हो।देशव्यापी कन्सर्ट
प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते तय भएपछि नयाँ राजनीतिक दल गठनको प्रक्रिया तीव्र बनेको छ। निर्वाचन आयोगमा दिनहुँ नयाँ दल दर्ताका निवेदन परिरहेका छन् भने खुलिरहेका दलमा विभिन्न पृष्ठभूमिका व्यक्तिहरू पनि आबद्ध हुन थालेका छन्। यसै क्रममा नेपाली कलाकारहरू पनि राजनीतिक गतिविधिमा सक्रिय हुन थालेका छन्।अभिनेत्री तथा निर्मात्री निशा अधिकारीले हालै दर्ता भएको ‘गतिशील लोकतान्त्रिक पार्टी’को केन्द्रीय सदस्यको जिम्मेवारी लिएकी छिन्। यो पार्टी व्यवसायी वीरेन्द्रबहादुर बस्नेत र समाजशास्त्री दिनेश प्रसाईंसहित स्थापित गरिएको हो। निशाले अब अभिनयसँगै राजनीतिमा पनि सक्रिय भूमिका निर्वाह गर्ने बताएकी छन्।त्यस
आउँदो मंसिर ५ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘लडाइँ पहिचानको’ को ट्रेलर सार्वजनिक भएको छ। यो चलचित्रले तत्कालीन प्रदेश नम्बर १ (हालको कोशी प्रदेश) मा पहिचानको माग गर्दै भएको ऐतिहासिक र संवेदनशील आन्दोलनलाई केन्द्रविन्दुमा राखेको छ।भीम लामाको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रले पहिचानको मुद्दा, विद्रोह र राज्यसँगको संघर्षको कथालाई गहिरो रूपमा केलाएको छ। सार्वजनिक ट्रेलरमा आन्दोलनकारीले प्रदेशको नाम ‘किरात लिम्बुवान प्रदेश’ हुनुपर्ने भन्दै गरेको सशक्त आन्दोलन र त्यसको प्रतिउत्तरमा नाम ‘कोशी’ घोषणा भएपछि उत्पन्न भएको तनावपूर्ण स्थिति स्पष्ट देखाइएको छ।नेपाली समाजमा महत्त्वपूर्ण राजनीतिक
ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण हुने सिनेमा ‘झिँगेदाउ २’ छायांकनको अन्तिम तयारीमा छ । निर्माता समेत रहेका निर्देशक देउजाले यो सिनेमा आगामी मंसिर १५ गते सोमबार शुभमुहूर्त गर्दै छायांकन सुरु गर्ने भएका हुन् ।यो सिनेमा छायांकनको अन्तिम तयारी भैरहँदा मुख्य कलाकार हेरफेर गरिएको छ । निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाले सिनेमाको मुख्य अभिनेता मुकुन भुषालको ठाउँमा अर्का अभिनेता महेश त्रिपाठीलाई अनुबन्धित गरेका छन् । निर्देशक र कलाकारबीच छायांकन सेड्युलाई लिएर विवाद हुँदा सिनेमाबाट मुकुनको विकल्प खोज्नु परेको निर्देशक देउजा बताउँछन् ।निर्देशक देउजाले लामो समयदेखि कलाकारको सेड्युलका कारण भने
अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित ‘सान फ्रान्सिस्को ईन्टरनेशनल न्यु कन्सेप्ट फिल्म फेस्टिभल’ मा नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ ले अवार्ड जितेको छ । बिश्वभरिबाट एक सय अठार फिल्म समाबेश भएको उक्त अवार्डमा यस चलचित्रले उत्कृष्ट कथानक फिल्मको अवार्ड जितेको हो ।चलचित्रका निर्माता तथा निर्देशक मित्र प्रधान (नर)ले अवार्ड लिदै नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ ले अमेरिकामा उत्कृष्ट कथानक फिल्मको अवार्ड पाउनु आफैमा ठुलो कुरा भएको र नेपाली फिल्मको लागि यो खुसीको कुरा भएको बताउनु भयो ।प्रधानले आफ्नो कथा मन पराउनु भएकोमा सबै जुरिलाई धन्यवाद दिनुभयो ।चलचित्र ‘यो
दीपक प्रसाद आचार्यको डेब्यू निर्देशन रहेको फिल्म ‘परान’ आफ्नो अभूतपूर्व रिलिजको तेस्रो सातामा प्रवेश गरेको छ। तेस्रो साता प्रवेश गर्दै गर्दा यो भावनात्मक पारिवारिक सिनेमाले दुई सातामा ७ करोड ५० लाखमाथिको ग्रस व्यापार गर्न सफल भएको छ।आफ्नो प्रदर्शनको तेस्रो सातामा फिल्मले प्राप्त शो सङ्ख्यासमेत बढेको छ । फिल्मले शुक्रबार मात्र देशभर २ सय १० वटा शो प्राप्त गरेको छ। फिल्म हेर्न आउने दर्शकको फुटफलका कारण हलहरूले यो सङ्ख्यामा फिल्मलाई शो उपलब्ध गराएका हुन्। आज (शनिबार) बिदाको दिन पनि यही सङ्ख्याको शो जारी रहने अपेक्षा गरिएको छ।फिल्मले रिलिज हुँदा केबल ६४ शो मात्र पाएको थियो भने पहिलो दिन वक्सअफिसमा
काठमाडौं । एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘हर्ष’को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक गरिएको छ ।शुक्रबार सार्वजनिक सिनेमाको गीतमा सिनेमाका दुई मुख्य कलाकार खगेन्द्र लामिछाने र वर्षा राउत रोमान्टिक अवतारमा प्रस्तुत छन् । अभिनेता खगेन्द्र लामिछाने पहिलो पटक ‘हर्ष’मा रोमान्टिक अवतारमा प्रस्तुत भएका हुन् ।सार्वजनिक गीतको भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी हेर्न सकिन्छ । गीतको भिडियोले दर्शकलाई सिनेमाप्रति उत्साह पैदा गर्न सफल देखिन्छ । एलिस कार्कीले कम्पोज गरेको यो गीतमा सनिश श्रेष्ठ र अप्सरा घिमिरेको स्वर छ । नीरकमल खड्का (मामल)को शब्द रचना रहेको गीतम
नेपाली बक्स अफिसमा १२ करोड रुपैयाँभन्दा बढी व्यापार गर्दै उल्लेखनीय सफलता बनाएको चलचित्र 'ऊनको स्वीटर' अब भारतमा रिलिज हुने भएको छ। आर्टमान्डूले निर्माण गरेको यस चलचित्रलाई भारतमा एसली प्रोडक्सनले वितरण गर्ने निर्णय गर्दै आधिकारिक वक्तव्य सार्वजनिक गरेको छ। यस अनुसार नोभेम्बर २१ देखि चलचित्र दार्जिलिङ, सिलिगुडी, गान्तोक, कर्स्याङ, कालिम्पोङ, आसाम र दिल्लीसहितका प्रमुख स्थानहरूका सिनेमा हलहरूमा पहिलो चरणमा प्रदर्शन गरिने निर्देशक नवीन चौहानले बताए।हालै मात्र भारतको चलचित्र प्रमाणीकरण बोर्डबाट सेन्सर पास भएको 'ऊनको स्वीटर' भारत रिलिजका लागि दार्जिलिङस्थित एसभिएफ सिनेमा, कर्स्याङको कर्स्याङ फन्टा
भारतको डुवर्स क्षेत्रमा छायाङ्कन गरिएको नेपाली चलचित्र 'धागो' आज नेपाल र भारतका सिनेमा घरहरूमा एकसाथ रिलिज भएको छ। उदिप राणा थापाको निर्देशनमा बनेको यो चलचित्रले नेपाल-भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको भावनात्मक जीवन, आर्थिक चुनौती र सामाजिक यथार्थलाई कथाको केन्द्रमा राखेर प्रस्तुत गरेको छ।चलचित्रमा परिवारभित्रको सम्बन्ध, आर्थिक अभावका कारण उत्पन्न हुने दैनिक समस्या, सामाजिक दबाब र विषम परिस्थितिका बीच पनि अभिभावकले सन्तानका सपनाका लागि गर्ने निरन्तर प्रयासलाई मार्मिक रूपमा चित्रण गर्छ। सङ्घर्ष, बिछोड र परिवारमा देखा पर्ने मनोवैज्ञानिक उतार-चढावका बीच केही हल्का हास्य तत
निर्देशक यम शेर्मा निर्देशित चलचित्र ‘मिरमिरे’को दुई वटा पोस्टर बिहीबार सार्वजनिक गरिएको छ । पोस्टरमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङ्लेखु, शाइसा गौचन,अटाएका छन् । पहिलो पोस्टरमा दयाहाङ राई र शाइसा गौचन छन् ।मधुरो प्रकाश र पहाडको पृष्ठभूमिमा दयाहाङ र शाइसा छन् । उनीहरू बाउ र छोरीजस्तो रहेको देखिन्छ । दुवै केही तनावमा छन् । कसैको पर्खाई वा वियोगमा रहेजस्तो देखिएको छ । दयाहाङले छोरीप्रति आमाको जिम्मेवारी पनि निभाइरहेको सङ्केत पोस्टरमा देखिन्छ ।दोस्रो पोस्टरमा प्रकाश र सिर्जना छन् । प्रकाश विद्यार्थी र सिर्जना शिक्षिकाको भेषमा छन् । मन्द मुस्कानमा सिर्जना र मजाको हाँसो
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.