मनोरञ्जन

    Showing 1,991-2,000 of 2,735 items.
  • जुनाः एक व्यथाको आमाको मुहार

    काठमाडौं ।आगामी माघ २५ गतेबाट रिलिज हुने बहुप्रतिक्षारत फिल्म ‘जुनाःएक व्यथा’को गीत ‘आमाको मुहार’ सार्वजनिक भएको छ । गीतमा यदु राई लकान्द्रीको स्वर, जीवन सेन्चुरीको शब्द र रमेश सन्चुरीको संगीत, एरेन्ज, मिक्सिङ तथा मास्टरिङ छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतको भिडियोमा बाल विवाहपछि एक बालिकाको जीवनमा आइपर्ने उतारचढावलाई देखाइएको छ । विवाह गरेर गएपछि श्रीमानले दिने यातना, सासुको क्रुद्ध व्यवहारलाई गीतमा देखाइएको छ । गीत फिल्मकी मुख्य पात्र अस्मिता ढकाल वरपर घुमेको छ । भिडियोमा अस्मितासँगै कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेतलगायतलाई समेटिएको छ । गीत जति मार्मिक छ, भिडियो

    • प्रकाशित मितिः माघ १०, २०८१
    • 299 पटक पढिएको
  • मनीषा भन्छिन्–जिउँदो रहेसम्म काम गर्न चाहन्छु

    मुम्बई(एजेन्सी) । अभिनेत्री मनीषा कोइराला सन् ९० को दशककी लोकप्रिय अभिनेत्री हुन् । उनी दशकौंदेखि फिल्ममा काम गरिरहेकी छन् । ५४ वर्षीया अभिनेत्रीले सन् २०२४ मा सञ्जय लीला भन्सालीको सिरिज ‘हीरामण्डी’बाट पुनरागमन गरेकी थिइन् । मल्लिकाजानको उनको चरित्रलाई सबैले मनपराएका थिए । मनीषाका अनुसार उमेर बढ्दै गएपछि उनले बलिउडमा निकै समस्या भोग्नु परेको छ । उनले उमेरकै कारण आफूलाई अरुले गिज्याउने गरेको खुलाएकी छन् । हालै उनले उमेरका आधारमा कलाकारलाई गरिने अपमानलाई कसरी ‘डिल’ गर्ने गरेको र महिलालाई यसले कस्तो समस्या ल्याउँछ भन्ने कुरा बताएकी छन् ।मनीषाले उमेरकै कारण आफूलाई कैयौं राउण्ड टेबल सम्मेलनबाट

    • प्रकाशित मितिः माघ १०, २०८१
    • 299 पटक पढिएको
  • निर्देशक रामगोपाल बर्मालाई तीन महिना जेल सजाय

    मुम्बई(एजेन्सी) । विवादसँग बलिउड निर्देशक रामगोपाल बर्माको पुरानो सम्बन्ध छ । उनी कुनै न कुनै कारण चर्चामा रहिरहन्छन् । सात वर्ष पुुरानो एक मुद्धालाई लिएर अदालतले रामगोपालमाथि गैर जमानती वारेन्ट जारी गर्दै तीन महिना जेल सजाय सुनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईको एक अदालतले ७ वर्ष पुरानो चेक बाउन्स मामलाको सुनुवाई गर्दै उनलाई तीन महिना जेल सजायसँगै जरिवाना तिर्न आदेश दिएको छ । अदालतले आदेश सुनाइरहँदा उनी अदालतमा उपस्थित थिएनन् । जसकारण अदालतले उनीविरुद्ध गैर जमानती वारेन्ट पनि जारी गरेको छ । उनलाई तीन महिना भित्र ३ लाख ७२ हजार २१९ रुपैंयाँ मुआब्जा दिन आदेश दिएको छ ।उनले मु

    • प्रकाशित मितिः माघ १०, २०८१
    • 375 पटक पढिएको
  • काकुको निर्देशनमा परान घोषणा

    काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूहका शेखर गोल्छा तथा ‘प्रिज्मा एड्भटाइजिङ’ प्रमुखको संयुक्त स्वामित्वमा रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिको ब्यानरमा फिल्म निर्माणको औपचारिक घोषणा गरेको छ। गत बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै कम्पनीले फिल्म ‘परान’ को औपचारिक घोषणा गरेको हो।फिल्ममा हास्य टेलिशृंखला ‘सक्किगोनी’का  ‘काकु’ पात्र निर्वाह गरेका दीपक आचार्यको निर्देशन रहनेछ । यो उनको डेब्यु निर्देशन हो।फिल्ममा नीर शाह केन्द्रीय भूमिकामा देखिने छन्। शाहका अलावा फिल्ममा मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, प्रविण खतिवडा, बुद्धि तामाङ, महेश त्रिपाठी, अञ्जना बराइली, पूजा चन्द, सुभाष ग

    • प्रकाशित मितिः माघ १०, २०८१
    • 201 पटक पढिएको
  • एक्टरः टेक वनको एक्टिङ कन्टेस्ट घोषणा

    काठमाडौं । यही माघ १६ गते रिलिज हुने नेपाली फिल्म ‘एक्टरः टेक वन’ले विजेतालाई महत्त्वाकाङ्क्षी अवसर दिने गरी ‘एक्टिङ कन्टेस्ट’ घोषणा गरेको छ । यो कन्टेस्टका एक जना विजेताले ‘एक्टरः टेक वन’को निर्माण कम्पनी अधृत फिल्म्स् प्रालिले निर्माण गर्ने आगामी फिल्ममा अभिनयको लागि अवसर प्राप्त गर्नेछन् ।यो कन्टेस्टमा विश्वभरका नेपालीहरूले सहभागिता जनाउन सक्नेछन्, जसको लागि फिल्म ‘एक्टरः टेक वन’को टिजर, ट्रेलर वा गीतहरूको कुनै पनि भागमा कम्तीमा १ मिनेट लामो भिडियो बनाई आफ्नो सोसल मिडिया ह्यान्डलमा पोस्ट गर्नुपर्ने हुन्छ । यो कन्टेस्टमा सहभागीले नियमपूर्वक पोस्ट गरेका भिडियोलाई चलचित्रको आन्तरिक सृजनात

    • प्रकाशित मितिः माघ १०, २०८१
    • 225 पटक पढिएको
  • राजेशपायल र शलोनीको कलेजकी सुन्दरी

    काठमाडौ । गायक राजेश पायल राई र शलोनी राईको स्वरमा ‘कलेजकी सुन्दरी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । खगेन राई ‘खगेन कहानी’को शब्द रहेको गीतलाई अर्जुन पोखरेलले संगीत तथा एरेञ्ज गरेका छन् ।डान्सिङ बिटको गीतमा स्कुल, कलेज जिवनको रमाईला यादहरुलाई प्रेमिल भावमा गीतकार खगेनले उतारेका छन् । खगेन कहानी युट्युव च्यानलबाट सार्वजनिक भएको गीतको म्युजिक भिडियोलाई चर्चित प्रांकस्टार एलिश राईले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा एलिशको साथै उमेश राई ‘फुलन्देकी आमा’, गीता ढुङ्गाना, उषा उप्रेती र रमेश बुढाथोकीको अभिनय रहेको छ । भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने अमृत चापागाईले इडिट तथा क

    • प्रकाशित मितिः माघ १०, २०८१
    • 264 पटक पढिएको
  • मिसिङः केटी हराएको सूचना प्रिमियरमा कसले के भने (तस्वीरहरु)

    काठमाडौं । भोलि शुक्रबारबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’ले बुधबार साँझ ललितपुरको लबिम मलमा भव्य प्रिमियर शोको आयोजना गरेको छ । प्रिमियर पछि फिल्म हेर्ने अधिकांश फिल्मकर्मीले फिल्मको कथावस्तुसँगै कलाकारको अभिनय, निर्देशकीय पक्ष, प्राविधिक पक्षको तारिफ गरेका छन् ।नाजिर हुसेन र सृष्टि श्रेष्ठ स्टारर मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, मिरुना मगर, दिया मास्के, मेनुका प्रधान, निश्चल बस्नेत, छविराज ओझालगायत पुगेका थिए ।अभिनेत्री प्रियंका कार्कीले आफूहरुले हेरिरहेको मूलधारका फिल्मभन्दा फरक रहेको बताइन् । उनले आफूले ‘इन्जोय गरेको खुलाइन् । अभ

    • प्रकाशित मितिः माघ १०, २०८१
    • 206 पटक पढिएको
  • सांगीतिक यात्रा छाडेर विदेशिन बाध्य प्रदीप

    खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २६ वर्षीय प्रदीप राईले भ्वाइस अफ नेपालको ब्लाइण्ड अडिसनमा तीन कुर्सी घुमाउन सफल एका छन् ।हिमालय टेलिभिजनबाट प्रसारण हुने नेपालको चर्चित रियालिटी शो भ्वाइस अफ नेपालको छैटौँ संस्करणअन्तर्गत यही माघ ५ गते शनिबार राति प्रसारण गरिएको ब्लाइण्ड अडिसनमा प्रदीपले गायक तथा सङ्गीतकार पदम राईको स्वरमा रहेको ‘यसो हेरे पूर्व तिर’ बोलको गीत गाएका थिए ।विगत १० वर्षदेखि साङ्गीतिक यात्रामा सक्रिय रहेका प्रदीपले भ्वाइस अफ नेपालको ब्लाइण्ड अडिसनमा दिएको प्रस्तुतिको भिडियो क्लिप्स सामाजिक सञ्जाल टिकटक, रिल तथा फेसबुक पेजहरुमा भाइरल बनेको छ । पूर्वी पहाडी जिल्ल

    • प्रकाशित मितिः माघ ९, २०८१
    • 321 पटक पढिएको
  • कुस्तीमा दिकिला अनुबन्धित

    काठमाडौं । एमटीभीको चर्चित भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ सिजन ५ बाट चिनिएकी दिकिला शेर्पाको नेपाली फिल्ममा डेब्यु गर्ने पक्का भएको छ । कलाकार बुद्धी तामाङको निर्माण रहने फिल्म ‘कुस्ती’ मा अभिनेत्री शेर्पा अनुबन्धित भएकी छिन् । उनले फिल्मको निर्माण टिमसँग सम्झौता गर्दै वर्कशप ज्वाईन गरिसकेकी छिन् । आउँदो फागुनको पहिलो सातादेखि छायाङ्कनमा जाने फिल्ममा उनको भूमिका महत्वपूर्ण हुने निर्देशक तथा लेखक अनिल योञ्जनले जानकारी दिए ।उनले भने, ‘हामीलाई एउटा फ्रेश अनुहार चाहिएको थियो । दिकिलालाई भूमिका सुहाउँदो भएपछि अफर गरेका हौँ, उहाँले सम्झौता गरेर वर्कशपमा हुनुहुन्छ । उहाँ निकै उत्साहित हुनुहुन्छ

    • प्रकाशित मितिः माघ ९, २०८१
    • 409 पटक पढिएको
  • रतनले ल्याए जदौ हजुर

    काठमाडौं । गाउँ छोड्नेको लर्को, हिरुलाल जस्ता सिर्जनाका सर्जक रतन देवकोटाले नया सिर्जना लिएर आएका छन् । ‘जदौ हजुर’ बोलको गीत मार्फत आएका देवकोटाले कर्णालीको दुःखलाई भिन्न तरिकाले प्रस्तुत गरेका छन् । कर्णालीको प्रतिनिधित्व गर्ने लय शब्द र पीडासँगै लाईभ म्युजिक र मोडर्न इन्स्ट्रुमेन्टसङ फ्युजन गरि तयार गरेको यो गीतले दर्शककोमन जित्नेमा देवकोटा आशावादी देखिछन् ।गीतको शब्द, सङ्गीत र स्वरसँगै भिडियो कन्सेप्ट र निर्देशन देवकोटा स्वयमले गरेका छन् । सौरभ लामिछनेको डिओपी रहेको  भिडियोको सम्पादन र सिनेम्याटोग्राफी सुशील खनालले सम्हालेका छन् । गीतबारे रतन भन्छन, ‘कर्णालीको पीडा, संघर्ष, र

    • प्रकाशित मितिः माघ ९, २०८१
    • 207 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.