मनोरञ्जन

    Showing 261-270 of 2,726 items.
  • 'द ब्ल्यू लाइट'ले पहिलो सातामा ३ लाखको व्यापार

     फिल्म ‘द ब्ल्यू लाइट’ले पहिलो साता ३ लाखको मात्र व्यवसाय गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोटमा फिल्मको शनिबारसम्मको आम्दानी ३ लाख १९ हजार ५९५ ग्रस कलेक्सन रहेको हो । यो अवधिमा फिल्मको टिकट ८३२ वटा मात्र बिक्री भएको छ ।बलिराम चौहानको निर्देशन रहेको फिल्ममा बेनिशा हमाल, अर्पण थापा, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी लगायतको अभिनय छ । चलचित्रमा बालकलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।स्काइफल पिक्चर्सले प्रस्तुत गरेको चलचित्रको–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा छायाकार

    • प्रकाशित मितिः माघ २७, २०८२
    • 340 पटक पढिएको
  • समीक्षकको नजरमा अब्बल 'कुमारी', ५ मा ४ स्टार रेटिङसहित 'छोरीहरूले हेर्नै पर्ने' चलचित्रको संज्ञा

    दिनेश राउत निर्देशित हाल प्रदर्शनरत नेपाली चलचित्र 'कुमारी'ले समीक्षक तथा दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ। विशेष गरी चलचित्र समीक्षकहरूले यसको प्रेम कथा, मौलिक कथावस्तु र सांस्कृतिक पक्षको खुलेर तारिफ गर्दै ४ स्टारसम्मको रेटिङ दिएका छन्।प्रेम कथा र महिला संवेदनालाई केन्द्रमा राखेर निर्माण गरिएको यो चलचित्रलाई समीक्षकहरूले 'धमाकेदार' र 'लामो समयपछि आएको उत्कृष्ट नेपाली चलचित्र'को रूपमा व्याख्या गरेका छन्। समीक्षकहरूले आफ्नो समीक्षामा चलचित्रको पटकथा र प्रस्तुतिको उच्च प्रशंसा गरेका छन्। एक समीक्षामा भनिएको छ, "यो चलचित्र विशेष गरी छोरीहरूले हेर्नै पर्ने बनेको छ। केही पुरुष दर्शकहरूले क

    • प्रकाशित मितिः माघ २६, २०८२
    • 324 पटक पढिएको
  • ‘श्री बुकुरोः द होम कलिङ’को ‘ए साइला दाई’ बोलको गीत सार्वजनिक

    आगामी फागुन १ गतेबाट रिलिज हुने सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’ले आफ्नो प्रचारलाई तिब्रता दिएको छ । सिनेमाले पोष्टर र ट्रेलर पछि शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत सार्वजनिक गरेको हो।सिनेमाको ‘ए साइला दाई’ बोलको गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत र सविन सुबेदी र युक्ती बिमलीको स्वर रहेको छ । गीतको भिडियोमा मुख्य कलाकारद्वय आशीर्वाद क्षेत्री र निकिता आचार्यको नृत्य रहेको छ ।सुदीप भूपाल सिंहको लेखन तथा निर्देशन रहेको सिनेमा पारिवारिक कथावस्तुमा आधारित छ । सिनेमामा आशीर्वाद र निकिताका अलवा लक्ष्मी गिरी, प्रतीक राज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन नि

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 310 पटक पढिएको
  • ‘कुमारी’को देशभर प्रदर्शनमा सुखद सुरुवात

    लामो समयको पर्खाइ र चर्चापछि नेपाली प्रेम कथानक चलचित्र ‘कुमारी’ आज (शुक्रवार) बाट देशभरका सिनेमा हलहरूमा एकसाथ प्रदर्शनमा आएको छ। विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रले रिलिजसँगै देशभरका हलहरूबाट निकै उत्साहजनक शो प्राप्त गरेको छ।रिब २ सय शोसहित हल प्रवेश गरेको ‘कुमारी’ले बक्स अफिसमा ठुलो ओपनिङ गर्ने अपेक्षा अनुरूप नै बिहानी शोहरूमा दर्शकको उपस्थिति देखिएको छ। काठमाडौं उपत्यकाका  मल्टिप्लेक्स तथा मोफसलका हलहरूमा दर्शकको उत्साहजनक साथ मिलेको वितरकले जनाएका छन्। उल्लेखनीय कुरा के छ भने यस चलचित्रले बिहानी शो हेरेका दर्शकबाट एकदमै सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ। पह

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 331 पटक पढिएको
  • महिलालाई अपमान गरेर राजनीति शुद्ध हुँदैन : नीशा अधिकारी

    काठमाडौं –  अभिनेत्री तथा काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार नीशा अधिकारीले महिला उम्मेदवारमाथि प्रयोग गरिने घृणात्मक र अपमानजनक शब्दहरू व्यक्तिगत आलोचना नभई समाजमा गहिरो रूपमा जरा गाडेको महिला–विरोधी सोचको प्रतिबिम्ब भएको बताएकी छन् ।गतिशील लोकतान्त्रिक पार्टीकी उम्मेदवार अधिकारीले सामाजिक सञ्जालमा लेख्दै यस्ता शब्द र अभिव्यक्तिलाई असहमति वा बहसको रूपमा लिन नसकिने उल्लेख गरेकी छन् । उनले यो सार्वजनिक जीवनमा सक्रिय महिलालाई डराउन, चुप गराउन र राजनीतिबाट हटाउन प्रयोग गरिने हिंसात्मक भाषा भएको बताएकी छन् ।अधिकारीले आफूले पाएको समर्थन, विश्वास र ऐक्यबद्धताप्रति आभार व्यक्त गर्द

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 249 पटक पढिएको
  • ‘श्री बुकुरो : द होम कलिङ’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

    महाशिवरात्रिको छेको पारेर आगामी फागुन १ गतेदेखि प्रदर्शन तयारीमा रहेको सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । ग्रामीण परिवेशमा निर्माण गरिएको सिनेमाको कथावस्तुमा पारिवारिक स्नेह, मिलन र नोकझोंकले दर्शकमाझ उत्साह थपेको छ ।काव्यात्मक न्यारेसन शैलीमा तयार पारिएको ट्रेलरले पात्रको चाहना, अपेक्षा र द्वन्द्वका तत्वलाई समेटेको छ । सिनेमाकी मुख्य पात्र लक्ष्मी गिरीलाई केन्द्रमा राखेर तयार पारिएको ट्रेलरले सानो बुकुरो (घर) बनाउने चाहना, छोराहरूको विवाह, उनीहरूको खुसी लगायतका कुरालाई चित्रण गरेको छ ।यो सिनेमाको करिब ३ मिनेट ३३ सकेण्ड लामो ट्रेलरले हामीलाई पात्रको मनोदश

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 242 पटक पढिएको
  • चलचित्र ‘शिवांश : च्याप्टर १’ को ट्रेलर सार्वजनिक,महाशिवरात्रिमा प्रदर्शन हुने

    आगामी फागुन १ गते महाशिवरात्रिको अवसर पारेर देशभरका सिनेमाघरमा प्रदर्शन हुन लागेको चलचित्र ‘शिवांश : च्याप्टर १’ को ट्रेलर सार्वजनिक भएको छ ।अञ्जन सिनेमा प्रोडक्शनको ब्यानरमा निर्माण भएको यस चलचित्रको ट्रेलरमा शिवको भेषमा बसेर गरिने आपराधिक क्रियाकलाप समेटिएको छ । जोगीको भेषमा बसेर भित्री रूपमा कतिपय व्यक्ति कसरी अपराधमा सक्रिय हुन्छन् भन्ने ट्रेलरमा देखाएको छ ।बाहिरबाट हेर्दा सांसारिक मोह त्याग गरेर सादगी जीवन बिताइरहेको त्यागी देखिए पनि ऊ भित्रको क्रुर मानसिकता र व्यवाहार कति डरलाग्दो हुन्छ भन्ने ट्रेलरले प्रष्ट पारेको छ । जोगीको भेषको आवरणमा हत्याजस्तो जघन्य अपराधमा संलग्न व्यक्तिको कथा सिन

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 269 पटक पढिएको
  • ‘श्री बुकुरो: द होम कलिङ्’को पोस्टरमा रोमान्टिक आशीर्वाद र निकिता

    निर्देशक सुदीप भूपाल सिंह निर्देशित नयाँ नेपाली सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’को रोमान्टिक पोस्टर सार्वजनिक गरिएको छ।आधिकारिक ट्रेलर सार्वजनिक हुनु अघि रिलिज गरिएको पोस्टरमा आशीर्वाद बी क्षेत्री र निकिता आचार्य गहिरो रोमान्टिक मुडमा देखिएका छन्।पोस्टरले पर्दामा उनीहरूको प्रेमकथा विशेष रूपमा प्रस्तुत हुने संकेत गरेको छ। यो सिनेमामार्फत निर्देशक सिंहले करिब सात वर्षपछि निर्देशनमा पुनरागमन गरेका हुन्। यसअघि उनले दर्शकमाझ चर्चित फिल्म ‘माला’ र ‘रुद्रप्रिया’ निर्देशन गरेका थिए।फिल्म रेञ्ज ब्यानरमा निर्माण भएको यो पारिवारिक कथावस्तुमा आधारित सिनेमामा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 281 पटक पढिएको
  • निर्देशक चन्द्र पन्तले मागे माफी, ‘आ बाट आमा’का कलाकार प्रदीप रावत भारत प्रस्थान

    यहि माघ १६ गतेबाट प्रदर्शनमा अएको चलचित्र ‘आ बाट आमा’ ले प्रदर्शनको आज छैठौं दिन देशभरीका सिनेमाघरमा हाउसफुलमय ब्यापार गरिरहेको छ। चलचित्रले हलसम्म मात्र होइन, दर्शकको सम्म मात्र होइन, दर्शकको मनको सबैभन्दा संवेदनशील कुनासम्म यात्रा गरेको छ। चलचित्र हेरेर धेरै दर्शक भावुक बनेको, रुन पुगेको तथा पुराना पीडासमेत बल्झिएको प्रतिक्रिया आएपछि निर्देशक चन्द्र पन्तले दर्शकप्रति आधिकारिक माफी तथा धन्यवाद व्यक्त गरेका छन्।आमा–सन्तानबीचको सम्बन्धलाई यथार्थ र गहिरो संवेदनासहित प्रस्तुत गरिएको यो चलचित्रले कतिपय दर्शकलाई अत्यन्त भावनात्मक बनाएको उल्लेख गर्दै निर्देशक पन्तले सार्वजनिक सन्देशमार्फत भनेका छन्

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 285 पटक पढिएको
  • वरिष्ठ कलाकार सुनिल थापाको निधन

    काठमाडौं— वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । कलाकार संघका अध्यक्ष मोहन निरौलाले थापाको निधन भएको पुष्टि गरेका छन् ।शंखमूलस्थित एक अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । उनले दर्जनौँ नेपाली र भारतीय चलचित्रमा अभिनय गर्दै आफ्नो अलग पहिचान बनाएका थिए ।नेपाली चलचित्र क्षेत्रमा उनको निधनले अपूरणीय क्षति पुगेको कलाकार तथा चलचित्रकर्मीहरूले बताएका छन् ।

    • प्रकाशित मितिः माघ २४, २०८२
    • 213 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.