काठमाडौं । साफ क्लब महिला च्याम्पियनसिपमा घरेलु टिम सशस्त्र प्रहरी बलको एपीएफ फुटबल टिम र भारतीय टिम इस्ट बंगाल एफसीबीचको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको छ । बुधबार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी एपीएफ र इस्ट बंगालबीचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएको हो । 

खेलमा एपीएफ तेस्रो जितको खोजी छ । एपीएफले यसअघि पहिलो खेलमा बंगलादेशी टिम नस्रिन स्पोर्ट्स एकेडेमीलाई ४–०, तेस्रो खेलमा पाकिस्तानी टिम कराची सिटी एफसीलाई १–० ले पराजित गर्दा भुटानी टिम ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीसँग गोलरहित बराबरी गरेको थियो । 

इस्ट बंगाल भने अपराजित रहँदै समूह चरण टुंग्याउने लक्ष्यमा छ । इस्ट बंगालले हालसम्म तीन खेल खेल्दा शतप्रतिशत जित निकालेको छ । इस्ट बंगालले ट्रान्सपोर्टलाई ४–०, कराचीलाई २–० र नस्रिनलाई ७–० ले पराजित गरेको थियो ।