मनोरञ्जन

    Showing 2,261-2,270 of 2,632 items.
  • भारतीय अभिनेत्री तमन्ना नेपालमा

    झापा- दक्षिण भारतीय अभिनेत्री तमन्ना भाटिया होलीको अवसर पारेर नेपाल आएकी छिन् । तमन्नाले सो कुराको जानकारी सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत दिएकी हुन् । उनले नेपालमा होली मनाएको तस्वीर पोस्ट गर्दै ‘ह्याप्पी होली फ्रम नेपाल’ भन्दै शुभकामना समेत दिएकी छन् ।तेलुगु र तामिल फिल्म उद्योगकी यी चर्चित अभिनेत्रीको फिल्म ‘बाहुबली’ मा निकै चर्चामा थियो । ‘बाहुबली’ का दुवै श्रृंखलाले नेपालमा आक्रात्मक कमाइ गरेका थिए । तमन्ना कति समय नेपाल बस्छिन् भन्नेबारे केही खुलाइएको छैन ।

    • प्रकाशित मितिः फागुन २४, २०७९
    • 224 पटक पढिएको
  • छवि ओझाको फिल्ममा रेखा थापाको इन्ट्री, पुजा शर्मा पनि मुख्य भुमिकामा

    काठमाडौँ । निर्माता छवि ओझाले लामो समयको अन्तरालपछि फिल्म निर्माण गर्ने भएका छन् । निर्माता ओझाले नायिका रेखा थापा र पूजा शर्मालाई लिएर फिल्म बनाउन लागेका छन् ।रेखा र पूजाले मिलेर फिल्म बनाउने र एकसाथ खेल्ने कुरा यसअघि नै एकपटक भएको थियो तर अहिले आएर यी दुवै अभिनेत्रीले छविको फिल्ममा एकसाथ काम गर्ने भएका हुुन् ।नायिका थापाले सोमबार आयोजित होली कार्यक्रममा मिडियासँग कुराकानी गर्दै छविले केही दिनमा नै पूजासँग कागजी संझौता गर्ने खुलासा गरेपछि छविको फिल्ममा पूजा र रेखाको इन्ट्री भएको कुरा बाहिर आएको हो ।ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने यो फिल्मका लागि अर्की एक जना नायिकाको भने खोजी भइरहेको छ । फ

    • प्रकाशित मितिः फागुन २३, २०७९
    • 216 पटक पढिएको
  • अमिताभ बच्चन घाइते

    एजेन्सी - बलिउडका मेगा स्टार अमिताभ बच्चन घाइते भएका छन् । हैदराबादमा ‘प्राजेक्ट के’ नामक फिल्मको सुटिङका क्रममा बच्चन घाइते भएका हुन् । बच्चन आफैंले सामाजिक सञ्जाल मार्फत फिल्ममा एक्सन सिन सुटिङका क्रममा घाइते भएको जानकारी गराएका छन् ।आफ्नो दायाँ करङमा चोट लागेको र सुन्निएको भन्दै बच्चनले आफूलाई सास फेर्न समेत गाह्रो भएको बताएका छन् । हैदरावादमा उपचारपछि मुम्बइस्थित घरमा आएर आराम गरिरहेको र ठिक हुन समय लाग्ने समेत बताएका छन् ।उनले ठिक नहुँदासम्मका लागि सबै खाले सुटिङ र भेटघाट बन्द गरेको समेत जानकारी गराएका छन् । ८० वर्षीय बच्चन भारतसहित विश्वभर सम्मानित अभिनेता हुन् ।

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • 134 पटक पढिएको
  • शुक्रबारबाट छक्का पञ्जा ४ र छड्के २.० एकसाथ प्रदर्शन

    काठमाडौं ।  शुक्रबारबाट एक साथ दुइ नेपाली चलचित्र प्रदर्शनमा आउँदैछन् । विदेशी चलचित्रसँग नजुँधाइ प्रदर्शनको तयारी गरेपनि स्वदेशी दुई चलचित्र भने जुँध्ने भएका छन् । फागुन १९ शुक्रबार दुई ठूला चलचित्र ‘छक्का पञ्जा ४’ र ‘छड्के २.०’ एकसाथ प्रदर्शन हुँदैछन् ।दीपकराज गिरीसहित दीपाश्री निरौला र केदार घिमिरे समूहको चलचित्र ‘छक्का पञ्जा ४’ लाई हेमराज विसीले निर्देशन गरेका छन् । राजनीतिलाई पृष्ठभूमि बनाएर चलचित्र तयार गरिएको हो । यसको पटकथा तथा संवाद अभिनेता गिरीले तयार पारेका छन् । ‘दर्शकले रुचाउने चलचित्र तयार गरेका छौँ । अघिल्लो शृङ्खला हेरेर आउनुभएका दर्शकलाई यसले निराश बनाउँदैन’, गिरीले भने ।

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 329 पटक पढिएको
  • ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को फिल्ड अडिसन फागुन २० बाट

    दमक । सर्वाधिक पुरस्कार राशी भएको पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को फिल्ड अडिसन झापाको दमकमा हुने भएको हो । दमकमा पत्रकार सम्मेलनको आयोजना गर्दै इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा हुने रियालिटी शो को बारेमा जानकारी गराइएको हो । पूर्वकालागि आगामी फागुन २० र २१ गते झापा दमकको सरस्वती मावि इँटाभट्टामा अडिसन हुने छ ।पत्रकार सम्मेलनमा इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका सचिव सुरेन शेर्माले विश्वभर छरिएर रहेका नेपाली भाषीको अन्तरनिहित प्रतिभा गायन र नृत्यको माध्यमद्वारा प्रस्फुटन गर्ने उ

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • 269 पटक पढिएको
  • झापा सिङगिङ एण्ड डान्सिङ स्टार २०२३ हुने

    झापा -लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गर्न सहयोग पुर्याउन बिर्तामोडमा दि–नेक्ट ड्रिमस् इन्टरटेन्टमेन्टको आयोजनामा झापा सिङगिङ एण्ड डान्सिङ स्टार २०२३ प्रतियोगिता हुने भएको छ ।  इन्टरटेन्टमेन्टले झापाको बिर्तामोडमा पत्रकार भेटघाट गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो । प्रतियोगिताका लागि दमकमा आगामी फागुन २३ गते र बिर्तामोडमा फागुन २४ गते अडिसन गर्ने इन्टरटेन्टमेन्टका सञ्चालक सुदिप जोशीले जानकारी दिए । उनका अनुसार फागुन ३० गते दमक र बिर्तामोडमा कोरियो राउण्ड गरिनेछ । त्यस्तै चैत्र ७ गते बिर्तामोडमा प्रतियोगिताका लोक राउण्ड गरिने साथै बैशाख २ गते सेमि फिनाले र बैशाख १६ गते ग्रेण्ड फि

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • 218 पटक पढिएको
  • विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक पक्राउ

    झापा-प्रहरीको केन्द्रीय साइबर ब्युरोले विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । थाइल्याण्डबाट नेपाल आइपुगेका उनलाई सोमबार बिहान पक्राउ गरिएको ब्युरोका एसएसपी नवीन्द्र अर्यालले बताए ।विद्युतीय स्वरुपमा आफ्नो चरित्र हत्या गरेको भन्दै महेशचन्द्र आचार्यले रेग्मीविरुद्ध ब्युरोमा उजुरी दिएका थिए । म्याद थप गरेर रेग्मीलाई विद्युतीय कारोबार ऐनअन्तर्गत कारवाही प्रक्रिया अघि बढाइने समेत एसएसपी अर्यालले जनाए । रेग्मीले अन्य व्यक्तिको पनि चरित्रहत्या गरेको आचार्यले उजुरीमा उल्लेख गरेका छन् ।उनले आफ्नो फेसबुकको कभर तस्वीरमा अहिलेका चर्चित

    • प्रकाशित मितिः फागुन ८, २०७९
    • 289 पटक पढिएको
  • आजकाे माैसम पुर्वानुमान

    झापा- बिहानैदेखि देशका पहाडी क्षेत्रहरुको मौसम आंशिक बदली छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागमा मौसम बदली भएको छ।बाँकी स्थानमा मौसम सामान्यतया सफा छ। बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना छ। देशका अधिकांश स्थानमा मौसम आंशिक बदली हुने अनुमान गरिएको छ।राति गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा  हल्का हिमपातको सम्भावना रहेको विभागले उल्लेख गरेको छ।  

    • प्रकाशित मितिः फागुन ८, २०७९
    • 119 पटक पढिएको
  • पक्राउ परे डिल्लीराम खनाल

    झापा-अभिनेतृ करिश्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। युट्युबमा करिश्माको चरित्र हत्‍या गर्ने किसिमको भ्रम फैलाउने अभिव्यक्ति दिएको आरोपमा डिल्लीराम खनाल पक्राउ परेका हुन्। खनाल युट्युबका ‘भाइल म्यान’ हुन्। उनलाई काठमाडौंबाट पक्राउ गरेर थप अनुसन्धान सुरू गरिएको साइबर ब्युरोका एसपी पशुपति रायले जानकारी दिए।अभिनेतृ तथा नेकपा एमाले नेतृ करिश्मा मानन्धरले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या हुने अभिव्यक्ति दिएको भन्दै खनालविरुद्ध २५ माघमा प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी थिइन्। खनालले करिश्मा लिभिङ टुगेदरमा रहेको भन्दै युट्युबमा अन्तरवार्ता दिएका थिए।

    • प्रकाशित मितिः फागुन ५, २०७९
    • 202 पटक पढिएको
  • चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट संयोजक नीर शाहसहित दुई सदस्यको राजीनामा

    झापा - चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट संयोजक नीर शाहसहित दुई सदस्यले राजीनामा दिएका छन् । बोर्डका सदस्य सचिव तथा संचार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव टंकबहादुर महतका अनुसार बुधबार बेलुका शाह र सदस्य सुशान्तकुमार श्रेष्ठले राजीनामा दिएका हुन् । अर्का सदस्य तथा चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काको राजीनामा आएको साता नबित्दै संयोजक समेत रहेका शाहको राजीनामा आएको हो । अध्यक्ष भुवन केसीले तीन महिनाअघि शाहको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेका थिए ।सदस्य सचिव महतले भने, ‘सक्रिय भूमिका निर्वाह गर्न नसकिएको कारण देखाउँदै उहाँले राजीनामा दिनुभएको छ । कानूनीरुपमा पनि सल्लाहकार

    • प्रकाशित मितिः माघ २६, २०७९
    • 137 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.