मनोरञ्जन

    Showing ४१-५० of २,८६६ items.
  • ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य अभिनेत्रीमा गुराँस ढकाल अनुबन्धित

    काठमाडौं / बलिराम चौहानको निर्देशनमा बन्ने सिनेमा ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य अभिनेत्रीमा गुराँस ढकाल अनुबन्धित भएकी छन् । मुख्य भूमिकामा यो उनको डेब्यु सिनेमा हो । यसअघि उनले केही सिनेमामा सहायक भूमिकामा अभिनय गरिसकेकी छन् ।गुराँसले अभिनेता सञ्जोग रसाइलीसँग एक्टर्स हबमा अभिनय सिकेकी हुन्, जहाँ अभिनयका विभिन्न पक्षमा आफ्नो अभिव्यक्ति, प्रस्तुति र चरित्र निर्माणमा काम गरिन् । अभिनय यात्राका क्रममा उनले विभिन्न विज्ञापन तथा म्युजिक भिडियो र हरर सिनेमा ‘मम्मी’मा अभिनय गरेकी थिइन् ।बाल्यकालदेखि नै कलाकारिता र क्यामेराअगाडिको प्रस्तुतिप्रति आकर्षित हुने गुराँसले आफ्नो रुचिलाई करियरमा रूपान्तरण ग

    • प्रकाशित मितिः साउन २८, २०८३
    • १५९ पटक पढिएको
  • ‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

    काठमाडौं । “धेरै राम्रो सन्देश बोकेको लोक सँस्कारयुक्त गीत रहेछ । जसले १० मा ८ स्कोर पाउँछ मबाट । छुटाउँदा अन्याय भैजाने त ‘भुइँ नबिर्स’ नै हो, जसलाई १० मा ९.९९ घटाउँदैन,” यो प्रतिक्रिया चलचित्र ‘बा : एक योद्धा’का दुई गीत ‘नभन्नू कोइसित’ र ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’लाई टेकेन कँडेलले युट्युबमा हेरेर दिएका हुन् ।सिबी राना मगरलाई पनि ‘बा : एक योद्धा’का गीत ‘नभन्नू कोइसित’ मन परेको छ । उनी लेख्छन्, “धेरै पछि पञ्चेबाजाको नयाँ गीत आहा सागर आले र समीक्षा अधिकरीको स्वरमा आहा ।”चलचित्र ‘बा : एक योद्धा’को गीत सुनेर र हेरेर आएका केही प्रतिक्रिया हुन् यी । यस्ता थुप्रै प्रतिक्रिया यो सिनेमाका

    • प्रकाशित मितिः साउन २८, २०८३
    • २६५ पटक पढिएको
  • ‘साम्राज्य’मा दयाहाङको प्रवेश, बलियो बन्दै लाइनअप

    काठमाडौं । निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’का लागि अभिनेता दयाहाङ राईलाई मुख्य भूमिकामा अनुबन्ध गरेका छन् । सौगात मल्लपछि सौरभले मुख्य भूमिकामा दयाहाङलाई अनुबन्ध गराएका हुन् ।नेपाली रजतपटको यो हिट जोडी हो । ‘लुट’बाट एकैपटक स्टार बनेका यी दुई अभिनेताको प्रवेशसँगै यो सिनेमा प्रतिक्षित बन्नेछ । यी दुई अभिनेता एउटै सिनेमामा देखिँदा दर्शकमा उत्साह र कौतुहलता थपिने गरेको छ ।“हामीले हालसम्म सौगात र दयाहाङलाई हाम्रो चलचित्रमा भित्र्याएका छौँ । यी दुई नामसँगै हामीसँग अझै सरप्राइजिङ नाम बाँकी नै छ,” सौरभले भने, “हामी यो पटक हाम्रो सिनेमालाई राम्रो र प्रतिक्षित बनाउन कुनै पनि कसर

    • प्रकाशित मितिः साउन २८, २०८३
    • २७८ पटक पढिएको
  • ‘म मदनकृष्ण’मा हरिवंशको श्रीमतीको भूमिकामा वर्षा राउत

    काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’मा वर्षा राउतको प्रवेश भएको छ । निर्माण टिमले उनलाई हरिवंश आचार्यको अपोजिटको भूमिकामा अनुबन्ध गराएको हो ।उनले ‘म मदनकृष्ण’मा हरिवंशको श्रीमती रमिला पाठकको भुमिका निभाउने छिन् । हरिवंशको भूमिकामा भने यो चलचित्रमा अरुण क्षेत्री अनुबन्ध भइसकेका छन् । अब ‘म मदनकृष्ण’मा वर्षाले अरुणको अपोजिटमा काम गर्नेछिन् । अरुण र वर्षाले पहिलोपटक सँगै काम गर्न लागेका हुन् ।“हामीले अरुणको अपोजिटमा वर्षा राउतलाई लिएका छौँ । निर्माण टिमले वर्षालाई अरुणको अपोजिटमा साइन गराउँदा उहाँले हरिवंश आचार्यको श्रीमतीको भूमिका निर्वाह गर्नुहु

    • प्रकाशित मितिः साउन २६, २०८३
    • २५३ पटक पढिएको
  • ‘दाहाल यज्ञनिधि पुरस्कार’ साहित्यकार अधिकारी र चलचित्र निर्देशक सुब्बालाई प्रदान

    काठमाडौँ। साहित्यकार एवं सञ्चारकर्मी यज्ञनिधि दाहालको स्मृतिमा स्थापित ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ साहित्यकार भवानी अधिकारी (मणिपुर, भारत) र वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बा (खोटाङ) लाई प्रदान गरिएको छ ।दाहाल यज्ञनिधिको आठौँ स्मृति दिवसका अवसरमा ‘दाहाल यज्ञनिधि सुधा सदन’ले आज आयोजित एक समारोहका बीच रु एक लाख ५० हजार नगद राशिसहितको उक्त पुरस्कार अधिकारी र सुब्बालाई प्रदान गरिएको हो ।साहित्यकार, पूर्वमन्त्री एवं संविधानसभा सदस्य शान्ता मानवी, पूर्वमन्त्री गिरिराजमणि पोखरेल र दाहाल यज्ञनिधि सुधा सदनकी अध्यक्ष सुधा दाहालले संयुक्त रुपमा प्रदान गर्नुभयो ।कार्यक्रममा पूर्वमन्त्री मानवीले नेपाल

    • प्रकाशित मितिः साउन २६, २०८३
    • २५० पटक पढिएको
  • ‘गौँथली’कै बाटोमा हो दोस्रो ‘गौँथली’ पनि ?

    काठमाडौं । विसं. २०५७ सालमा रिलिज भएको चलचित्र ‘गौँथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो । तत्कालीन माओवादीले सिनेमा हल बन्द गराइरहेको बेला कठमाडौंमा भने यो सिनेमा लामो समय चल्न सकेको थिएन ।तर, काठमाडौंबाहिरका दाङलगायत तीनवटा स्टेशनमा भने यसले ५१ औँ दिन मनाउन सफल भएको थियो । ५१ औँ दिनको सफलता मनाएको यो सिनेको पहिलो म्युजिकल सिनेमा थियो ।त्यसकै अपडेटेड भर्सनमा रुपमा २६ वर्षपछि फेरि ‘गौँथली’ बन्यो । डा. भोला रिजालकै कथामा उनका छोरा डा. कपिल रिजालले निर्देशन गरे । ‘ह्यारी कि प्यारी’ पछि उनको यो दोस्रो निर्देशकीय फिल्म थियो ।यो फिल्म यसरी चल्यो १९ करोड ग्रसकलेक्सन गरिसकेको छ, यो आकडा अनुसार यो वर

    • प्रकाशित मितिः साउन २५, २०८३
    • ३५५ पटक पढिएको
  • ‘सुपर कमेडी लिग’को औपचारिक घोषणा, राजेश हमाल मुख्य निर्णायक

    काठमाडौं / नेपालको पहिलो ‘कमेडी एक्ट’मा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’को औपचारिक घोषणा गरिएको छ । आइतबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत शोको घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै अभिनेता राजेश हमालले ‘सुपर कमेडी लिग’ आफ्नो लागि अन्य टेलिभिजन कार्यक्रमभन्दा फरक र विशेष रहेको बताए । टेलिभिजन प्रस्तोताका रूपमा लामो समयदेखि काम गर्दै आएपनि कमेडीमा आधारित रियालिटी शोमा सहभागी हुन लागेको यो पहिलो अनुभव भएको उनले बताए ।हमालले कमेडी विधा कलाकारिताको सबैभन्दा चुनौतीपूर्ण विधामध्ये एक भएको उल्लेख गरे । दर्शकलाई हँसाउनु निकै कठिन काम भएको भन्दै उनले कमेडी कलाकारप्रति आफ्नो उच्च सम्मान र

    • प्रकाशित मितिः साउन २४, २०८३
    • २०६ पटक पढिएको
  • गाउँपालिका राष्ट्रिय महासंघले ‘गौँथली’ फिल्मलाई गर्यो सम्मान

    काठमाडौं /गाउँपालिका राष्ट्रिय महासंघ नेपालले फिल्म ‘गौँथली’ टिमलाई सम्मान गरेको छ । स्थानीय तहले बालबालिकाको क्षेत्रमा संचालन गरिरहेको अभियान ‘बालविवाहमुक्त पालिका’ र फरक क्षमता भएकाहरूको विषयमा गरिरहेको जनचेतनामूलक कार्यलाई टेवा पुग्ने गरी फिल्म ‘गौँथली’ निर्माण भएको जानकारी गराउँदै यसका निर्देशक डा.कपिल रिजाल, अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्कालाई महासंघले चितवनमा सम्मान गरेको हो । फिल्मका निर्देशक डा.कपिल रिजालले फिल्मले दिएको संदेशलाई बुझेर त्यसलाई मनन गरेको भन्दै महासंघलाई धन्यवाद दिए ।‘गौँथली निर्माणको उदेश्य नै फरक क्षमता भएका प्रति सामाजिक दृष्टिकोण बदल्नु र छोरीलाई पढ्ने

    • प्रकाशित मितिः साउन २४, २०८३
    • २०८ पटक पढिएको
  • दशैं–तिहारको बीचमै सुरु हुनेभयो एनपीएलको तेस्रो संस्करण

    काठमाडौं / नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले प्रतियोगिताको मिति सार्वजनिक गर्दै एनपीएल कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुने जनाएको हो । क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार यसपटक एनपीएल नेपालीहरूको प्रमुख चाड दशैं र तिहारको बीचमा आयोजना हुने भएको छ । यसअघि तिहारपछि मंसिर महिनामा आयोजना हुँदै आएको प्रतियोगिता यसपटक भने चाडपर्वको मौसममै आयोजना गर्न लागिएको हो ।एनपीएलको तेस्रो संस्करणको मिति सार्वजनिक भएसँगै प्रतियोगिताको तयारीसमेत अघि बढ्ने भएको छ । प्रतियोगितामा सहभागी टोली, खेलाडी छनोट, खेल

    • प्रकाशित मितिः साउन २४, २०८३
    • २४३ पटक पढिएको
  • सकियो ‘चिरञ्जीवी भवः’को छायांकन

    काठमाडौं । ब्लक बस्टर निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को चलचित्र ‘चिरञ्जीवी भवः’को छायांकन सकिएको छ । ५१ दिनमा चलचित्रको छायांकन सकिएको हो ।जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्रको जेठ १५ बाट छायांकन सुरु भएको थियो । धनकुटा, सुनसरी र काठमाडौंमा चलचित्रको छायांकन भएको थियो ।गत वर्ष निर्देशक आचार्यले निर्देशन गरेको ब्लकबस्टर चलचित्र ‘परान’ गत वर्षको सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने नेपाली चलचित्र बनेको थियो । उनको निर्देशनमा बनेको यो दोस्रो चलचित्र कस्तो हुनेछ भन्ने धेरैमा प्रतिक्षा छ ।“हामीले मन खोलेर समय लगाएर चलचित्रको छायांकन गरेका छौँ । अब पोस्ट प्रो

    • प्रकाशित मितिः साउन २४, २०८३
    • २५१ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.