मनोरञ्जन

    Showing 1,481-1,490 of 2,829 items.
  • ‘डोरी’का निर्देशक अरुणले दोस्रो फिल्म ‘तथास्तु’निर्माण गर्ने

    ‘डोरी’का निर्देशक अरुण लामाले दोस्रो फिल्म ‘तथास्तु’निर्माण गर्ने भएका छन्। उनले एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन्। सार्वजनिक गरिएको पोस्टरमा फिल्मको छायांकन अर्को वर्ष अर्थात २०८३ को सुरुवातमा हुने छ भने प्रदर्शन भने सन् २०२७ मा हुनेछ।.जी. सेभेन प्रोडक्सन् प्रा.लि’को प्रस्तुति रहने यो फिल्मका निर्देशक लामाले ‘तथास्तु’ केवल फिल्म नभई कर्म, भाग्य र आन्तरिक रूपान्तरणको कथा भएको बताए। उनका अनुसार फिल्मले आध्यात्मिक यात्रा, अन्तरद्वन्द्व र सामाजिक यथार्थबीचको द्वन्द्व प्रस्तुत गर्नेछ। साथै,‘सिमुलेसन थ्योरी’ को पृष्ठभूमिमा दुई लोक — भगवानको लोक र मानिसहरूको लोकबीचको कथा समे

    • प्रकाशित मितिः असार १०, २०८२
    • 230 पटक पढिएको
  • ‘ए मेरो हजुर ५’मा नायक अनमोल केसी अनुबन्धित

    चलचित्र ‘ए मेरो हजुर ५’मा नायक अनमोल केसी अनुबन्धित भएका छन् । झरना थापाले निर्देशन गर्ने यो चलचित्रको निर्माणपक्ष र नायक अनमोल केसीबिच मंगलबार कागजी संझौता भएको हो। अहिले प्रि–प्रोडक्सनको काम धमाधम चलिरहेको यो चलचित्रको छायांकन आगामी तिहारपछि सुरु गर्ने निर्माणपक्षले जनाएको छ । सुहाना इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुन लागेको लामो समयदेखि यसको निर्माणपक्ष नायकको खोजी गरेको थियो। त्यस्तै, यो चलचित्रको लागि विभिन्न नायकहरूको नाम मिडियामा नआएको पनि होइन । तर, अन्तमा नायक अनमोल केसीले नै चलचित्रमा काम गर्ने पक्का भएको हो। नायक अनमोल केही दिनमै होम प्रोडक्सनको चलचित्र ‘बाटुलो जुन

    • प्रकाशित मितिः असार १०, २०८२
    • 312 पटक पढिएको
  • एसीसी मेन्स यु–१६ क्रिकेट : नेपालविरुद्ध जापान ८० रनमै अल आउट

    काठमाडौं - एसीसी मेन्स यु–१६ एलिट कप अन्तर्गत नेपालविरुद्धको खेलमा जापान ८० रनमै अल आउट भएको छ ।जापानले नेपाललाई ८१ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको जापान ३४.३ ओभरमा ८० रन बनाएर अलआउट भएको हो । जापानका लागि कप्तान चाल्र्ली हाराहिन्जीले ४८ बलमा ४ चौकाको सहयोगमा ३६ तथा गम्बी हाराहिन्जीले ३० बलमा १३ रनमा आउट भए ।जापानका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि शुभमन खनालले १० ओभरमा १५ रन खर्चिएर ५ विकेट लिए । अभय यादवले २ तथा शुशिल रावल र विपिन शर्माले समान १ विकेट लिए ।मलेसियामा जारी एसीसी मेन्स यू१६ इस्ट जोन क्रिकेटको दोस्रो खेलमा आज नेपाल र जापान

    • प्रकाशित मितिः असार १०, २०८२
    • 309 पटक पढिएको
  • एसीसी यू–१६ क्रिकेटको दोस्रो खेलमा जापानविरुद्ध बलिङ गर्दै नेपाल

    काठमाडौं -  एसीसी मेन्स यू१६ इस्ट जोन क्रिकेटको दोस्रो खेलमा जापानले टस जितेर पहिले ब्याटिङ गर्दै छ । मलेसियामा जारी एसीसी मेन्स यू१६ इस्ट जोन क्रिकेटको दोस्रो खेलमा नेपाल र जापान प्रतिस्पर्धा गर्दै छन् । नेपालको पहिलो खेल सिंगापुरसँग थियो । सिंगापुरलाई नेपालले ५ विकेटले हराएको थियो । यू १६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ ।

    • प्रकाशित मितिः असार १०, २०८२
    • 489 पटक पढिएको
  • चलचित्र विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    राष्ट्रियसभाको आजको बैठकले ‘चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव सर्वसहमतिले स्वीकृत भएको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिए ।विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुँदै सञ्चारमन्त्री सुब्बाले विक्रम संवत् २०२६ सालमा बनेको चलचित्र ऐनलाई समयसापेक्ष परिमार्जन गरी समावेशी एवम् सङ्घीय संरचना र नयाँ प्रविधिअनुरूप बनाउन नयाँ चलचि

    • प्रकाशित मितिः असार ९, २०८२
    • 477 पटक पढिएको
  • हस्ताक्षर अभियानमा सहभागी भए कलाकार, रविको पक्षमा विपिनको हस्ताक्षर

    नायक विपिन कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पुगेर रवि लामिछानेको बारेमा पार्टीले संचालन गरेको हस्ताक्षर अभियानमा सहभागी भएका छन् । उनले हस्ताक्षर गरेपछि अहिले सामाजिक संजालमा विभिन्न खालका बहस भइरहेका छन् । ‘रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधका विरुद्ध जनताको हस्ताक्षर अभियान’मा विपिन पनि सहभागी भएका हुन् । उनी, आइतबार पार्टी कार्यालय पुगेर हस्ताक्षर गरेका थिए । असारको ७ गतेदेखि रास्वपाले हस्ताक्षर अभियान चलाइरहेको छ । सोही हस्ताक्षर अभियानमा विपिन सहभागी भएका हुन् । बक्स अफिसमा ‘ऊनको स्विटर’ सुपरहिट भएपछि विपिन उत्साहित छन् । विपिनले हस्ताक्षर गरेपछि कतिपयले

    • प्रकाशित मितिः असार ९, २०८२
    • 500 पटक पढिएको
  • शिवानीले जितिन ‘छैटौँ एसइई डान्स च्याम्पियनसिप’काे उपाधि

    राष्ट्रिय नृत्य प्रतियोगिता ‘छैटौँ एसइई डान्स च्याम्पियनसिप २०८२’ सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको प्रतियोगिताकाे उपाधि शिवानी थापामगरले हात पारेकी छन् ।काठमाडौँस्थित बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमी कपनले नाचघरमा आयोजना गरेको प्रतियोगितामा उत्कृष्ट भएकी शिवानीले एसइई डान्स च्याम्पियनसिपको ट्रफी र मेडलसँगै १ लाख रुपैयाँ नगदसँगै कक्षा ११ र १२ का लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेकी हुन् । प्रतियोगितामा २० जना फाइनलिस्टले नृत्य प्रस्तुत गरेका थिए । देशभरका करिब २८० प्रतियोगी मध्येबाट फाइनलको लागि २० जना प्रतियोगी छनौट भएका थिए ।जसमध्येबाट शिवानीले प्रथम भएकी हुन् । यस्तै सो प्रतियो

    • प्रकाशित मितिः असार ९, २०८२
    • 383 पटक पढिएको
  • ‘गाउँ बस्ती सुनसान’ गीत सार्वजनिक

    गायक दिप गुरुङ र स्वरूप राज आचार्यको स्वर रहेको ‘गाउँ बस्ती सुनसान’ गीत सार्वजनिक गरिएको छ ।दुर्गालाल श्रेष्ठको शब्द रहेको गीतले गाउँले जीवनशैली र अहिलेको यथार्थलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ ।गीतमा सुरज पण्डितको सङ्गीत र विष्णु तामाङको एरेन्ज रहेको छ । दिप फिल्मस्को प्रस्तुतिमा निर्माण भएको गीत गायक दिप गुरुङकै युट्युब मार्फत सार्वजनिक गरिएको छ । गीतले गाउँघर सुन्यपारेर युवा विदेश लागेपछिको समस्या बोलेको छ ।

    • प्रकाशित मितिः असार ९, २०८२
    • 342 पटक पढिएको
  • सुर्खेतमा ‘सतीदेवी’को विशेष प्रदर्शन

    नारी चेतना, सामाजिक यथार्थ र मानवीय संवेदनालाई उजागर गर्ने चलचित्र ‘सतीदेवी’ को सुर्खेतमा आइतबार विशेष प्रदर्शन गरिएको छ । लक्ष्मी चलचित्र मन्दिरमा आयोजित शोमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, प्रदेशका ऊर्जा मन्त्री विजया बुढा,वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकाल लगायतको उपस्थिति थियो ।चार सयभन्दा बढी दर्शकको साथमा चलेको विशेष शोले हलमा उपस्थित सबैलाई भावुक बनायो। नगर प्रमुख ढकालले सतीदेवी हेरेपछि मन गह्रौँ भएको बताइन् । उनले महिलाको सङ्घर्ष, समाजले गर्ने विभेद, किशोरीहरूको भावना,सबै दृश्यहरू हाम्रै जीवनको ऐना बनेर प्रस्तुत भएको बताइन् । ढकालले फिल्मको सिक्वेलमा स

    • प्रकाशित मितिः असार ९, २०८२
    • 425 पटक पढिएको
  • १० करोड पटक हेरिएपछि दुर्गेशको ‘दुश्मन हेरेको हेर्‍यै’लाई प्रधानमन्त्रीले दिए बधाई

    गायक दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्‍यै’ १० करोड पटक हेरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । उनले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा दुर्गेश थापाको फोटो पोष्ट गर्दै बधाई दिएका हुन् ।प्रधानमन्त्रीले आफ्नो फेसबुकमा लेखेका छन्,‘आजको नयाँ पिँढीले बेग्लै स्वादका गीत/ संगीतमा रुचि देखाउन थालेको ’दुश्मन हेरेकोहेर्‍यै’ गीतको भ्युवरबाट थाहा हुन्छ। दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन ( १० करोड)  पुगेको छ। गीतका सर्जक दुर्गेश थापालाई बधाई !’

    • प्रकाशित मितिः असार ९, २०८२
    • 405 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.