मनोरञ्जन

    Showing 131-140 of 2,254 items.
  • 'आ बाट आमा'को २ वटा पोस्टर सार्वजनिक

    आगामी माघ १६ गतेबाट रिलिज मिति घोषणा गर्दै 'आ बाट आमा' टिमले २ वटा पोस्टर सार्वजनिक गरेको छ। बुधबार निर्माण टिमले फिल्मको कथावस्तु झल्काउने दुई वटा पोस्टर सार्वजनिक गरेको हो। ‘बा आमाले पसिनाले घर बनाउनु भयो, हामीले रहर र बाध्यताले ‘पासपोर्ट’बनाउनु पर्‍यो’भन्नै स्लोगन राखिएको छ। यस शब्दले पनि चलचित्रले आमा बुबा र छोराछोरीबिचको कथालाई प्रस्तुत गर्नेछ भन्ने बुझ्न सकिन्छ। एउटा पोस्टरमा बिपना थापा, प्रदीप रावत, पल शाह, सिमरन पन्त खुसी देखिएका छन्। सोही ठाउँमा साइग्रेस पोखरेल पनि खुसी मुन्द्रामा देखिन्छन्। अर्को पोस्टरमा भने सबै भावुक छन्। श्रीमान् श्रीमतीको भूमिकामा रहेको बिपना र प्रदीप अ

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 200 पटक पढिएको
  • चलचित्र पत्रकार कल्याणकारी कोषमा माग्ने बुढाको २५ हजार सहयोग

    चर्चित हास्य कलाकार तथा अभिनेता केदार घिमिरे (माग्ने बुढा) ले चलचित्र पत्रकार संघ नेपालद्वारा सञ्चालित पत्रकार कल्याणकारी कोष का लागि नगद २५ हजार रुपैयाँ सहयोग गरेका छन्।चलचित्र पत्रकार संघ नेपालले लामो समयदेखि पत्रकारहरूको स्वास्थ्य उपचार, आकस्मिक समस्या र आपतकालीन अवस्थाका लागि सञ्चालन गर्दै आएको कोषलाई सशक्त बनाउन ‘कल्याणकारी कोष अभियान’ चलाइरहेको छ। यही अभियानअन्तर्गत आइतबार अभिनेता घिमिरेले संघका प्रतिनिधिलाई नगद हस्तान्तरण गरेका हुन्।सहयोग रकम बुझाउँदै अभिनेता घिमिरेले भने, “म आफ्नो अभिनयबाट कमाएको पारिश्रमिकको केही अंश सधैं समाजसेवामा खर्च गर्दै आएको छु। यो पटक चलचित्र पत्रकारहरूका लागि

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 196 पटक पढिएको
  • के छ ‘मुगलान’को तिजरमा ?

    रिहान प्रोडक्सनको ब्यानरमा बनेको ‘फिल्म ‘मुगलान’ टिजर रिलिज भएको छ। निर्माण टिमले आइतबार फिल्मको टिजर युना डिजिटल युटुब च्यानलमार्फत गरेको हो।३९ सेकेण्डको टिजरमा आर्थिक अभाव झेलेका एक युवा परिवारलाई सुखमा राख्नका लागि मजदुरी गर्न भारत पुग्छन्। उनले त्यहाँ पाएको सास्ती र यता साहुले गरेको अत्यचारबीचको कथालाई भन्छ। परिवारको सुखी र आफ्नो सपना साकार पार्नका लागि गरेको एक संघर्षलाई फिल्मको टिजरमा उतारिएको छ। फिल्मको टिजरले नै भन्छ कि नेपाली समाजको कथा हो।‘मुगलान’ले युवाहरूको परदेशको सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गर्ने देखिन्छ। आगामी पुष १० गतेबाट प्रदर्शनमा आउन तयारीमा रहेको यो फिल्ममा अ

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 178 पटक पढिएको
  • ‘पीआर’को जापान प्रदर्शन अधिकार बिक्री

    मंसिर २६ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘पीआर’ले जापानमा आफ्नो प्रदर्शन अधिकार बिक्री गरेको छ। जापानमा फिल्म वितरण गर्दै आएको युना डिजिटलले सो अधिकार खरिद गरेको हो।चलचित्रका निर्देशक शोभित बस्नेतले जापानमा फिल्म ‘सोल्ड आउट’ भइसकेको जानकारी दिएका छन्। उनले भने,‘अहिले जापानका लागि यो फिल्म राम्रो रकममा बिक्री गरिसकेका छौँ। अन्य देशका फिल्म वितरकहरुसँग पनि छलफल भइरहेको छ र केही दिनमै थप जानकारी दिनेछौँ।’निर्देशक बस्नेतका अनुसार, ‘पीआर’ प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित भएकाले पनि विदेशमा रहेका नेपाली दर्शकमाझ फिल्मप्रतिको चासो उच्च देखिएको छ। उनका भन

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 199 पटक पढिएको
  • जेरी अन टप: २०८२ मा सर्वाधिक कमाइ गर्ने फिल्म

    गत असोज ३१ गतेदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘जेरी अन टप’ २०८२ सालमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको छ । यस वर्ष प्रदर्शनमा आएका चलचित्रमध्ये ‘जेरी अन टप’  गत शनिबारसम्म रु ११ करोड ७१ लख ४१ हजार ४९८ कमाइ (ग्रस कलेक्सन) गरेको चलचित्र विकास बोर्डअन्तर्गतको ‘बक्सअफिस सिनेपा’ ले जनाएको छ । बोर्डले सोमबार चलचित्रको व्यावसायिक तथ्याङ्क सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।उक्त चलचित्रका निर्माता सरोज न्यौपानेले दर्शकबाट प्राप्त साथ र मायाको आफू सदैव आभारी रहने बताए । उनले भने, “चलचित्र ‘जेरी अन टप’ प्रदर्शनरत भएकाले आगामी दिनमा यसको व्यावसायिक आँकडा बढ्ने निश्चित छ । हामीलाई वितरकल

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 227 पटक पढिएको
  • दर्शकले रुचाउन थाले नेपाली चलचित्र, घरेलु बजारमा राम्रो व्यापार

    गत तिहारको अवसर पारेर प्रदर्शन गरिएका नेपाली चलचित्रलाई दर्शकले साथ दिएका छन् ।केही वर्षअगाडि सम्म तिहारमा नेपालीभन्दा विदेशी चलचित्रको वर्चस्व देखिन्थ्यो, तर पछिल्लो समय नेपाली दर्शकको प्राथमिकतामा नेपाली चलचित्र नै परेको पाइएको छ । नेपाली कला र संस्कृतिसँगै सामाजिक कथा समावेश गरेर तयार गरिएका प्रदर्शनरत चलचित्रहरूले दर्शकको साथ पाउँदा घरेलु बजारमा राम्रो व्यापार गरेका छन् ।चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘बक्सअफिस २ सिनेपाः’ को तथ्याङ्क सार्वजनिक गरिएको छ, जहाँ नेपाली चलचित्र हेर्ने दर्शक बढिरहेको पाइन्छ । गएको शनिबार अर्थात् कात्तिक २२ गतेसम्मको सार्वजनिक तथ्याङ्कअनुसार सगरमाथाक

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 199 पटक पढिएको
  • काठमाडौँमा गुञ्जिँदै कन्दरा ब्याण्ड

    लोकप्रिय साङ्गीतिक समूह कन्दराले ‘काठमाडौँ कलिङ कन्दरा’ नामक विशेष सङ्गीत कार्यक्रम आयोजना गर्ने भएको छ ।सोमबार काठमाडौँमा एक कार्यक्रम गर्दै ब्याण्डले आउँदो २८ कात्तिकदेखि ठमेलको एक्सओ क्लबमा कार्यक्रम गर्न लागेको जानकारी दियो । पस्थापनाको ३२ वर्षमा ब्याण्ड दोस्रोपटक काठमाडौँमा गुञ्जिन लागेको हो ।विशिष्टा इन्टरनेसनलले एक्सओ क्लब र हाई इन्टरटेनमेन्टको सहकार्यमा ‘काठमाडौँ कलिङ कन्दरा’ कार्यक्रम गर्न लागेको हो ।कार्यक्रममा ब्याण्डका प्रमुख गायक विवेक श्रेष्ठले ब्याण्डले अघि सार्न लागेको ‘रिदम अफ चेन्ज’ थिमअन्तर्गत यो कन्सर्ट हुन लागेको बताए । उनले उक्त थिम मुलुकको सांस्कृतिक, आर्थिक र सामाज

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 268 पटक पढिएको
  • बोर्डद्वारा चलचित्र क्षेत्रमा काम गर्ने १५ जनालाई सम्मान

    संविधान दिवसको अवसरमा चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रको सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पुर्‍याएका १५ जनालाई सम्मान गरेको छ।बोर्डले युवा तथा वरिष्ठ कलाकार, निर्माता क्षेत्रका व्यक्तित्व र प्राविधिकलाई आज ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार’ प्रदान गरेको हो।बोर्ड परिसर चाबहिलमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल उपस्थित भएका थिए।कार्यक्रममा कलाकार संघ, निर्माता संघ, प्राविधिक संघ, पत्रकार संघ, तालिम तथा केन्द्रीय छनौट समिति लगायतका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो।सांगीतिक प्रस्तुति, राष्ट्रिय गान, मौनधारण

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 218 पटक पढिएको
  • भारतीय अभिनेता धर्मेन्द्रको निधन

    भारतीय दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ।८९ वर्षीय अभिनेतालाई श्वासप्रश्वासमा समस्या भएपछि हिजो ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । अवस्था स्थिर नभएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो।भारतीय सञ्चार माध्यमका अनुसार उनको भर्ना पछिको ७२ घण्टा अत्यन्तै महत्वपूर्ण मानिएको थियो। देओल परिवारको नजिकको स्रोतका अनुसार धर्मेन्द्रका छोरीहरूलाई पहिले नै विदेशबाट मुम्बई ल्याइएको छ। सनी देओल हिजो राति अस्पताल बाहिर अत्यन्तै भावुक देखिएका थिए भने बबी देओल पनि अल्फाको छायांकन छोडेर मुम्बई फर्किएका छन्।शाहरुख खान र सलमान खान लगायत धेरै बलिउड सेलिब्रेटीहरू सोमबार राति ब्रीच क्यान्डी अस्पताल प

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 245 पटक पढिएको
  • अनमोल केसीले सुरुगरे ‘बाटुलो जुन’को वर्कशप

    नायक अनमोल केसीले नयाँ फिल्मको वर्कसप सुरु गरेका छन् । उसो त, यसअघि एउटा फिल्म रिलिज भएको केही महिनासम्म अनमोल नयाँ फिल्मको काममा जोडिएका थिएनन् । तर, यसपटक भने अनमोल घरकै फिल्म भएकाले ‘बाटुलो जुन’को वर्कसप सुरु गर्दै व्यस्त बनेका छन् । द सुपर काजोल फिल्मस्को व्यानरमा निर्माण हुन लागेको यो फिल्मको केही दृश्यको छायांकन दशैं अगाडि भइसकेको छ । एक सातामा फिल्मको छायांकन सुरु गर्ने तयारी निर्माता तथा निर्देशक भुवन केसीको छ । फिल्ममा अनमोलले मोडल प्रिन्सी खतिवडासँग जोडी बाँधेका छन् । वुझिएअनुसार, यसको निर्माणपक्षले दोस्रो चरणको सेड्यूलमा फिल्ममा समावेश २ वटा गीत खिच्नेछ । त्यसपछि, जाडो महि

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 243 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा