मनोरञ्जन

    Showing 1,331-1,340 of 2,829 items.
  • वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको धारणा: 'लोकतन्त्रपछि देशमा उल्लेखनीय विकास'

    काठमाडौं–वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले लोकतन्त्रको आगमनपछि नेपालमा उल्लेखनीय विकास भएको दाबी गरेका छन्।महानगर यातायात प्रालिद्वारा सुरु गरिएको विद्युतीय बस सेवा कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले राजनीतिक परिवर्तनसँगै देश विकास र समृद्धिको यात्रामा अघि बढेको बताए। नेपाल अब इभी (इलेक्ट्रिक भेइकल) युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै उनले यसप्रति खुसी व्यक्त गरे।"हाम्रो देश अब इभी मोटर चढ्ने युगमा आइसकेको छ," उनले भने, "बाटो र बिजुली गाउँगाउँमा पुगेको छ। हामीले पेट्रोल–डिजेलमा अर्बौं रुपैयाँ खर्च गरिसक्यौं। अब आफ्नै विद्युत प्रयोग गरेर गाडी चढ्ने बेला आएको छ, जुन निकै सकारात्मक छ।"श्रेष्ठले ज

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 245 पटक पढिएको
  • ‘चमेलीको पोई’को प्रदर्शन मिति तय,चैत्रको १३ गते प्रदर्शनमा आउने

    एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार भएको चलचित्र ‘चमेलीको पोई’को प्रदर्शन मिति तय गरिएको छ । बुधबार चलचित्रको तीन वटा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पनि घोषणा गरिएको हो । यो चलचित्र चैत्रको १३ गते रामनवमीबाट रिलिजमा आउने भएको छ । चलचित्रमा सुरक्षा पन्त, मुकुन भुसाल, नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारहरूको अभिनय छ । धन लक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा सुनिता सापकोटा र राम नारायण उपाध्यायको लगानी छ । उदय बिक्रम राणा र रितु मल्ल ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रको फस्टलुकमा नायक मुकुन भुसाल र नायिका सुरक्षा पन्तलाई मुख्य स

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 319 पटक पढिएको
  • ‘गुन्यो चोलो’को ‘म फूल हुँ कि काँडा’ सार्वजनिक

    चलचित्र ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक भएको छ । ‘म फूल हुँ कि काँडा’ बोलको गीत निर्माणपक्षले आज एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरेको हो ।लेखु सहयात्रीको शब्दरचना रहेको गीतमा मनिषा पोखरेलको स्वर छ । संगीत लेखु सहयात्रीकै रहेको छ ।गीतले आफूभित्र पनि प्रेमिल मन रहेको र माया गर्ने चाह रहेको बताएको छ । आफूलाई माया गर्ने हो भने भोगेर जान तर माया गरेको प्रमाण दिन गीतमा भनिएको छ ।देख्दै मन पराएपछि आफूलाई पनि मनबाट चोखो माया गर्न गीतमा आग्रह गरिएको छ । मन परेपछि जोवन सुम्पिन तयार रहेको भन्दै आफूलाई पनि मुटुमा सजाउन भनिएको गीतको भिडियोमा नाजिर हुसेनको नृत्य छ ।महिलाको भेसमा रहेका उनको गज्ज

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 212 पटक पढिएको
  • गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

    वरिष्ठ गायक तथा ‘गायन सम्राट’ रामकृष्ण ढकालले सामाजिक सञ्जालमार्फत कलाकारहरूलाई लक्षित गरी भइरहेको साइबर आक्रमणप्रति कडा आपत्ति जनाएका छन्। उनले लामो समयदेखि सहन गरेका मानसिक पीडाको विवरण सार्वजनिक गर्दै केही साइबर अपराधीका प्रमाणहरूसमेत प्रस्तुत गरेका छन्।ढकालले मंगलबार बिहान फेसबुकमा एक लामो स्टाटस लेख्दै लेखे, “अति भयो, सहनै सकिएन यो हदसम्मको अपमान।” उनले समाजमा अभिव्यक्ति स्वतन्त्रताको नाममा कलाकारहरूका व्यक्तिगत जीवनमाथि चरम आक्रमण भइरहेको र त्यो अपराधको स्तरसम्म पुगेको दाबी गरे।कलाकारहरू राष्ट्रका गहना र सार्वजनिक सम्पत्ति हुन् । उनले लेखे, “कलाकारहरू राष्ट्रका गहना मात्र होइनन्, सा

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 325 पटक पढिएको
  • होटल स्मार्टको उद्घाटन गर्दै हमाल सहित चर्चित सेलिब्रेटीहरु

    काठमाण्डौँको धुम्बाराही चौंकमा विभिन्न सेवा सुविधा सहित होटल स्मार्ट सञ्चालनमा आएको छ । सोमबार साँझ उक्त होटलको उद्घाटनका लागि महानायक राजेश हमाल सहित चर्चित सेलिब्रेटीहरुको बाक्लो उपस्थिती रहेको थियो ।महानायक हमालले होटलको मुख्य प्रवेशद्धारको उद्घाटन पानसमा बत्ती बाल्दै रिवन काटेर भब्य तरिकाले शुभारम्भ गरेका थिए भने गायक प्रमोद खरेलले दोश्रो प्रवेशद्धार, सञ्चारकर्मी प्रकाश सुवेदीले क्याफे, गायिकाद्धय मिलन नेवार र मेलिना राईले वेलनेस सेन्टर ,  द भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले थकाली सेक्सन, र अर्का सञ्चारकर्मी सुशिल नेपालले रुफ टप बारको उद्घाटन गरेका थिए ।यदि तपाईहरुलाई यो होटल

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 362 पटक पढिएको
  • वर्षा सिवाकोटीले साइन गरिन ‘जहाजैमा’

    निर्देशक कृषा चौलागाईको निर्देशनमा बन्न लागेको फिल्म ‘जहाजैमा’ मा अभिनेत्री वर्षा सिवाकोटी अनुबन्धित भएकी छन्। निर्माण टिमले शनिबार उनलाई औपचारिक रूपमा अनुबन्ध गरेको हो।अनुबन्ध पश्चात् सिवाकोटीले कथा र टिम मन परेको कारण फिल्ममा काम गर्न सहमति जनाउँदै उत्कृष्ट टिमसँग काम गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरेकी छन्।यसअघि फिल्ममा केदार घिमिरे ‘माग्ने बुढा’, सौगात मल्ल, कर्मा शाक्य र जापानी अभिनेत्री रुजेल इचिमिया अनुबन्धित भइसकेका छन्। अन्य कलाकारको छनोट अन्तिम चरणमा रहेको निर्माण पक्षले जानकारी दिएको छ।फिल्मको कथा अभिमन्यू निरवीले लेखेका छन् भने छायांकन निर्देशन (डीओपी) पुरुषोत्तम प्रधानले सम्हाल्न

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 233 पटक पढिएको
  • विकास बोर्ड अध्यक्षलाई वर्षाको प्रश्न

    नायिका वर्षा शिवाकोटीले चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीलाई प्रश्न गरेकी छिन्।  सोमबार आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान’ विवादबाट मुक्त हुन सकेन । उसो त, नेपाली फिल्म क्षेत्रमा आयोजना हुने अवार्ड विवादको घेरामा सधै नै पर्ने गर्दछन् । यसपटक, अझै चर्को विवाद राष्ट्रिय पुरस्कारलाई लिएर भएको छ ।विशेषगरि, नायक प्रदीप खड्कालाई ‘जुरी प्रोत्साहन पुरस्कार’ दिएपछि यसको आलोचना व्यापक रुपमा भइरहेको छ । प्रदीप खड्का जस्ता सुपरस्टार नायकलाई किन प्रोत्साहन पुरस्कार ? यो विधामा खोई त महिलालाई प्रोत्साहन गरेको भन्ने जस्ता प्रश्नहरु उठेका छन् ।वर्षाले लेखेकी छिन्–‘लौ नायकज्यूहरुला

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 308 पटक पढिएको
  • ‘भानुभक्तको कृतिले नेपाललाई एकढिक्का बनाउन योगदान दिएको छ’

    संस्कृति शिरोमणि हरिराम जोशीले भानुभक्तको कृतिले नेपाल राज्यलाई एकढिक्का बनाउन महत्त्वपूर्ण योगदान दिएको बताए । साझा प्रकाशनले सोमबार केन्द्रीय कार्यालय ललितपुरको पुल्चोकमा आयोजना गरेको २१२औँ भानुभक्तजयन्ती विशेष कार्यक्रममा उनले नेपाली साहित्य आकाशमा भानुभक्त र लक्ष्मीप्रसाद देवकोटाले सबैभन्दा महत्वपूर्ण योगदान पुर्‍याएको बताए । 'आचार्य राष्ट्रियस्तरमा र देवकोटा अन्तरराष्ट्रियस्तरमा साहित्यकारका रूपमा परिचित छन् । भानुभक्त र देवकोटालाई म समान दृष्टिले हेर्छु, भानुभक्तको कृतिले नेपाल राज्यलाई एकढिक्का बनाउन योगदान दिएको छ । देवकोटा विश्वसाहित्यमा महत्त्वपूर्ण योगदान दिनुभएको छ । दश दिनमा

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 369 पटक पढिएको
  • वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई ‘चलचित्र दीर्घसाधना सम्मान’ प्रदान

    चलचित्र विकास बोर्डले राष्ट्रपति कार्यालयमा सोमबार विशेष समारोहको आयोजना गर्दै वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई ‘चलचित्र दीर्घसाधना सम्मान’ प्रदान गरेको छ । सोमबार आयोजित ‘राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा दीर्घसम्मान २०८२’ कार्यक्रममा निर्देशक शर्मालाई नगद राशि रु तीन लाख ७५ हजारसहित सम्मान गरिएको हो । उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले संयुक्त रूपमा सम्मान गरेको हो । बोर्डका अध्यक्ष डिसीले चलचित्र क्षेत्रमा निरन्तर कार्य गरिरहेकालाई प्रोत्साहन गर्न चलचित्र पुरस्कार तथा सम्मान गर्ने ग

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 297 पटक पढिएको
  • वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई ‘चलचित्र दीर्घसाधना सम्मान’ प्रदान

    चलचित्र विकास बोर्डले राष्ट्रपति कार्यालयमा सोमबार विशेष समारोहको आयोजना गर्दै वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई ‘चलचित्र दीर्घसाधना सम्मान’ प्रदान गरेको छ । सोमबार आयोजित ‘राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा दीर्घसम्मान २०८२’ कार्यक्रममा निर्देशक शर्मालाई नगद राशि रु तीन लाख ७५ हजारसहित सम्मान गरिएको हो । उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले संयुक्त रूपमा सम्मान गरेको हो । बोर्डका अध्यक्ष डिसीले चलचित्र क्षेत्रमा निरन्तर कार्य गरिरहेकालाई प्रोत्साहन गर्न चलचित्र पुरस्कार तथा सम्मान गर्ने ग

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 335 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.