मनोरञ्जन

    Showing 491-500 of 1,576 items.
  • 'ऊनको स्वीटर'को अग्रिम टिकट बुकिङ खुला

    वैशाख २६ गते शुक्रवारबाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’को अग्रिम टिकट बुकिङ सुरु भइसकेको छ । टिकट बुकिङ खुल्नासाथ दर्शकको उत्साह उल्लेखनीय रूपमा देखिएको छ र दर्शकहरूले टिकट खरिद गर्न थालिसकेका छन् । टिजर, ट्रेलर र गीतमार्फत पहिल्यै चर्चा बटुल्न सफल यो चलचित्रप्रति दर्शकको चासो अझै तीव्र बनेको छ ।नेपालकै सबैभन्दा ठुलो सिनेमा हल सञ्जाल क्युएफएक्सले मङ्गलवारदेखि नै टिकट बुकिङ खुला गरेको हो । त्यस्तै, काठमाडौं उपत्यकाका बिग मुभिज, आइएनआई, एफक्युब लगायतका हलहरू तथा उपत्यका बाहिरका प्राय: सिनेमा घरले पनि टिकट बिक्री सुरु गरिसकेका छन् ।वितरक गोविन्द शाहीका अनुसार, यो समाचार

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 119 पटक पढिएको
  • रेड २ बन्यो यो बर्ष सबैभन्दा धेरै कमाउने चौथों बलिउड फिल्म

    अजय देवगन र रितेश देशमुख अभिनित फिल्म ‘रेड २’ गत मे १ बाट थिएटरमा रिलिज भएको थियो। फिल्मले पहिलो दिनमा दुई दक्षिण भारतीय फिल्म रेट्रो र हिट ३ र बलिउड फिल्म भूतनीसँग टक्कर गर्नु परेको थियो । तर,  ‘रेड २’ ले बक्स अफिसमा दमदार सुरुवात गरेको थियो र त्यसपछि यी सबै फिल्मलाई पछाडी छोडेर रिलिज भएको ६ दिनमै बजेटभन्दा कयौं गुणा बढी व्यापार गरेको थियो । यो फिल्मले भारतमा मात्रै नभई विश्वभर निकै चर्चा मच्चाएको छ । ‘रेड २’ ले रिलिज भएको ७ दिनसम्म विश्वभर कति कलेक्शन गरेको छ, यहाँ जानौँ । ‘रेड २’ ले विश्वव्यापी बक्स अफिसमा धुम मच्चाइरहेको छ र उत्कृष्ट प्रदर्शन गरिरहेको छ । साताका दिनमा चलचित्

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 126 पटक पढिएको
  • अपरेशन सिन्दुरले गरायो बलिउड फिल्मले ‘सिन्दुर’को सम्झना, भएको थियो बक्स अफिसमा हिट

    भारतको अपरेसन सिन्दूर अहिले यतिखेर चर्चामा रहेको छ ।  पाकिस्तान माथी गरेको अपरेशन सिन्दुरमा परी पाकिस्तानको ३१ र भारतका १३ जनाको निधन भएको छ । तर, आज भने हामी हामी तपाईंलाई ३५ वर्ष पहिले बक्स अफिसमा हिट भएको १९८७ को फिल्म ‘सिन्दूर’ को सम्झना गराउने छौं।  यस ड्रामा फिल्ममा शशि कपुर, जया प्रदा, गोविन्द र नीलम कोठारीको महत्वपूर्ण भूमिका थियो भने जितेन्द्र र ऋषि कपूर विशेष भूमिकामा रहेका थिए । फिल्ममा कादर खान, शक्ति कपूर, गुलशन ग्रोवर, असरानी र अरुणा इरानीले पनि सहायक भूमिका खेलेका थिए। रविशंकरको निर्देशनमा बनेको यो पहिलो फिल्म पनि हो । सिन्दुरा १९८४ को तमिल फिल्म ‘उ

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 118 पटक पढिएको
  • मिलनको ‘सुम्निमा’मा उपासना अनुबन्धित

    निर्देशक मिलन चाम्सको निर्देशन रहने फिल्म ‘सुम्निमा’ मा मुख्य अभिनेत्री उपासना सिंह ठकुरी अनुबन्धित भएकी छन्। । प्रेमकथामा आधारित हुने यो फिल्म नेपाली र अंग्रेजी भाषामा निर्माण हुनेछ । ‘सुम्निमा’ मा उपासना अनुन्बन्ध संगै उनको जोडीको रुपमा काम गर्ने अभिनेताको लागी अडिसन आव्हान गरिएको छ। २० देखि २६ वर्षको युकेमा रहेको व्यक्तिले अडिसनमा भाग लिन पाउने पनि बताईएको छ।निर्देशक चाम्सले युनिभर्सल कथा र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै फिल्म बन्ने बताए । ‘कथावस्तु पनि युनिभर्सल भएकाले पनि विदेशी बजारलाई लक्षित गर्दै फिल्म बन्नेछ’ चाम्सले भने ।नेपाल र बेलायतमा यो फिल्म जुलाईदेखि छायांकन हुनेछ ।

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • 187 पटक पढिएको
  • अष्ट्रेलियापछि धम्पुसबाट थालियो ‘पीआर’को छायांकन

    निर्देशक शोभित बस्नेतको सिनेमा ‘पीआर’ को दोस्रो सेडयुल धम्पुसबाट सुरु भएको छ। अष्ट्रेलियामा ६० प्रतिशत छायांकन गरेको निर्माण टिमले बाँकी दृश्य कास्कीको धम्पुसबाट थालेको हो।सोमबार निर्मण टिमले सिनेमाको एक दृश्य बिहेको खिचेको छ। जहाँ दिक्पाल कार्की,नीर शाह,गौरी मल्ल,बिनिता कार्कीलाई देख्न सकिन्छ। निर्देशक बस्नेतले सिनेमाको ६० प्रतिशत अष्ट्रेलियामा र बाँकी दृश्य नेपालमा खिच्ने सेड्युल अनुसार नै काम भइरहेको बताए। उनले यतिबेला कास्कीको धम्पुसमा धमाधम छायांकन भइरहेको समेत जानकारी दिए। उनका अनुसार यो सिनेमाको छायांकन धम्पुसका अलवा पोखरा,चितवन लगायतका ठाउँमा समेत खिचिने छ।फिल्मको कथा अनुसार नै सिनेको

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • 181 पटक पढिएको
  • हेर्नुस् ‘माइतीघर’मा माग्ने वुढाको लुक्स

    हाल छायांकन भइरहेको फिल्म ‘माइतीघर’को सेटबाट कलाकार केदार घिमिरे ‘माग्ने वुढा’को लुक्स बाहिरिएको छ ।सार्वजनिक नयाँ लुक्समा केदार खाटमा बसेर मोबाइल हेरिरहेको देख्न सकिन्छ । झट्ट हेर्दा उनको लुक्स, गाउँको मुखियाको जस्तो लाग्छ । तर, निर्माणपक्षले यस बिषयमा केही पनि बोलेको छैन ।मिलन तामाङको निर्देशनमा तयार भइरहेको यो फिल्मलाई तामाङ संकृतिको सेरोफेरोमा राखेर निर्माण गरिएको छ । फिल्मको प्रदर्शन मिति दशैंको फूलपातिलाई पक्का गरिसकिएको छ ।यो फिल्मको छायांकन हाल म्याग्दीको ताकम गाउँमा भइरहेको छ । २० दिनसम्म ताकम गाउँमा र २० दिन दरबाङको तातोपानी क्षेत्रमा फिल्मको छायांकन हुनेछ ।यो फिल्ममा युवराज लामा, के

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • 166 पटक पढिएको
  • सुदिप र शान्तीश्रीको ‘केही भनेकै छैन’ सार्वजनिक

    लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक भएको छ । गीतमा सुदिप अधिकारी र शान्ती श्री परियारको स्वर छ । गीतको भिडियो सुदिप अधिकारी अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ ।शब्द तथा संगीत सुदीप अधिकारीको छ । कमल सौरागको संगीत संयोजन रहेको गीतमा कुमार राना मगरको मिक्सिङ तथा मास्टरिङ रहेको छ । खुमन राना र सुमन रानाले गीत रेकर्डिङ गरेका छन् ।गीतको भिडियो पनि निर्माण गरिएको छ । ओवी रायमाझी र जुना विश्वकर्माको अभिनय रहेको छ । सुदीप बरालको छायांकन रहेको गीतको भिडियो सम्पादन मनोज कार्कीले गरेका छन् ।गाउँले परिवेशमा खिचिएको भिडियोमा ग्रामीण जनजीवन समेटिएको छ । लेकबेसी, गोठालो, र पानी पँधेरो गर्दा युवा युवत

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • 183 पटक पढिएको
  • गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

    गायक अरिजित सिंहले आफ्नो स्वरले करोडौं मानिसलाई दीवाना बनाएका छन् । उनले आफ्नो करियरमा यस्ता गीत गाएका छन्, जुन सबैको मनमा बसिरहेको छ, जो अझै सयौं बर्षसम्म पनि बस्नेछ । यसबाहेक अरिजित सिंह आफ्नो सादगीका लागि पनि परिचित छन् ।  अब भने अरिजित सिंहले आफ्नो होटल मार्फत समाजसेवाको काम पनि गरिरहेका छन् । मुर्शिदाबाद (पश्चिम बंगाल) मा अरिजित सिंहको गृहनगर जियागञ्जमा ‘हेशेल’ नामको होटल छ, जसको व्यवस्थापन उनको परिवारले गर्छ। यस होटलमा ३० रुपैयाँमा नै स्वादिष्ट खाना पाइन्छ। यो होटल श्रमिक वर्गका लागि हो, जसले कम पैसा खर्च गरेर आफ्नो पेट भर्न सक्छन्।यसका साथै होटलमा नन–भेज खाना पनि उपलब्ध छ, जुन

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • 174 पटक पढिएको
  • पवनदीपको गरियो हिप र तिघ्राकाे शल्यक्रिया, स्वास्थ्य अवस्था सुधारोन्मुख

    इन्डियन आइडलका विजेता उत्तराखण्ड निवासी पवनदीपको अमरोहामा दुर्घटना पछि हाल उपचार भइरहेको छ। यो घटना गत आइतबार राति भएको थियो र सोमबार पवन दीपलाई गम्भीर अवस्थामा नोएडाको सेक्टर–६२ स्थित फोर्टिस अस्पतालमा भर्ना गरिएको थियो। मंगलबार पवनदीपको हिप र तिघ्राको हड्डीको शल्यक्रिया गरिएको छ । यसपछि पनि पवनदीपको अवस्था स्थिर रहेको जनाइएको छ। पवनदीपको थप एक वा दुई शल्यक्रिया हुन सक्ने बताइएको छ । अमरोहामा सडक दुर्घटनामा परी घाइते भएका टिभी शो इन्डियन आइडल–१२ का विजेता गायक पवनदीप राजनको पहिलो स्वास्थ्य अपडेट हिजो आएको थियो । नोएडास्थित फोर्टिस अस्पतालमा उपचाररत उनको मंगलबार पवनदीपको हिप र तिघ्रा

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • 282 पटक पढिएको
  • मेटा गालामा रिहानाको ‘बेबी बम्प’

    प्रसिद्ध गायिका रिहानाले ‘मेट गाला २०२५’ मार्फत आफ्नो तेस्रो सन्तानको खबरले सबैलाई चकित पारेकी छिन्।  मे ५, २०२५ मा न्यूयोर्कमा आयोजित यस कार्यक्रममा रिहानाले आफ्नो पार्टनर एएपी रकीसँग रेड कार्पेटमा आफ्नो बेबी बम्प फ्ल्यान्ट गरे पछि सबै चकित भएका हुन ।अहिले उनका तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । रिहानाको स्टाइलिश लुक र गर्भावस्थाको घोषणा प्रशंसकहरूको लागि ठूलो आश्चर्य थियो। मेट गालामा उनको लुक्स कस्तो थियो त, थाहा पाउनुहोस् ।खासमा ३७ वर्षीया रिहानाले मेट गालामा ग्रे रंगको टु पीस आउट फिट लगाएकी थिइन्, जसमा उनको बेबी बम्प स्पष्ट देखिन्थ्यो। उनले यसलाई कालो ज्याकेट, फर चोरी, खैर

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • 152 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा