चलचित्र ‘रिमै’को दोस्रो गीत ‘छुटिसकेको’ सार्वजनिक गरिएको छ । गायक थानेश्वर गौतमको स्वर, कवि श्रवण मुकारुङको शब्द रचना तथा नारायण दंगलको एरेञ्ज रहेको गीतमा शारदा रसाइलीको पनि स्वर समावेश छ। निर्देशक खिल बहादुर गुरुङको निर्देशन रहेको गीतको भिडियोमा दयाहाङ राई र रिश्मा गुरुङ प्रस्तुत छन् । दयाहाङको प्रेमभाव र रिश्माको पीडालाई उजागर गरेको यो गीत कथावाचनकै हिस्साको रूपमा छ । गुरुङ समुदायको संस्कृतिलाई मुख्य विषयवस्तु बनाएर त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको यो चलचित्रमा दयाहाङ र रिश्मासहित अर्पण थापा, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गु
चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को टाइटल ट्रयाक सार्वजनिक भएको छ । टाइटल ट्रयाकमा र्यापर भियोमाको शब्द, संगीत र स्वर छ ।जिन्दगी नै रहस्मयी रहेको बताउने र्यापले पैसाले मान्छेको असली चरित्र देखाउने प्रष्ट पार्ने प्रयास गरेको छ । र्यापमा पैसामा माया साट्ने र पैसाकै कारण सम्बन्धहरू टुट्ने गरेको यथार्थ चित्रण गरिएको छ । कसको पछाडि को लागेको छ भन्ने रहस्यले दिने तनाव र त्यसले जिन्दगीलाई सडकमा झारेको थथार्थ समेटिएको र्यापमा षड्यन्त्रकै जालोमा फसेको जिन्दगी र त्यसकै केसको वरिपरि रुमलिएको तनावपूर्ण जिन्दगी चित्रण छ । चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्क
सुन तस्करी प्रकरणमा कन्नड फिल्म अभिनेत्री रान्या रावलाई राजस्व गुप्तचर निर्देशनालय (डीआरआई) ले १ सय २ करोड भारतीय रुपैयाँ जरिवाना लगाएको छ।डीआरआई स्रोतका अनुसार सह-अभियुक्त तरुण कोंडाराजुलाई ६३ करोड रुपैयाँ जरिवाना गरिएको छ भने ज्वेलर्स साहिल सकरिया जैन र भरत कुमार जैनलाई ५६-५६ करोड रुपैयाँ जरिवाना गरिएको छ।पीटीआईका अनुसार, डीआरआईका अधिकारीहरू मंगलबार बेंगलुरु केन्द्रीय कारागार पुगे र प्रत्येक अभियुक्तलाई यसबारे जानकारी गराए। ‘११,००० पृष्ठको कागजात तयार गर्नु धेरै मेहनती काम थियो,’ डीआरआई स्रोतले भन्यो।मार्च ३ मा दुबईबाट फर्कने क्रममा रान्या राव सुनसहित पक्राउ परेकी थिइन्। जुलाईमा उनलाई एक वर्
अभिनेता तथा हास्य कलाकार केदार घिमिरे 'माग्ने बुढा'ले अर्का कलाकार दीपकराज गिरिसँग माफी मागेका छन् । गिरिमाथि चौतर्फी हमला हुँदा समेत आफू मूकदर्शक बन्न बाध्य भएको भन्दै घिमिरेले माफी मागेका हुन् । आफू अभिनीत चलचित्रहरू कुनै प्रदर्शनमा त कुनै प्रदर्शनको क्रममा रहेकोले आफू मूकदर्शक बन्न बाध्य भएको उनले बताएका छन् । यस्तो समयमा आफ्ना अभिव्यक्तिले चलचित्रमा असर नपरोस् भनेर आफू मौन रहेको उनले बताएका छन् । उनले भनेका छन्– 'धेरैले मलाई सकभर कम बोल्नू, विवादमा नपर्नू भनेर सल्लाह दिनुहुन्छ । अहिले मैले अभिनय गरेको चलचित्र “माग्ने राजा” प्रदर्शनरत छ, दसैँमा “माइतीघर” आउँदैछ स
राजेन्द्र बस्नेतको निर्देशनमा तयार भएको फिल्म 'प्रेम गीता’को १ मिनेट ११ सेकेन्ड लामो टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा जाहान्वी बस्नेत, साजिद खान, सुशील पोखरेल लगायतका कलाकारहरूलाई देख्न सकिन्छ । यो फिल्मले प्रेमपछिको विछोडको कुरालाई उठाएको छ । ग्रीन प्यारोट्स फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्माण भएको यो फिल्ममा सुशील पोखरेल, जाहन्वी बस्नेत, साजिद खान, आशा पौडेल, अर्जुन गुरुङ, दीपक केसी, खुश्बु पाण्डे, माधव केसी, मानसी शर्मा, दीपशन लिम्बु, मौसम खड्का, ममता माझी लगायतका कलाकारहरुको अभिनय छ । साजिद खानको प्रस्तुतिमा तयार भएको यो फिल्ममा अयाज अलि खान निर्माता छन्
असोजको १३ गते फूलपातिबाट रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’को शीर्ष गीतको नृत्य प्रतियोगितामा दर्शकहरुको उत्साहजनक सहभागिता भइरहेको छ । सोमबारबाट सुरु भएको यो प्रतियोगिताका विजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । असोजको १२ गतेसम्म यो प्रतियोगिता जारी रहने निर्माणपक्षले बताएको छ । निर्माता रोहित अधिकारी भन्छन्–‘दर्शकहरुले २४ घन्टा पनि नबित्दै यति धेरै भिडियो बनाएर पठाउनुभएको छ कि, हामी आफै अचम्मित परेका छौं । दर्शकहरुको यो सहभागिताले हामीलाई निकै नै उत्साहित बनाएको छ । २४ घन्टा नबित्दै ओएसआर डिजिटलको विभिन्न सामाजिक प्लेटफर्ममा १५–२० लाख भ्यूज आइसकेको छ ।’रोहितले दर्शकहरुको यो उत्सा
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सार्वजनिक स्थलको रिपोर्टिङ गरिरहेका पत्रकारहरुलाई भिडियो नखिच्न भन्दै अवरोध गरेका छन् ।मोरङको सुन्दरहरैँचा ७ स्थित गछिया खोलामा निर्माण गर्न लागिएको क्रसरको विषयमा विवाद भएपछि अनुगमनमा पुगेका प्रजिअ यादवले रिपोर्टिङका लागि पुगेका पत्रकारहरुलाई भिडियो नखिच्न भन्दै रोक लगएका हुन् ।स्थानीवासी, क्रसरका सञ्चालक, जिल्ला समन्वय समिति प्रमुख अजम्वर राई र नगर प्रमुख केदार गुरागागईसहितको उपस्थितिमा भएको कुराकानीको छायाँकन गरिरहेका पत्रकारहरु नेपाल पत्रकार महासंघ मोरङका सहसचिव तथा मोरङ खबरका सञ्चालक रेवतीरमण निरौला, विराट टेलिभिजन इटहरीका विकल पौडेल, न्यूज २४
यातायात व्यवस्था विभागले आगामी असोज १ गतेदेखि सवारीसाधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था ल्याए पछि नेपाल कमर्शियल आर्टिष्ट संघ जिल्ला कार्य समिति रुपन्देहीले विरोध जनाएको छ । सरकारले ल्याएको इम्बोस्ड नम्बर प्लेट योजना राष्ट्रघाती भएको ठहर गर्दै सोमबार जिल्ला कार्य समितिले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय। गृह मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयलाई ध्यानाकर्षण गराउदै ज्ञापनपत्र बुझाएको छ । ‘सरकारी कामकाजको भाषा देवनागरी लिपी अर्थात् राष्ट्रलिपीमा हुनु पर्ने प्रावधान
काठमाडौं । आज प्रधान सेनापति ट्रफि २०८२ खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको छ । मंगलबार जङ्गी अड्डास्थित खेल मैदानमा प्रधान सेनापति अशोक राज सिग्देलले प्रतियोगिताको उद्घाटन गरेका हुन् । नेपाली सेना भित्र रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान गरी उनीहरूको सिप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू तयार गर्ने अभिप्रायका साथ वि.सं.२०६५ सालबाट प्रधान सेनापति ट्रफि प्रतियोगिताको सुरुवात भएको हो । उद्घाटन समारोहमा प्रधान सेनापति ट्रफिका लागि पृतना तथा बाहिनीका टिमहरूले मार्चपाष्टका साथै विभिन्न खेल सम्बन्धी कला प्रस्तुत गरेका थिए ।प्रतियोगिता अन्तर्गत आज सम्
निर्माता तथा निर्देशक सन्तोष सेनले कलाकार दीपकराज गिरीको सोचमै पाप रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यस्तो आरोप लगाएका हुन् । गिरीले सामाजिक सञ्जालमा विभिन्न कमेन्ट गर्न लगाएर लाखौँ दर्शकको भावनासँग खेलबाड गरेको आरोप सेनको छ । ‘दर्शककै मायाले तिमी आज यहाँसम्म आइपुगेका छौ । त्यसैले उनीहरूको भावनालाई कुल्चने अधिकार कसैलाई छैन’, सेन अगाडि भन्छन् ‘हाम्रो बलिदानको पोस्टमा आउने नकारात्मक कमेन्टहरू के तिम्रो समूहकै काम हो ?’गिरीले नाम उल्लेख नगरी सेन प्रति लक्षित गर्दै आफ्नो सामाजिक सञ्जालमा एक स्ट्याटस पोस्ट गरेपछि सन्तोष रुष्ट बनेका हुन् । ‘आफ्नो फिल्मको प्रचार गर्नुको सा
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.