मनोरञ्जन

    Showing 1,031-1,040 of 2,829 items.
  • ‘बलिदान’ अमेरिकाको एएमसी सिनेमा चेनका २०० भन्दा बढी हलमा प्रदर्शन हुने, एक हजार शो पाउने अपेक्षा

    यस वर्षको दसैँको फूलपातीको दिन रिलिज हुने नेपाली चलचित्र ‘बलिदान’ ले अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको लागि इतिहास रचेको छ। सन्तोष सेनको निर्देशन तथा समीर भट्टको अभिनय रहेको यो बहुप्रतीक्षित चलचित्र पहिलो पटक अमेरिकाको सबैभन्दा ठुलो सिनेमा चेन एएमसी (AMC) मा प्रदर्शनमा आउन लागेको छ। योसँगै ‘बलिदान’ अमेरिकाभरका २०० भन्दा बढी हलहरूमा एक हजार भन्दा बढी शो सहित देखाइने अपेक्षा गरिएको निर्देशक सेनले बताए।यसअघि कुनै पनि नेपाली चलचित्र एएमसी चेनमा प्रदर्शन नभएको इतिहास तोड्दै ‘बलिदान’ ले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्‍याएको दाबी सेनले गरे। एएमसी मात्र नभई सिनेमार्क, म

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 283 पटक पढिएको
  • सविन श्रेष्ठको ‘मनका कुरा’मा सुजन जिम्बाको अभिनय

    गायक सविन श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । सविनले ‘मनका कुरा’ बोलको गीत सार्वजनिक गरेका हुन् ।सविनकै शब्द, संगीत र स्वर रहेको गीतमा खुसी खोज्दाखोज्दै हरेस खाएको प्रेमीको कथा छ । माया पाउन संघर्ष गर्दागर्दै थाकेको प्रेमीको कथालाई गीतले समेटेको छ ।एक्लिएको जिन्दगीमा मनको बह पोख्ने मानिस पनि नहुँदा उदासिएको प्रेमीको कथा भन्ने गीतले आफ्नो आँखैअगाडि उजाडिएको प्रेमको कुरा छ । प्रेम र धोकाको वरिपरि गीत घुमेको छ । सविन प्रायः बिछोडिएको प्रेमको वरिपरि रहेका गीत लेख्ने र गाउँने गर्छन् ।  गीतमा मिक्सिङ तथा मास्टरिङ गोपाल रसाइलिले गरेका छन् । गीतको भिडियो पनि निर्माण गरिएको छ । भिडियोमा सुजन जिम

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 289 पटक पढिएको
  • नेपाली चलचित्र 'रिहाना' बुसान फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर हुने

    दक्षिण कोरियाको विश्व प्रसिद्ध बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ३०औँ संस्करणमा नेपाली लघु चलचित्र ‘रिहाना’ ले आफ्नो वर्ल्ड प्रिमियर गर्ने भएको छ। यस वर्षको यस प्रतिष्ठित फिल्म महोत्सवमा ‘रिहाना’ एक मात्र नेपाली प्रतिनिधित्व हो।फेस्टिभलले जारी गरेको सूचनाअनुसार, फिल्मको विशेष स्क्रिनिङ असोज ५ र ६ गते (सेप्टेम्बर २१–२२) मा हुनेछ। यस पटक महोत्सवका लागि ३,०५९ वटा चलचित्र पेस भएका थिए, जसमध्ये उत्कृष्ट १० मा ‘रिहाना’ पर्न सफल भएको हो।फिल्मका निर्माता केदार भुसालले यस उपलब्धिले नेपाली कथाहरूलाई विश्वसामु पुर्‍याउने प्रयासलाई निरन्तरता दिएको बताएका छन्। उनले भने, “नेपालका फरक–फरक कथाहरूलाई फरक

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 314 पटक पढिएको
  • मिलनको निर्देशनमा फिल्म ‘पूरा भयो सपना मेरो’ निर्माण हुने

    मिलन आले मगरको निर्देशनमा फिल्म ‘पूरा भयो सपना मेरो’ निर्माण हुने भएको छ ।सामाजिक प्रेमकथानक फिल्मको छायांकन दसैँलगत्तै सुरु गरिने बताइएको छ । रोशिका फिल्म्सको प्रस्तुति रहने फिल्मका कलाकार र प्राविधिकबारे भने केही दिनमै जानकारी दिइने निर्देशक आले मगरले बताए । एकराज थापा निर्माता रहेको फिल्मको कथा पनि उनैको हो । 

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 360 पटक पढिएको
  • नेपाल आइडल छैटौँ सिजनको उपाधि गंगा सोनामको पोल्टामा

    गायन रियालिटी शो ‘नेपाल आइडल’ छैटौं सिजनको विजेता सिन्धुपाल्चोककी गंगा सोनाम बनेकी छन् । राजधानीमा आइतबार राति सम्पन्न ग्राण्ड फिनालेमा अन्य ४ प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता घोषित भएकी हुन् । कार्यक्रम आयोजकका अनुसार विजेता उनलाई २५ लाख रुपैयाँसहितको उपाधि प्रदान गरिएको छ ।  यस्तै फस्ट रनरअपलाई १० लाख र सेकेन्ड रनरअपलाई ५ लाख रुपैयाँ प्रदान गरिएको छ । फिनालेमा गंगा सोनामसहित दर्शना गान्धारी, अभिनय खाती, मृनल मानन्धर र बबिता थापामगर प्रतिस्पर्धामा थिए । कसले कति पाए ?पाँचौ विजेता–मृनल मानन्धर, १ लाख रुपैयाँ प्राप्तचौथो विजेता–अभिनय खाती, १ लाख रुपैयाँसेकेण्ड रनरअप (ते

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 412 पटक पढिएको
  • फिल्म ‘कोशेढुंगा’लाई सुखद प्रतिक्रिया

    गत बिहिबारदेखि रिलिजमा आएको फिल्म ‘कोशेढुंगा’ले दर्शकहरुबाट सुखद प्रतिक्रिया पाएको छ । ‘ब्लड मनी’को कथामा निर्माण भएको यो फिल्म हेरेर दर्शकहरुका आँखा रसाएका छन् । कतिपयले आफ्नो परिवार सम्झिएका छन् । सरोज पौडेलको निर्देशनमा तयार भएको यो फिल्मले एउटा जोडीको कथा भन्छ ।जसको मुख्य भूमिकामा सुरक्षा पन्त र मन्जिल कुमारले अभिनय गरेका छन् । करिअर बनाउनका लागि विदेश पुगेको एक युवकको व्यथा, उसको श्रीमतीले उसलाई नेपाल फर्काउनका लागि गरेको संघर्ष र त्यागको कथामा यो फिल्म बनेको छ । फिल्मले शनिबार दर्शकहरुको राम्रो साथ पायो । पाएका शोजहरुमा दर्शकको अकुपेन्सी राम्रो देखियो । फिल्म हेरेका दर्शकह

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 371 पटक पढिएको
  • ‘रिमै’ नेपाली फिल्म क्षेत्रका लागि एउटा दस्तावेज हुने

    भदौ २० गतेबाट फिल्म ‘रिमै’ रिलिजमा आउँदैछ । यो फिल्मको टिम यतिबेला प्रचारमा व्यस्त छ । फिल्मका मुख्य नायक दयाहाङ राईले ‘रिमै’ नेपाली फिल्म क्षेत्रका लागि एउटा दस्तावेज हुने बताएका छन् । उनले, गुरुङ समुदायको अध्ययन गर्ने व्यक्तिका लागि यो फिल्म बलियो दस्तावेज बन्ने पनि बताएका छन् । उनी भन्छन्–‘अहिले यो फिल्म बन्यो । प्रदर्शनमा आउँदैछ । धेरैका लागि यो सामान्य प्रक्रिया मात्र हो । तर, यो फिल्म भोलिका लागि बलियो दस्तावेज हुनेछ । भोलिको पुस्ताले गुरुङ समुदायको अध्ययन गर्नुपर्यो भने यो एउटा बलियो दस्तावेज हुनेमा दुईमत छैन ।’गोरखाको माथिल्लो बेल्टमा बस्ने गुरुङ समुदायबारे वुझ्नका लागि यो फिल्म ग

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 431 पटक पढिएको
  • फिल्म ‘मोहर’को कमाई अहिलेसम्म ५ करोड ४२ लाख माथी

    साउनको २३ गते शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘मोहर’ले चौथो सातासम्म आइपुग्दा ५ करोड ४२ लाख ग्रस कलेक्शन गरेको यसको निर्माणपक्षले बताएको छ । शनिबार बेलुकी सार्वजनिक आँकडा अनुसार फिल्मले रिलिजको चौथो शनिबारसम्म आइपुग्दा ५ करोड ४२ लाख ग्रस कलेक्शन गरेको हो । वितरक करण श्रेष्ठ क्रेजीले फिल्मको व्यापार चौथो सातासम्म आइपुग्दा पनि सुखद रहेको भन्दै व्यापार अझै बढ्ने दाबी गरे । ओम प्रतिकको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्मलाई फिल्म मेकर्स प्रा.लिका लागि चुम्बन जंग शाहीले निर्माण गरेका हुन् । फिल्मले चौथो साताको शनिबार पनि दर्शकको राम्रो साथ पाएको थियो । यो फिल्ममा पल शाह, बेनिशा हम

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 320 पटक पढिएको
  • दिनेश राउतको प्रेम कथानक ‘कुमारी’ घोषणा, अबिशेक खड्का र आकृति राजभन्डारी मुख्य भूमिकामा

    निर्देशक दिनेश राउतले आफ्नो नयाँ चलचित्र ‘कुमारी’ को घोषणा गरेका छन्। काठमाडौंको टुँडिखेलमा एक भव्य कार्यक्रमको आयोजना गरी चलचित्रको पहिलो पोस्टर सार्वजनिक गरिएको थियो। यसै कार्यक्रममा मुख्य कलाकारको रूपमा अबिशेक खड्का र आकृति राजभन्डारीलाई प्रस्तुत गरियो।कार्यक्रममा गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’को प्रस्तुतिले थप रौनक थपेको थियो। लिम्बुले यसै चलचित्रबाट पार्श्व गायनमा डेब्यु गर्ने घोषणा गर्दै यसै चलचित्रको गीत ‘कहाँ छौ’ प्रस्तुत गरे।‘आइ एम सरी’ बाट निर्देशन सुरु गरेका राउत, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथामा आधारित चलचित्रका लागि चिनिन्छन्। यद्यपि, उनले

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 488 पटक पढिएको
  • डेनमार्कमा नेपथ्यको ‘सोल्ड आउट कन्सर्ट’

    चर्चित सांगीतिक ब्याण्ड नेपथ्यले डेनमार्कको राजधानी कोपनहेगनमा भव्य कन्सर्ट सम्पन्न गरेको छ । युरोपमा औद्योगिक युगको पुरानो वैभव संझाउने डेनमार्कको प्रसिद्ध कन्सर्ट थलो पुलेन हलमा शनिबार दर्शकको उच्च साथमा नेपथ्यले आफ्ना चर्चित गीतहरुबाट मन्त्रमुग्ध बनाएको हो । नेपथ्यको कन्सर्ट हेर्नका लागि डेनमार्कका मात्र नभई फिनल्याण्ड, जर्मनी, नर्वे, अष्ट्रिया, पोल्याण्ड, स्विडेन र बेल्जियमदेखि दर्शक पुगेका थिए । व्याण्डका मुख्य गायक अमृत गुरुङले कन्सर्टको पहिलो गीत ‘कोशीको पानी’ सुनाउँदै गर्दा हलभरी दर्शकको चर्को आवाजमा हुटिङ सुनिएको थियो । दर्शकले २ घन्टासम्म नेपथ्य व्याण्डलाई साथ दिएका थिए । डेनमार्कमा

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 350 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.