खेलकुद

    Showing 751-760 of 1,641 items.
  • नेपाली महिला फुटवल टोलीले फोर नेसन्स कप खेल्ने

    काठमाण्डू :नेपाली महिला u टाेलीले घरेलु मैदानमा फोर नेसन्स कप खेल्ने भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार अर्को महिना नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फोर नेसन्स कप खेल्ने भएको हो ।फोर नेसन्स कप फागुन ५ गतेदेखि १४ गते( फरबरी १७-२६)सम्म हुनेछ । प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेवनान र म्यानमारको सहभागिता रहनेछ ।यी खेल फेब्रुअरीको फिफा अन्तर्राष्ट्रिय खेल विन्डोमा खेलाउन लागेको एन्फाले जनाएको छ ।

    • प्रकाशित मितिः पुस १७, २०८१
    • 341 पटक पढिएको
  • नेपाली महिला फुटवल टोलीले फोर नेसन्स कप खेल्ने

    काठमाण्डू :नेपाली महिला u टाेलीले घरेलु मैदानमा फोर नेसन्स कप खेल्ने भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार अर्को महिना नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फोर नेसन्स कप खेल्ने भएको हो । फोर नेसन्स कप फागुन ५ गतेदेखि १४ गते( फरबरी १७-२६)सम्म हुनेछ । प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेवनान र म्यानमारको सहभागिता रहनेछ ।यी खेल फेब्रुअरीको फिफा अन्तर्राष्ट्रिय खेल विन्डोमा खेलाउन लागेको एन्फाले जनाएको छ ।

    • प्रकाशित मितिः पुस १७, २०८१
    • 452 पटक पढिएको
  • नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टीदेसाईको समझौता नविकरण नहुने

    काठमाण्डू :नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईको सम्झौता नवीकरण नहुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय नागरिक मोन्टीको सम्झौता नवीकरण नगर्ने तयारी गरेको हो । मोन्टी ०७९ माघदेखि नेपाली टिमको मुख्य प्रशिक्षक थिए । यसअघि मोन्टीले सन् २०१७ मा नेपालको यू–१९ टिमको ब्याटिङ सल्लाहकारका रूपमा काम गरेका थिए । मोन्टीको आगमनसँगै नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ को अन्तिम १२ मध्ये ११ खेल जित्दै चार वर्षका लागि एकदिवसीय मान्यता जोगाएको थियो ।

    • प्रकाशित मितिः पुस १२, २०८१
    • 360 पटक पढिएको
  • दोस्रो ड्रागन बोट फेस्टिभलमा सहभागि हुन खेलाडि लिएर सिचुआन एअरलाइन्स विमान पोखरामा आइपुग्यो

    पोखरा :चीनको सिचुआन प्रान्तको सदरमुकाम छन्तुबाट आएको सिचुआन एअरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। विमान पोखरामा आइतबार र सोमबार हुने दोस्रो अन्तर्राष्ट्रिय ड्रागन डुंगा दौड प्रतियोगिता–२०२४ का लागि आएका खेलाडी र अधिकारीहरु गरेर १२९ यात्रु बोकेर आएका  छन । डिसेम्बर २६ तारिख बिहीबार बिहान सवा १० बजे अवतरण गरेपछि विमानका यात्रुको भव्य स्वागत गरिएको छ। उक्त विमान केहीबेरपछि पोखराबाट काठमाण्डूसम्म उडान भर्ने जनाइएको छ। गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा

    • प्रकाशित मितिः पुस १२, २०८१
    • 328 पटक पढिएको
  • एनपीएल खेल पछि भएको हिंसात्मक घटनाको बिरोधमा अभियानब्दारा ज्ञापन पत्र बुझाए

    काठमाण्डौ  ।   राष्ट्रिय एकता अभियान काठमांड़ौले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेलपछि भएको हिंसात्मक घटनामा संलग्नलाई कार्यवाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमांड़ौ मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ। जिल्ला संयोजक राजकुमार लामीछानेको नेतृत्वमा गएको टोली ले प्रमुख जिल्ला अधिकरीलाई ज्ञापन पत्र बुझाई दोषीलाई कड़ा कारवाही गर्न मांग गरेको छ।

    • प्रकाशित मितिः पुस ९, २०८१
    • 321 पटक पढिएको
  • साधनस्रोत चाहिन्छ, पैसा चाहिन्छ तर सबैभन्दा बढ़ी 'सही मान्छे सही ठाउँमा' चाहिन्छ

    काठमाण्डौ  ।  नेपाल प्रिमियर लिगको भव्य समापनले यही सिकायो ! देशमा एउटा गतिलो क्रिकेट स्टेडियम छैन । खेळाडीलाई अभ्यास गर्ने मैदान पनि छैन ।   काठमाडौंबाहिर त अन्तर्राष्ट्रिय स्तरको ग्राउण्ड पनि छैन । न पर्याप्त पैसा छ न ठूला ठूला स्पोन्सर नै छन् । ग्राउण्ड नै पर्याप्त नभएको ठाउँमा होमग्राउण्ड भन्ने त कुरै भएन । अलि महँगो टिकट काटेर दर्शक एकै ठाउँमा हेर्न आउने ग्यारेन्टी पनि छैन, त्यसका लागि पूर्वाधार पनि छैन । यस्तोमा भारतदेखि न्युजिल्याण्डसम्मका अन्तर्राष्ट्रिय  खेलाड़ीलाई 'अक्सन'मा राखेर यस्तो व्यावसायिक लिग सम्भव हुन्छ भन्ने कल्पना पनि आफैमा स्वैरकल्पनाजस्तो थियो !&n

    • प्रकाशित मितिः पुस ७, २०८१
    • 469 पटक पढिएको
  • दीपेन्द्रले जिते ६२ लाखको ओमोडा कार

    काठमाण्डौ  ।   नेपाल प्रिमियर लिग एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्रसिंह ऐरीले ‘इलेक्ट्रिक फाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै ओमोडा कार जितेका छन् । नेपाली बजारमा ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा इ फाइभ डीएलएक्स कार उनले प्राप्त गरेका हुन् । यस्तै अल्ट्राभाइलेट इलेक्ट्रिक बाइक ललित राजवंशीले जितेका छन् ।एनपीएलमा लुम्बिनी लायन्सले फेयर प्ले अवार्ड जितेको छ ।एनपीएलमा कुल ३४ चौका प्रहार गरेका लाहिरु मिलान्थाले ‘म्याक्स फोर अफ टुर्नामेन्ट’ को अवार्ड र २ लाख रुपैयाँ जिते। २०४ भन्दा माथिको स्ट्राइरेट भएका जनकपुर बोल्ट्सका जिम्मी निशम बेस्ट ब्याटर बने । उनले २

    • प्रकाशित मितिः पुस ६, २०८१
    • 448 पटक पढिएको
  • जनकपुरले चुम्यो एनपीएलको पहिलो उपाधि

    काठमाण्डौ  ।   पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । आज भएको फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै जनकपुरले उपाधि कब्जा गरेको हो । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर पहिलो च्याम्पियन बनेको हो।जनकपुरले १८५ रनको लक्ष्य ५ विकेटको क्षतिमा १९ ओभर २ बलमा भेट्टाएको थियो। जितसँगै जनकपुरले एनपिएल ट्रफी र नगद १ करोड १० लाख पुरस्कार राशी पनि हात पारेको छ।नेपाल प्रिमियर लिग (एनपीएल)मा सबैभन्दा बढी रनको कीर्तिमान जनकपुरका लाहिरु मिलन्थाले राखेका छन् । लाहिरुले चितवनका रवि बोपारालाई पछि पार्दै

    • प्रकाशित मितिः पुस ६, २०८१
    • 611 पटक पढिएको
  • कीर्तिपुर क्रिकेट मैदानमा क्रिकेटप्रेमी

    काठमाण्डौ  ।  कीर्तिपुर क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल)को शनिबार भएको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सका खेलाडी बीचको खेल हेर्दै क्रिकेटप्रेमी दर्शक ।

    • प्रकाशित मितिः पुस ६, २०८१
    • 459 पटक पढिएको
  • एनपीएलमा सुदूरपश्चिमले दियो जनकपुरलाई १८५ रनको लक्ष्य

    काठमाण्डौ । नेपाल प्रिमियर लिगको उपाधिको लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य दिएको छ।टियु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १८४ रन बनायो।

    • प्रकाशित मितिः पुस ६, २०८१
    • 588 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.