मनोरञ्जन

    Showing 2,291-2,300 of 2,829 items.
  • अभिनेता विपिन कार्कीलाई मातृशोक

    काठमाडौं । अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । उनकी आमा सरस्वती कार्कीको ७२ वर्षको उमेरमा बिहीबार बिहान ललितपुरको पाटन अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ थिइन् ।परिवारका अनुसार उनी भेन्टिलेटरमा उपचाररत थिइन् । उनको अन्तिम संस्कार आजै बिहान १० बजे पशुपति आर्यघाटमा गरिनेछ ।

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • 433 पटक पढिएको
  • समीक्षाले ल्याइन् के हेरेको टुलु टुलु

    काठमाडौं । गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘के हेरेको टुलु टुलु’ को भिडियो सार्वजनिक भएको छ । गीतमा नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीत, श्यामस्वेत रसाइलीको एरेन्ज र गोविन्द अनेकको रेकर्डिङ छ ।गीतको भिडियोमा सलोन बस्नेत, नाजिर हुसेन र आश्मा विश्वकर्मा फिचर्ड छन् । भिडियोमा आश्माको प्रेम पाउन सलोन र नाजिरले गरेको संघर्षलाई देखाइएको छ । भिडियोमा तीनै जना कलाकारलाई रोमान्टिक भावमा देख्न सकिन्छ । रोमान्टिक भावको गीतको भिडियोमा गायिका समीक्षा पनि फिचर्ड छिन् ।गम्भीर विष्टको निर्देशन रहेको भिडियोमा सुबास तिमल्सिनाको मेकअप, कुसुम बुटिकको पहिरन, मनिक पाख्रिनको कला निर्देशन, सुभम भुजेलक

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 547 पटक पढिएको
  • म्यान अफ दि इयर २०२४ को अडिसन खुला

    काठमाडौं । पुरूषहरूको सौन्दर्य तथा बौदिकता जाँच गर्ने प्रतियोगिता ‘म्यान अफ दि इयर २०२४’को अडिसन खुला भएको छ । आयोजक कम्पनी यू क्यान फ्लाई फेशन प्रालिले उक्त प्रतियोगिताको अडिसन आह्वान गरेको हो ।नेपालको सवैभन्दा ठुलो भनिएको उक्त पुरूष फेसन प्रतियोगिता पहिलो पटक हुन लागेको हो । देशव्यापी रूपमा खुला अडिसनपछि छनोट भएका अन्तिम प्रतियोगीले फाइनल स्पर्धामा भाग लिने आयोजकले जनाएको छ । नेपालका प्रमुख शहरहरू काठमाडौं, चितवन, पोखरा, बुटवल, मोरङको विराटचोक र विराटनगरमा आडिसन स्थान तोकिएको छ । सहभागी हुन चाहनेहरूको लागि इसेवा एप मार्फत आवेदन खुला गरिएको छ ।यहि अगष्ट ३१ बाट अडिसन सुरू हुँदा पहिलो अडिसन काठ

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 562 पटक पढिएको
  • बुलाकी जाफ्ना इन्टरनेशनल सिनेमा फेस्टिभलमा छनोट

    काठमाडौं । गत शुक्रबारबाट नेपाली पर्दामा प्रदर्शनरत फिल्म बुलाकी दक्षिण एशिया भित्र प्रतिष्ठित मानिने श्रीलंकाको सिनेमा महोत्सव जाफना इन्टरनेशनल सिनेमा फेस्टिभल २०२४मा छनोट भएको छ । उक्त फेस्टिभल अन्तर्गतको उत्कृष्ट डेब्यू फिल्म प्रतिस्पर्धाको लागि यो फिल्म छनोट भएको हो ।जाफना सिनेमा फेस्टिभलको दशौं संस्करण आगामी सेप्टेम्बरमा हुँदैछ । यो फिल्म प्रतिस्पर्धामा छनोट भएको उक्त अवार्ड गत बर्ष नेपाली फिल्म दि रेड सुटकेसले जितेको थियो । फिल्म निर्माता तथा अभिनेता विराज बिष्टले सामाजिक सञ्जालमा पोस्ट सार्वजनिक गर्दै खुशी व्यक्त गरेका छन् ।तन, मन, धन र ज्यान बाजी लगाएर गरिएको कामले कहिँ न कहिँ सार्थकता

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 419 पटक पढिएको
  • भारतीय क्रिकेटर युवराज सिंहको बायोपिक बन्दै

    मुम्बई(एजेन्सी) । अन्ततः पूर्व भारतीय क्रिकेटर युवराज सिंहको जीवनमा आधारित रहेर बायोपिक फिल्मको घोषणा गरिएको छ । एक यस्ता क्रिकेटर, जो सन् २०११ को विश्वकपको समयमा क्यान्सरसँग लड्दै विश्वकप खेले र भारतलाई विश्व च्याम्पियन बनाए । क्यान्सर जस्तो रोगलाई मात दिएर क्रिकेटको मैदानमा फर्किइसकेका युवराजको कथा अब फिल्मको रुपमा ठूलो पर्दामा आउने तयारी भएको हो ।युवराजको बायोपिक टी–सिरिजको ब्यानरमा निर्माण हुँदैछ । भुषण कुमार र रवि भगचान्द यो बायोपिक निर्माण गर्दैछन् । युवराजलाई भारतीय क्रिकेटमा उनको महत्वपूर्ण योगदानका लागि चिनिन्छ । जसमा सन् २००७ को आइसीसी टी–२० विश्वकप र सन् २०११ को आइसीसी क्रिकेट

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 498 पटक पढिएको
  • पोखरामा नेपाल फेशनिस्टा २०२४

    काठमाडौं । एस्याप इन्टरटेन्मेन्टको आयोजनामा ‘नेपाल फेशनिस्टा २०२४’ भव्य रूपमा सम्पन्न भएको छ । अगस्ट १७ मा पोखराको टीका रिसोर्ट, लेकसाइडमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । नेपाली फेशन क्षेत्रमा ‘नेपाल फेशनिस्टा’ले आफ्नो अलग पहिचान बनाउन सफल भइसकेको छ । उक्त कार्यक्रमले नेपाली फेशनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण योगदान दिएको छ। कार्यक्रममा नेपालका फेशन आईकन प्रशान्त ताम्राकार ,कलाकार एवम् नाट्य गुरु अनुप बराल, एस्याप इन्टरटेन्मेन्टका अध्यक्ष एवम् नायक सन्तोष अधिकारी, निर्देशक घनश्याम लामिछाने , ब्राण्ड कन्सल्टेन्ट पवन राज जोशी, चलचित्र निर्मात्री प्रतिमा थापा, चलचित्र च

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • 658 पटक पढिएको
  • एक्सिस व्याण्डको सांगीतिक पाइला

    काठमाडौं । नेपाली व्यावसायिक रक व्याण्ड ‘एक्सिस’ले ‘पाइला’ बोलको गीतको भिडियो सार्वजनिक गरेको छ । गीतमा बिजु कर्माचार्य र सन्दीप विश्वकर्माको संगीत, रविजंग थापाको शब्द तथा सन्दीपकै स्वर छ ।भिडियोमा कविता नेपाली (गुरुङ) र धिरज गुरुङ फिचर्ड छन् । स्पोर्टस जनराको गीतमा कवितालाई बक्सर र धिरजलाई बक्सर प्रशिक्षकको रुपमा देखाइएको छ । भिडियोमा कविता कुशल बक्सर बन्न संघर्षरत छिन् । भिडियोमा व्याण्डका सदस्यहरुलाई पनि स्थान दिइएको छ ।भिडियोमा व्याण्डको दृश्य निर्देशन बिजु कर्माचार्यले गरेका हुन् । व्याण्डको छायांकन निश्चल श्रेष्ठले र भिडियोका कलाकारको डीओपी जेनिस महर्जनले गरेका हुन् ।पोजेटिभ भाइब्स इन्टर

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • 485 पटक पढिएको
  • काठमाडौंमा धिरज राईको कन्सर्ट

    काठमाडौंँ । लोकप्रिय गायक धिरज राईले काठमाडौंँका दर्शक नचाउँने भएका छन् । आगामी शनिबार (भदौ ८ गते) आयोजना हुने ‘धिरज राई लाइभ वीथ जात्रा ब्याण्ड’ कार्यक्रममा उनले ‘लुकी लुकी’, ‘साई ढोले सोई’ लगायत आफ्ना आधा दर्जनबढी लोकप्रिय गीतसंगीत प्रस्तुत गर्नेछन् ।मोडलिङ संघ नेपाल र रसलाइट मिडियाको संयुक्त आयोजनामा आलिसान लन्च एण्ड क्लबमा हात्तिसारमा आयोजना हुने कार्यक्रममा गायिका तथा मोडल रमिता भण्डारीको समेत विषेश प्रस्तुति रहनेछ । कार्यक्रम होष्टको रुपमा एनी कुवँर रहेकी छन् । कार्यक्रममा जात्रा ब्याण्डको समेत विशेष प्रस्तुति रहनेछ ।कार्यक्रम मार्फत राजधानीका दर्शकसँग जोडीन नपाएको धेरै भएकोले पनि आफु का

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • 659 पटक पढिएको
  • २२ दिनमा सकियो कार्साङ

    काठमाडौं । फिल्म ‘कार्साङ’को छायांकन सकिएको छ । यम शेर्पाले निर्देशनमा निर्माण भएको फिल्मको छायांकन २२ दिन लगाएर पुरा गरको हो ।फिल्मको सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा र बाँकी एक दृश्य खिचिएसँगै सम्पूर्ण छायांकन सकिएको निर्माण पक्षले जानकारी दिएको छ ।‘फिल्मको सम्पूर्ण टिम राम्रो रहेकाले सबैको मेहनतका साथ समयमै छायांकन सम्पन्न गर्न पाइयो’, निर्देशक शेर्पाले भने, ‘अब पोस्टको काम त्यही अनुरूप गर्दैछौँ, सोचे जस्तै भयो भने हामी चाँडै प्रदर्शन गर्न सक्छौँ ।’कलाकारहरूको बलियो लाइनअप रहेको फिल्म ‘कार्साङ’लाई यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुति

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • 587 पटक पढिएको
  • अटो र ट्याक्सीमा रावायणको प्रचार

    काठमाडौं । यही भदौ २१ गते रिलिज हुने फिल्म ‘रावायण’ को काठमाडौं उपत्यका बाहिर लक्षित प्रमोसन सुरु भएको छ । उपत्यका बाहिरका प्रमुख सहरमा रहेका सार्वजनिक सवारी साधनमार्फत प्रमोसनको काम तिब्र रुपमा अगाडि बढाइएको छ ।निर्माण पक्षका अनुसार नेपालगञ्ज, वीरगञ्ज, चितवन, विराटनगर, इटहरी, धरान, दमक र बिर्तामोडलगायतका स्थानमा रहेका करिब ४ सय अटो तथा ट्याक्सीमा फिल्मको पोस्टर टाँसर प्रमोसनको काम सुरु गरिएको हो । ‘सार्वजनिक यातायात आम मानिससँग जोडिएका सवारी साधन हुन् । यी गाडीमा दैनिक संख्यामा हजारौं यात्रु ओहोरदोहोर गरिरहन्छन् । उनीहरुमार्फत फिल्मलाई ग्रामीण भेगका दर्शकसम्म प्रचारप्रसारका लागि पुर्‍याउन सजि

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 474 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.