काठमाडौँ । नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको ह्याट्रिक मद्दतमा वेलिंगटन फिनिक्सले निन्जा ए लिगमा सानदार जित हासिल गरेको छ।
शनिबार भएको खेलमा वेलिंगटनले सिड्नी एफसीलाई ७–० को फराकिलो गोलअन्तरले हराएको हो।
वेलिंगटनको जितमा साम्बाले ह्याट्रिक गरिन्। साम्बाले खेलमो १३, ६९ र ८० मिनेटमा गोल गर्दै सिजनको पहिलो ह्याट्रिक गरेकी हुन्।
खेलको तेस्रो मिनेटमा नै वेलिंगटनले १–० को अग्रता बनाएको थियो।






































