काठमाण्डू :नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईको सम्झौता नवीकरण नहुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय नागरिक मोन्टीको सम्झौता नवीकरण नगर्ने तयारी गरेको हो । मोन्टी ०७९ माघदेखि नेपाली टिमको मुख्य प्रशिक्षक थिए । यसअघि मोन्टीले सन् २०१७ मा नेपालको यू–१९ टिमको ब्याटिङ सल्लाहकारका रूपमा काम गरेका थिए ।
मोन्टीको आगमनसँगै नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ को अन्तिम १२ मध्ये ११ खेल जित्दै चार वर्षका लागि एकदिवसीय मान्यता जोगाएको थियो ।