मनोरञ्जन

    Showing 291-300 of 2,829 items.
  • काठमाडौँमा नवौं निफ सुरु, उद्घाटनमा देखाइयो इरानी फिल्म ‘माइ डटर्ज हेयर

    काठमाडौँ । नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) काठमाडौँमा सुरु भएको छ ।बिहीबार सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा आयोजित एक समारोहबिच नेपाल सरकारकी सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेतले महोत्सवको उद्घाटन गरिन् । चैत २३ सम्म संचालन हुने महोत्सवमा उद्घाटन फिल्मका रुपमा हिशान्त फराहमन्दद्वारा निर्देशित इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शन गरिएको थियो ।कार्यक्रममा नेपालका लागि ब्राजिलका राजदूत कार्लोस अल्बर्टो डेन हार्टोग, नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हास्मी, नेपालका लागि श्रीलंकाका राजदूत रुवन्थी डेलपिटिया, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र भारतीय न

    • प्रकाशित मितिः चैत २०, २०८२
    • 397 पटक पढिएको
  • एक्सनले होइन, कथा र इमोसनले फिल्म चल्छ : विराज भट्ट

    अभिनेता विराज भट्टले फिल्म एक्सनले भन्दा पनि कथा र भावनाले चल्ने बताएका छन् । फिल्ममा बलियो कथावस्तु, भावनाका साथै कलाकारको उत्कृष्ट अभिनय पनि आवश्यक रहेको उनको भनाइ छ ।‘केवल मारधाड र एक्सनले मात्र फिल्म सफल हुँदैन,’ उनले भने, ‘हामी एक्सन फिल्म भन्ने बित्तिकै फाइटलाई मात्र बुझ्छौँ, तर फाइटले मात्र फिल्म चल्दैन।’ फिल्म ‘राम नाम सत्य’मा दर्शकले एक्सनका साथै बलियो सामाजिक र पारिवारिक संवेदना पाउने उनको भनाइ छ । बिहीबार फिल्म ‘राम नाम सत्य’को ट्रेलर सार्वजनिक कार्यक्रममा भट्टले फिल्म राम्रो बनेको दाबी गरेका छन् । कार्यक्रममा ‘एक्सन स्टार’को ट्याग नयाँ कलाकारहरूले पाइरहेको सन्दर्भमा भट्ट

    • प्रकाशित मितिः चैत २०, २०८२
    • 323 पटक पढिएको
  • थारू भित्ते चित्रकला सङ्कटमा : हराउँदै जनजीवनको प्रतिबिम्ब

    कञ्चनपुर। माटोका भित्तामा उकेरिएका चित्रहरू एक समय कञ्चनपुरका थारू गाउँको पहिचान नै हुन्थे । घरको प्रवेशद्वार अगाडिको भित्तामा माटो उकेरेर बनाइने जनावर, चरा, देवीदेवता र दैनिक जीवनका दृश्यले थारू समुदायको संस्कृति, प्रकृतिप्रतिको श्रद्धा र जीवनशैली झल्काउँथ्यो । तर समय परिवर्तनसँगै पक्की घर निर्माणको बढ्दो प्रवृत्तिले थारू समुदायको परम्परागत भित्ते लोक चित्रकला अहिले लोपोन्मुख अवस्थामा पुगेको छ ।पहिले थारू समुदायका घरका भित्तामा रुख, बेहुलाबेहुलीलाई डोलीमा बोकेको, हात्ती, घोडा, मयूर, चरा, गोरु जोत्दै गरेका किसान, मान्छे, माछा, कछुवा, चित्तल, बाघ, भालु, गणेश, शिवपार्वतीलगायतका चित्र बनाउने गरिन

    • प्रकाशित मितिः चैत २०, २०८२
    • 268 पटक पढिएको
  • ग्रामीण जनताको शिक्षालाई केन्द्रमा राख्दै ‘रोल नं १’को पोस्टर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘रोल नं १’ को पहिलो झलक सार्वजनिक गरिएको छ । निर्माण कम्पनी सेभेन सिज सिनेमाले आफ्नो नयाँ प्रस्तुति चलचित्र ‘रोल नं १’को पहिलो झलक सार्वजनिक गरेको हो ।आगामी वर्षको जेठ १५ गते (गणतन्त्र दिवस)बाट नेपालभरका हलमा प्रदर्शनमा आउने चलचित्रको निर्माणपक्षले विहीबार चलचित्रका दुईवटा पोस्टर सार्वजनिक गरेको हो ।चलचित्र ‘रोल नं. १’का सार्वजनिक दुई पोस्टरले पात्रहरूको परिचयसँगै चलचित्रको मूल मर्म, नेपाली समाजको यथार्थप्रतिको दृष्टिकोणलाई प्रस्तुत गर्ने प्रयास गरेको छ । पोस्टरमा प्रयोग गरिएको माटोको रङले भुइँमान्छेको भएको संकेत गरेको छ ।सार्वजनिक दुई पोस्टरमध्ये एउटामा बाल–कलाकार निर्भिक र

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 336 पटक पढिएको
  • मुनलाइट मोसन पिक्चर्सको आगामी चलचित्रबारे फैलिएका हल्ला निराधार रहेको स्पष्टीकरण

    काठमाडौं । निर्माण कम्पनी 'मुनलाइट मोसन पिक्चर्स'ले आफ्नो आगामी प्रोजेक्टलाई लिएर सञ्चारमाध्यममा सार्वजनिक भएका समाचारहरू अपुष्ट र भ्रामक रहेको बताएको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले चलचित्रको शीर्षक, निर्देशक र कलाकारहरूको विषयमा बाहिर आएका हल्लाहरूमा कुनै सत्यता नरहेको र ती नितान्त अड्कलबाजीमा मात्र आधारित रहेको स्पष्ट पारेको हो ।विज्ञप्तिमार्फत कम्पनीले नयाँ प्रोजेक्टका लागि कलाकारहरूको छनोट (अडिसन) प्रक्रिया हालसम्म पनि जारी नै रहेको जानकारी दिएको छ । कुनै पनि कलाकार वा प्राविधिकहरूको आधिकारिक टुंगो नलागिसकेको अवस्थामा बजारमा चर्चा गरिएका नामहरू र प्रोजेक्टका विवरणहर

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 263 पटक पढिएको
  • ‘मालती मंगले’को दोस्रो गीत ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक, विजय र वर्षा देखिए शाहरुख-काजोलको अवतारमा

    काठमाडौं - गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको प्रतीक्षित नेपाली चलचित्र ‘मालती मंगले’को दोस्रो गीत ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक गरिएको छ। आगामी वैशाख २५ गते (मे ८) बाट देशभर प्रदर्शनमा आउन लागेको यस चलचित्रको नयाँ गीतमा मुख्य कलाकार विजय बराल र वर्षा राउतलाई रोमान्टिक अन्दाजमा फिचर गरिएको छ।सार्वजनिक भिडियोको मुख्य आकर्षण भने बलिउडको ब्लकबस्टर चलचित्र ‘मोहब्बते’मा शाहरुख खान र काजोलको भेषमा विजय र वर्षाले गरेको नृत्य हो। निर्माता तथा गायक रामकृष्ण ढकालका अनुसार चलचित्रको कथामा वर्षाको पात्रले विजयमा शाहरुखलाई देख्ने भएकाले गीतमा त्यसैको झल्को दिने रचनात्मक प्रयास गरिएको हो।रा

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 373 पटक पढिएको
  • चलचित्रमा हिंसात्मक दृश्यले मानसिक असर बढाउँछ : आनन्द अधिकारी

    काठमाडौं । गीतकार आनन्द अधिकारीले चलचित्रमा गीतको भूमिका तथा गीतकारको हकअधिकारसम्बन्धी कार्यशाला कार्यक्रममा बोल्दै गीतलाई चलचित्रको ‘प्राण’का रूपमा व्याख्या गरेका छन् ।कार्यक्रममा उनले चलचित्रको संरचना र प्रभावबारे विस्तारमा चर्चा गर्दै चलचित्रले समाजको यथार्थ, मानवीय संवेदनालाई प्रस्तुत गर्ने हुँदा यस्तो शक्तिशाली माध्यमभित्र गीतको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताएका हुन् ।उनले भने, ‘चलचित्र केवल दृश्यहरूको श्रृङ्खला वा समुह मात्र होइन, यो भावना, विचार र कथाको एक सशक्त माध्यम हो । चलचित्रले समाजको यथार्थ, मानवीय संवेदना र कल्पनालाई प्रस्तुत गर्छ । यस्तो शक्तिशाली माध्यमभित्र गीतको भूमिका अ

    • प्रकाशित मितिः चैत १८, २०८२
    • 196 पटक पढिएको
  • पूर्वपतिद्वारा पीडित पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीको आक्रोश

    पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीको पारिवारिक विवाद पुनः बाहिर आएको छ।मंगलबार खड्गीले सामाजिक सञ्जाल फेसबुकमार्फत श्रृंखलाबद्ध स्टाटसहरू लेख्दै पूर्वपति जीपी तिमल्सिनाले आफूलाई मानसिक यातना दिएको आरोप लगाएकी छन्। सम्बन्धविच्छेद भएको दुई वर्षपछि पुनः अन्यायमा परेको भन्दै उषाले प्रहरी प्रशासन र नयाँ सरकारसँग न्यायको याचना गरेकी छिन्। आफू एकल आमा भएकोमा गर्व गर्दै उनले पूर्वपतिले आफ्नो जीवनमा अनावश्यक हस्तक्षेप र गालीगलौज गरेको बताएकी छिन् । घरमा आफ्नो पनि हक लाग्ने दाबी गर्दै खड्गीले तिमल्सिनाले आफूलाई बारम्बार घर छोडेर जान दबाब दिँदै यातना दिने गरेको उल्लेख गरेकी छन्। ‘अब यो घरबाट म न

    • प्रकाशित मितिः चैत १८, २०८२
    • 297 पटक पढिएको
  • सुपेश र रेहाको ‘सधैं साथमा तिम्रो’

    अमेरिकामा रहेर चिकित्सक पेशामा आवद्ध जोडी सुपेश बस्नेत र रेहा पोखरेलले एक रोमान्टिक गीत सार्वजनिक गरेका छन् । सुपेश बस्नेतको स्वरमा समावेश ‘सधैं साथमा तिम्रो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।‘दुई मुटु, एक यात्रा’ थिम राखेर तयार पारिएको गीतको भिडियोलाई ३ वटा देशमा खिचिएको छ । यो गीतको भिडियोलाई अमेरिका, अष्ट्रेलिया र न्यूजिल्याण्डका रमणीय स्थानमा खिचिएको छ ।गीतको भिडियोमा श्रीमान् श्रीमतिको रुपमा सुरेश र रेहाले नै अभिनय गरेका छन् । गीतलाई ‘वास्तविक कथा’मा आधारित रहेर तयार पारिएको हो । गोविन पुनको शब्द र संगीतमा तयार भएको यो गीतले रेहा र सुपेशको वास्तविक प्रेम यात्रा र जीवनको आरो

    • प्रकाशित मितिः चैत १८, २०८२
    • 352 पटक पढिएको
  • अशोकलाई लिएर ‘पार्वती’ बनाउने नीताको तयारी

    नीता ढुङ्गाना फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘पार्वती’ छायांकनमा निस्किने भएको छ। निर्माण टिमले यहीँ चैत २४ गतेबाट छायांकनमा निस्किने तयारी गरेको जानकारी दिएका छन्। फिल्मकी निर्देशक नीता ढुंगानाका अनुसार आगामी भदौ १२ गते फिल्म रिलिज हुनेछ ।यस फिल्ममा निर्देशक ढुङ्गाना आफै मुख्य भुमिकामा अभिनय गर्दैछिन्। नीताका साथमा दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतको अभिनय रहनेछ। निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको यस फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्।सुदिप बरालको डिओपी रहेको यस फिल्ममा सरोज अधिकारी क्रियटिभ निर्दे

    • प्रकाशित मितिः चैत १८, २०८२
    • 334 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.