काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका हर्शल पाठकलाई नियुक्त गरेको छ । थाइल्याण्डका पूर्वराउन्डरसमेत रहेका पाठकलाई महिला क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ । क्यानले यसअघि नै विदेशी प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो । जसबाट पाठकलाई क्यानले छनोट गरेको हो । नेपालले आगामी जनावरी १२ देखि फेब्रुअरी १ तारिखसमा नेपालमै आयोजना हुने विश्वकप ग्लोबल छनोटका खेल खेल्दैछ ।
काठमाडौं— एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज दोस्रो खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।दुबईमा नेपाल र बंगलादेशको खेल बिहान १०ः४५ बजे सुरु हुँदैछ । यसअघि शनिबार दुबईको द सेभेन्स रङ्गशाला भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको हो । नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ ।प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । मङ्सिर २६ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, भारत, पाकिस्तान, युएई र मलेसिया सहभागी छन् ।
काठमाडौं— नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) सिजन– २ मा सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका छन् ।लुम्बिनी लायन्सका कप्तानसमेत रहेका पौडेलले सर्वोत्कृष्ट खेल प्रदर्शनगरी ओमोडा कार पुरस्कार हासिल गरेका हुन् । साथै प्रतियोगितामा उत्कृष्ट ब्याटर पनि बन्न सफल भएकाले उनले पल्सर बाइक जित्न पनि सफल भए ।यस्तै,लुम्बिनी लायन्सकै शेर मल्ल प्रतियोगिताको उत्कृष्ट उदीयमान खेलाडी बन्न सफल भइ पल्सर बाइक पुरस्कार हात पारे । लुम्बिनीकै अर्का रुवेन ट्रम्पलम्यान प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनी ५ लाख नगद पुरस्कार पाए ।त्यस्तै प्रतियोगितामा विराटनगर किंग्सका कप्तान सन्द
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो ।उपाधि जितेपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीको उच्च मनोबलका कारण च्याम्पियन बनेको बताए । उनले भने, “उपाधि जित्छौँ भन्ने सुरुदेखि विश्वास थियो । सबै टिम एकजुट भएर लाग्यौँ र च्याम्पियन बन्यौँ ।”टोलीलाई च्याम्पियन बनाएका रोहितले प्लेअर अफ दी टुर्नामेन्ट हुँदै कार पाएका छन् । लुम्बिनीको सफलता रोहितको प्रदर्शन अलराउन्ड रह्यो । उनी सिजनमा सर्वाधिक दुई सय ७६ रनकर्ताको सूचीमा दोस्रो स्थानमा रहे । रोहितले बलिङतर्
काठमाण्डौ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल आज दिउँसो ३:३० बजे सुरु हुने खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दैछन् ।सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधिनजिक पुगेको हो । लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो ।दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदार टोली हो । गत वर्ष फाइनलमा
ललितपुर— ललितपुर स्पोट्र्स क्लबको आयोजनामा सम्पन्न ८ औं संस्करण तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि दोलखा चेस होम्सले जितेको छ।ललितपुर क्यास्पियन कलेजमा पाँच दिन सञ्चालन भएको सात चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखा चेस होम्सले ६ खेलमा जित र एक हारको नतिजा निकालि १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर राष्ट्रिय च्याम्पियन बन्न सफल भएका छन्।यस्तै दोलखाली अर्को टिम दोलखा जिल्ला संघले पाँच जित र दुई खेलमा बराबरी नतिजा निकाल्दै १२ अंक १९।५ प्रोग्रेसिभ प्वाइन्टका आधारमा दोस्रो स्थान कब्जा गर्न सफल भएका छन्।यसैगरी शुरुवात देखि उत्कृष्ट प्रदर्शन गर्दै आएका ललितपुर महालक
काठमाडौँ। दुबईमा जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा नेपाली बक्सर चन्द्रबहादुर थापा मगरले काँस्य पदक जित्दै इतिहास रचेका छन् ।सेमिफाइनलमा उनी काजकस्तानका खेलाडीसँग ५–० ले पराजित भए । पुरस्कारवापत बक्सर थापाले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । चन्द्रले राउन्ड ३२ मा इन्डोनेसियाका बस्तर माशिहोर योगुने होलीलाई ५–० अङ्कले, राउन्ड १६ मा आर्मेनियाका येगोरियन डेभिटलाई ५–० अङ्कले र राउन्ड ८ (क्वार्टर फाइनल) मा इरानका काजेमी मेहदीलाई ५–० अङ्कले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका थिए तर सेमिफाइनलमा काजकस्तानका खेलाडी बिबोसिनोभ साकेनसँग ५–० अङ्कमा पराजित ह
काठमाण्डौ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३:३० बजे हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधि नजिक पुगेको हो ।लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदार टोली हो । गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुद
काठमाडौं— नेपाल प्रिमियर लिग -एनपीएल_को फाइनल छिर्नका लागि बिराटनगर किङ्ग्स र लुम्बिनी लायन्सको खेल प्रारम्भमा रहेको छ।बिराटनगर किङ्ग्सले टस जितेर फिल्डिङ रोजेको छ। त्रिभुवन विश्वविद्यालयको ग्राउन्डमा हुने विहीबार यो खेलमा लुम्बिनी र बिराटनगरले फाइनलका लागि खेल आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ। यी दुई मध्य जुन टोलीले जित निकाल्छ उसले फाइनलमा सुदूरपश्चिम रोयल्ससँग फाइनल खेल्नेछ। यसअघि सुदूरसँग पराजित भएका कारण बिराटनगर लुम्बिनीसँगको प्रतिस्पर्धामा उत्रिन बाध्य भएको थियो।
म्याग्दी (बेनी)। जिल्ला सदरमुकाम बेनीमा ११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज उद्घाटन गर्नुभएको छ । प्रतियोगितामा जिल्लास्थित एक नगरपालिकासहित पाँच गाउँपालिकाबाट छनोट भएका विद्यार्थीले सहभागिता जनाएका छन् । पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा विजेता बनेर विद्यार्थी छनोट भई जिल्लास्तरीय खेलमा सहभागी भएका हुन् । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ४०० विद्यार्थीको सहभागिता रहेको आयोजकले जनाएको छ । छात्र र
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.