मनोरञ्जन

    Showing 381-390 of 2,081 items.
  • शोलेको ५० बर्ष पुरा, सोभियत संघवाला भन्थे, ‘बसन्ती, ए कुत्तेका सामु मत नाँच

    यो १५ अगस्टमा भारतीय सिनेमाको कल्ट फिल्म ‘शोले’ रिलिज भएको ५० वर्ष पूरा गर्नेछ । रमेश सिप्पीले निर्देशन गरेको यो चलचित्र सेप्टेम्बर ६ मा चलचित्रको ५० औँ वार्षिकोत्सवको अवसरमा टोरन्टो, अमेरिकामा बिशेष प्रिमियर पनि हुँदैछ । फिल्मको फोर के संस्करण अमेरिकामा दर्शकहरूका लागि उपलब्ध हुनेछ। फिल्मसँग सम्बन्धित यति ठूलो खबर आए पछि यो फिल्मलाई लिएर फेरि चर्चा परिचर्चा सुरु भएको छ । यस्तो अवस्थामा हामी यस फिल्मसँग सम्बन्धित धेरै अचम्मका कुराहरू जानौं, जसले तपाईंलाई यो फिल्म किन एक महान फिल्म बनेको थियो भनेर महसुस गराउनेछ।अमिताभ बच्चन–धर्मेन्द्र र अमजद खानको यो फिल्म भारतमा रिलिज भएको २ हजार दिन

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 158 पटक पढिएको
  • ‘महाभोज’ अब ओटीटीमा, ‘एमएसएम भिडियो’मा रिलिज

    गत जेठ ३० गते सार्वजनिक प्रदर्शनमा आएको नेपाली चलचित्र ‘महाभोज’ अब नेपाली ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा रिलिज गरिएको छ। अब यो चलचित्र संसारभरका दर्शकले घरमै बसेर एपमार्फत मोबाइल, टेलिभिजन तथा कम्पयुटरमा हेर्न सक्ने भएका छन्।दिनेश राउतको निर्देशनमा बनेको ‘महाभोज’ नेपालको सहकारी घोटाला, राजनीतिक भ्रष्टाचार र साधारण नागरिकको न्याय खोजीमा आधारित सामाजिक–राजनीतिक ड्रामा हो। यसको कथामा एक बैङ्कका कर्मचारीले आफूलाई आवश्यक परेको पैसा आफ्ना पितासँग माग्दा थाहा पाउँछ कि बचत रकम सहकारीमा फसेको छ। त्यसपछि सो रकमको लागि उत्पन्न हुने सङ्घर्ष, विद्रोह र सत्य खोजी नै कथाको मुख्य धारा हो।हिमाल कडरि

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 171 पटक पढिएको
  • ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ विजय बराल

    नेपाली चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुँदैछ । बलियो लाइनअप रहेको यो चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को मुख्य भूमिकामा विजय बराल छन् ।विजय तीनै अभिनेता हुन्, जो ब्लक बस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को मुख्य भूमिकामा थिए । ‘पूर्ण बहादुरको सारङ्गी’मा पूर्णबहादुर गन्दर्भको भूमिकामा देखिएका उनको अभिनयको चौतर्फी तारिफ भएको थियो ।‘पूर्ण बहादुरको सारङ्गी’ नेपालमा हालसम्मै सबैभन्दा धेरै ग्रस कलेक्सन गर्ने चलचित्र हो । जसले नेपाल भित्र र बाहिर गरेर करिब पौने एक अर्बको ब्यापार गरेको थियो । यो ऐतिहासिक चलचित्रका तीनै मुख्य पात्र विजय बरालको अर्को चलचि

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 169 पटक पढिएको
  • ‘मोहर’को स्क्रिनप्ले पावरफूल : दीपकराज गिरी

    नायक पल शाह र अर्का कलाकार दीपकराज गिरीको सम्बन्धको विषयमा बेलाबखत चर्चा भइरहन्छ । विशेषगरी, फिल्म ‘पुजार सार्की’ रिलिजको समयमा दीपकले पलको नाम नलिएको भन्दै चर्को आलोचना पनि भयो । पलका फ्यानहरु दीपकको आलोचना गर्न अगाडि सरे । यसले, दीपक र पलको सम्बन्धमा पनि दरार ल्यायो । तर, शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘मोहर’को भने दीपकले तारिफ गरेका छन् । उसो त, दीपकको स्टाटसमा पलको नाम उल्लेख छैन । तर, दीपकको स्टाटसले चर्चा पाइरहेको छ । दीपकले लेखेका छन्–‘नेपाली फिल्मको मुख्य समस्या भन्न खोजिएको कथा सललल नबग्नु हो । फिल्म मोहर यो समस्याबाट मुक्त छ । बधाई छ सबैलाई ।’दीपक नेपाली फिल्म क्षेत्रमा राम्रो

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 348 पटक पढिएको
  • धनुषसँगको ‘अफेयर’ बारेमा मृणाल ठाकुरले मुख खोलिन्, ‘हास्याँस्पद र झुटो’

    हालै साउथ सुपरस्टार धनुष र अभिनेत्री मृणाल ठाकुरको लिंकअपको बारेमा धेरै खबरहरु बाहिर आएका थिए । धनुष मृणालको जन्मदिनको पार्टीमा देखिएका थिए । यस क्रममा उनीहरु एकअर्काको हात समातेको देखियो । अहिले मृणाल आफैंले यी समाचारमा प्रतिक्रिया दिएकी छिन् ।ओन्ली कलिउडको रिपोर्टका अनुसार मृणालले हालै धनुषसँगको आफ्नो अफेयरको खबरमा पहिलो पटक प्रतिक्रिया दिएकी छिन् । उनले धनुषलाई असल साथी मात्रै भनेकी छिन् । मृणालले आफू र धनुषलाई यी अफवाह हास्याँस्पद लागेको बताए । अजय देवगनले धनुषलाई ‘सन अफ सरदारः२’ को प्रिमियरमा बोलाएको पनि मृणालले बताइन् ।मृणाल ठाकुरले भनिन्, ‘धनुष र म असल साथी हौँ । अहिले मेरो र उहाँक

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 156 पटक पढिएको
  • ऋतिक र जुनिएर एनटिआरको फिल्ममा १० लाख भन्दा बढीको चासो

    यशराज फिल्म्सको वारः२ को चर्चा अभूतपूर्व स्तरमा पुगेको छ। ऋतिक रोशन र जूनियर एनटिआरद्वारा अभिनित स्पाइ एक्शन थ्रिलरले अगस्ट १४ मा विश्वव्यापी रूपमा रिलिज हुनु अघि बुक माई शोमा नयाँ रेकर्डमा बनाएको छ ।अयान मुखर्जीको निर्देशनमा बनेको यस चलचित्रले बुक माइ शो मा १ मिलियन भन्दा बढी दर्शकले चासो ब्यक्त गरेका छन्, जसले चलचित्र दर्शकहरू माझ ठूलो प्रतिक्षाको संकेत गर्दछ। यससँगै वारः २ ले  प्रभास–फ्रन्टेड आदिपुरुष (१.१ मिलियन) पछि उपलब्धि हासिल गर्ने दोस्रो बलिउड फिल्मको रेकर्ड बनाउन सफल भएको छ ।समग्रमा, वारः २ का लागि बुक माई शोमामा एक मिलियन रुचि राख्ने १४ औं चलचित्र र १२ औं भारतीय चलचित्र ह

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 157 पटक पढिएको
  • कुल्ली हेर्न सिंगापुरको एक कम्पनिले दियो कर्मचारीलाई बिदा, साथमा ३० डलरमा

    सामाजिक सञ्जालमा एउटा तस्विर भाइरल भइरहेको छ ।सिंगापुरको एउटा फर्मले फिल्म ‘कुली’ हेर्ने आफ्ना कर्मचारीलाई तलब विदा दिने घोषणा गरेको बताइएको छ। फर्मले आफ्ना तमिल कर्मचारीहरूलाई पहिलो शो हेर्न टिकट दिने घोषणा गरेको छ। यति मात्र होइन, उनले खाना र पेय पदार्थमा खर्च गर्नका लागि ३० सिंगापुर डलर पनि दिनेछन् । सोसल मिडिया प्लेटफर्म एक्समामा एउटा तस्विर भाइरल भएको छ। मानिसहरूले यसलाई धेरै कमेन्ट र लाइक गरिरहेका छन्। चलचित्रको एल्बम केही दिन अघि रिलिज भएको थियो । यसमा ‘कुली डिस्को’, ‘चिकितु’, ‘उइरनादी नानबने’, ‘आई एम द डेन्जर’, ‘कोक्की’, ‘पावरहाउस’, ‘मोबस्ता’ जस्ता गीत छन् । ‘कुली’ब

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 132 पटक पढिएको
  • टिकटकर आभा ढुंगाना ‘कश्यप’मा अनुबन्धित

    चर्चित टिकटकर आभा ढुंगानाले चलचित्रमा डेब्यु गर्ने भएकी छिन्। दिनेश जी खड्काले निर्देशन गर्न लागेको चलचित्र ‘कश्यप’बाट आभाले नेपाली चलचित्रमा डेब्यु गर्न लागेकी हुन् । आभा र निर्माणपक्ष बिच सोमबार यो चलचित्रको लागि सम्झौता भएको हो । आभालाई यो चलचित्रको लागि निर्देशक खड्काले स्क्रिन-टेस्ट र अभिनयको परिक्षण गरेर भित्र्याएका हुन् । केही दिनदेखि एक्सनको प्रशिक्षण लिइरहेकी आभा यो चलचित्रमा एक्सन भूमिकामा प्रस्तुत हुनेछिन्।  एक्सन, थ्रिलर तथा लभस्टोरी जनरामा निर्माण हुने यो चलचित्रमा केही महिनाअघि सविन श्रेष्ठ मुख्य भूमिकाको लागि अनुबन्धित भइसकेका छन् । चलचित्रमा उनी एक्सन भूमिकामा प्

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 136 पटक पढिएको
  • ‘रिमै’को व्यापक प्रचारमा निर्माण टिम

    आगामी भदौ २० गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘रिमै’को व्यापक प्रचारमा निर्माण टिम लागि परेको छ । गत शनिबार राजधानीमा आयोजित ३१ औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंका विभिन्न ठाउँमा सम्पन्न र्‍यालीमा सिनेमाको टिमको सक्रिय सहभागिता रहेको थियो ।आदिवासी जनजातिको पहिचान, संस्कृति र अधिकारको संरक्षणका लागि आयोजित कार्यक्रममा विभिन्न संघ-संस्था, कलाकार, सांस्कृतिक टोली र सर्वसाधारणको ठूलो सहभागिता देखिएको थियो । रंगीन पोशाक, परम्परागत भेषभूषा र सांस्कृतिक झाँकीसहितको र्‍यालीमा सिनेमा ‘रिमै’ टिमले आफ्नो उपस्थितिलाई विशेष बनाएको थियो ।कलाकार, निर्माता तथा निर्देशकलगायत सिनेमासँग सम्बन्धित सम्पूर्ण टोल

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 159 पटक पढिएको
  • डेउडा प्रतिष्ठान गोदावरी अध्यक्षमा खड्का

    डेउडा प्रतिष्ठान गोदावरी नगर तदर्थ समितिको अध्यक्षमा शेरबहादुर खड्कालाई सर्वसम्मतले चयन गरिएको  छ ।डेउडा प्रतिष्ठान केन्द्रीय समितिको स्थानीय पलिका गठन कार्यक्रम अन्तर्गत आइतबार गोदावरीमा भएको भेलाले शेरबहादुर खडकालाई अध्यक्षमा ११ सदस्यीय गोदावरी नगर तदर्थ समिति  सर्वसम्मत चयन गरेको हो। भेलाले प्रतिष्ठानको  उपाध्यक्षमा यज्ञराज उपाध्याय ,सचिवमा हरि सिंह ठकुल्ला, कोषाध्यक्षमा सावित्री खडका,सह-सचिवमा जमुना खड्कालाई चयन गरेको छ। त्यस्तै सदस्यमा कृष्णा देवी भण्डारी ,शेरबहादुर ऎर ,नरुवा दमाई, लालबहादुर भण्डारी ,बिष्णु खड्का पबित्रा बिकलाई चयन गरिएको छ। सो भेलामा संस्कृतिप्रेमी वड

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 156 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा