मनोरञ्जन

    Showing 1,241-1,250 of 2,829 items.
  • ‘कोशोढुङ्गा’को गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ले जित्यो दर्शकको मन

    चलचित्र ‘कोशोढुङ्गा’को गीत सार्वजनिक भएलगत्तै लोकप्रिय भएको छ । डान्सिङ नम्बर ‘नत्र भने जिन्दगी व्यर्थ छ’ लोकप्रिय भएको हो । तीजको यो गीतमा ठूलो संख्यामा टिकटक भिडियो बनेका छन् निर्देशक सरोज पौडेलका अनुसार २० हजारभन्दा धेरै टिकटक भिडियो बनिसकेका छन् । युट्युबमा १० लाखभन्दा धेरै दर्शकले हेरिसकेको गीत फेसुकमा ७० लाखभन्दा धेरैले हेरेको उनले बताए । “नेपाली संस्कृति पनि जोगाउँदै सभ्य र भव्य गीत हामीले दर्शकमाझ पस्किएका थियौँ,” उनले भने, “हाम्रो अपेक्षाअनुसार नै दर्शकले मन पराइदिनु भएको छ । दैनिक हजारौँले भिडियो बनाइरहनु भएको छ ।”गीतमा नेत्र अर्यालको शब्द छ भने हुकलाइन खेम सेन्चुरीको छ । संगीत खेम स

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 356 पटक पढिएको
  • पुजन काफ्लेको नयाँ तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक

    पुजन काफ्लेले तीजको नयाँ गीत सार्वजनिक गरेकी छन् । तीजको पूर्वसन्ध्यामा उनले ‘छड्के तिलहरी’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।गीतमा शब्द, संगीत तथा स्वर नै पुजन काफ्लेको छ । आदेश गुर्मछानको संगीत संयोजन छ ।गहना पाउँदाको खुसी समेटिएको गीतमा गहना महिलाको सौन्दर्यसँग जोडिएको यथार्थ छ । तीजमा सँगै मिलेर नाच्नेगाउने परम्परागत संस्कृतिलाई गीतले समेटेको छ ।केशबराज भट्टको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा शिला गजुरेल, संस्कृति भुजेल र एलिजा काफ्लेको नृत्य छ ।

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 372 पटक पढिएको
  • ‘कमेडी दरबार’ टिमले चलचित्र ‘क का कि की’ निर्माण गर्ने

    चर्चित टेलिभिजन हास्य शो ‘कमेडी दरबार’ टिमले अब फिल्म निर्माणमा हात हाल्ने भएको छ । निर्माण टिमले आज सोमबारको दिन पारी सिनेमा ‘क का कि की’को थिम पोस्टर सार्वजनिक गर्दै सिनेमा निर्माण बारे घोषणा गरेको हो ।पोस्टर अनुसार सिनेमामा नेपाली सिनेमाका चर्चित कलाकारहरू गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र महेश त्रिपाठीको मुख्य भूमिका रहनेछ । यता, कमेडी दरबार टिमबाट टिकटकर मिस पबी, पवन खतिवडा, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना, सीडी विजय अधिकारी लगायतको पनि विशेष भूमिका रहनेछ।घोषणा गरिएको पोस्टरमा देखाइएका कलाकारको भाव, सिनेमाको टाइटल र निर्माण टिमको जनरा अनुसार यो सिनेमापुर्ण कमेडी शैलिमा निर्

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 481 पटक पढिएको
  • ‘राम नाम सत्य’मा टिकटकर आयुष सिंह ठकुरीको प्रवेश

    माइकल चन्दको निर्देशनमा तयार हुन लागेको फिल्म ‘राम नाम सत्य’मा टिकटकबाट उदाएका कन्टेन्ट क्रियटर आयुष सिंह ठकुरीको प्रवेश भएको छ । आज यो फिल्मको निर्माणपक्ष र आयुषले कागजी संझौता गरेका छन् । उनको यो डेब्यू फिल्म हो ।फिल्मका निर्देशक माइकल चन्द, निर्माता उपेन्द्र शाहीले आयुषसँग कागजी संझौता गरे । फिल्म साइन गरेपछि आयुषले मिडियासँग भने–‘मलाई थुप्रै फिल्मको अफर आइरहेको छ । तर, मैले ‘राम नाम सत्य’को कथा सुनेपछि यही फिल्मबाट डेब्यू गर्ने निर्णय लिएको हुँ । यो फिल्मको कथा र मेरो भूमिका पावरफूल छ । यसैले साइन गरेको हुँ ।’फिल्म ‘राम नाम सत्य’का लागि केही महिनादेखि आयुषले मिहिनेत पनि गरिरहेका छन् । फिल्

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 503 पटक पढिएको
  • बिनिताको गीत ‘दर बनाइराछिन् आमा’ सार्वजनिक

    हिन्दू नारीहरूको महान चाड हरितालिका तीजलाई लक्षित गरेर नयाँ तीज गीत सार्वजनिक गरिएको छ  ।नेपमेलोको आधिकारिक युट्युब च्यानलबाट ‘दर बनाइराछिन् आमा’ बोलको नयाँ तीज गीत सार्वजनिक गरिएको हो ।सांगीतिक तथा सांस्कृतिक स्वाद बोकेको यस गीतमा बिनिता खनालको शब्द रहेको छ भने संगीत संयोजन चर्चित संगीतकार तारा प्रकाश लिम्बुले गरेका छन् । गीतमा अहिलेका चर्चित तथा लोकप्रिय गायिकाहरू मेलिना राई र अनु चौधरीको स्वर रहेको छ ।गीतको भिडियो पक्षमा पनि सशक्त टीम देखिएको छ । भिडियोमा लोकप्रिय मोडेल आश्मा विश्वकर्मा र अलिशा शर्मा फिचर्ड छन् । जहाँ उनीहरू छमछमी नाच्दै आमाले दर बनाएर तीज मनाइरहेको क्षण सम्झिरहेका छन्

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 379 पटक पढिएको
  • ‘सुम्निमा’ मा अडिसनबाट चयन भए स्प्लिट्सभिल्लाका अनिकेत पाख्रिन

    निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने प्रेमकथानक चलचित्र ‘सुम्निमा’ मा नव अभिनेता अनिकेत पाख्रिन  लामा अनुबन्धित भएका छन्। भारतीय रियालिटी शो स्प्लिट्सभिल्लाका प्रतियोगीका रूपमा परिचित अनिकेतलाई अडिसनमार्फत चलचित्रका लागि चयन गरिएको निर्देशक चाम्सले जानकारी दिए। स्प्लिट्सभिल्लाको १४औं सिजनमा अनिकेत उत्कृस्ट आठमा पर्न सफल बनेका थिए।नयाँ अनुहार भए पनि अनिकेतको आत्मविश्वास, व्यक्तित्व र क्यामेरा अघि प्रस्तुत हुने शैलीले निर्माण टिमलाई आकर्षित गरेको निर्देशकको भनाइ छ। चलचित्र ‘सुम्निमा’ मार्फत अनिकेत पाख्रिन लामा नेपाली फिल्म उद्योगमा डेब्यू गर्दैछन्।गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको स

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 415 पटक पढिएको
  • फिल्म ‘सुख दुःख’मा मिथिला शर्मा अनुबन्ध

    अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीले निर्देशन गर्ने फिल्म ‘सुख दुःख’मा मिथिला शर्मा अनुबन्ध भएकी छन्। उनलाई निर्देशक तथा निर्मात्री समेत रहेकी अधिकारीले फिल्मका लागि अनुबन्ध गरेकी हुन्। आइतबार निर्माण पक्ष र अभिनेत्री शर्माबीच कागजी सम्झौता भएको हो।अभिनेत्री शर्मालाई अनुबन्ध गर्दै नीताले भनिन्,‘ चलचित्र सुख दुःखमा मिथिला शर्मालाई सहभागी गराउन पाउँदा धेरै नै उत्साहित छौ । सायद हजुरबिना यो चलचित्र अपुरो हुन्थ्यो। अब पूर्ण हुने बाटोमा जाँदैछ।’ यसअघि यो फिल्मका लागि चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलाल डिओपीका लागि अनुबन्ध भएका थिए। उनीहरु बाहेक यो फिल्मको मुख्य कलाकार को रहने हुन

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 393 पटक पढिएको
  • तीजको रौनकसहित ‘राग रागिनी’बाट तीन गीत सार्वजनिक हुँदै

    काठमाडौं — राग रागिनी इन्टरटेन्मेन्ट प्रा. लि. को ब्यानरमा तयार पारिएका तीन नयाँ गीत यही साउन १६ गते एक विशेष कार्यक्रममार्फत सार्वजनिक गरिने भएको छ। होटल शंकरमा आयोजना हुने कार्यक्रममार्फत तीजको रौनक, देशभक्ति भावना र नारी सशक्तिकरण झल्काउने गीतहरूको लोकार्पण गरिनेछ।गायक तथा गीतकार कपिल कसपाल र समाजसेवी गायिका टुना थापाको आवाजमा रेकर्ड गरिएका यी गीतहरूको निर्माण सम्पन्न भइसकेको र गीत लोकार्पण कार्यक्रमको आयोजना गरिने जानकारी संस्थाकी अध्यक्ष पार्वती श्रेष्ठले दिइन्।कपिल कसपालले यी तीनवटै गीतहरू आफूले समाजप्रतिको जिम्मेवारी र भावनात्मक समर्पणका साथ सिर्जना गरेको जनाएका छन्।कार्यक्रममा गीतसँग स

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 567 पटक पढिएको
  • ‘अभिमन्यु : च्याप्टर १’का पोस्टरमा खुसी र तनाव

    चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आज चलचित्रका दुईवटा पोस्टर सार्वजनिक गरेको हो ।खुसी र तनाव देखाइएको पोस्टरमा सिनेमाका मुख्य कलाकार फिचर्ड छन् । एउटा पोस्टरमा सिनेमा मुख्य पाँच कलाकार प्रकाश दाहाल, लक्ष्मी बर्देबा, कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी र किरण श्रेष्ठसहित अन्य दुई कलाकार फिचर्ड छन् । यी मध्ये किरणबाहेक सबै कलाकार तनावमा देखिन्छन् । कारण के हो त्यो भने खुलाइएको छैन ।सँगै एकजनालाई हतकडी लगाएर प्रहरी कार्यालमा प्रहरी अधिकृतले बयान लिइरहेका छन् । अर्का एक प्रहरी जवान सुरक्षाका लागि छेउमा उभिएका छन् । यो पोस्टरको उद्देश्य कलाकारको लुक्स

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 265 पटक पढिएको
  • कुलमान घिसिङलाई ’ग्लोबल हिरो अवार्ड’

    नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई अमेरिकाको न्यूयोर्कमा आयोजित एक विशेष समारोहमा ’ग्लोबल हिरो अवार्ड’ प्रदान गरिएको छ। प्रवासी नेपालीहरूको संस्था ‘हामी नेपाली ग्लोबल’ले उनलाई यो सम्मान प्रदान गरेको हो।ऊर्जाको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका घिसिङ हाल अमेरिका, बेलायत र युरोपका विभिन्न देशको भ्रमणमा रहेका छन्। प्रवासमा रहेका नेपाली समुदायका विभिन्न संघसंस्थाहरूले आयोजना गरेका कार्यक्रम तथा अन्तरक्रियाहरूमा सहभागी हुँदै उनी एक महिनासम्म विदेश भ्रमणमा रहनेछन्।विद्युत् व्यवस्थापनमा परिवर्तन ल्याएर ‘लोडसेडिङ मुक्त नेपाल’ अभियानका अगुवा मानिने घिसिङलाई अन्तर्राष्ट

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 203 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.