खेलकुद

    Showing 401-410 of 1,641 items.
  • एनपिएलः चितवन टस जितेर ब्याटिङमा

    काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दैछन्।त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस जितेर ब्याटिङ रोजेको छ । लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुरले यो खेल जितेर गणितीय हिसाबले भए पनि ‘प्लेअफ’को दौडमा कायम रहन चाहन्छ । पराजित भएमा जनकपुर बाहिरिनेछ ।चार खेलबाट दुई खेल जितेको चितवन भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ ।आज अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् । यही मङ्सिर १ गतेदेखि सुरु प्रतियोगितामा

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 308 पटक पढिएको
  • नेपाल र चिनियाँ ताइपेइबीच प्रतिस्पर्धा हुँदै

    इन्डोनेसिया । इन्डोनेसियामा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रिपूर्ण महिला फुटबल प्रतियोगिताअन्तर्गत आज नेपाल चिनियाँ ताइपेइबीच प्रतिस्पर्धा हुँदैछ ।स्थानीय समयअनुसार खेल साँझ ७ः३० बजे हुनेछ । नेपालभन्दा बलियो मानिएको टोली चाइनिज ताइपेइ फिफा वरीयतामा नेपालभन्दा माथि रहेको छ । चाइनिज ताइपेइ फिफा वरियतामा ४२औँ स्थानमा रहँदा नेपाल ८९औँ स्थानमा छ । सन् १९७७ मा अन्तरराष्टिय महिला प्रतियोगितामा सहभागिता जनाएको चिनियाँ ताइपेइले १९७७, १९७९ र १९८१ मा लगातार एएफसी महिला एसियन कपको उपाधिसमेत जितेको थियो ।सन् १९८६ देखि अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिँदै आएको नेपालले पनि एसियन कप खेलेको थियो तर नेपाल

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 366 पटक पढिएको
  • आज एनपीएलमा चितवन र जनकपुर, पोखरा र कर्णाली मैदानमा

    काठमाण्डौ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्नेछन् । अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुरले यो खेल जितेर गणितीय हिसाबले प्लेअफको दौड कायम राख्न चाहन्छ । चार खेलबाट दुई खेल जितेको चितवन भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ । अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा र कर्णालीबीच भिडन्त हुनेछ । यी दुवै टोलीका लागि यो खेल

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 354 पटक पढिएको
  • फाइनलमा नेपालविरुद्ध यूएई १४७ रनमै अलआउट, दयानन्द मण्डलले लिए ६ विकेट

    काठमाडौं— एसिसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा घरेलु टोली यूएईले नेपाललाई १ सय ४८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको यूएई ४५.५ ओभरमा १ सय ४७ रन बनाएर अलआउट भयो । उसका लागि अहमद खुदादादले अर्धशतकीय पारी खेले । १ सय २६ बलको सामना गरेका ६ चौकाको मद्दतमा ७१ रनको पारी खेलेका हुन् ।त्यस्तै, नुरउल्लाह अयोबीले २६ र अयान मिस्बाहले ११ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमासमेत रन बनाउन सकेनन् ।नेपालका लागि बलिङमा दयानन्द मण्डलले घातक बलिङ गरे । उनले ६.५ ओभरमा दुई मेडनसहित १७ रन खर्चिएर ६ विकेट लिए । त्यस्तै, अपराजित पौडेलले दुई, नितेश कुमार पटेल र अशोक धामीले एक/एक विकेट ल

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 594 पटक पढिएको
  • एसिसी यु–१९ प्रिमियर कपः उपाधिका लागि नेपाल र यूएईबीच प्रतिस्पर्धा

    काठमाडौं— १९ वर्षमुनिको एसीसी प्रिमियर कप क्रिकेटको उपाधिका लागि आज नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच प्रतिस्पर्धा हुँदैछ । पहिलो सेमिफाइनलबाट फाइनल प्रवेश गरेको नेपाल र दोस्रो सेमिफाइनलबाट फाइनलमा पुगेको यूएईबीच आज प्रतिस्पर्धा हुन लागेको हो।खेल आज (सोमबार) बिहान १०ः३० बजे यूएईको अजमानस्थित करवान मैदानमा प्रतिस्पर्धा हुँदैछ।नेपाल मलेसियालाई नौ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको थियो भने यूएई ओमानलाई आठ विकेटले पराजित गर्दै फाइनल पुगेको थियो । यससँगै नेपाल र युएई एसिया कप खेल्नका लागि छनोट भइसकेका छन्। सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 518 पटक पढिएको
  • एनपिएल : आज विश्राम,भोलि दुई खेल हुने

    काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज विश्राम दिइएको छ । भोलि मङ्गलबार भने दुई खेल राखिएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपरान्ह ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुरले यो खेल जितेर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ । चार खेलबाट दुई खेल जितेको चितवन भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ । अपरान्ह ४ बजे हुने द

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 333 पटक पढिएको
  • एसिसी यू–१९ प्रिमियर कप : नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै

    काठमाडौँ। संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग नेपाल भिड्दैछ ।उपाधि भिडन्त आज बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ । नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधिनजिक पुगेको हो । युएईले भने ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा सुरक्षित भएको हो ।नेपाल र युएई एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोली सिधैँ एसिया कपमा छनोट हुने प्रावधान छ ।सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ ।तेस्रो

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 389 पटक पढिएको
  • कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई दियो १५० रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १५० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेटको क्षतिमा १४९ रन बनाएर १५० रनको लक्ष्य दिएको हो ।कर्णालीका लागि गुल्सन झाले उत्कृष् पारी खेले । उनले २२ बलमा नटआउट ४९ रन बनाए ।  पवन सर्राफले ३५ र मार्क वाटले ३० रन जोडे । नजिबुल्लाह जदरानले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । कर्णालीको सुरूवात भने खराब रह्यो। पहिलो बलमै ओपनर प्रियांक पाञ्चाल करण केसीको बलमा कट एन्ड बउल्ड भए हुँदा रोयल डक भए । पहिलो ओ

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 355 पटक पढिएको
  • गिज्याइरहेको अधुरो क्रिकेट मैदान

    महेन्द्रनगर। काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताले नेपालीको ध्यान तानिरहेको छ । अझ खेलाडीतर्फ हेर्ने हो भने सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीप्रतिको दर्शकको क्रेज थप चुलिएको छ ।दीपेन्द्रले कप्तानी गरिरहेको सुदूरपश्चिम रोयल्सले जारी प्रतियोगितामा पाँच वटा खेल जितिसक्दा तिनै दीपेन्द्रको गृहनगर महेन्द्रनगरमा निर्माणाधीन अवस्थामा अलपत्र परेको क्रिकेट मैदानले गिज्जाइरहेको छ ।केही वर्षअघि तत्कालीन जिल्ला खेलकुद विकास समितिले महेन्द्रनगरस्थित कवर्डहल परिसरको जग्गा माछा पोखरी निर्माणका लागि भाडामा दिएको थियो । खेल संरचना निर्माण हुनुपर्ने ठाउँमा माछा पोखरी बनेपछ

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 405 पटक पढिएको
  • एनपिएलः कर्णालीद्वारा काठमाडौँलाई १५० रनको लक्ष्य

    काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल)को १९औँ खेलमा आज कर्णाली याक्सले काठमाडौँ गोर्खाजलाई १५० रनको लक्ष्य दिएको छ ।त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४९ रन बनायो । जसमा गुल्शन झाले सर्वाधिक ४९, पवन सराफले ३५, मार्क वाटले ३० रन जोडे ।बलिङतर्फ काठमाडौँका राशिद खान सर्वाधिक दुई विकेट लिए । सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले चार खेलबाट एक खेल मात्रै जितेको छ । दुई अङ्क मात्रै जोडेको कर्णाली छैटौँ स्थानमा छ । ‘प्लेअफ’मा यात्राको बाटोमा रहिरहन उसलाई आजको जित आवश्यक छ ।करण केसी नेतृत्व

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 365 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.