खेलकुद

    Showing 1,591-1,600 of 1,613 items.
  • हिमचितुवा घिमिरे खोतेजुसँग भिड्दै

    काठमाडौँ / युवापुस्ताका चर्चित अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान फेस्टिबल २०२१ ’ को तयारी पूरा गरेका छन् । जापानको टोकियो शहरमा आयोजना हुने सो महोत्सवमा उनले जापानका  बक्सर खोतेजुसँग भिडन्त गर्दै छन् । विश्वचर्चित सो भिडन्त हेर्न १० हजार भन्दा बढी जापानीले टिकट लिइसकेका जनाइएको छ ।  अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरलले  बुबाकै विशेष प्रशिक्षणमा महोत्सवको तयारी गरेका हुन् । उनले आज समाजिक सञ्जाल मार्फत महोत्सवको आवश्यक तयारी पुरा भएको जनाएका छन् । प्रशिक्षक देवले पनि सामाजिक सञ्जालमा भनेका छन् “ नेपाली बक्सर ‘के वान फे

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 220 पटक पढिएको
  • मेयरकप हेर्न सार्वजनिक बिदा

    ताप्लेजुङ / ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयरकपको पहिलो दिन खेल हेर्न जानका लागि आज नगरले सार्वजनिक बिदा दिएको छ ।नगरपालिकाले आजदेखि सञ्चालन गर्न लागेको मेयरकप भलिबल खेलको पहिलो दिन सार्वजनिक बिदा दिएको  नगरप्रमुख छत्रपति प्याकुरेलले बताए । आजदेखि चैत १५ गतेसम्म अन्तरपालिकास्तरीय मेयर रनिङ कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने नगरपालिकाका उपप्रमुख बमबहादुर  भट्टराई (तारा)ले जानकारी गराएका छन् । मेयरकपको पहिलो दिन उद्घाटन सत्रमा नगरपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्यचौकी र नारपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द हुने नगारपालिकाले एक सार्व

    • प्रकाशित मितिः चैत १३, २०७७
    • 247 पटक पढिएको
  • राष्ट्रव्यापी अन्तरशहर बुद्धिचाल प्रतियोगिता

    वाग्मती / वाग्मती प्रदेशको राजधानी हेटौँडामा आजदेखि सञ्चालन हुन लागेको राष्ट्रव्यापी अन्तरशहर बुद्धिचाल प्रतियोगिता २०७७ को तयारी पूरा भएको छ । मकवानपुर बुद्धिचाल सङ्घ र हेटौँडा चेस क्लबको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिताको सबै तयारी पूरा भएको हो  । स्विस लिग प्रणालीअनुसार सात चरणसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका विभिन्न क्षेत्रका १८ शहरले सहभागिता जनाएको आयोजक संस्था मकवानपुर बुद्धिचाल सङ्घले जनाएको छ । प्रत्येक टोलीमा चार जना नियमित खेलाडी तथा एक जना वैकल्पिक खेलाडी र एक जना व्यवस्थापक गरी ६ जनाको सहभागी रहने जनाइएको छ । सहभागी टोलीले अनिवार्यरूपमा महिला ख

    • प्रकाशित मितिः चैत ११, २०७७
    • 174 पटक पढिएको
  • स्थानीय तह गोल्डकपको पुरस्कार राशि वृद्धि

    वाग्मती / वाग्मती प्रदेशको राजधानी हेटौँडामा प्रत्येक वर्ष हुने स्थानीय तह शहीद स्मृति गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको आगामी वर्षको खेलका लागि पुरकारको राशि वृद्धि गर्नेभएको छ ।स्थानीय तह गोल्डकपको प्रथम पुरस्कार  १० लाखबाट बढाएर १५ लाख रुपैयाँ पु¥याउन र दोस्रो पुरस्कार पाँच लाखबाट १० लाख रुपैयाँ पु¥याउन उपमहानगरपालिकाले सहयोग गर्ने  उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए । हेटौँडामा पनि ठूला पुरस्कार राशिका खेल खेलाउन सहयोग गर्ने उद्देश्यले यो योजना अघि बढाइएको हो ।

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 158 पटक पढिएको
  • गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता शुक्रबारदेखि

    दमौली/ राष्ट्रका लागि दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यसहित तनहुँको शुक्लागण्डकीमा गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुनेभएको छ । ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने नारासहित शुक्लागण्डकी नगरपालिकाले मेयर कप गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता गर्न लागेको हो ।शुक्लागण्डकी नगरपालिका–८ गाउँफर्कोदय माध्यमिक विद्यालयको खेलमैदानमा चैत १३ गतेदेखि १५ गतेसम्म खेल सञ्चालन हुनेछ । शुक्लागण्डकी नगरपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी गराएको छ । प्रतियोगिताका संयोजक एवं वडाध्यक्ष दीर्घबहादुर थापाले प्रतियोगितामा सहभागिताका लागि प्रदेशका ८५

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 152 पटक पढिएको
  • ट्राई एडभेन्चरको उपाधि त्रिभुवन आर्मी ‘ए’लाई

    काठमाडौँ /  नेपाली सेनाको त्रिभुवन आर्मी क्लब ‘ए’ ले चौथो संस्करणको प्रधानसेनापति ट्राई एडभेन्चर प्रतियोगिताको उपाधि जितेको छ । धादिङको बैरेनीमा आयोजित उक्त प्रतियोगितामा आर्मीको ‘ए’ टोली च्याम्पियन बनेको हो । उक्त स्पर्धामा आर्मीको ’बी’ टोली दोस्रो तथा सशस्त्र प्रहरी बलको एपीएफ क्लबको टोली तेस्रो भयो । महिलातर्फ त्रिभुवन आर्मी क्लबले उपाधि जितेको छ । सो स्पर्धामा प्याडल नेपाल दोस्रो तथा क्रान्क सिस्टर तेस्रो भयो । उक्त प्रतियोगितामा पाकिस्तानी सेनाको टोली उत्कृष्ट अन्तर्राष्ट्रिय टिम घोषित भयो । साहसिक खेलकूदअन्तर्गत रहेको उक्त प्रतियोगितामा दौड, साइक्लिङ र र्याफ्टिङ समावेश गरि

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 155 पटक पढिएको
  • वीर गणेशमान सिंह रोड रेसको उपाधि सन्तोषी र गोपीलाई

    काठमाडौं / १३ औं सागका स्वर्ण पदक विजेताद्वय सन्तोषी श्रेष्ठ र गोपीचन्द्र पार्कीले दोस्रो वीर गणेशमान सिंह १० किलोमिटर रोड रेसको उपाधि जितेका छन् ।शनिबार भएको प्रतिस्पर्धामा सन्तोषीले ३७ मिनेट ५३.४४ सेकेन्ड र एपिएफका गोपीले ३१ मिनेट ४४.४९ सेकेन्डमा दौड पूरा गर्दै आ आफ्नो विधामा स्वर्ण पदक जितेका हुन् । दुवैले समान ६० हजार रुपैयाँ जिते ।दुवैले यसै दौडमा राखेको कीर्तिमान समेत तोडेका छन् । पहिलो संस्करणमा सन्तोषीको नाममा ३९ मिनेट १०.९८ सेकेन्डको समय थियो । गोपीले पहिलो संस्करणको दौड ३२ मिनेट ०१.२ सेकेन्डमा पूरा गरेका थिए ।गत वर्ष स्वदेशमा आयोजना भएको सागमा सन्तोषीले १० किलोमिटर र गोपीले ५ किलोमिट

    • प्रकाशित मितिः चैत ७, २०७७
    • 196 पटक पढिएको
  • खेलाडीलाई सम्मान

    काठमाडौँ / गणेशमानसिंहको १०६ औँ जन्मजयन्तीका अवसरमा आयोजित फुट्सल प्रतियोगितामा दोस्रो हुने नेपाल तरुण दल क्षेत्र नं ८ का खेलाडीलाई सम्मान गरिएको छ ।‘एचडी थर्टीन ग्रुप’(इन्टरनेट सेवा प्रदायक फ्रेन्चाइजवाइफाइ एचडी) ले एक कार्यक्रमको आयोजना गरेर खेलाडीलाई कदरपत्र तथा दोसल्ला ओढाएर सम्मान गरेको हो । नेपाल तरुण दल क्षेत्र नं १ ले आयोजना गरेको प्रतियोगितामा नौ समूह सहभागी थिए । संविधानसभा सदस्य राज्यलक्ष्मी श्रेष्ठले वरिष्ठ राजनीतिज्ञ सिंहको स्मरणमा आयोजित उक्त कार्यक्रम महत्वपूर्ण रहेको उल्लेख गर्दै खेलाडी तथा खेल पदाधिकारीको योगदानलाई समाजमा फैलाउन खाँचो रहेको बताइन् । तरुण दल १३ एकाइका

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 154 पटक पढिएको
  • आहा रारा गोल्डकप फुटबलमा आठ टोलीको सहभागिता रहने

    पोखरा / मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउने भएका छन् ।‘खेलकूदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकूद पर्यटन शहरका रुपमा स्थापित गरौैँ’ भन्ने उद्देश्यसहित सहारा क्लब पोखराको आयोजनामा आगामी चैत २१ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ । १९औँ संस्करणको अवसरमा आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा विदेशी एकसहित आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो ।प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका क्लब नेपाल आयल निगम, मनाङ मस्र्याङ्दी,

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 159 पटक पढिएको
  • एम्बाप्पेले तोडे मेस्सीको कीर्तिमान

    एजेन्सी / लियोनेल मेस्सीको कीर्तिमान भङ्ग गर्दै किलियान एम्बाप्पे च्याम्पियन्स लिगको इतिहासमा २५ गोल गोल गर्ने सबैभन्दा युवा खेलाडी बनेका छन् । बुधबार बार्सिलोनाविरुद्धको च्याम्पियन्स लिगको खेलमा गोल गर्दै उनले यो कीर्तिमान बनाएका हुन् । अन्तिम १६ अन्तरगत दोस्रो लेगको खेलको ३१ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै एम्बाप्पेले नयाँ इतिहास रच्न सफल भए । २२ वर्ष ८० दिन उमेरका एम्बाप्पेले मेस्सीले २२ वर्ष २८६ दिन उमेरमा मेस्सीले बनाएको कीर्तिमान तोड्न सफल भएका हुन् । प्रि–क्वाटरफाइनलको दोस्रो लेगको खेल १–१ गोलको बराबरीमा टुंगिएपनि समग्रमा ५–२ को जित निकाल्दै पीएसजीले अन्तिम आठको यात्रा तय गर्न सफल

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 176 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.