मनोरञ्जन

    Showing 191-200 of 2,070 items.
  • फिल्म ‘जारी २’को नयाँ प्रदर्शन मिति तय, कात्तिक ६ मा आउने

    असोजको ३ गतेबाट पोस्टपोन्ड भएको फिल्म ‘जारी २’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । अब, यो फिल्म कात्तिकको ६ गते रिलिजमा आउने भएको छ । भाइटिकाको दिनबाट फिल्म रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरेको हो । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मले कात्तिक ६ लाई प्रदर्शन मिति तय गरेपछि अहिले फिल्म क्षेत्रमा ठूलै खैलाबैला मच्चिएको छ । यो मितिमा यसअघि नै ३ वटा फिल्मले प्रदर्शन मिति तय गरिसकेका थिए । रामबाबु गुरुङ निर्माता  रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, वुद्दि तामाङ लगायतका कलाकारहरूको अभिनय छ । ‘जारी’को सिक्वेल भएका कारण पनि यो फिल्म चर्चामा छ

    • प्रकाशित मितिः असोज १, २०८२
    • 101 पटक पढिएको
  • अमेरिकी ८० पर्दामा ‘हरिबहादुरको जुत्ता’ लाग्दै

    दशैंको फूलपाती असोज १३ गते प्रदर्शन हुने फिल्म ‘हरिबहादुरको जुत्ता’ अमेरिकी ८० पर्दामा लाग्ने भएको छ । फिल्म टेक्सास, न्यूयोर्क, ओहायो, पेन्सिलभेनिया लगायतका राज्यका सिनेमार्क, सिनेपोलिस, रेगल सिनेमाजमा प्रदर्शन हुनेछ।‘हरिबहादुरको जुत्ता’लाई अमेरिकामा रिलिज गर्दै आहान पौडेलले फिल्म वितरणमा डेब्यू गर्ने भएका छन् । उनी चर्चित नेपाली फिल्म वितरक उज्वल पौडेलका छोरा हुन् । पछिल्लो समय टेक्सासमा बसोबास गर्दै आएका उनले हरिवंश आचार्य स्टारर फिल्मलाई त्यहाँको बक्सअफिसमा रिलिज गर्न लागेको विज्ञप्ति मार्फत जनाइएको छ । उनको वितरण कम्पनी चलचित्र इन्टरटेनमेन्ट एलएलसीले अमेरिकाका ८० पर्दामा फिल्म रिलिज

    • प्रकाशित मितिः असोज १, २०८२
    • 127 पटक पढिएको
  • अस्करमा आवेदन दिदै ‘अञ्जिला’ र ‘गुन्युचोलो’

    अस्कर अवार्डलाई नेपालबाट  ‘अञ्जिला’ र ‘गुन्युचोलो’ चलचित्रले मात्र सहभागिताको आवेदन दिएका छन् । त्यसैले  आगामी अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व ‘अञ्जिला’ वा ‘गुन्युचोलो’ मध्ये एक फिल्म हुने भएको छ । यी दुई फिल्मले मात्र अस्करको नेपाल कमिटीमा आवेदन दिएका थिए । यी दुई फिल्म मध्येबाट कुनै एकको टुंगो लगाइने कमिटीले जनाएको छ । केही दिनमा कमिटीले नेपालको प्रतिनिधित्व गर्ने कुनै एक फिल्मबारे निर्णय गर्नेछ । अस्कर कमिटीले ‘अन्तर्राष्ट्रिय फिचर’ विधाको लागि वर्षेनी फिल्म सिफारिस गर्छ ।९८ औं एकेडेमी अवार्ड (अस्कर) आउँदो १५ मार्च, २०२६ मा अमेरिकाको लस-एन्जलसस्थित डल्बी थिएटरमा आयोज

    • प्रकाशित मितिः असोज १, २०८२
    • 115 पटक पढिएको
  • जेन-जी आन्दोलनमा क्षति पुगेका फिल्म हललाई क्षतिपूर्ति दिन सरकारसँग निर्माता संघको आग्रह

    जेन-जी आन्दोलनमा क्षति पुगेका फिल्म हललाई क्षतिपूर्ति दिन सरकारसँग आग्रह गरिएको छ । चलचित्र हलका व्यवसायीलाई आवश्यक क्षतिपूर्ति प्रदान गरि पुनर्स्थापित गर्न चलचित्र निर्माता संघले सरकारलाई आग्रह गरेको छ ।एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नवल खड्काले चलचित्र उद्योगलाई संरक्षण गर्न आग्रह गरे । चलचित्र प्रदर्शकलाई संक्रमणकालिन अवस्थामा आत्मबल बलियो बनाएर पुननिर्माणमा लाग्न पनि संघले आग्रह गरेको छ ।संघले सिनेमाघर मनोरञ्जनका केन्द्र मात्र नभई राष्ट्रिय संस्कृतिको संरक्षण, संवर्धन र चलचित्र बजारको विस्तार गर्ने महत्वपूर्ण आधारशिला रहेको जनाएको छ ।विज्ञप्तिमा भनिएको छ, ‘यस्ता सांस्कृतिक संरचनामाथि

    • प्रकाशित मितिः असोज १, २०८२
    • 119 पटक पढिएको
  • ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक

    नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान बलिदान’ शीर्षकको गीतमा स्वर तथा सङ्गीत सुजन चापागाईँको रहेको छ भने शब्द हर्क साउदले लेखेका छन्।गीतमा आमा र मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पणलाई चित्रण गरिएको छ। जीवन आमा र देशकै काखमा जन्मेर बाँचिएको हो भन्ने सन्देश दिँदै, आवश्यक परे आफ्नो प्राण समेत आमा र मातृभूमिको नाममा अर्पण गर्न तत्पर छ भन्ने भाव यस गीतमार्फत प्रकट भएको छ। गीतमा नायकको आवाजबाट देश र आमाप्रतिको गहिरो प्रेम, आहुति र बलिदानको भावना उजागर हुन्छ।गीतको सङ्गीत संयोजन कोविद बज्रले गरेका छन् भ

    • प्रकाशित मितिः असोज १, २०८२
    • 85 पटक पढिएको
  • बक्स अफिस: आइतबार 'द बेङ्गाल फाइल्स' ले करोडौं कमायो, 'बागी ४' पनि खस्कियो, 'परम सुन्दरी' पनि खस्कियो

    आइतबार तेजा सज्जाको 'मिराई' ले बक्स अफिसमा ठूलो कलेक्शन गरेको छ भने, डेढ हप्ता पुरानो 'द बेङ्गाल फाइल्स' को कलेक्शनमा पनि उछाल आएको छ। टाइगर श्राफ-संजय दत्तको 'बागी ४' ले व्यापारमा खासै वृद्धि देखेको छैन, तर यसले करोडौंको व्यापार गर्न सफल भएको छ। जबकि १७ औं दिनमा, आइतबार बिदाको बावजुद, सिद्धार्थ मल्होत्रा ​​र जान्हवी कपूरको 'परम सुन्दरी' लाखौंमा सीमित रह्यो। विशेष कुरा के छ भने तेलुगु फिल्म 'मिराई' ले आइतबार 'बागी ४' र 'द बेङ्गाल फाइल्स' को संयुक्त कमाई भन्दा बढी आफ्नो हिन्दी संस्करणमा मात्र कमाएको छ।आइतबार, तेजा सज्जा, रितिका नायक, मन्चु मनोज र श्रिया सरन अभिनित फिल्म 'मिराई' ले देश

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 85 पटक पढिएको
  • 'कान्तारा च्याप्टर १' को कथा लीक, ऋषभ शेट्टी प्रिक्वेलमा नागा साधु बने, ३०० ईस्वीको कदम्बा वंशको कथा

    हामी सबै ऋषभ शेट्टीको फिल्म 'कान्तारा च्याप्टर १' को उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छौं। तीन वर्षअघि रिलिज भएको ब्लकबस्टर 'कान्तारा' ले बक्स अफिसमा धुम मच्चाएपछि, हरेक दर्शकले यो प्रिक्वेल फिल्मलाई हेरिरहेका छन्।फिल्मको छायांकन पूरा भइसकेको छ र अब पोस्ट प्रोडक्सनको काम भइरहेको छ। विशेष कुरा के छ भने अब रिलिज हुन १ महिनाभन्दा कम समय बाँकी रहँदा 'कान्तरा: अ लेजेन्ड - च्याप्टर १' को कथा सार्वजनिक भएको छ। यस फिल्ममा ऋषभ शेट्टीले नागा साधुको भूमिका निर्वाह गर्नेछन्।ऋषभ शेट्टी 'कान्तारा च्याप्टर १' का लेखक, निर्देशक र मुख्य अभिनेता पनि हुन्। यो फिल्म होम्बाले फिल्म्सको ब्यानरमा विजय किरागन्दुरले

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 225 पटक पढिएको
  • ‘जारी २’को प्रदर्शन अन्यौलमा

    उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘जारी २’ असोजको ३ गतेबाट रिलिज नहुने पक्का भएको छ । यो वर्षकै प्रतीक्षित फिल्म जेनजी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण निर्धारित मितिमा रिलिज नहुने पक्का भएको हो । असोज ३ गते रिलिज नहुने पक्का भएको फिल्मको नयाँ मिति भने तोकिएको छैन । तर, यसको निर्माणपक्ष कुन मितिमा फिल्म रिलिज गर्ने भन्ने विषयमा छलफलमा नै छ । पछिल्लो समय नेपालमा मात्र नभएर, विदेशको क्यालेन्डरसम्म मिलाउनुपर्ने भएकाले नयाँ प्रदर्शन मिति तय गर्न केही समस्या भएको हो । बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्ले मिलेर बनाएको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 196 पटक पढिएको
  • 'कोशेढुङ्गा'को प्रदर्शन निरन्तरता

    सर्वकालिक सफल सिनेमा ‘पूर्णबहादुरको सारंगी’ का निर्देशक सरोज पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र ‘कोशेढुङ्गा’को प्रदर्शनले सोमबारदेखि निरन्तरता पाएको छ ।प्रदर्शनमा आएको दोस्रो सातासम्म आइपुग्दा कोशेढुङ्गा उच्च अकुपेन्सीसहित प्रदर्शन भइरहेको थियो । भदौ २३ गतेदेखि मुलुकमा उत्पन्न असहज परिस्थितिका कारण सिनेमा हलहरू बन्द भएसँगै ‘कोशेढुङ्गा’ को प्रदर्शन पनि स्थगित भएको थियो । सोमबारदेखि सिनेमा हलहरू सञ्चालनमा आएसँगै कोशेढुङ्गाको प्रदर्शनले निरन्तरता पाएको हो । राम्रो ‘वर्ड अफ माउथ’ पाइरहेका बेला हल बन्द भएपछि प्रदर्शन रोकिएको सिनेमाले अब पनि त्यस्तै सकारात्मक प्रतिक्रिया पाउनेमा निर्माण पक्ष वि

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 262 पटक पढिएको
  • एसीसी टी–२० एसिया कपमा पाकिस्तानमाथि भारतको सहज जित

    काठमाडौं ।  भारतले एसीसी टी–२० एसिया कपमा पाकिस्तानलाई ७ विकेटले  हराएको छ ।  आइतबार  भएको  खेलमा भारतले पाकिस्तानलाई हराउँदै लगातार दोस्रो जितका साथ सुपर ४ नजिक पुगेको छ ।जित्नलाई १ सय २८ रनको लक्ष्य पछ्याएको भारतले १५।५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।भारतका कप्तान सूर्यकुमार यादव ३७ बलमा ५ चौका र १ छक्कासहित ४७ तथा शिबम दुबे १० रनमा अविजित रहे । भारतका ओपनर अभिषेक शर्मा १३ बलमा ४ चौका र २ छक्कासहित ३१, शुभमन गिल १० र तिलक बर्मा ३१ रनमा आउट भए ।त्यसअघि दुबई क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २७ रन ब

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 111 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा