मनोरञ्जन

    Showing 1,561-1,570 of 1,705 items.
  • राई र उराउले हात पारे ‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’ को उपाधि

    झापा / स्काई क्रिएटर्स इन्टरटेनडमेण्ट प्रा.लि.ले आयोजना गरेको ‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’अन्तरगतको तेस्रो संस्करणको उपाधि मुस्कान साम्पाङ राई र एलिषा उराउले हात पारेका छन् ।‘मेल’तर्फको उपाधि केर्खा निवासी राईले हात पारेका हुन् भने ‘फिमेल’ तर्फको उपाधि बिराटनगरकी उराउले जितेकी हुन् । प्रा.लिले ‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’ को तेस्रो संस्करण बिर्तामोडमा सम्पन्न गरेको थियो ।बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको प्रमुख आतिथ्य एवम् प्रालिका अध्यक्ष सन्दीप राजवंशीको अध्यक्षतामा भएको फाइनल प्रतियोगताका विजेताले उपाधिसँगै ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो । प्र

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 92 पटक पढिएको
  • उमेश राईका कारण बन्द हुँदै ‘मुन्द्रेको कमेडी क्लब’

    बिर्तामोड / रियालिटी शो  ‘मुन्द्रेको कमेडी क्लब’ को प्रसारण आउँदो सातादेखि बन्द हुने भएको छ । कार्यक्रममा पात्र, स्टुडियो लगायतको समस्या भएकाले आउँदो सातादेखि प्रसारण बन्द गर्न लागेको सञ्चालक हास्य कलाकार जितु नेपालले जानकारी दिए । डेढ वर्ष भन्दा लामो समयदेखि नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको यो शो सिजन –२ को ५४ औँ एपिसोड पुगिसकेको छ । शोमा निक्कै नै लोकप्रिय भएका कलाकार उमेश राई ‘फुलन्देकी आमा’ अर्को एक रियालिटी शोको होस्ट बन्ने भएपछि जितुले यो शो बन्द गर्ने निर्णय गरेको बताएका छन् । जितुले विज्ञापन र टेलिभिजनसँग सहकार्य गरेर अव फरक तरिकाले प्रस्तुत हुने समेत बताएका

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 229 पटक पढिएको
  • देउसी गीत, “नेपालीजनको..” लोकार्पण (भिडियो सहित)

    “नेपालीजनको..” बोलको नरेन्द्र दंगालको देउसी गीत आज इटहरी सुनसरीमा एक औपचारिक कार्यक्रमका बीच लोकार्पण गरिएको छ ।वरिष्ठ गायक बालकृष्ण कार्कीको प्रमुख आतिथ्यतामा भएको लोकार्पण कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नागरिक समाज इटहरीका अध्यक्ष राजु के.सी, सुन्दरहरैंचा वडा –४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ, प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष लिलाराज भट्टराई र पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौलाको उपस्थिति रहेको थियो । तिहारको पूर्वसन्ध्यामा लोकार्पण गरिएको उक्त गीतको भिडियो परम्परागत देउसी संस्कृतिको जर्गेना गर्ने हेतुले साथै मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले तयार

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 74 पटक पढिएको
  • आर्यन खान आज रिहा हुँदै

    एजेन्सी  / बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान रिहा हुँदैछन् । गत अक्टोबर २ मा क्रुज ड्रग्स प्रकरणमा पक्राउ परेका आर्यन २७ दिनपछि रिहा हुने भएका हुन् । आर्यनसहित आठ जनालाई मुम्बईस्थित नार्कोटिक्स कन्ट्रोल ब्युरोले पक्राउ गरेर मुद्दा चलाएको थियो । खानले बिहीबार जमानत पाए पनि बाम्बे उच्च अदालतले शुक्रबार जमानतका लागि १४ सर्त राखेको थियो । तर, सर्त उल्लंघन भएमा जमानत रद्द हुनेछ । आर्यनको जमानत भए पनि औपचारिकता बाँकी रहेकाले उनी अझै मुम्बईस्थित आर्थर रोड जेलमा रिहाइको पर्खाइमा छन् । आज शनिबार बिहान कारागार खुलेपछि आर्यनको रिहा हुने बताइएको छ । 

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 82 पटक पढिएको
  • कलाकारहरुको क्यारिकेचर गर्ने झापाली प्रतिभा

    कलाकारहरुको क्यारिकेचर गर्ने झापाली प्रतिभा

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 47 पटक पढिएको
  • बलिउड अभिनेत्री कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड

    बिर्तामोड / बलिउड अभिनेत्री कंगना रनौतले सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार चौथो पटक प्राप्त गरेकी छिन् । भारतीय उपराष्ट्रपति वेंकैया नायडूले ६७ औँ राष्ट्रिय फिल्म अवार्ड विजेता फिल्म र कलाकारलाई पुरस्कार हस्तान्तरण गरेका हुन् ।यसअघि कंगनाले २००८ मा फिल्म ‘फेसन’मा सहायक अभिनेत्रीको रुपमा पहिलो राष्ट्रिय पुरस्कार , २०१४ मा ‘रानी’ फिल्मको सर्वश्रेष्ठ अभिनेत्रीको रुपमा दोस्रो राष्ट्रिय पुरस्कार र २०१५ मा कंगनाले ‘तनु वेड्स मनु’ मा बेस्ट एक्ट्रेस को पुरस्कार पाएकी थिइन् ।मनोज वाजपेयीले ‘भोंसले’ र धनुषको ‘असुरन’बाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरे । ६७औँ राष्ट्रिय फिल्म अवार्डमा नितेश तिवार

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • 78 पटक पढिएको
  • नाबालिकासँग पल शाह अफेयरमा !

    बिर्तामोड / पछिल्लो समय नायक पल शाहसँग नाम जोडिएर विवादित बनेकी गायिका समीक्षा अधिकारीले सञ्चारमाध्यममा आएका समाचारहरू गलत भएको दाबी गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुक मार्फत गायिका अधिकारीले नायक शाहसँग जोडिएर आएका समाचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले समाचारमा आएका सामाग्रीले आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएकी छिन् ।गायिका अधिकारीले पत्रकारले आफूहरूको सम्बन्धको बारेमा गलत समाचार लेखेर नायक शाहको करिअरमा समेत आच पुर्‍याउन खोजेको आरोप लगाएकी छिन् । आफू पल शाहको फ्यान भएको बताउँदै गायिका अधिकारीले एउटै इण्डसट्रीजमा भएको हिसाबले पलले आफूलाई अभिभावकको हिसाबले

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 160 पटक पढिएको
  • हुम्लाको तुम्लिङमा विदेशीसहित १२ जना हिमपातमा फसे

    हुम्ला  / हुम्लाको तुम्लिङमा विदेशी नागरिक सहित १२ जना हिमपातमा फसेका छन् । उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा र लिमीका पदयात्रामा आएका स्लोभेनियाका चार नागरिक, तीन पथप्रदर्शक र पाँच स्थानीय आइतबारबाट परेको हिमपातले लिमीको तुम्लिङमा फसेका हुन् ।हिमपातको कारण नाम्खा गाउँपालिका –६ को लिमीको न्यालु लेकको बाटो अवरुद्ध हुँदा बाटो छिचोल्न नसकेर विदेशीसहित १२ जना तुम्लिङमा रोकिन बाध्य भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । न्यालु लेकमा तीन फिटभन्दा बढी हिमपात परेकाले बाटो बन्द भएपछि स्थानीय नागरिक आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावतमा समस्या रहेको नाम्खा गाउँपालिका –६ का

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • 112 पटक पढिएको
  • सँधै हाँस्ने अनि हँसाउने घिमिरेले गीत गाएपछि ! (भिडियो सहित)

    गायक तथा हास्य कलाकार तुलसी घिमिरे (समर्पण) को  ‘म त परे परदेशी मान्छे सानु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  गायक घिमिरेको आफ्नै च्यानल ‘तुलसी घिमिरे अफिसियल’ बाट सार्वजनिक भएको गीतमा बसन्त घिमिरेको शब्द तथा संगीत रहेको छ । झापाको बिर्तामोड स्थित ‘सन लाइट डिजिटल रेकर्डिङ स्टुडियो’ मा रेकर्ड ‘आवाज लिइएको’ गीतलाई जोनी तामाङले संगीत समायोजन गरेका हुन् । सुवास सङ्कल्पले छायांकन ‘दृष्य सम्पादन’ गरेको म्युजिक भिडियो  ‘दृष्य सामाग्री’ मा ब्लुमिङ लिटिल प्रिन्स बनेका मन्जिल खड्का, फस्ट रनअफ नुसाङ श्रेष्ठ, अर्चित भट्टराई, प्रासी लिम्बु, महिमा पौडेल, अनमोल

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • 226 पटक पढिएको
  • रानीमहल घुम्न गएका दुई सय बढी पर्यटक दुई दिन देखि अलपत्र

    बुटवल / पाल्पाको रानीमहल घुम्न गएका दुई सय भन्दा बाढी पर्यटकहरू दुई दिन देखि अलपत्र परेका छन् । तानसेन नगरपालिकामा पर्ने रानीमहल घुम्न गएका पर्यटकहरू पहिरोले सडक अवरुद्ध हुँदा अलपत्र परेका हुन् ।अविरल वर्षासँगै गएको पहिरोले तानसेन–रानीमहल सडकखण्ड दुई दिनदेखि अवरुद्ध छ । रानीमहल क्षेत्रको हात्तीढुंगा, गाईघाट, बैकुण्ठभीर लगायत चार–पाँच ठाउँमा पहिरो गएको छ । पहिरो हटाउन सम्बन्धित निकायले ढिला गर्दा विभिन्न जिल्लाबाट घुम्न आएका दुई सय बढी पर्यटक अलपत्र परेका स्थानीय पर्यटन व्यवसायी बसन्त कुँवरले जानकारी दिए । कुँवरका अनुसार कतिपय पर्यटकहरू पहिरोले रानीमहल पुग्न नपाई बीचमै रोकिएका छन् भने

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • 185 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा