कृषि

    Showing २९१-३०० of ६०६ items.
  • जुम्लामा काँचो स्याउ टिप्न प्रतिबन्ध, भदौ १५ पछि मात्र टिप्न आग्रह

    जुम्ला — जुम्लाका किसानलाई अब काँचो स्याउ टिप्न रोक लगाइएको छ। कृषि विकास कार्यालय जुम्लाले सार्वजनिक सूचना जारी गर्दै आगामी भदौ १५ गतेपछि मात्र स्याउ टिप्न अनुरोध गरेको छ।कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार यदि कसैले तोकिएको मितिभन्दा अगाडि काँचो स्याउ टिपेमा, वा व्यापारीहरूले त्यस्तो स्याउ खरिद गरेमा दुवैलाई कानुनी कारबाही गरिने छ।"काँचो स्याउ टिप्दा त्यसको स्वाद, गुणस्तर र पौष्टिकता कमजोर हुन्छ," प्रमुख अधिकारीले भने, "यसले दीर्घकालीन रूपमा स्याउको ब्रान्ड र बजार मूल्यमा नकारात्मक असर पुर्‍याउँछ।" त्यसैले जिल्लाका सबै आठवटा स्थानीय तह र त्यहाँका कृषकलाई सार्वजनिक सूचनामार्फत सचेत गरि

    • प्रकाशित मितिः साउन १३, २०८२
    • ५४० पटक पढिएको
  • खाद्य कम्पनी द्वारा मुगुमा १२ करोड ८७ लाखको खाद्यान्न विक्री

    मुगु – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुगुमा एकवर्षमा १२ करोड ८७ लाख रुपैयाँको खाद्यान्न विक्री गरेको छ । पछिल्लो समय मुगुमा सडक सञ्जालको विस्तार राम्रो भएसँगै सरकारको स्वामित्व रहेको खाद्य कम्पनीले यहाँ पर्याप्त मात्रामा खाद्यान्न पठाउने गरेको छ ।मुगुस्थित खाद्य कम्पनीको शाखा कार्यालय, खत्याड डिपो, सोरुकोट डिपो, पुलु डिपो र विक्री केन्द्र रातापानी, कालै सहकारीमार्फत आव २०८१÷८२ को अन्त्य सम्म १२ करोड ८७ लाख ४९ हजार १५२ रुपैयाँ बराबरको १६ टन खाद्यान्न विक्री गरिएको हो । खाद्यले चामल, तेल, दाल, चीनि लगायत खाद्यान्न विक्री गरेको जनाएको छ ।गत वर्ष भन्दा पछिल्ला वर्

    • प्रकाशित मितिः साउन १३, २०८२
    • ६२४ पटक पढिएको
  • खडेरीले खेतका धाँजा फाट्न थालेपछि किसान चिन्तित

    रौतहट – रौतहटमा प्रर्याप्त आकाशे वर्षा र सिँचाइको सुविधा नहुँदा अपेक्षानुसार धान रोपाइ हुन सकेको छैन ।केहिले स्यालो ट्युबवेल र मोटरको सहारामा धान रोपाइँ गरेपनि खडेरीले   खेतको धाँजा फट्न थालेको छ ।  रौतहट सहित मधेश प्रदेशका जिल्लामा सिचाई र  पानीको अभावमा धान सुक्न थालेको किसानको गुनासो छ ।चन्द्रपुर नगरपालिका किसान बलराम तिमल्सिनाका अनुसार आकाशे वर्षा नहँुदा धानबाली सहित जीव–जनावर र मानवलाई समेत समस्या परेको छ ।आफूले मंहगो रकम खर्च गरेर मोटरको सहारामा धान रोपाइँ गरेपनि खडेरीले खेतको धाँजा फुट्न थालेको गुनासो गरेका छन । अहिले खडेरीका कारण स्यालो ट्युबवेल र मोटरमा पानी प

    • प्रकाशित मितिः साउन ११, २०८२
    • ७७० पटक पढिएको
  • प्रधानमन्त्री ओलीले सुख्खाग्रस्त मधेस क्षेत्रको अवलोकन गरे

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन् ।नेपाल सरकारले (मन्त्रिपरिषद्) को यही साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरेका थिए ।प्रधानमन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी छन् ।

    • प्रकाशित मितिः साउन ९, २०८२
    • ६९८ पटक पढिएको
  • कालीमाटी बजारमा दोलखाबाट आएको रायोको सागमा ८० प्रतिशतभन्दा बढी विषादी भेटियो

    काठमाडौं – काठमाडौंको कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको दोलखाको रायोको सागमा अत्यधिक मात्रा विषादी भेटिएको छ।दोलखाबाट ईश्वर भारतीद्वारा ल्याइएको रायोको सागमा ८० प्रतिशतभन्दा बढी अर्गानोफस्फेट समूहको विषादी पाइएको कालीमाटीस्थित विषादी अवशेष दूर्त विश्लेषण प्रयोगशाला एकाइले जनाएको छ।प्राविधिक मापदण्डअनुसार ४५ प्रतिशतभन्दा बढी विषादी अवशेष भेटिएमा उक्त खाद्यपदार्थ पूर्ण रूपमा नष्ट गर्नुपर्ने प्रावधान छ। अर्गानोफस्फेट किरा मार्ने विषादीको रूपमा प्रयोग गरिन्छ र मानव स्वास्थ्यका लागि खतरनाक मानिन्छ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा दैनिकरूपमा भित्रिने तरकारी तथा फलफूलको नमुना

    • प्रकाशित मितिः साउन ७, २०८२
    • ५१५ पटक पढिएको
  • पश्चिम नवलपरासीमा ३४ पशुचौपायामा लम्पीस्किनको सङ्क्रमण

    नवलपरासी— बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ३४ पशुचौपायामा लम्पीस्किनको सङ्क्रमण देखिएको छ । खोप नलगाएका पशुमा सङ्क्रमण देखिन थालेको हो ।पछिल्लो समय खोप नलगाएका पाडापाडी, बाच्छाबाच्छीमा लम्पीस्किनको सङ्क्रमण देखा परेकाले सङ्क्रमण फैलिने जोखिम बढेको नवलपरासी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख श्रावणकुमार चौधरीले बताए । उनका अनुसार सुनवल, बर्दघाट, सुस्ता, प्रतापपुर र रामग्राममा लम्पीस्किन फैलिएको हो ।सङ्क्रमणग्रस्त क्षेत्रमा नियमित उपचार र निरीक्षण भइरहेको पशु सेवा विज्ञ केन्द्रका डा विभूति सिंह जानकारी दिए । यो रोगका कारण मर्ने पशुको सङ्ख्या कम भए पनि दूध उत्पादनमा घट

    • प्रकाशित मितिः साउन १, २०८२
    • ६७५ पटक पढिएको
  • बँदेलको आक्रमणबाट ६ जना घाइते

    दैलेख—  जिल्लाको आठबीस नगरपालिका–३ स्थित जास्कीमा बँदेलको आक्रमणमा परेर ६ जना घाइते भएका छन्। मकै खान खेतमा पसेको बँदेललाई धपाउने क्रममा बँदेलले आक्रमण गर्दा स्थानीय घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए।घाइतेहरूमा आठबीस नगरपालिका–२ का २३ वर्षीय डबल बडुबाल, २९ वर्षीय टेकबहादुर शाही, २२ वर्षीय विकास कार्की, आठबीस–३ का ४५ वर्षीय रामबहादुर बडुवाल, निरज कार्की र कमल कार्की रहेका छन्। उनीहरूको प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन १, २०८२
    • ८१२ पटक पढिएको
  • बजार मूल्यभन्दा कम भएकै कारण किसानले खाद्य संस्थान जनकपुरलाई गहुँ बिक्री गर्न मानेन्न

    जनकपुरधाम— सरकारले तोकेको समर्थन मूल्य बजार मूल्यभन्दा कम परेपछि जनकपुरका किसानहरूले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामलाई गहुँ बिक्री गरेका छैनन्।सरकारले प्रतिक्विन्टल ३,८६७ रुपैयाँ ३८ पैसाका दरले गहुँ खरिद गर्ने समर्थन मूल्य तोकेको थियो। तर जनकपुरसहितका बजारहरूमा गहुँ प्रतिक्विन्टल ४,४०० रुपैयाँमा बिक्री हुँदै आएको हुँदा किसानहरूले निजि व्यापारीलाई नै आफ्नो उत्पादन बेच्ने निर्णय गरेका छन्।किसानहरू गहुँको मूल्यबारे जानकारी लिन कार्यालय आएका भए पनि बिक्री गर्न भने मानेनन् कार्यालयका प्रमुख निर्मल थापाले बताए । 'बजार मूल्य यहाँको खरिद मूल्यभन्दा आकर्षक भ

    • प्रकाशित मितिः असार ३२, २०८२
    • ६१६ पटक पढिएको
  • गाईभैंसीमा प्रजनन क्षमता घट्दै, बाँझोपन बढ्दो

    चितवन— गाई र भैँसीमा बाँझोपनाको समस्या बढ्दै गएको छ । चार जिल्लामा गरिएको अध्ययनले यस्तो समस्या भएको पुष्टि गरेको हो ।गण्डकी प्रदेशको स्याङ्जा, लमजुङ, गोरखा र नवलपरासी ९बर्दघाट सुस्तापूर्व०मा गरिएको अध्ययनले ३६ दशमलव ८८ प्रतिशत रहेको देखाएको हो । ३८ भैँसी र एक सय २२ गाईमा गरिएको अध्ययनले पशुमा बाँझोपनाको समस्या अत्यधिक रहने गरेको अध्ययनमा सहभागी पशु चिकित्सक डा. रविन वस्ताकोटीले जानकारी दिए ।पशुमा सङ्क्रामक रोगका कारणले बाँझोपना आउने गर्दछ । यसका कारण बच्चा तुहिने, गर्भ नअडिने, बाली नखोज्नेजस्ता समस्या देखापर्ने समस्या हुने गरेका छ  । पशु पाल्ने परिवार र त्यसको उपचारमा संलग्न पशु चिकित्सक

    • प्रकाशित मितिः असार ३१, २०८२
    • ८८७ पटक पढिएको
  • मधेश प्रदेशमा असारमै खडेरी : करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

    काठमाडौं – मधेश प्रदेशका जिल्लाहरुमा असारमै खडेरी देखा परेपछि करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार हाल सम्म मधेश प्रदेशमा ३३.७८ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । गतवर्ष यस अबधि सम्म मधेश प्रदेशमा साढे ६१ प्रतिशत धान रोपाइँ भइसकेको थियो । मधेश प्रदेशमा रोपाइँ गर्न ढिलाइ हुनुको मुख्य कारण असारमै देखिएको खडेरी हो।मधेशमा पानी पर्न नसकेपछि त्यहाँका अधिकांश क्षेत्रका किसानहरुले बोरिङमार्फत सिँचाइ गरेर रोपाइँ गरिरहेका छन् । मधेश प्रदेश सरकारको मन्त्री परिषदले नै त्यहाँका आठ वटै जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ भने सम्

    • प्रकाशित मितिः असार ३०, २०८२
    • ४२३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.