मनोरञ्जन

    Showing 411-420 of 2,829 items.
  • ‘कुमारी’ को ट्रेलर सार्वजनिक

    काठमाडौं— माघ २३ गते रिलिज हुने नेपाली प्रेम कथानक चलचित्र ‘कुमारी’को ट्रेलर सार्वजनिक गरिएको छ ।ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका पाश्र्व गायक केहर सिं लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’को विशेष प्रस्तुति रहेको थियो । साथै लोकप्रिय ब्यान्ड ‘इस्त्रीज’ र ‘त्रिजा प्रदान एन्ड द टुकुचा’ले पनि दर्शकलाई साङ्गीतिक प्रस्तुतिमार्फत झुमाएका थिए । साङ्गीतिक कन्सर्ट र चलचित्र प्रचारको संयोजनले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।यही चलचित्रबाट डेब्यु गरेका मुख्य कलाकारहरू अविषेक खड्का र आकृति राजभण्डारीले हजारौँ दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्दै आफूहरूलाई दर्शकले दिएको स्वागतले अत्यन्तै पुलक

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 465 पटक पढिएको
  • दश हजार दर्शकमाझ 'कुमारी'को ट्रेलर सार्वजनिक, कार्यक्रम बन्यो ऐतिहासिक

    माघ २३ गते रिलिज हुने वर्षकै प्रतीक्षित नेपाली प्रेम कथानक चलचित्र 'कुमारी'को बहु प्रतीक्षित ट्रेलर राजधानी काठमाडौंको भृकुटीमण्डपस्थित खुला स्थानमा भव्य कार्यक्रमबीच सार्वजनिक गरिएको छ। अनुमानित दश हजारभन्दा बढी दर्शकको प्रत्यक्ष उपस्थितिमा सम्पन्न यो कार्यक्रम नेपाली चलचित्रको इतिहासमै ट्रेलर सार्वजनिकतर्फको अभूतपूर्व र ऐतिहासिक घटना बनेको छ।खुला आकाशमुनि हजारौँ दर्शक साक्षी राख्दै प्रत्यक्ष रूपमा ट्रेलर रिलिज हुनु आफूले देखेको सपना पूरा भएको प्रतिक्रिया निर्देशक दिनेश राउतले व्यक्त गरे। उनले यति ठुलो सङ्ख्यामा उपस्थित दर्शकको उत्साह अब सिनेमा घरसम्म पनि पुग्ने विश्वास व्यक्त गरे। निर्माता म

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 240 पटक पढिएको
  • ‘गोबर गणेश’को ९ दिन सम्मको कमाइ १ करोड १० लाख माथि

    हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘गोबर गणेश’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको छ ।माघ १ गते (माघे संक्रान्ति) देखि प्रदर्शनमा आएको यो चलचित्रले १ करोड १० लाख रुपैयाँ भन्दा बढीको ग्रस कलेक्सन गर्न सफल भएको छ । ९ दिन (शुक्रबार) सम्ममा चलचित्रले उक्त कमाइ गरेको हो ।दोस्रो सातामा पनि चलचित्रले हलमा दर्शकको उत्साहजनक साथ पाइरहेको छ भने विशेषगरी दर्शकको सकारात्मक प्रतिक्रिया बलियो भएका कारण ‘गोबर गणेश’ हेर्ने दर्शकको सङ्ख्या बढ्दै गएको देखिएको छ ।दर्शको वर्डअफ माउथ राम्रो बनेसँगै यो चलचित्रका कलाकारहरू विभिन्न सिनेमा हलहरूमा पुगेर प्रतिक

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 385 पटक पढिएको
  • “बजारका लागि होइन, कथाका लागि विजय र अञ्जनालाई रोजेको हुँ” : सरोज पौडेल

    सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘सिन्दुरे जात्रा’को निर्माणपक्षले कलाकार अनुबन्ध गर्न सुरु गरेको छ । सरस्वती पूजाको अवसर पारेर निर्माणपक्षले आज मुख्य दुई कलाकार अनुबन्ध गरेको हो ।अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइली अनुबन्ध भएका छन् । ब्लकबस्टर निर्देशक सरोज पौडेलसँग यी दुवै कलाकारको यो दोस्रो सहकार्य हो । यसअघि उनीहरूले सरोज पौडेलकै निर्देशनमा बनेको चलचित्र 'पूर्णबहादुरको सारङ्गी' मा काम गरेका थिए । जुन नेपाली चलचित्र इतिहासकै सर्वाधिक कमाउने चलचित्र बनेको छ । यो चलचित्रले नेपाली बक्स अफिसमा झण्डै ५० करोड भन्दा बढीको व्यापार गरेर इतिहास रचेको छ ।निर्देशक पौडेलले

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 397 पटक पढिएको
  • अर्पण थापाको निर्देशनमा बन्ने चलचित्र ‘फ्रेन्च किस’ घोषणासँगै शुभमुहूर्त

    नेपाली चलचित्र क्षेत्रमा फरक शैली र धारका चलचित्र निर्देशनका लागि चिनिने अभिनेता अर्पण थापाले आफ्नो नयाँ प्रोजेक्ट ‘फ्रेन्च किस’को औपचारिक रुपमा घोषणा गरेका हुन् । यस चलचित्रलाई थापा स्वयंले निर्देशन गर्दैछन् ।सोमबारबाट चितवनका विभिन्न स्थानमा छायांकन सुरु हुनेछ । चलचित्रमा अर्पण थापा मुख्य भूमिकामा देखिनेछन् । उनीसँगै अन्तर्राष्ट्रियस्तरमा चर्चा कमाएको चलचित्र ‘शाम्बाला’बाट चर्चामा आएकी अभिनेत्री थिन्ले ल्हामो मुख्य भूमिकामा रहनेछिन् ।अभिनेत्री थिन्लेले यसअघि स्वीट्जरल्यान्डको विश्वप्रसिद्ध ७७औँ लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि प्रतिष्ठित ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकी थिइन् ।

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 330 पटक पढिएको
  • ‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा, जेठ १५ गते रिलिज

    चलचित्र ‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षले शुक्रबार विद्याकी देवी सरस्वतीको पूजा (वसन्तपञ्चमी) को शुभ अवसर पारेर चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरेको हो ।सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रले आगामी वर्षको २०८३ जेठ १५ गते (गणतन्त्र दिवस) लाई आफ्नो प्रदर्शन मिति तय गरेको छ ।निर्माण टोलीले विशेष शैलीमा चलचित्रको मिति घोषणा गरेको छ । चलचित्रका मुख्य बाल-कलाकारहरू अध्ययन गर्ने विद्यालय 'पाथिक ज्ञ्यान निकेतन' मै पुगेर सरस्वती पूजाको अवसरमा निर्माण टिमले रिलिज मिति सार्वजनिक गरेको हो ।निर्माता विनोद पौडेलका अनुसार यो चलचित्र नेपालका साथै विदेशमा पनि एकस

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 307 पटक पढिएको
  • महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई

    घोराही। तुलसीपुर उपमहानगरपालिका–४ मजुवाका मुना ओलीलार्ई बाजा बजाउन भ्याइनभ्याई छ । जिल्लामा हुने विभिन्न सभा सम्मेलन, बिहे, पूजाआजामा बाजा बजाउन उहाँलाई भ्याइनभ्याई भएको हो । नौमती बाजा बजाउनेमध्ये एक उहाँ समूहमा बाजा बजाउँदै हिँड्नुहुन्छ । महिला पनि अगाडि बढ्नुपर्छ भन्ने सोचले आफू बाजा बजाउँदै समूहमा हिँड्ने गरेको उहाँको भनाइ छ ।“महिला पनि सीप सिकेर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो, “हामी बाजा बजाएर अगाडि बढेका छौँ ।” उहाँ आजभोलि नौमती बाजाको समूहमा बाजा बजाउँदै जिल्लाका विभिन्न ठाउँसहित जिल्लाबाहिर पनि मागअनुसार पुग्ने गर्नुभएको छ ।तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरका विष्णु केसीले पछिल्लो

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 319 पटक पढिएको
  • साहित्यिक महोत्सवः बहुभाषिक सिर्जकहरू एकै मञ्चमा

    दमौली। व्यास नगर प्रज्ञा परिषद्को आयोजनामा शुक्रबारदेखि व्यास नगर साहित्यिक महोत्सव सुरु भएको छ ।नगरभित्र रहेका विभिन्न भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको महोत्सवले बहुभाषिक साहित्यिक सिर्जनालाई एउटै मञ्चमा जोड्न सफल भएको छ ।महोत्सवको पहिलो दिन विभिन्न समुदाय र भाषाका स्रष्टाहरूले कविता, गीत तथा गजल वाचन गरेका छन् । आयोजकका अनुसार मगर भाषाका नौ, थकाली एक, कुमाल पाँच, दुरा छ, मुस्लिम पाँच, दरै आठ, गुरुङ छ, डोटेली एक, बोटे एक तथा संस्कृत भाषाका सात गरी जम्मा ४९ वटा साहित्यिक सिर्जना वाचन गरिएको हो ।महोत्सवमा शनिबार खुला कविता र गजल वाचन हुने र त्यस

    • प्रकाशित मितिः माघ १०, २०८२
    • 196 पटक पढिएको
  • महिला टी–२० विश्वकप छनोटमा नेपालको पहिलो जित

    काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले जिम्बाब्वेलाई ६ विकेटले पराजित गरेको हो । यससँगै २ अंक जोडेको नेपालको सुपर सिक्समा पुग्ने गणितीय सम्भावना कायमै छ । १३० रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो ।नेपालको जितमा उपकप्तान पूजा महत्तोले अर्धशतक प्रहार गरिन् । उनले ३० बलमा ५२ रन बनाएर अविजित रहिन् । कप्तान इन्दु बर्माले २२, बिन्दु रावल १५, सम्झना खड्का ९, कविता जोशी १, सीता रानामगर ११ र रुविना क्षेत्रीले २ रन बनाए । बलिङमा जिम्बाबेकी जोसेफिन न्कोमोले

    • प्रकाशित मितिः माघ १०, २०८२
    • 270 पटक पढिएको
  • युट्युबमा आयो चलचित्र 'ऊनको स्वीटर'

    सफल र चर्चित नेपाली चलचित्र 'ऊनको स्वीटर' अन्ततः डिजिटल प्लेटफर्म युट्युबमा निःशुल्क हेर्न सकिने गरी सार्वजनिक भएको छ। निर्माण कम्पनी आर्टमाण्डुले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत यस चलचित्रलाई विश्वभरका दर्शकका लागि उपलब्ध गराएको हो। नेपाल र भारतका हलहरूमा लामो समयसम्म सफल प्रदर्शन भएपछि निर्माण पक्षले सबै दर्शकको पहुँचमा पुर्‍याउने उद्देश्यसहित यसलाई डिजिटल रूपमा रिलिज गर्ने निर्णय लिएको निर्देशक नवीन चौहानले बताए।यो चलचित्रले नेपालमा करिब १२ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको थियो। नेपालमा ४० भन्दा बढी हलमा ५१ दिन पार गरेको यस चलचित्रले भारतमा पनि उस्तै अभूतपूर्व सफलता प्राप्त गर्‍यो। भा

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 385 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.