संविधान दिवसको अवसरमा चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रको सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पुर्याएका १५ जनालाई सम्मान गरेको छ।बोर्डले युवा तथा वरिष्ठ कलाकार, निर्माता क्षेत्रका व्यक्तित्व र प्राविधिकलाई आज ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार’ प्रदान गरेको हो।बोर्ड परिसर चाबहिलमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल उपस्थित भएका थिए।कार्यक्रममा कलाकार संघ, निर्माता संघ, प्राविधिक संघ, पत्रकार संघ, तालिम तथा केन्द्रीय छनौट समिति लगायतका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो।सांगीतिक प्रस्तुति, राष्ट्रिय गान, मौनधारण
भारतीय दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ।८९ वर्षीय अभिनेतालाई श्वासप्रश्वासमा समस्या भएपछि हिजो ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । अवस्था स्थिर नभएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो।भारतीय सञ्चार माध्यमका अनुसार उनको भर्ना पछिको ७२ घण्टा अत्यन्तै महत्वपूर्ण मानिएको थियो। देओल परिवारको नजिकको स्रोतका अनुसार धर्मेन्द्रका छोरीहरूलाई पहिले नै विदेशबाट मुम्बई ल्याइएको छ। सनी देओल हिजो राति अस्पताल बाहिर अत्यन्तै भावुक देखिएका थिए भने बबी देओल पनि अल्फाको छायांकन छोडेर मुम्बई फर्किएका छन्।शाहरुख खान र सलमान खान लगायत धेरै बलिउड सेलिब्रेटीहरू सोमबार राति ब्रीच क्यान्डी अस्पताल प
नायक अनमोल केसीले नयाँ फिल्मको वर्कसप सुरु गरेका छन् । उसो त, यसअघि एउटा फिल्म रिलिज भएको केही महिनासम्म अनमोल नयाँ फिल्मको काममा जोडिएका थिएनन् । तर, यसपटक भने अनमोल घरकै फिल्म भएकाले ‘बाटुलो जुन’को वर्कसप सुरु गर्दै व्यस्त बनेका छन् । द सुपर काजोल फिल्मस्को व्यानरमा निर्माण हुन लागेको यो फिल्मको केही दृश्यको छायांकन दशैं अगाडि भइसकेको छ । एक सातामा फिल्मको छायांकन सुरु गर्ने तयारी निर्माता तथा निर्देशक भुवन केसीको छ । फिल्ममा अनमोलले मोडल प्रिन्सी खतिवडासँग जोडी बाँधेका छन् । वुझिएअनुसार, यसको निर्माणपक्षले दोस्रो चरणको सेड्यूलमा फिल्ममा समावेश २ वटा गीत खिच्नेछ । त्यसपछि, जाडो महि
नेपाल चलचित्र बोर्डका अध्यक्ष दिनेशराज दाहाल (दिनेश डीसी)ले हालै भएको ‘जेन–जी आन्दोलन’का कारण हिल्टन होटलमा भएको आगलागीको मुख्य कारण पत्रकारिताको गैरजिम्मेवार अभ्यास भएको दाबी गरेका छन्।राजधानीमा शनिबार चलचित्र पत्रकार संघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले इगोयुक्त पत्रकारिताले देश र समाजमा नकारात्मक असर पारिरहेको टिप्पणी गरे।उनले भने, ‘हिल्टन होटल किन जल्यो भन्ने कुरा बुझ्न जरुरी छ। अरु होटलहरू नजलेर हिल्टन किन जल्यो? पत्रकारितामा इगो राखेर लेख्दा त्यस्तो भयो। देशलाई घाटा भयो, पर्यटन क्षेत्रमा ठुलो असर पर्यो। तर लगानीकर्तालाई भने घाटा भएन, उसले इन्सोरेन्सबाट ७ अर्ब पाइसक्यो,
इन्फा इभेन्ट्स यूकेको प्रस्तुतिमा हुन लागेको यो दोस्रो संस्करणको अवार्डलाई नेपाली चलचित्र उद्योगका कलाकारहरूको महाउत्सवका रूपमा मनाइने आयोजकले जनाएका छन्। यसअघि नेपालमा भएको जेनजी आन्दोलनका कारण यो कार्यक्रम १३ सेप्टेम्बरमा स्थगित गरिएको थियो।आयोजकका अनुसार, 'इन्फा अवार्ड २०२५' मा दुई दर्जनभन्दा बढी नेपाली कलाकारहरूको उपस्थिति रहनेछ। समारोहमा दीपकराज गिरी, दीपाश्री निरौला, प्रदीप खड्का, उपासना सिंह ठकुरी, गौरी मल्ल, केकी अधिकारी, नीता ढुंगाना, दिया मास्के र फुटबलर तथा अभिनेत्री एञ्जिला तुम्हाम्फो सुब्बा लगायत थुप्रै चर्चित कलाकारहरूको उपस्थिति रहनेछ।कार्यक्रममा जीतु नेपाल 'मुन्द्रे', केदार घिम
नेपाली फिल्म पत्रकारिताको इतिहासदेखि वर्तमानसम्म चित्रण गरिएको पुस्तक ‘चलचित्र पत्रकार इतिहासदेखि वर्तमान सम्म’ पुस्तक लोकार्पण गरिएको छ । चलचित्र विकास बोर्डको सहयोगमा तयार भएको यो पुस्तकको काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीसहित विभिन्न संघसंस्था फिल्मीकर्मीहरुले एकसाथ लोकार्पण गरे । व्यक्तिगततर्फ एक हजार र संस्थागततर्फ २५ सय रुपैयाँ मूल्य तोकिएको यो पुस्तकमा नेपाली फिल्मको इतिहासदेखि वर्तमान समेटिएको छ । कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष डीसीले चलचित्र विकासक्रममा चलचित्र पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताउँदै चलचित्र पत्रकारितामा
अब्बल अभिनेताका रुपमा परिचित कामेश्वर चौरासियाले कलाकारिता सुरू गरेको झण्डै सत्र वर्षपछि मुख्य भूमिकामा देखिने भएका छन् ।कलाकार बन्ने सपना बोकेर पर्सादेखि काठमाडौँ आएका अभिनेता चौरासियाले विसं २०७२ मा प्रदर्शन भएको चलचित्र ‘रेशम फिलिली’ मार्फत चर्चा पाए । उक्त चलचित्रमा हरिया पात्रले उहाँको लोकप्रियता आम दर्शकसम्म पु¥यायो । उही अभिनेता चौरासियाले मुख्य भूमिका निर्वाह गरेको चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ आगामी मङ्सिर १८ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।“मैले यही क्षणको प्रतीक्षा गरिरहेको थिएँ । यो समयका लागि मैले धेरै मेहनत गरेको छु । मधेसको कथामा बनेको चलचित्र भएकाले निर्माण पक्षले मलाई रोज्न
अभिनेत्री रश्मिका मन्दाना र अभिनेता विजय देवरकोन्डा यतिबेला आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन्। उनीहरूले इन्गेजमेन्ट गरिसकेको र आगामी वर्ष विवाह गर्ने हल्ला चलिरहेका बेला, उनीहरूको विवाह भारतको उदयपुरमा हुने खबर सार्वजनिक भएको छ। भेन्यू छनोट गर्न रश्मिका हालै उदयपुर पुगेकी थिइन्। हिन्दुस्तान टाइम्सको रिपोर्टअनुसार, रश्मिका उदयपुर पुगेर तीन दिनसम्म सम्भावित विवाह स्थलहरूको निरीक्षण गरेकी थिइन्। यद्यपि, उनले कुनै भेन्यू बुक गरेको बारेमा भने जानकारी आएको छैन।यसबिच इन्डिया टुडेले पनि विजयका एक निकट स्रोतलाई उद्धृत गर्दै यो जोडीले आगामी वर्ष विवाह गर्ने दाबी गरेको छ। विवाह साउथ इन्डियन र
यो वर्ष प्रतिक्षाको रुपमा हेरिएको फिल्म ‘राम नाम सत्य’को छायांकन पूर्वी चितवनको रत्ननगरबाट सुरु गरिएको छ । झण्डै ८० प्रतिशत छायांकन नै चितवनमा गर्ने तयारीका साथ काम सुरु गरिएको निर्देशक माइकल चन्दले जानकारी दिए । उनका अनुसार, ४० दिन चितवनमा फिल्म खिचेर १० दिन मुस्ताङको सेड्यूलमा खिचिनेछ ।चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले रत्ननगर जिरौनास्थित धर्मधाम कृष्ण मन्दिरबाट छायांकनको शुभारम्भ गरेका थिए । ‘राम नाम सत्य’को छायांकन चितवनमा हुँदा चितवनलाई फिल्म सिटीको रुपमा चिनाउन र पर्यटन प्रवद्र्धनमा फाइदा हुने लाइन प्रोड्यूसर राजेन्द्र आचार्यले बताए ।यो फिल्म यही वर्षको चैत्र २७ गतेबाट रिलिज गर्न
कार्तिक २१ गते आज शुक्रबारबाट यस वर्षको बहुप्रतिक्षित सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’ प्रदर्शनमा आएको छ । यो सिनेमाको रिलिजको पूर्वसन्ध्यामा हिजो कमलपोखरीस्थित बिग मूभिजमा भव्य प्रिमियर शोको आयोज गरिएको थियो ।कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको सिनेमा हेर्न प्रिमियर शोमा सिनेमाकर्मी र रंगपत्रकारको बाक्लो उपस्थिति रहेको थियो । प्रिमियर शोमा सिनेमा हेरेर निस्कँदै गर्दा अधिकांश पाहुनाले लिम्बु संस्कृतिमा आधारित सिनेमा उत्कृष्ट बनेको प्रतिक्रिया दिएका थिए । यो सिनेमाले माओवादी जनयुद्ध ताका कसरी धर्म संस्कृति संकटमा परेको थियो भन्ने पक्षलाई उत्कृष्ट ढंगले प्रस्तुत गरेको प्रतिक्रिया उपस्
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.