फेसन, मणिकर्णिका, तनु वेड्स मनु र क्वीन जस्ता सुपरहिट फिल्म दिएकी अभिनेत्री कंगना रनौतले यसअघि नै उद्योगमा आफ्नो अभिनय क्षमता प्रमाणित गरिसकेकी छिन् । उनले खेलेको क्यारेक्टर उनको लागि मात्र बनेको जस्तो लाग्छ। बलिउड निर्देशक–निर्माता विरुद्ध विद्रोह गरेकी अभिनेत्री कंगना आफ्नो इच्छा अनुसार काम गर्न निकै चर्चित छिन् । त्यसो त ७ वर्षअघि निकै विवादमा परेको चलचित्रको प्रस्तावलाई अभिनेत्रीले अस्वीकार गरेकी थिइन् । तर, फिल्मले बक्स अफिसमा यति राम्रो व्यापार गर्यो कि त्यो वर्षकै सबैभन्दा ठूलो फिल्म बन्यो । कंगना रनौतले अस्वीकार गरेको त्यो फिल्मले ५७२ करोड कमाएको थियो, जुन अन्य अभिनेत्रीका लागि भ
साउथको एनिमेटेड फिल्म महावतार नरसिंहा रिलिज भएको १ महिना बितिसकेको छ तर पनि बक्स अफिसमा उसले चमात्कार गर्न भने अझै छाडेको छैन । यो आफैमा फिल्मको लागि ठूलो सफलता हो। फिल्मको कमाईको पछिल्लो तथ्यांक आएको छ ।सुरूवाती चरण भन्दा अहिले यसको बक्स अफिस कलेक्शनमा कमी आएको भए पनि यो ३५ दिनमा फिल्मको लागि सबैभन्दा सकारात्मक कुरा यो हो कि यो फिल्मले कुनै पनि दिन १ करोड भन्दा कम कलेक्सनमा झर्नु परेको छैन । खासमा अहिले पनि यो फिल्मले दैनिक १ करोडभन्दा बढी कमाइ गरि नै रहेको छ । आउनुहोस्, फिल्मले ३५ दिनमा कति कमाइ गर्यो र आगामी दिनमा पनि यस्तै रह्यो भने यो चलचित्रले अरु कुन फिल्मको रेकर्ड तोड्न सक्छ ।महावतार
गत सोमबार सार्वजनिक भएको फिल्म ‘जेरी अन टप’ को टिजरले उत्कृष्ट प्रतिक्रिया पाएको छ ।रिलिजसँगै सामाजिक सञ्जालमा लोकप्रिय बनेको टिजरलाई बुढासुब्बा डिजिटलको च्यानलमा मात्रै हालसम्म १५ लाख बढि पटक हेरिएको छ ।युट्यूवमा ‘जेरी अन टप’ टिजर नेपालमा सर्वाधिक चर्चा पाउने फिल्म ट्रेलरको ट्रेण्डिङ सूचीमा शीर्ष स्थान कायम गर्न सफल भएको छ भने अन्य दर्जनबढि देशमा यो फिल्मको टिजरले ‘मुभिज ट्रेन्डिङ चार्ड’ तर्फ अग्र स्थान ओगटेको छ । विदेशका यो फिल्मको टिजरप्रति देखिएको क्रेजले अन्तर्राष्ट्रिय व्यापारमा सुखद संकेत गर्छ ।युट्यूव, इन्स्टाग्राम र फेसबुक लगायतका सामाजिक सञ्जालमा सार्वजनिक दर्जनौँ टिजर रिभ्यू र रियाक
बलिउडकी यी अभिनेत्री ठूलो परिवारकी हुन् । उनका बुबाले भारतीय क्रिकेट टोलीको कप्तानी गरेका छन् भने आमा अनुभवी अभिनेत्री थिइन्। जबकि उनका श्रीमान्, दाजु र भाउजुको पनि बलिउडसँग सम्बन्धित छन । नायिकाका बुवा अब यो संसारमा छैनन् ।कुनै बेला उनले ८०० करोड रुपैयाँको हवेली छोडेकी थिइन्। यति हुँदाहुँदै पनि अभिनेत्रीलाई कहिलेकाहीं मुम्बईमा भाडाको फ्ल्याटमा बस्न बाध्य पारिएको थियो । ती अभिनेत्री को हुन सक्छन् भन्ने अनुमान लगाउन सक्नुभएको छ ?यहाँ हामी यहाँ सोहा अली खानको बारेमा कुरा गर्दैछौं। सोहा अली खानका पिता मन्सूर अली खान पटौदी रियासतका नवौं नवाब थिए। उनीसँग बहुमूल्य पटौदी दरबार (गुरुग्राम) थियो। जसको
काठमाडौं । पहिलो अभ्यास खेलमा नेपालले अष्ट्रेलियन क्रिकेट टेरीटरीलाई ४१ रनले पराजित गरेको छ । नेपालले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको टेरीटरी १७ ओभर २ बलमा १ सय ३६ रन मात्र बनायो । नेपालको जितमा सन्दीप लामिछानेले ३१ रन खर्चेर ह्याट्रिकसहित ५ विकेट लिए । करण केसी २, रुपेश सिंह र कुशल भुर्तेलले एकएक विकेट लिए ।त्यसैगरी ब्याटिङमा टेरीटरीका जेक स्मिथले सर्वाधिक ५० रन बनाए ।
नेपालको सबैभन्दा ठूलो धनराशि रु एक करोड पुरस्कार राखिएको दुई ‘रियालिटी शो’ को दोस्रो संस्करण ‘मेरो भ्वाइस युनिर्भस र मेरो डान्स युनिर्भस’ को ‘ग्रयाण्ड फिनाले’ अर्थात् अन्तिम प्रतिस्पर्धा आज सम्पन्न हुँदैछ ।आयोजक इन्ट्रा नेशनल वेलफेयर एण्ड सर्पोट फाउन्डेशन अफ अमेरिका अनुसार आज ललितपुरको गोदावारीस्थित सन्राइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा सो प्रतियोगिता सम्पन्न हुने भएको हो । कार्यक्रममा मेरो ‘भ्वाइस युनिर्भस’तर्फ छनोट भएका उत्कृष्ट छ प्रतियोगिको र ‘डान्स’तर्फको उत्कृष्ट छ प्रतियोगी सहभागी हुनेछन् । बत्तीस सत्रसम्म प्रसारण भइसकेको ‘भ्वाइस’ को पाँच उत्कृष्टमा सिक्किमबाट दीपराज राई,
बलिउडकी सबैभन्दा ग्ल्यामरस र बहुमुखी अभिनेत्रीहरू मध्ये एक हुन् – ईशा गुप्ता ।उनै गुप्ता फेरि एक पटक ठूलो पर्दामा दर्शकहरूलाई मोहित गर्न तयारी अवस्थामा छिन् र यो पटक उनी अजय देवगन स्टारर कमेडी एक्स्ट्रा ‘धमाल ४’ मा देखिने छिन्, जो इन्द्रकुमारले निर्देशन गरिरहेकी छिन् ।पछिल्लो समय अभिनेत्रीले यही महिनाको अन्त्यबाट ‘धमाल ४’ को छायांकन सुरु गर्ने खबर आएको थियो र अहिले यो खबरको पुष्टि भएको छ किनकी हालै ईशा गुप्ता ‘धमाल ४’ को सम्पूर्ण टिम व्यस्त रहेको मड आइल्याण्डमा फिल्मको सेटमा पुगेकी थिइन् ।अब भने इशाले अजय देवगनसँगै रितेश देशमुख, अरशद वारसी, जावेद जाफरी, रवि किशन र सञ्जय मिश्रा अभिनित फिल
लक्ष्मण रिजालको निर्देशनमा निर्माण हुने सिनेमा ‘काजी’को शुभमुहूर्त गरिएको छ ।शुक्रबार दक्षिणकाली मन्दीरमा क्यामेरा तथा स्कृप्ट पूजा गरिएको हो । यो सिनेमाको निर्माण टिम शुभमुहूर्त सँगै छायांकनको लागि स्याङ्जा निस्केको छ ।भदौ ८ गते आइतबारबाट यो सिनेमाको छयांकन सुरु गरिने निर्देशक लक्ष्मण रिजालले बताए ।उनी यही सिनेमाबाट करिब ८ वर्षपछि निर्देशनमा फकेका हुन् । आफुले खोजेको जस्तै स्कृप्ट पाएकाले निर्देशनमा कमव्याक गर्न तयार भएको निर्देशक रिजाल बताउँछन् ।उनले यसअघि ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’, ‘कायरा’ लगायतका सिनेमा निर्देशन तथा ‘डिसेम्बर फल्स’ र ‘गणपति’को निर्माण गरेका थिए ।आरएण्डआर प्रोडक्सनको
अब सिक्वेल `माग्ने महाराज´को माग गरियो: हेरून्जेल दर्शकलाई फिल्मले बाँधिरहन्छ भने त्यो फिल्म सफल मानिन्छ । मैले चाहिँ यो फिल्ममा कतै पनि बोर फिल गरिन, हेरून्जेल मज्जा छ।निर्देशक र लेखकले `माग्ने´लाई गरिबीमा पनि चरम, धनाढय पनि चरम रूपमा देखाएका छन्। कहिले रिन तिर्न नसकेर भागिरहेको माग्ने, कहिले पैसाको बिटो फ्याक्ने माग्ने। निराशा पनि चरम, क्रान्तिकारी छवि पनि चरम देखाएका छन् । १५ सय मागेर काठमाडौं छिरेको माग्ने अर्बपति हुदैँ सबै सकिएर १५ सय मागेर गाउँ फर्किने पनि माग्ने ।माग्नेको चरित्र उत्कृष्ट छ, उनको यो फिल्मले अर्कै छवि स्थापित गर्छ, वर्षा सिवाकोटीलाई फरक लुक्समा देखाएर निर्देशकल
भिजुअल आर्ट्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको गीत ‘मनैमा सानुमाया’ को फिमेल भर्सन ‘हासी हासी लजाउने’ सार्वजनिक भएको छ ।टिकटक लगायत सामाजिक सञ्जालमा अत्याधिक रुचाइएको गीत दर्शक तथा श्रोताको माया र अत्यधिक मागपछि निर्माण टिमले गायिका समीक्षा अधिकारीको स्वरमा नयाँ भर्सन ल्याएको हो ।सार्वजनिक गीतमा समीक्षा अधिकारीको स्वर, एसडी योगीको संगीत र राम अविरल विष्टको शब्द छ । गीतको मूल संस्करण ‘मनैमा सानुमाया’ सार्वजनिक भएपछि यसको "हासी हासी लजाउने" अंश टिकटकमा भाइरल भएको थियो । यही लोकप्रियतालाई ध्यानमा राख्दै निर्माण पक्षले फिमेल भर्सन बनाउने निर्णय गरेको हो ।यसअघि ‘मनैमा सानुमाया’ को
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.