काठमाडौं— फिफा काउन्सिलले सन् २०२६ मा आयोजना हुने विश्वकपका लागि हालसम्मकै सबैभन्दा ठूलो पुरस्कार रकम स्वीकृत गरेको छ ।
आगामी विश्वकपमा सहभागी टोलीका लागि कुल ६५५ मिलियन अमेरिकी डलर पुरस्कार वितरण गरिने भएको हो । जुन २०२२ मा कतारमा भएको विश्वकपको तुलनामा झण्डै ५० प्रतिशतले बढी हो ।
विश्वकपको उपाधि जित्ने टोलीले ५ करोड अमेरिकी डलर पुरस्कार पाउनेछ, जुन अघिल्लो संस्करणमा प्रदान गरिएको रकमभन्दा ४ करोड २० लाख डलर बढी हो । उपविजेता टोलीलाई ३ करोड ३० लाख डलर दिइनेछ ।
यस्तै, तेस्रो स्थान हासिल गर्ने टोलीले २ करोड ९० लाख र चौथो स्थानमा रहने टिमले २ करोड ७० लाख डलर प्राप्त गर्ने फिफाले जनाएको छ ।
यस्तै, क्वाटरफाइनल चरणबाट बाहिरिने टोलीलाई १ करोड ९० लाख डलर प्रदान गरिने छ ।
त्यसैगरी अन्तिम १६ बाट बाहिरिने टोलीले १ करोड ५० लाख डलर र राउन्ड अफ ३२ मा पराजित हुने टोलीले १ करोड १० लाख डलर पुरस्कार पाउने छन् । यस्तै, समूह चरणबाटै बाहिरिने टिमले ९० लाख डलर प्राप्त गर्ने छन् ।






































