मनोरञ्जन

    Showing 2,241-2,250 of 2,829 items.
  • रावायणको आइटम गीत करेजा निकरी

    काठमाडौं । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘रावायण’को आइटम गीत ‘करेजा निकरी’ सार्वजनिक भएको छ । गीतमा सोनु कक्कर र समिर चौरासियाको स्वर, प्रदीप श्रीवास्तवको शब्द र रेवन आरती सिंहको संगीत छ ।गीतमा पल शाह, प्रकाश शाह, कैलाश रावल र निकिता चण्डकको नृत्य छ । विक्रम स्वारको कोरियोग्राफी रहेको गीतमा सुनिता श्रेष्ठको कष्ट्युम छ ।गीतमा निकितालाई निकै ग्ल्यामर लुक्समा देखाइएको छ । कलाकार प्रकाशको तराईं मूलको गेटअप आकर्षक देखिएको छ । गीतमो बीचमा नायक पल शाहको प्रवेशले गीतको हाइप बढाएको छ ।गीतमा अनामिक चौहानको म्यूजिक प्रोडक्सन र एरेन्ज, निरज सिंहको म्यूजिक सुपरभाइजर र साउण्ड डिजाइन, समिर चौरासिया, अमन स

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 595 पटक पढिएको
  • दुःखी आत्मामा अनुपविक्रम

    काठमाडौं । निर्माण क्रममै चर्चा रहेको फिल्म ‘दुखी आत्मा’ मा अभिनेता अनुपविक्रम शाही अनुबन्धित भएका छन् । भदौ २४ बाट सुटिङ सुरु हुने फिल्ममा केही समय अघिनै दयाहाङ राई र आँचल शर्मा अनुबन्धित भइसकेका थिए । कथाको मागअनुसारको चरित्र चयन गर्ने क्रममा अनुपविक्रम फिट लागेकाले उनलाई लिइएको लेखक समेत रहेका निर्देशक दीपेन्द्र लामाले जानकारी दिएका छन् ।क्लक वर्क कृएसन्सको ब्यानरमा हिमाल कडरिया निर्माता रहेको फिल्म आलोक शुक्लाले खिच्ने छन् । निर्देशक दीपेन्द्र र निर्माता हिमालले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो । ‘दुखी आत्मा’ उनीहरुको दोश्रो सहकार्य हो । दयाहाङ र अनुपविक्रम भने ‘वीर विक्

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 366 पटक पढिएको
  • पिताको महत्व बुझाउने मेरो बा

    काठमाडौं । कुशे औंशीको अवसर पारेर पिताको महत्व झल्काउने सर्ट फिल्म ‘मेरो बा’ सार्वजनिक गरिएको छ । रमेश थापाको लेखन तथा निर्देशन रहेको यो सर्ट फिल्म म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । फिल्ममा प्रभाकर न्यौपाने, विकास जोशी, अनुजा अधिकारी, मेघराज पौडेल, श्याम मगर, टेकबहादुर घले, दीपेन्द्र थापा, खगेन्द्र धामी, प्रान्जिल सापकोटा तथा बाल कलाकारद्वय रियांशी थापा र सन्तोष बटालाको अभिनय छ । संकल्प भुजेलको छायाङ्कन रहेको फिल्ममा बालकृष्ण श्रेष्ठ र विक्रम चिमौरियाको सम्पादन, सोम जिसीको मुख्य सहायक निर्देशन छ ।तीजमा दर खाने चलनको बढ्दो विकृती, बाबुलाई छोराबुहारीले गर्नुपर्

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 631 पटक पढिएको
  • दिक्छेन र मार्जेनलाई उपाधि

    काठमाडौ । तामाङ समुदायका बालबालिकाहरुको प्रतियोगितामूलक सौन्दर्य प्रतियोगिता ‘फेस अफ तामाङ किड्स प्रथम संस्करण २०२४’ को उपाधि दिक्छेन तामाङ र मार्जेन तामाङले जितेका छन् । युथ क्रियसनद्वारा आयोजित प्रतियोगितामा दश प्रतिस्पर्धीलाई उछिन्दै उनीहरुले क्रमश बालिका र बालकतर्फ ‘फेस अफ तामाङ किड्स’को शीर्ष उपाधि जितेका हुन् ।प्रतियोगिताअन्तर्गत बालिकातर्फको प्रतिस्पर्धामा साम्देन थिङ ‘फस्ट रनर अप’ र किन्जु डोमा तामाङ ‘सेकेण्ड रनर अप’ तथा बालकतर्फ आरोज तामाङ ‘फस्ट रनर अप’ र सिद्धान्त तामाङ ‘सेकेण्ड रनर अप’ भए ।प्रतियोगिताका सहभागीले करिब १ महिनासम्म रोजिन शाक्यको फेसन कोरियोग्राफी र नृत्य निर्देशक एमबी

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 433 पटक पढिएको
  • पूर्ण बहादुरको सारङ्गीको टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक भएको छ ।टिजर सेभेन सिज सिनेमाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।  टिजरमा फिल्मका मुख्य दुई पात्र विजय बराल र प्रकाश सपूत प्रस्तुत छन् । गरिबीका कारण बुवाले झेल्नु परेको अभाव, छोराले पाएको शैक्षिक सफलता र विछोडको पीडा टिजरमा समेटिएको छ ।बुवाको मुख हेर्ने दिनको छेको पारेर सार्वजनिक टिजर सम्पूर्ण बुवाहरूप्रति समर्पित गरिएको छ । प्रकाश एसएलसीमा जिल्लाकै प्रथम भएको खुसी बुवालाई सुनाउँदै सुरु हुन्छ । त्यसपछि विजय आफूले दुःख गरेर छोरालाई पढाएको सम्झिन्छन्

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • 500 पटक पढिएको
  • हलमा दर्शकको माया पाउँदा उत्साहित आँचल र विवेक

    काठमाडौं । शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘वर एण्ड वधु’ हेर्न शनिबार काठमाडौंका हलमा दर्शकको चाप राम्रो देखियो । शनिबार बिहानैबाट नायिका आँचल शर्मा, नायक विवेक कर्माचार्य, निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार दिनेश काफ्ले लगायत हलमा पुगेका थिए । उनीहरु शनिबार बेलुकीको शोजमा दर्शक भेट्न बनेपा समेत पुगेका थिए ।हलमा दर्शकले देखाएको मायाले नायिका आँचल शर्मा उत्साहित देखिइन् । उनले भनिन्–‘फिल्म हेर्न आउनुभएका दर्शकले यसको कथावस्तुदेखि सबै कुरा मन पराइदिनुभएको छ । यो नै ठूलो कुरा हो । दर्शकको यो मायाले उत्साहित छु ।’यता, नायक विवेक कर्माचार्यले पहिले फिल्ममै दर्शकबाट पाएको साथ, हौसला

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • 560 पटक पढिएको
  • पुजा भन्छिन्–मलाई नम्बर वानको ट्यागले पुगिसक्यो

    काठमाडौं । फिल्ममा पाइला चाल्नुअघि अभिनेत्री पुजा शर्मा सञ्चारकर्ममा थिइन् । एक टेलिभिजनमा काम गरिरहँदा फिल्म ‘थ्री लभर्स’बाट अभिनयमा ‘ब्रेक’ पाएपछि टेलिभिजन कर्ममा ‘ब्रेक’ लगाउँदै अभिनयको दुनियाँमा रमाइरहिन् । यिनै पुजा सञ्चारकर्मीकै भूमिकामा फिल्म ‘रावायण’मा देखिँदैछिन् । यो फिल्म यसै साता अर्थात भदौ २१ गते रिलिज हुँदैछ ।फिल्मको टिजर र ट्रेलरमा पुजालाई हातमा बुम बोकेर टेलिभिजनमा रिपोर्टिङ गरिरहेको देख्न सकिन्छ । ‘पत्रकारितामा करिब १०–१२ वर्षकै ग्याप थियो । पहिला एउटा फ्लोमा पत्रकारिता गर्थें । फिल्ममा पत्रकारको भूमिकामा अभिनय गर्दा अलिक कन्सस भएँ । अभिनयमा ‘स्ट्रङ’ तरिकाले प्रस्तुती दिँदा पु

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • 484 पटक पढिएको
  • एक्टरः टेक वान लुक्समा राजबल्लभ

    काठमाडौँ । फिल्म ‘एक्टरः टेक वान’बाट अभिनयमा कमव्याक गरेका नायक राजबल्लभ कोइरालाको शुक्रबार परेको जन्मदिनको अवसर पारेर उनी फिचर्ड क्यारेक्टर थिम पोस्टर सार्वजनिक गरिएको छ ।पोस्ट प्रोडक्सनमा रहेको फिल्मको सार्वजनिक पोस्टरमा कोइराला मात्र चित्रित छन् । जसमा सिगार सेवन गरिरहेका राजबल्लभले नायक प्रदीप खड्काको तस्वीर हेर्दै गरेको देख्न सकिन्छ । दाह्री र जुँगामा रहेका राजबल्लभको लुक्स, अगाडिको टेबल र पृष्ठभूमि हेर्दा उनी अनुसन्धानकर्मी हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ ।अभिनेता कोइरालाको यही फिल्मबाट १० वर्षपछि पुनरागमन गर्दै छन् । यस अघि यो फिल्मका दुई वटा पोस्ट सार्वजनिक भएका थिए । सुरुवातमा फर्स्

    • प्रकाशित मितिः भदौ १५, २०८१
    • 602 पटक पढिएको
  • देवीको सेलाइ देउ खोलामा

    काठमाडौं । अभिनेता नाजिर हुसेन, गौरव पहारी र अभिनेत्री शिल्पा मास्केको मुख्य भुमिका रहेको फिल्म ‘देवी’को ‘सेलाइ देउ खोलामा’ बोलको अडियो गीत सार्वजनिक भएको छ । सुशान्त गौतमको संगीत निर्देशन तथा सुष्मा सिग्देलको शब्द रचना रहेको फिल्मको गीतमा सज्जा चौलागाई र समीक्षा अधिकारीको स्वर छ । सार्वजनिक गीतमा बाल गायिकामा अभानी अर्याल र शिक्षा लिम्बुको स्वर पनि सुन्न सकिन्छ । क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मका निर्देशक सञ्जोग राई हुन् । फिल्मको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् । एक्जिबिट स्टुडियोको प्रस्तुतिमा फिल्म ‘देवी’ बनेको हो । यो फिल्म निर्माण टिमले सार्वजनिक प्रदर्श

    • प्रकाशित मितिः भदौ १५, २०८१
    • 509 पटक पढिएको
  • दुर्गेश थापाको बीच्च बीच्चमा ७

    काठमाडौं । तीजको अबसरमा निरन्तर ‘बीच्च बीच्चमा’ नामको सिरिज ल्याएर चर्चा कमाएका गायक, संगीतकार दुर्गेश थापाको नयाँ तीज गीत सार्वजनिक भएको छ । यो तीजबाट ‘बीच्च बीच्चमा’ सिरिजलाई बीट मार्ने घोषणा गरेका थापाले अन्तिम शृङ्खला स्वरूप ‘बीच्च बीच्चमा ७’ दर्शक श्रोतामाझ ल्याएका हुन् ।जनचेतनामूलक र सन्देशमूलक भनिएको उक्त गीतको शब्द तथा भिडियोले नारीप्रतिको सम्मान बोल्छ । आफ्नै निर्देशनमा भिडियो ल्याएका दुर्गेशले एक विदुवा नारीलाई नृत्यमा प्रस्तुत गर्दै नारीको सांस्कृतिक स्वतन्त्रताको हिमाइतीको रूपमा आफुलाई उभ्याएका छन् । मौसम हिमालीको नृत्य निर्देशनमा बनेको उक्त गीतको भिडियोमा दुर्गेशसँगै गायक तथा

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • 641 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.