नेपालको राष्ट्रिय जीवनमा उल्लेखनीय योगदान पुर्याएका तीन जना विशिष्ट व्यक्तित्वहरुलाई आज काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच अभिनन्दन गरिएको छ ।ब्रिजवाटर एजुकेशन फाउण्डेशनले आज नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा कवि एवं प्रस्तोता डा नवराज लम्साल, कलाकार एवं श्रव्य–दृश्य अभिनेता दीपकराज गिरी तथा बैंकिङ एवं वित्ततर्फ नबिल बैंकका मुख्य कार्यकारी अधिकृत (सिइओ) मनोज ज्ञवालीलाई अभिनन्दन गरेको हो ।कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदिशचन्द्र पोखरेलले स्राष्टालाई सम्मान गर्नु आफैँका निकै ठूलो विषयमा भएको बताए । उनले भने, “देशका लागि विभिन्न माध्यमबाट योगदान दिने स्रा
काठमाडौँ। बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा चित्रकार सविता डङ्गोलको एकल चित्रकला प्रदर्शनी ‘ओरा अफ टुगेदरनेस’ सुरु भएको छ । डङ्गोल विशेष गरी महिलाको अन्तरमनका विषयमा चित्र कोर्नुहुन्छ । उहाँले यसपटकको प्रदर्शनीमा प्रकृति, महिला र आध्यात्मिक मनोभावलाई समेट्नुभएको जनाइएका छ । “मेरा सिर्जनाहरु प्रायजसो प्रकृतिमा देखिएका सौन्र्दय फूल, चराहरु, हिमाल, पहाड रोजाइमा पर्छ”, उहाँले भन्नुभयो, “यि आकृतिसँगै महिलाको संवेदनालाई समेट्ने गरेको छु ।”उहाँको ‘द फ्लो अफ लाइफ’ शीर्षकको चित्रमा एक आमाको मनोभाव प्रदर्शन गरिएको छ । डङ्गोलले आमालाई पृथ्वी शक्तिको प्रतिनिधित्व गर्ने बताउनुभयो । यस चित्रले आफ्नो
फिल्म महारानी प्रोडक्सन युके, फिल्म फ्याक्ट्री युके र संस्कृति क्रिएशन्स नेपालको संयुक्त ब्यानरमा बिक्रम जोशीले निर्देशन गर्न लागेको फिल्म ‘बिक्रम’ को छायाङ्कन सुरु भएको छ। फिल्मको छायाङ्कन आइतबारबाट बेलायतको लन्डनदेखि सुरु भएको हो ।फिल्मकि निर्माता हिरल जोशी रहेकी छिन्। फिल्मका एसोसिएट निर्देशकमा सुरेश न्यौपाने रहेका छन् । ‘संस्कृति क्रिएशन्स नेपाल न्यौपानेको कम्पनी हो ।अभिनेता सलोन बस्नेत र निर्देशक बिक्रम जोशी,सनम कुमार बैरागीको अलवा विदेशी कलाकार नादेशि हप्किन्सको फिल्ममा मुख्य भूमिका रहनेछ । सागर प्याकुरेलको लेखन रहेको फिल्ममा सौरभ लामाको डि.ओ.पी र ईश्वर सिन्केमानाको छायाङ्कन रहनेछ। फिल्म
बलिउड अभिनेत्री सेलिना जेटली यतिवेला विभिन्न चुनौती सामना गरिरहेकी छन् । खासगरी उनी पारिवारिक समस्याले घेरिएकी छन् ।उनका दाजु अवकाशप्राप्त मेजर विक्रान्त कुमार जेटली एक वर्षभन्दा लामो समयदेखि यूएईको जेलमा कैद छन् । सेलिना आफ्नो दाजुलाई जेलबाट रिहा गराउन निरन्तर प्रयासरत छिन् । अर्कोतिर सेलिनाको दाम्पत्य जीवन संकटमा परेको छ ।उनले आफ्नो पति पीटर हागविरुद्ध मंगलबार घरेलु हिंसासम्बन्धी उजुरी दायर गरेको समाचार प्रकाशमा आएको छ । यही सन्दर्भमा सेलिनाले सामाजिक सञ्जालमा भावुक पोस्ट गर्दै आफ्नो धारणा राखेकी छन् ।आफ्नो जीवनकै सबैभन्दा शक्तिशाली र अशान्त आँधीका बिचमा आफूले आमाबुबा र कुनै सपोर्ट सिस्टमविन
मंसिर १२ गते भोली शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘हर्ष’को बुधबार ललितपुरस्थित लविम मलका भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियर शोमा यो सिनेमा स्वर्गिय शिव रेग्मीकी श्रीमती ज्ञानु रेग्मीसहित निर्माता, निर्देशक, लेखक, कलाकार र सञ्चारकर्मीको बाक्लो उपस्थिती रहेको थियो ।भारतको मुम्बईका बस्दै आएकी अभिनेत्री निरुता सिंह लामो समयपछि नेपाली सिनेमाको प्रमियिर शोमा पुगेकी थिइन् । उनले एकता पौडेलको डेव्यु निर्देशकिय सिनेमा ‘हर्ष’ एकदमै राम्रो बनेको बताइन् । सिनेमाको सुरुवातमा नै आफुले स्वर्गिय निर्देशक शिव रेग्मीको तस्वीर देखेपछि आफु भावुक भएको बताउँछिन् । ‘हर्ष’ एकदमै सन्देश मुलक सिनेमा हो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज (बुधबार)को खेलमा विराटनगर किङ्सको हार भएको छ ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भएको खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ४८ रनले हराएको हो ।टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन जोडेको थियो भने विराटनगर किङ्सले १६.५ ओभरको खेलमा १२६ रन बनाएर अलआउट भएको हो । विराटनगरको यो पहिला हार हो भने चितवनको दोस्रो जित हो ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज (बुधबार)को खेलमा विराटनगर किङ्सलाई चितवन राइनोजले १७५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन जोडेको हो । आजको खेलमा विराटनगर लगातर चौथो जित निकाल्ने लक्ष्यमा छ । यो टिमले तीन खेल खेलेकोमा तीनै खेल जितेको छ । चितवन भने दोस्रो जितको खोजीमा मैदानमा उत्रँदै छ ।
विदुर पाण्डे ‘जनताजीवन’को आवाजमा नयाँ र्याप गीत ‘गन्तव्य’ सार्वजनिक भएको छ । परम्परागत र्याप विधाभन्दा फरक, यस गीतले सनातन दर्शन, पूर्वीय सभ्यता, आत्मअनुशासन र स्वाभिमानजस्ता गहिरा विषयवस्तुलाई उठान गरेको छ ।सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको यस गीतको हुक लाइन— “मैले भनेको है पक्कै, जिन्दगीमा पाउन गन्तव्य” ले युवापुस्तालाई लक्ष्यप्रति केन्द्रित रहन प्रेरित गरेको छ। गीतलाई तीन मुख्य खण्डमा विभाजन गरी कथावाचन शैलीमा प्रस्तुत गरिएको छ । पहिलोमा आक्रोश र आस्था: पहिलो खण्डमा जीवनका संघर्ष, आलोचना र कठिनाइहरूलाई देखाइएको छ।जस्तोसुकै परिस्थितिमा पनि ‘महाकाल’ र ‘पशुपतिनाथ’ को आशीर्वा
देशैभरिका हलमा तेस्रो सातामा प्रदर्शन भईरहेको चलचित्र ‘मन बिनको धन’ को नया गीत सार्वजनिक गरिएको छ । बालगायक अशोक दर्जीको मुख्य भूमिका रहेको चलचित्र ‘मन बिनको धन’को ह्याप्पी बर्थडे गीत सार्वजनिक गरिएको हो ।सार्वजनिक गीतमा टंक बुढाथोकी ,मेलिना राई ,अन्नु चौधरी ,अशोक दर्जी र एआर बुढाथोकीको स्वर रहेको छ भने शब्द ,संगीत तथा एरेन्ज टंक बुढाथोकी रहेको छ ।‘मन बिनको धन’ टिमले ह्याप्पी बर्थडे गीत सार्वजनिकसगै आज जन्मदिन पर्ने दर्शकले निःशुल्क चलचित्र हेर्न पाउने भएका छन् ।चलचित्रका निर्माता तथा निर्देशन टंक बुढाथोकी आज जन्मदिन पर्ने दर्शकले हलमा गएर टिकट किनेर फिल्म हेरेर हामीलाई सम्पर्क गरे
मंसिर १८ गते रिलिज हुने चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को हिन्दी भर्सनको टिजर रिलिज भएको छ । निर्माणपक्षले हिन्दी भर्सन हेर्ने दर्शकलाई लक्षित गर्दै हिन्दी भर्सनको टिजर सार्वजनिक गरेको हो ।यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा नेपाल, भारत र विश्वव्यापी रूपमा एकसाथ प्रदर्शनमा आउँदैछ । त्यसैले भारतसहित ओभरसिज मार्केटलाई लक्षित गर्दै निर्माणपक्षले हिन्दी भर्सनको टिजर सार्वजनिक गरेको हो ।टिजरमा चलचित्रका अधिकांश मुख्य कलाकारलाई देख्न सकिन्छ । टिजरमा प्रेम, सस्पेन्स, पैसाको प्रलोभन, अपहरण, सेयर बाँडफाँट, प्रहरीको कस्टडीमा पुगेको आरोपी र उसको बयान सिनेमामा देख्न सकिन्छ ।सिनेमाको मुख्य पात्र नै कसरी
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.