गत वर्षको फागुन २९ गते रिलिज भएको नेपाली चलचित्र 'अञ्जिला' लगातार प्रदर्शनको एक सय दिनको नजिक पुगेको छ । बुधवार ९१ औँ दिनमा काठमाडौंको क्युएफएक्स सिनेमा चेनको सामाखुसीस्थित सिटी स्क्वायर मलमा यो चलचित्र निरन्तर प्रदर्शनमा छ । बिहीबारको लागि उक्त हलमा ३ वटा शो प्रदान गरिएको छ ।चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठले सय दिन नजिक पुग्दै गर्दा क्युएफएक्स सिनेमाजले निरन्तर प्रदर्शनमा रहेको हलसहित देशभरका अन्य केही हलमा समेत रू. १०० दरमा चलचित्र देखाउने तयारी गरेको बताए । उनले भने, "दर्शक स्वतःस्फूर्त रूपमा निरन्तर आइरहनु भएको छ । तर, सय दिन पुग्न लागेको समयमा क्युएफएक्सले सहुलियतमा चलचित्र देखाउने
माइकल चन्दको डेब्यू निर्देशनमा बन्न लागेको फिल्म ‘राम नाम सत्य’मा नायिका सुपुष्पा भट्ट फाइनल भएकी छिन् । सुपुष्पासँग आज फिल्मको टिमले कागजी संझौता गरेको हो । सुपुष्पालाई एक महत्वपूर्ण भूमिकाका लागि अनुवन्धित गरिएको निर्माणपक्षले बताएको छ ।सुपुष्पाको पछिल्लो रिलिज फिल्म ‘फेरि रेशम फिलिली’ हो । यो फिल्ममा सुपुष्पाको कामको निकै तारिफ भएको थियो । सुपुष्पाले आफ्नो भूमिका चित्तवुझ्दो रहेपछि फिल्म साइन गरेको बताइन् । यो फिल्ममा यसअघि नायिका दिव्या रायमाझी पनि अनुवन्धित भइसकेकी छिन् ।सुपुष्पा साइन गरेपछि निर्देशक चन्दले भने–‘हामीलाई सुपुष्पा जस्तै हाइट भएकी नायिका चाहिएको थियो । उहाँको अभिनय पनि
शुक्रवार रिलिज हुने नेपाली चलचित्र 'महाभोज'को अग्रिम टिकट बुकिङ खुला भएको छ । देशभरका मल्टिप्लेक्स तथा सिङ्गल स्क्रिन रहेका चलचित्र हलहरूले बुकिङ खुलाएका हुन् । यो चलचित्र दुई साता अघि नै रिलिज तय भएकोमा विभिन्न राजनीतिक तथा अन्य आन्दोलनहरूका कारण रिलिज सरेर जेठ ३० गते पुगेको थियो ।चलचित्रले प्रारम्भिक चरणमा करिब २ सय शो प्राप्त गरेको वितरकहरूले बताएका छन् । यस चलचित्रको काठमाडौं, पोखरा र बुटवलमा प्रिभ्यु प्रिमियर भइसकेको छ । प्रिमियरबाट चलचित्रले व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । प्रिभ्यु शो हरूमा केही सहकारी पीडितहरूले पनि चलचित्र हेरेका छन् । उनीहरूले आफ्नो दबिन लागे
विराटनगर— गायक सुशील रुचाल र गायिका सिम्रन परियारको सुमधुर स्वरमा रहेको नयाँ गीत ‘घरको छेउमा तुलसी’ गीतको भिडियो सार्वजनिक भएको छ । मनिष श्रेष्ठको शब्द तथा संगीतमा तयार गरिएको गीतमा नेपाली मौलिकता र आत्मीयता भरिएको शब्दलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । गीतमा संगीत संयोजन तथा मिक्सिङ र मास्टरीङ आकाश नेपालीले गरेका छन भने रेकर्डिङ कार्य सा रे गा मा स्टुडियोमा सम्पन्न गरिएको हो । रत्न बीकेको बाँसुरी र मदन रेग्मीको मादलले गीतमा लोकशैलीको मिठास थपेका छन । गीत र भिडियोले समग्रमा नेपाली युवाको सिर्जनशीलता, प्रतिभा र सांस्कृतिक सम्पदाप्रतिको लगावलाई उजागर गर्ने प्रयास गरेको देखिन्छ।
बलिउड अभिनेत्री कट्रिना कैफ अब माल्दिभ्सको ग्लोबल टुरिजम एम्बेस्डर बनेकी छिन् ।मंगलबार सामाजिक सञ्जालमार्फत यो घोषणा गरिएको हो । भिजिट माल्दिभ्सले यो खबर साझा गर्दै कट्रिना कैफलाई आफ्नो ग्लोबल ब्राण्ड एम्बेसडरको रूपमा पाएकोमा आफू निकै खुसी भएको बताएको छ । यो उल्लेखनीय छ कि कट्रिना भारतमा ब्रान्ड एन्डोर्समेन्टको संसारमा एक ठूलो अनुहार हो।यस अवसरमा कट्रिनाले भनिन्, ‘माल्दिभ्स विलासिता र प्राकृतिक सौन्दर्यको शिखर हो, जहाँ सादगी र शान्ति सँगै हुन्छ। म ‘सनी साइड अफ लाइफ’ को अनुहार हुन पाउँदा गर्व महसुस गर्छु। यस सहकार्य मार्फत म विश्वभरका मानिसहरूलाई माल्दिभ्सको अद्वितीय र अद्वितीय यात्रा अनुभवहरूस
यशराज फिल्म्सको महत्वाकांक्षी क्रसओभर ‘टाइगर भर्सेज पठान’ हाल स्थगित भएको छ। जासूसी एक्शन थ्रिलरले करण अर्जुन पछि पहिलो पटक भारतीय सिनेमाका दुई ठूला स्टार सलमान खान र शाहरुख खानलाई पूर्ण भूमिकामा सँगै ल्याउने भनिएको थियो।पिंकभिल्लाकोरिपोर्ट अनुसार यतिखेर यशराज फिल्मसका प्रमुख आदित्य चोपडा स्पाइ युनिभर्सको भविष्यलाई नयाँ दिशा दिनको लागि पुनर्मूल्यांकन गरिरहेका छन् । यो पनि भनिएको छ कि चोपडा जासूस ब्रह्माण्ड फिल्महरू सूत्रबद्ध बनाउन र उनीहरूलाई सँगै देखाउने बारेमा निकै गम्भिर रहेका छन् । चोपडा विश्वास गर्छन् कि फ्रेन्चाइजीलाई कथा कथन र प्रस्तुतीकरणको लागि पुनरुत्थान गरिएको
चलचित्र ‘मिरमिरे’मा अभिनेता प्रकाश सपूत अनुबन्ध भएका छन् । भेट्रान अभिनेता दयाहाङ राईपछि अभिनेता प्रकाशलाई यो सिनेमामा अनुबन्धित गराएको हो ।प्रकाश अहिलेका रुचाइएका कलाकार हुन् । चलचित्र ‘मिरमिरे’बाट प्रकाश र दयाहाङले पहिलो पटक सहकार्य गर्ने भएका छन् ।अन्य कलाकारबारे हालसम्म यो टिमले जानकारी दिएको छैन । “हामी कलाकारसँग सम्झौताकै क्रममा छौँ । केहीसँग कुरा भइरहेको छ,” निर्देशक यम शेर्पाले भने, “हामी अहिले बजारले रुचाएका र अभिनयमा पक्कड भएका कलाकारलाई नै लिएर काम गर्नेछौँ ।”प्रकाश यो सिनेमामा अभिनेताका रूपमा मात्रै रहनेछन् वा सांगीतिक पाटोमा पनि जोडिनेछन् भन्नेबारे पछि स्पष्ट पार्ने यमले बताए ।चलच
साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले ओएसआर डिजिटलको च्यानलबाट आज फिल्मको १ मिनेट १८ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो । टिजरले नलेखिएको नियमको कथा बोल्छ । फिल्ममा ‘देउकी’को कथालाई उल्लेख गरेको टिजरबाट वुझ्न सकिन्छ ।सार्वजनिक टिजरमा नायक पल शाहको दोहोरो अवतार देख्न सकिन्छ । पल लामो र छोटो कपालमा देखिएका छन् । लामो कपाल पालेका पलको कथा नायिका बेनिशा हमाल र बाल–कलाकार सारा शर्मासँग जोडिएको छ । यस्तै, कपाल छोटो पालेका पलको कथा नायिका नीति शाहसँग जोडिएको छ । यसले, फिल्मप्रति दर्शकको कौतुहलता बढाउने पक्का छ ।फिल्म मेकर्स प्रा.लिको प्रस्तुत
बलिउड सुपरस्टार अक्षय कुमारको मल्टिस्टार कमेडी फिल्म ‘हाउसफुल ५’ हलमा रिलिज भएको चार दिन भइसकेको छ । यो फिल्मले हलमा निरन्तर ठुलो कमाई गरिरहेको छ । फिल्मको तेस्रो दिनको बक्स अफिस रिपोर्ट आउँदा नै यसले तरङ्ग मच्चाउन सफल भएको छ ।रिलिजको तेस्रो दिनमा नै ‘हाउसफुल ५’ ले कमाईको मामिलामा अजय देवगनको ‘रेड’ मात्र नभई सलमान खानको ‘सिकंदर’लाई पनि पछाडि छाडिसकेको यस बाहेक अन्य ८ चलचित्रको रेकर्ड पनि तोडि दिएको छ । अक्षय कुमारको कमेडी फ्रेन्चाइजी फिल्म ‘हाउसफुल ५’ ले ओपनिङको दिनमा उत्कृष्ट सुरुवात गरेको थियो र यो फिल्म लामो दूरीको घोडा हो भन्ने प्रमाणित गरिसकेको छ । सैकनिल्कको रिपोर्ट अनुसार यो
दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा चलचित्रका प्रमुख कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ, निर्देशक दिनेश राउत र निर्माता हिमाल कडरिया लगायतको उपस्थिति थियो ।पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी दुर्गादेवी शर्मा, केही सहकारी पीडितहरू, विभिन्न क्षेत्रका व्यक्तित्वहरू तथा पत्रकारहरूले दर्शकको रूपमा चलचित्र हेरेका थिए । चलचित्र हेरेपश्चात् दर्शकले यसको कथा, प्रस्तुति शैली र कलाकारहरूको अभिनय को व्यापक प्रशंसा गरेका छन् । तर, प्रशंसासँगै
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.