खेलकुद

    Showing 251-260 of 1,313 items.
  • टप टी–२० सिरिजमा अस्ट्रेलियासँग भिड्दै नेपाल

    काठमाडौं – बिहीबारदेखि अस्ट्रेलियामा सुरु भएको टप एन्ड टी–२० सिरिजमा नेपालले आज पहिलो खेल खेल्दैछ । नेपालले घरेलु टिम नर्दर्न टेरिटोरी स्ट्राइकरसँग पहिलो प्रतिस्पर्धा गर्न लागेको हो ।यो खेल आज दिउँसो २ः१५ बजेबाट सुरु हुनेछ । रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम नेपाली टिमबाट खेल्दैछन् । यो सिरिजमा ११ टोलीको सहभागिता रहेको छ ।

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 423 पटक पढिएको
  • नेपालले अष्ट्रेलियामा थप पाँच अभ्यास म्याच खेल्ने तयारी

    काठमाडौं— अस्ट्रेलियाको डार्बिनमा सुरु भएको टप इन्ड टी–२० क्रिकेट सिरिजमा नेपालले भोलि आफ्नो पहिलो खेल खेल्दैछ । नेपाली टोलीले घरेलु टोली नर्दन टेरिटोरीसँग खेल खेल्नेछ ।खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । सिरिजमा नेपालले शनिबार बंगलादेश ‘ए’ सँग, सोमबार मेलवार्न स्टार्स एकेडेमीसँग, बुधबार मेलबर्न रेनेगेड्स एकेडेमीसँग र अर्को शुक्रबार पाकिस्तान शाहिन्ससँग खेल्ने तालिका तय गरिएको छ ।सिरिजपछि नेपालले अस्ट्रेलियामा एक हप्तासम्म अतिरिक्त अभ्यास गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।नेपालले क्रिकेट एसिटीसँग २६ अगस्टमा दुई खेल र साउथ अस्ट्रेलियासँग २८ अगस्टमा दुई म्याच खेल्ने ताल

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 530 पटक पढिएको
  • फुल कन्ट्याक्ट कराते महासंघ काठमाडौंमा विशाल लामा नेतृत्वको नयाँ समिति चयन

    काठमाडौं — नेपाल फुल कन्ट्याक्ट कराते महासंघ काठमाडौं शाखामा विशाल लामाको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको छ।हालै सम्पन्न निर्वाचनमार्फत लामा अध्यक्षमा निर्वाचित भएका हुन्। महासंघको नयाँ कार्य समितिमा रितिग मगिया उपाध्यक्ष, वीरचन्द्र नकर्मी सचिव र जेनिसा तामाङ कोषाध्यक्ष पदमा चयन भएका छन्।सदस्यहरूमा सूर्य कार्की, रेवतीप्रसाद सापकोटा, दिनेश मर्हजन, सुजन श्रेष्ठ, अम्बिर कृष्ण श्रेष्ठ, चन्द्रकुमार मर्हजन, जिनेश डंगोल र क्षितिज किरण रंजित चयन भएका छन्।महासंघले नयाँ नेतृत्वसँगै काठमाडौंमा फुल कन्ट्याक्ट करातेको प्रवर्द्धन र खेलाडीको विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 478 पटक पढिएको
  • एन्फा महिला लिग छनोट : उद्घाटन खेलमा छहारी फुटबल क्लब र एफसी रियल भिड्दै

    काठमाडौं –  आजदेखी एन्फा महिला लिग छनोट प्रतियोगिता सुरु हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा बिहीबारदेखी एन्फा महिला लिग छनोट .प्रतियोगिता सुरु हुन लागेको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा छहारी फुटबल क्लब र एफसी रियल भिड्ने भएका छन् । खेल दिउँसो १ बजे सुरु हुनेछ ।यस्तै, दोस्रो खेलमा भने सङ्कटा क्लब र नेपाल खेलकुद क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल पनि आजै अपराह्न सवा ४ बजे सुरु हुनेछ ।प्रतियोगितामा १४ टोलीको सहभागिता छन् भने सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छ

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 444 पटक पढिएको
  • टप एण्ड टी–२० सिरिजको उद्घाटन खेलमा आज पाकिस्तान शाहिन्स र बंगलादेश ए भिड्दै

    काठमाडौं – अस्ट्रेलियाको डार्विनमा हुने टप एन्ड टी–२० सिरिजको प्रतियोगिता आजबाट सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आज पाकिस्तान शाहिन्स र बंगलादेश ए भिड्दै छन् ।यस सिरिजमा विभिन्न ११ टोलीको सहभागिता रहेको छ भने  सिरिजमा सहभागी रहने अन्तरराष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बङ्गलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन् ।प्रतियोगितामा नेपालले पहिलो खेल (भोली) अगस्ट १५ मा नर्दर्न टेरिटोरी स्ट्राइकरसँग खेल्नेछ । त्यसपछि नेपालले बंगलादेश ‘ए’ १६ अगस्टमा, मेलबर्न स्टार्स १८ अगस्टमा, होबर्ट हुरिकेन्स १९ अगस्टमा, २० मा मेलबर्नसँग २० अगस्ट र पाकिस्तान स

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 565 पटक पढिएको
  • 'साम्बा’लाई ब्रान्ड एम्बेसडर हस्ताक्षर

    काठमाडौं – म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेस र नेपाली महिला फुटबल टोलीकी कप्तान सबित्रा भण्डारी ’साम्बा’को ब्रान्ड एम्बेसडर हस्ताक्षर भएको छ ।मंगलबार पत्रकार सम्मेलन गर्दै म्याक्सिम्याक्सले म्याक्सिम्याक्स संस्थाको ब्रान्ड एम्बासडर ’साम्बा’ सँग तीन वर्षका लागि सम्झौता गरेको बताएको हो  ।साम्बाले गत वर्ष फ्रान्सको प्रिमियर लिगमा गुइनगाम्पबाट खेल खेलेको जनकारी गराँउदै अव छिट्टै नै अस्ट्रेलियाको प्रिमियर लिगमा वेलिङटन फोनिक्सबाट सहभापग हुने आयोजकको भनाइ छ । नेपाली राष्ट्रिय टोलीबाट ६० खेलमा ६६ गोल गरेकी सावित्रालाई म्याक्सीम्याक्ससँग जोड्न पाँउदा उत्साहित रहेको आयोजकको भनाइ

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 490 पटक पढिएको
  • च्याम्पियन नेपाली एमएमए फाइटर ढाँटलाई बालेनले २ लाख रूपैयाँ सहित सम्मान गरे

    काठमाडौं— काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटलाई २ लाखले सम्मान गरेको छ ।महानगरले मंगलबार उनलाई २ लाख रूपैयाँसहित सम्मान गरेको हो । ढाँटले भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियनको उपाधि जितेका थिए ।उनले भारतका चोंगरेंग कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै यो उपाधि हासिल गरेका थिए । यस जितले रवीन्द्रको व्यावसायिक रेकर्ड ८–१ मा सुधार भएको छ भने कोरेनको पाँच फाइटको यात्राको रेकर्ड तोडेका थिए । बझाङका रवीन्द्र यो उपाधि जित्ने पहिलो नेपाली फाइटर बनेका थिए ।

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 562 पटक पढिएको
  • काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षकमा लोक बहादुर बुढा

    काठमाडौं –  वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइज टोली काठमाडौं स्पाइकरको नयाँ मुख्य प्रशिक्षकमा लोकबहादुर बुढा नियुक्त गरिएको छ ।खेलाडी र प्रशिक्षकको भूमिकामा लामो समयदेखि काम गर्दै आएका लोक पहिलो पटक फ्रेन्चाइज भलिबल लिगमा प्रशिक्षक बनेका हुन् ।यसअघि पहिलो संस्करणमा काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षकमा नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक समेत रहेका जगदिश भट्ट थिए । यस सिजन लोकलाई नयाँ मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरिएको हो ।लोकले त्रिभुवन आर्मी क्लबबाट खेलाडीको रुपमा खेलेका थिए भने हाल सोही क्लबमा प्रशिक्षकको भूमिकामा छन् । उनले राष्ट्रिय टिमको कोचिङ

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 345 पटक पढिएको
  • अन्तर्राष्ट्रिय युवा दिवसमा भक्तपुरमा ५०० भन्दा बढीको छिकोङ प्रदर्शन

    भक्तपुर— अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भक्तपुर नगरपालिकाले एक भव्य छिकोङ शारीरिक व्यायाम प्रदर्शन सम्पन्न गरेको छ। भक्तपुर नगरपालिका–१, दुधपाटीस्थित भाजु पोखरीमा आयोजित सो कार्यक्रममा नगरपालिकाका १० वटै वडाका ५०० भन्दा बढी प्रशिक्षार्थीहरुले सामूहिक रूपमा छिकोङ अभ्यास गरेका हुन्।कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका सचिव तथा संघीय सांसद प्रेम सुवाल रहेका थिए। सांसद सुवालले शारीरिक र मानसिक स्वास्थ्यका लागि नियमित व्यायाम आवश्यक रहेको उल्लेख गर्दै युवाहरुलाई स्वदेशमै अवसर सिर्जना गर्न र राष्ट्र निर्माणमा अग्रसर हुन आग्रह गरे।नगर प्रमुख सुनिल प्रजापतिले नगरबासीको स्वास्थ्य सुध

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 526 पटक पढिएको
  • माफ अन्तरविद्यालय फुटसल प्रतियोगिता आजदेखि हुदैँ

    काठमाडौं –  म्युचल एकेडेमिक एक्टिभिटी फोरम (माफ) को आयोजनामा माफ अन्तरविद्यालय फुटसल प्रतियोगिता आजदेखि हुने भएको छ ।प्रतियोगितामा माफमा आबद्ध १६ विद्यालयको सहभागिता रहने छन् । प्रतियोगितामा विभिन्न ३ विधामा ४७ टिमको सहभागिता रहने माफकी अध्यक्ष इसु गुरुङले जनाएकी छन् । सिनियर र जुनियर ब्वाइजमा समान १६–१६ तथा सिनियर गल्र्समा १५ टिमले प्रतिस्पर्धा गर्ने छन् । चारदिने प्रतियोगिताका खेलहरु धन्यन्तरी फुटसलमा हुनेछ ।

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 327 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा