मनोरञ्जन

    Showing 2,031-2,040 of 2,829 items.
  • जनै हराएको बाहुनको थिम संवाद अफर

    काठमाडौं । फिल्म ‘जनै हराएको बाहुन’को  थिम संवाद सार्वजनिक गर्दै निर्माणपक्षले नयाँ अफरको घोषणा गरेको छ । थिम संवाद यो फिल्मका मुख्य कलाकार विजय बराल र असोसियट निर्देशक तथा अभिनेता मनिष राउतबीचको हो ।थिममा रहेको गीत गाएर टिकटक बनाएर पोस्ट गर्नेलाई यो फिल्मको गीत गाउन अवसर दिइने निर्देशन हिमाल न्यौपानेले जानकारी दिए । उत्कृष्ट हुनेले अर्जुन पोखरेलको संगीत रहने गीतमा स्वर दिन सक्नेछन् । फिल्म पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको हो । फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । फिल्ममा विजय बराल र मनीष राउत अनुबन्धित भइसकेका छन् ।फिल्मले गाउँबाट सहर आएको एक सामान्य व्यक्ति

    • प्रकाशित मितिः माघ २१, २०८१
    • 465 पटक पढिएको
  • फिल्म मितज्यूको घोषणा

    काठमाडौं । यसवर्षको हिट फिल्म ‘घरज्वाइँ’को टिमले नयाँ फिल्म ‘मितज्यू’ को निर्माण घोषणा गरेको छ । बसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसर पार्दै जनक घर्ती मगरको निर्माण र अनिल बुढा मगरको निर्देशनमा ‘मितज्यू’को घोषणा गरिएको हो ।सोमबार सार्वजनिक फिल्मको पेन्टिङ्ग थिम पोस्टरमा दुई पात्रलाई एक सामान बोक्न भ्यान अगाडि हातको पञ्जा जुधाई रहेको अवस्थामा प्रस्तुत गरिएको छ । भ्यानको माथि खसी र खसीको टाउकोमा कुखुराको भालेलाई देख्न सकिन्छ । फिल्मको सार्वजनिक थिम पोस्टरबाट ‘मितज्यू’को कथावस्तु बारेमा जानकारी दिइएको छ ।यो वर्ष रिलिज भएको ‘घरज्वाइँ’ बक्सअफिसमा हिट भएपछि सोही टिमले निर्माण गर्न लागेको फिल्म व

    • प्रकाशित मितिः माघ २१, २०८१
    • 346 पटक पढिएको
  • हरिबहादुरको जुत्ताको छायांकन सुरु

    काठमाडौं । निर्देशक दीपेन्द्र के खनालको निर्देशन रहने फिल्म ‘हरिबहादुरको जुत्ता’ को मुहुर्तसँगै छायांकन सुरु भएको छ। आज सरस्वती पूजाको दिन भक्तपुरको सुर्यविनायक मन्दिरमा स्क्रिप्ट, क्यामरा पूजा गर्दै फिल्मको औपचारिक छायांकन सुरुवात गरिएको हो। मूहर्तमा कलाकार हरिवंश आचार्य, प्रियंका कार्की, स्वस्तिमा खड्का, किरण केसी, निर्देशक दीपेन्द्र के. खनाल, निर्माता सरोज ओली, मोहित आचार्य लगायतको उपस्थिती रहेको थियो। फिल्ममा प्रकाश सपुत पनि मुख्य भूमिकामा रहेका छन् । हरिवंश आचार्यको कथा रहेको फिल्म काभ्रेमा खिचिनेछ।

    • प्रकाशित मितिः माघ २१, २०८१
    • 373 पटक पढिएको
  • बिर्तामोड नाटक घरमा कलाकार र अभियन्ता ब्दारा नाटक अवलोकन

    बिर्तामोड l क्षितिज नाट्य प्रतिष्ठान झापाद्बारा निर्मित झापा नाटक घरमा मञ्चन भइरहेको नाटक हेर्न  आइतवार नागरिक बचाउ महाअभियान नेपालका केन्द्रिय संयोजक दुर्गा प्रसाइ पुगेका छन । नाट्य प्रतिष्ठानका केन्द्रिय अध्यक्ष माधब कल्पितको निर्माण परिकल्पना र गजेन्द्र पृथकको लेखन निर्देशनमा आधारीत नाटकको समापनलाई  हेर्न चलचित्र निर्देशक अशोक शर्मा, निर्माता नगेन्द्र घिमिरे,नेपाल पुकारका मेनेजिङ्ग डाइरेक्टर प्रकाश दहाल,निर्देशक राघव मुडालिया,निर्माता उदय शर्मा लगायतको टोली आइतवार झापा नाटक घर पुगेको निर्माण परिकल्पनाकार कल्पितले जानकारी दिए । आफुले ऋणको भय र त्रासबाट नागरिकले आत्मदह गर्

    • प्रकाशित मितिः माघ २१, २०८१
    • 615 पटक पढिएको
  • नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा आर्यन र अन्जना उत्कृष्ट

    काठमाडौ । बिहिबारबाट तीन दिनसम्म काठमाडौंमा जारी ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ (एनसिआईएफएफ)को छैटौँ संस्करण सम्पन्न भएको छ । सूचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा शनिबार बेलुका चलचित्र विकास बोर्डमा विभिन्न उत्कृष्ट विधामा अवार्ड प्रदान गर्दै यो अवार्ड सम्पन्न भएको हो । महोत्सव नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजना र चलचित्र विकास बोर्डको सह आयोजनामा भएको थियो । महोत्सवमा ४७ देशका ९८ वटा फिल्महरू प्रतिष्पर्धी थिए ।महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्र्धातर्फ सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड भारतबाट ‘पुभु’ले हासिल ग¥यो । फिल्म ‘पुभु’

    • प्रकाशित मितिः माघ २०, २०८१
    • 327 पटक पढिएको
  • सफायर एस्थेटिक सञ्चालनमा

    काठमाडौं– ‘उज्वल छालाको लागि तपाईंँको गन्तव्य’ भन्ने नाराका साथ ललितपुरको युएन पार्कनजिकै शनिवारदेखि सफायर एस्थेटिक सञ्चालनमा आएको छ । कलाकारहरु प्रशान्त ताम्राकार, प्रियंका कार्की तथा आयुष्मान देशराज जोशीले सफायर एस्थेटिकको उद्घाटन गरेका छन् ।सफायर एस्थेटिकमा छाला उपचार, लेजर उपचार, वडी कन्टोरिङ र फ्याट रिडक्सन, पिआरपी थेरापी, कस्टेमिक डर्माटोलाजी, सौन्दर्य सर्जिकल सुविधा, कस्टोमाइज्ड स्किन केयर प्लानहरु प्राप्त गर्न सकिने छ  । यहाँ डर्माटोलोजिष्ट एण्ड फेसियल प्लास्टिक सर्जन, इएनटी एण्ड फेसियल प्लाष्टिक सर्जन, अकुलोप्लाष्टी एण्ड फेसियल प्लाष्टिक सर्जनलगायतदक्षविशेषज्ञ टिमबाट सेवाप्र

    • प्रकाशित मितिः माघ २०, २०८१
    • 483 पटक पढिएको
  • रानी र विनितको सांगीतिक हमनवा

    काठमाडौं । गायिका रानी शाक्यले विनित सिंहसँग सहकार्य गर्दै नयाँ हिन्दी गीत ‘हमनवा’ सार्वजनिक गरेकी छिन् । रानी र विनितको स्वर रहेको यो गीतमा राज विर र विनय चौधरीको शब्द तथा संगीत छ । यो गीत रोमान्टिक शैलीमा तयार पारिएको छ ।सार्वजनिक यो गीतमा करण मेहेरा र अम्बिका भानीको अभिनय हेर्न सकिन्छ । सार्वजनिक गीतको भिडियोमा करण र अम्बिका एक अर्काको प्रेमभावमा देखिएका छन् ।नितिन चन्दको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा विष्णुको छायांकन, माभेरिकको सम्पादन छ ।अमेरिकामा रहेर गीतसंगीतमा व्यस्त रानीले आफ्ना नेपाली गीत जस्तै यो हिन्दी गीतलाई पनि दर्शकले मन पराउने विश्वास व्यक्त गरिन् । 

    • प्रकाशित मितिः माघ २०, २०८१
    • 309 पटक पढिएको
  • राजबल्लभको कविता संग्रह औरा

    काठमाडौँ  । सामाजिक सञ्जाल र पत्रपत्रिकामा कवि अवतारमा देखिइरहने अभिनेता राजबल्लभ कोइरालाले अन्ततः कविता संग्रह निकालेका छन् । शनिबार लाजिम्पाटस्थित दुसित प्रिन्सेसमा पहिलो कविता संग्रह ‘औरा’ सार्वजनिक गर्दै अभिनेता कोइरालाले कृति छोरीलाई उपहार स्वरुप तयार गरेको जानकारी गराए ।‘कोभिड पछाडि अचानक के महसुस भयो भने हामी जति बेला पनि यो दुनियाँमा नरहन सक्छौँ । मैले माया गर्ने छोरी औराका लागि र मलाई माया गर्ने शुभेच्छुकको सम्झनाका लागि केही छाडेर जाऊँ भन्नका लागि यो कविता संग्रह आएको हो,’ अभिनेता कोइरालाले विमोचन समारोहमा बोल्दै भने । उनले आफैँले लेखेका कविता सामाजिक सञ्जालमा अरुले राखेर लाइक ग

    • प्रकाशित मितिः माघ २०, २०८१
    • 206 पटक पढिएको
  • दुई पोस्टरमा पीआरः पर्मानेन्ट रेसिडेन्ट

    काठमाडौं । सलोन सलिना फिल्मसको व्यानरमा निर्माण हुने फिल्म ‘पीआरः पर्मानेन्ट रेसिडेन्ट’को अफिसियल दुई पोस्टर सार्वजनिक भएको छ । रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्दैछन् ।आगामी फेब्रुअरी ११ बाट छायांकनमा जाने फिल्मको सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु छन् । पोस्टरमा आर ए सुरज पौडेल, विनिता कार्की, आस्मा अधिकारी, पुजा चौधरी र राजन कुँवर छन् । कलाकारहरुलाई खुशीको भावमा प्रस्तुत गरिएको छ । अडिसनमार्फत छनोट भएका यी कलाकारहरु नयाँ हुन् ।निर्देशक बस्नेतका अनुसार फिल्मको छायांकन अष्ट्रेलियाको विभ

    • प्रकाशित मितिः माघ २०, २०८१
    • 353 पटक पढिएको
  • बोर्ड अध्यक्ष डिसी र अमेरिकी भिसा प्रमुख सिम्किसबीच भेटवार्ता

    काठमाडौं । नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र अमेरिकी दुतावास नेपालका भिसा प्रमुख  ग्रेगोरी डी. सिम्किस बीच बोर्डको कार्यकक्षमा औपचारिक छलफल सम्पन्न भएको छ। अमेरिकी दूतावासका काउन्सिलर टोलीसमेत उपस्थित उक्त बैठकमा नेपाली फिल्मको वर्तमान अवस्था, नेपाल तथा अमेरिकामा आयोजना हुने चलचित्रका अवार्ड एवं सम्मान समारोह  तथा  चलचित्र कर्मीहरूको अमेरिका भिसा सम्बन्धी  विषयमा छलफल गरिएको थियो।  भिसा प्रमुख ग्रेगोरी डी. सिम्किसले नेपालमा भई आएको फिल्म अवार्डको छनोट प्रकृया, विश्वसनियता र कलाकारहरुले प्राप्त गर्ने सिफारिश पत्रको आधिकारिकता माथि चासो राखेका थि

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 416 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.