खेलकुद

    Showing 321-330 of 1,313 items.
  • एन्फा महिला लिग छनोटमा १६ टिमको सहभागिता, साउन २७ देखि प्रतियोगिता सुरु

    काठमाडौं — अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने आगामी महिला लिग छनोट प्रतियोगितामा १६ टोलीले सहभागिता जनाउने भएका छन्। एन्फाले सोमबार जानकारी दिँदै लिग छनोटका लागि १६ टिमले आधिकारिक रूपमा दर्ता गरिसकेको जनाएको हो।दर्ता भएका टिमहरूमा बुटवल लुम्बिनी एफसी, छहारी युवा क्लब, चित्लाङ एफसी, चर्च ब्वाइज युनाइटेड एफसी, एफसी रियाले, झापा एफसी, ककनी खेलकुद प्रतिष्ठान, लम्की फुटबल तथा प्रशिक्षण केन्द्र, नेपाल बेस्ट म्यानेजमेन्ट, नेपाल खेलकुद क्लब, न्युरोड टिम (एनआरटी), राप्ती एफसी, आरएस रिसोर्ट तथा बिच फुटबल क्लब, संकटा एफसी, सिन्धुपाल्चोक एफसी र स्टुडेन्ट एफसी समावेश छन्।छनोट प्रतियोगिता आगामी सा

    • प्रकाशित मितिः असार २, २०८२
    • 312 पटक पढिएको
  • त्रिकोणात्मक टी–२० : पहिलो खेलमा आज नेपाल नेदरल्यान्ड्ससँग खेल्ने

    काठमाडौं - त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ । सोमबार स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्न लागेको हो । नेपाल र नेदरल्यान्ड्सको खेल नेपाली समय अनुसार आज साँझ ७ः४५ बजे सुरु हुनेछ । सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो । टी–२० सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) रोहित पौडेलको कप्तानीमा नेपाली १६ सदस्यीय टोली रहेका छन् । सोमपाल कामी र गुलसन झा अभ्यासकोक्रममा घाइते हुँदा यो सिरिजमा किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंहले अवसर पाएका छन् । 

    • प्रकाशित मितिः असार २, २०८२
    • 352 पटक पढिएको
  • सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आज देखि

    काठमाडौं, २ असार । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आज देखिगोकर्ण गल्फ क्लबमा सुरू हुने भएको छ । सोमवार देखी बिहीबारसम्म चल्ने प्रतियोगिता ७२ होलको हुने जनाइएको छ । सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तिम प्रतियोगिताको रूपमा यो प्रतियोगिता हुन लागेको हो । सुर्य नेपालका अनुसार ३६ होलपछि कट लागू गरिने छ भने जसबाट शीर्ष २१ प्रो तथा कट बनाउने एमेच्योर गल्फले अन्तिम ३६ होलका लागि प्रतिस्पर्धा गर्न पाउने जनाइएको छ । च्याम्पियनसिपमा ३८ प्रो तथा १५ एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्नेछन् ।उपाधी विजेताले ३ लाख तथा उपविजेताले १ लाख ८५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । र, तेस्रोदेखि पाँचौं स

    • प्रकाशित मितिः असार २, २०८२
    • 144 पटक पढिएको
  • एपीएफ प्रचण्ड कप भलिबलको च्याम्पियन

    पोखरा -  विभागीय टिम एपीएफ क्लबले ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा नेपाल पुलिस क्लबमाथि शानदार जित निकाल्दै एपीएफ पहिलो संस्करणको प्रतियोगिताको च्याम्पियन बनेको हो ।एपीएफले पुलिसलाई ३–० को सोझो सेटमा हरायो । पुलिसमाथि हाबी बनेको एपीएफले २५–१९, २५–२० र २५–१३ को सहज जित निकाल्यो । निरुता ठगुन्नाको अलराउण्डर प्रर्दशनमा एपीएफको सहज जित सम्भव बनेको हो । उपाधि सहित एपीएफले ६ लाख रुपैयाँ प्राप्त गरेको छ । पुलिसले ३ लाख रुपैयाँमा चित्त बुझाएको छ ।उपाधिको दाबेदार मानिएको न्यु डायमण्ड स्पोट्र्स क्लब तेस्रो बन्यो । न्यु डामण्डले तेस्रो स्थानका ला

    • प्रकाशित मितिः असार १, २०८२
    • 156 पटक पढिएको
  • आजदेखि त्रिदेशीय टी २० क्रिकेट शृंखला सुरु हुँदै,नेपालले सोमबार खेल्ने

    काठमाडौँ -  आजदेखि त्रिदेशीय टी २० क्रिकेट शृंखला सुरु हुँदैछ। स्कटल्यान्डमा हुने शृंखलाको पहिलो खेलमा आज घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्डस् भिड्दै छन् । खेल ग्लास्गोमा नेपाली समयअनुसार पौने ७ बजे सुरु हुनेछ।नेपालले आफ्नो पहिलो खेल भोलि सोमबार नेदरल्यान्ड्ससँग खेल्नेछ। नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रुपेश सिंह र किरण ठगुन्नाले पहिलो पटक मौका पाएका छन्। तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुलशन झा अभ्यास खेलमा घाइते भएकाले टी २० शृंखला गुमाउने छन्।

    • प्रकाशित मितिः असार १, २०८२
    • 259 पटक पढिएको
  • राष्ट्रपति रनिङ सिल्ड : ४ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान

    काठमाडौं -  पन्ध्रौं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदको दोश्रो दिन एथलेटिक्समा ४ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएका छन् । बिहिबार छात्र ज्याभ्लिन थ्रो, छात्रा ८ सय मिटर दौड र छात्र÷छात्राको ४ गुणा ४ सय मिटर रिलेमा कीर्तिमान बन्यो । बागमती प्रदेशका प्रवीण राना मगरले छात्र १ सय मिटर दौड तथा सुदूरपश्चिम प्रदेशकी संगीता विकले छात्रा ४ सय मिटर दौडमा कीर्तिमान बनाएका थिए ।दोश्रो दिनको खेल सकिँदा एथलेटिक्समा कुल ६ कीर्तिमान बनिसकेका छन् । तेश्रो तथा अन्तिम दिन शुक्रबार ८ स्वर्णको टुंगो लाग्ने छ । पहिलो दिन १० र दोश्रो दिन ८ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।त्रिपुरेश्वरस्थित दशरथ

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 309 पटक पढिएको
  • आइसिसी विश्वकप लिग २ : नेदरल्याण्ड्समाथि नेपालको दोस्रो जित

    काठमाडौं - आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । मंगलबार स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा नेदरल्याण्ड्सलाई लगातार दोस्रो खेलमा १६ रनले पराजित गरेको हो । २ सय ३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४९।२ ओभरमा अल आउट हुदै २ सय २० रन मात्र जोड्न सक्यो ।नेपालका लागि ओडिआई डेब्यु खेल खेलेका नन्दन यादबले ९ ओभरमा ३९ रन खर्चिएर ३ विकेट लिए । सन्दीप लामिछानेले ३, ललित राजवंशीले २ तथा करण केसी र कुशल भुर्तेलले समान १ विकेट लिए ।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गु

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 305 पटक पढिएको
  • आज अन्तरराष्ट्रिय खेल दिवस मनाइँदै

    काठमाडौं— ‘हरेक दिन खेल रोजौँ’ भन्ने नाराका साथ आज विश्वभर अन्तरराष्ट्रिय खेल दिवस मनाइँदैछ । यस दिवसका अवसरमा खेललाई बालबालिकाको समग्र विकासको मेरुदण्डका रूपमा स्वीकार्दै त्यसको प्रवर्द्धन, संरक्षण र प्राथमिकता दिन सबै सरोकारवालालाई आह्वान गरिन्छ ।खेल केवल मनोरञ्जन मात्र नभई, सबै उमेर समूहका मानिसहरूबीचको साझा भाषा भएको हो । यसले सामाजिक समावेशीकरण, मानसिक स्वास्थ्यलाई प्रवर्द्धन गर्छ ।अझ बालबालिकाका लागि खेलले विशेष गरी सम्बन्ध निर्माण, समस्या समाधान र विभिन्न सीप विकासमा महत्वपूर्ण भूमिका खेल्छ ।संयुक्त राष्ट्रसङ्घको बालअधिकारसम्बन्धी महासन्धिको अनुच्छेद ३१ अनुसार, खेललाई प्रत्येक बालबालिका

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 194 पटक पढिएको
  • आरसीबीको उत्सवमा भागदौडको क्रममा ११ जनाको मृत्यु ,आरसीबी प्रतिनिधि र इभेन्ट म्यानेजर पक्राउ

    काठमाडौंं -  इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)का एक प्रतिनिधिसहित चारजना पक्राउ परेका छन् । शुक्रबार बेंगलुरु प्रहरीले ११ जनाको मृत्यु हुने गरी मच्चिएको भागदौडबारे अनुसन्धान गर्न आरसीबीका एक प्रतिनिधि र इभेन्ट म्यानेजमेन्टका तीन जनालाई पक्राउ गरेको हो ।बेंगलुरुले पन्जाब किंग्सलाई पाँच विकेटले पराजित गर्दै पहिलोपटक आईपीएलको उपाधि जितेको थियो । जितपछि आरसीबीले गत बुधबार एक रंगशालमा विजय उत्सवको आयोजना गरेको थियो ।उत्सव मनाउन हजारौँको संख्यामा समर्थक रंगशाला पुगेका थिए । रंगशाला प्रवेश गर्ने क्रममा पास नभएका समर्थकले गेटमा धकेलाधकेल गरेपछि

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 314 पटक पढिएको
  • आइसीसी क्रिकेट विश्वकपमा नेपालको दोस्रो जित, नेदरल्यान्ड्स ५ विकेटले पराजित

    काठमाडौं— आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ। नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गर्दै शृंखलामा दोस्रो जित दर्ता गरेको हो। डुन्डेमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले अलआउट हुँदै २२५ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। नेपालकाका लागि आरिफ शेखले सर्वाधिक ७८ रन बनाए। उनले ९८ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै नेपालको मिडल अर्डर सम्हालेका थिए। नेपालका लागि दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले पाँचौं विकेटका लागि ८९ रनको साझेदारी गर्दै नेपाललाई जित नजिक पुर्‍याएका थिए। यसलाई

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 233 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा