खेलकुद

    Showing 391-400 of 1,641 items.
  • पोखरालाई पराजित गर्दै काठमाण्डु प्लेअफमा प्रवेश

    काठमाडौं— नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को आजको खेलमा काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गरेको छ । बिहीबार टीयू क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमाण्डु प्लेअफमा प्रवेश गरेको छ । ७ खेलबाट ५ जितसहित काठमाण्डुले प्लेअफमा स्थान बनाएको हो ।काठमाण्डुले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा १५२ रन मात्र बनाउन सफल भयो । 

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 435 पटक पढिएको
  • एनपीएल सिजन–२ः काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य

    काठमाडौं— नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गत आजको खेलमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई १६६ रनको चुनौतीपूर्ण लक्ष्य तय गरेको छ।टस जितेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित ओभरमा प्रतिस्पर्धात्मक स्कोर खडा गर्दै खेलमा पकड जमाएको छ। अब जीतका लागि पोखरा एभेन्जर्सले १६६ रनको लक्ष्य दिनु पर्नेछ।दुवै टोलीबीचको प्रतिस्पर्धा निर्णायक हुने अपेक्षा गरिएको छ। खेल जारी छ।

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 344 पटक पढिएको
  • एनपिएलः पोखरा टस जितेर बलिङमा

    काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा पोखराले टस जितेर बलिङ रोजेको छ । पाँच खेलबाट चार अङ्क मात्रै जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ । काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ । लिग चरणको अन्तिम खेलमा जित निकालेर काठमाडौँ प्लेअफमा सुरक्षित हुन चाहन्छ । आजै अपरान्ह ४ बजे हुने दोस्रो हुने खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्रतिस्पर्धा गर्नेछन् । मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 368 पटक पढिएको
  • आज एनपीएलमा काठमाडौं र पोखरा, चितवन र सुदूरपश्चिम भिड्दै

    काठमाण्डौ ।  एनपिएलमा आज दुई खेल हुँदैछन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ११:४५ बजे पहिलो र अपराह्न ४ बजे दोस्रो खेल हुँदैछ।पहिलो खेलमा काठमाण्डौ गोर्खाज र पोखरा एभेन्जर्स भिड्दै छन् भने दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ। काठमाण्डौले आज लिग चरणको अन्तिम खेल खेल्न लागेको हो। ६ खेलबाट ४ खेल जित्दै ८ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा छ।आजको खेल जित्न सके काठमाण्डौले प्लेअफमा स्थान सुरक्षित गर्नेछ। पोखरा एभेन्जर्सले छैटौं खेल खेल्दैछ। पोखरा पाँचमध्ये २ खेल जितेर चार अंक जोड्दै पाँचौं स्थानमा छ।आजको खेल उसका लागि प्लेअफमा पुग्ने सम्भावना जीवित राख्नका लागि महत

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 334 पटक पढिएको
  • एनपीएलः लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सले पहिला ब्याटिङ गर्ने

    काठमाडौं— नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को आजको खेलमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सले पहिला ब्याटिङ गर्ने भएको छ ।बुधबार टीयु क्रिकेट मैदानमा विराटनगरविरुद्ध लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।५ खेल खेलेको विराटनगर ४ जितसहित तेस्रो स्थानमा छ । लुम्बिनी ५ खेलबाट २ खेल जित्दै छैटौं स्थानमा छ ।

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 597 पटक पढिएको
  • एनपिएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै

    काठमाडौं— दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)२२ औं खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दैछन् । यो खेल बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।दुवै टोलीले आफ्नो छैटौं खेल खेल्दैछन् । विराटनगरले यसअघिका पाँच खेलमध्ये चार खेल जितेको छ भने एउटा मात्रै खेल हारेको छ ।विराटनगर ८ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ । लुम्बिनी लायन्सले भने पाँचमध्ये २ खेलमा मात्रै जित निकालेको छ ।४ अंक जोडेको लुम्बिनी लायन्स अंक तालिकाको छैटौं स्थानमा छ । लुम्बिनीका लागि आजको खेल जित्नुपर्ने दबाब छ ।

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 556 पटक पढिएको
  • पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई दियो २०२ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २०१ रन बनाएको हो ।पोखराका लागि ओपनर एडम रोसिङटनले शतक प्रहार गरे । एडम ५८ बलमा १०८ रनमा अविजित रहे । जेसोन रोय ४६ र कप्तान कुशल भुर्तेल १८ रनमा आउट भए धनन्जय लक्षन २३ रनमा अविजित रहे ।बलिङमा कर्णालीका मार्क वाट र गुल्सन झाले एक/ एक विकेट लिए ।

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 241 पटक पढिएको
  • एनपीएलमा जनकपुरको पहिलो जित

    काठमाडौं— दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले आफ्नो पहिलो जित निकाल्न सफल भएको छ । मंगलबार टीयू क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेट र १५ बलले पराजित गरेको हो ।चितवन राइनोजले जनकपुरलाई निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउदै १७७ रनको लक्ष्य दिएको थियो भने जनकपुरले १७.३ ओभरको खेलमा ४ विकेट गुमाउदैँ १८० रन बनाएको हो । जनकपुरविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए । 

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 548 पटक पढिएको
  • चितवन राइनोजले दियो जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य

    काठमाडौं— नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ । मंगलबार टीयू क्रिकेट मैदानमा भएको खेलमा चितवन राइनोजले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउदै १७७ रनको लक्ष्य दिएको हो । जनकपुरविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए । साविक विजेता जनकपुर हालसम्म जितविहीन रहँदै अङ्‍क तालिकाको सबैभन्दा तल चार खेल खेलेको चितवन भने २ जितसहित चौंथो स्थानमा रहेको छ ।

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 543 पटक पढिएको
  • एनपीएलः चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने

    काठमाडौं— नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।मंगलबार टीयू क्रिकेट मैदानमा जनकपुरविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।साविक विजेता जनकपुर हालसम्म जितविहीन रहँदै अङ्‍क तालिकाको सबैभन्दा तल चार खेल खेलेको चितवन भने २ जितसहित चौंथो स्थानमा रहेको छ ।

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 557 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.