खेलकुद

    Showing 1,331-1,340 of 1,600 items.
  • मोरक्को समूह विजेता, चार पटकको विजेता घाना बाहिरियो

    काठमाडौँ / कामोरोससँग ३- २ ले स्तब्ध भएपछि घानाको अफ्रिका कप अफ नेसन्सको यात्रा समूह चरणमा सीमित भएको छ । कामोरोसमाथि जित हात पारेको भए घाना तेस्रो स्थानको टोली मध्ये उत्कृष्ट टोलीको रुपमा नकआउट चरण प्रवेश गर्ने थियो । कामोरोसले अफ्रिका कप अफ नेसन्सको समूह ‘सी’ मा पहिलो जित दर्ता गर्दा चार पटकको विजेता घानाको यात्रा समूह चरणमा सीमित भएको हो । समूह ‘सी’ मा मोरक्को तीन खेलमा सात अङ्कसहित समूह विजेता बन्दा समान खेलमा पाँच अङ्क बटुलेको गाबोन उपविजेताका रूपको रुपमा नकआउट चरणमा प्रवेश गर्यो । कामोसोस तीन अंक जोड्दै तेस्रो स्थानमा बस्दा घाना एक अङ्कसहित चौथो स्थानमा रह्यो ।समूह ‘स

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 203 पटक पढिएको
  • प्रिन्स पिनाकल कलेजबाट सम्मानित

    बिर्तामोड /  जुनियर विश्व नम्बर एक ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई पिनाकल कलेजले नगदसहित सम्मान गरेको छ ।प्रिन्स सो कलेजमा ११ कक्षामा अध्ययनरत छन् ।मंगलबार आयोजित कार्यक्रममा पिनाकल कलेजका प्रिन्सिपल ऋषि तिवारी, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघका अध्यक्ष रमेशकुमार सिलवाल, कलेजका प्लस टू संयोजक रविप्रसाद तिमिल्सिनालगायतले प्रिन्सलाई नगद ४० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे ।कलेजले प्रिन्सको अध्ययनका आवश्यक सम्पूर्ण खर्चमा छात्रवृत्ति दिने निर्णय गरेको प्रिन्सिपल तिवारीले कार्यक्रममा जानकारी दिए । राष्ट्रको गौरवका रुपमा रहेका प्रिन्सलाई उच्चशिक्षाको अवसर पाएकोमा कृतज्ञता व्य

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 156 पटक पढिएको
  • कोरोना महामारीबीच आहारारा गोल्डकपको अन्तिम तयारी

    पोखरा  / कोरोना महामारीका कारण सरकारले स्वास्थ्य सुरक्षामा कडाइ गर्दै जाँदा पोखरामा राष्ट्रिय–अन्तर्राष्ट्रिय अन्तरक्लब फुटबल प्रतियोगिता हुँदैछ । सहारा क्लब पोखराले बर्सेनि आयोजना गर्दै आएको आहारारा गोल्डकपको २० औँ संस्करण माघ ६ देखि १५ गते सम्म पोखरा रङ्गशालामा हुन लागेको हो । कोरोना महामारीले पूर्व निर्धारित मेला, महोत्सव धमाधम स्थगित हुँदै जाँदा आयोजक सहारा क्लब पोखराले जसरी पनि प्रतियोगिता गर्न आफूहरू अन्तिम तयारीमा रहेको जनाएको छ।मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक केशवराज बरालले भने , –‘रंगशालामा दर्शकको उपस्थिति न्यून हुने सम्भावना भए पनि प्रतियोगिता रोक्

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 167 पटक पढिएको
  • मेसीलाई पछि पार्दै लेवान्डोस्की बने फिफा वर्ष खेलाडी, रोनाल्डोलाई विशेष सम्मान

    काठमाडौँ /  बायर्न म्युनिख र पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले सर्वोत्कृष्ट फुटबल खेलाडीको अवार्ड जितेका छन् । लेवान्डोस्कीले वर्ष २०२१ को फिफा उत्कृष्ट पुरुष फुटबल खेलाडीको अवार्ड जित्दा पोर्चुगलका क्रिष्टियानो रोनाल्डोलाई विशेष सम्मान दिइएको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सर्वाधिक गोल गरेकोमा रोनाल्डोलाई विशेष सम्मान गरिएको हो ।३३ वर्षका पोल्यान्डका खेलाडी लेवान्डोस्कीले लगातार दोस्रो वर्ष फिफा वर्ष खेलाडीको अवार्ड हात पारेका हुन् । उनले सन् २०२१ मा ६९ गोल गरेका थिए ।उनले बुन्डेसलिगा अन्तर्गत एकै सिजनको लिगमा ३४ खेलमा ४३ गोल गरेका थिए । लेवान्डोस्कीले लिभरपु

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 166 पटक पढिएको
  • फुटबल विकासका लागि एन्फा र साफबीच सम्झौता

    काठमाडौं / अखिल नेपाल फुटबल संघ एन्फा र साउदी अरेबियन फुटबल फेडेरेसन साफ बीच फुटबलको विभिन्न पक्षको विकासका लागि सम्झौता भएको छ ।एन्फा र साफबीच दुई वर्षको सम्झौता भएको हो । सम्झौता पत्रमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र साफका अध्यक्ष यासेर अलमिसेहालले हस्ताक्षर गर्दै आदानप्रदान गरेका छन । सम्झौता साउदी अरबमै भएको हो । एन्फा अध्यक्ष शेर्पा एक सातादेखि साउदीको भ्रमणमा रहेका छन् ।सम्झौता अनुसार दुबै देशले फुटबल गतिविधिका लागि एक अर्कालाई आतिथ्यता प्रदान गर्नेछ । दुई टोलीबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल, उमेर समूह यू–१७, यू–२० र यू–२३ को प्रशिक्षणका सहयोग आदानप्रदान हुनेछ ।यस्तै रेफ्री बिक

    • प्रकाशित मितिः माघ ३, २०७८
    • 147 पटक पढिएको
  • ए डिभिजन लिग फुटबलमा आज एनआरटी र जावलाखेल भिड्दै

    काठमाडौँ / शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज एक खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नवौं चरणको खेलमा आज न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुने छ । ८ खेलमा १० अंक जोडेको एनआरटी लिगको आठौं स्थानमा रहेको छ । आज जावलाखेललाई हराएर एनआरटी छैटौं स्थानमा उक्लन चाहन्छ । ८ खेलमा ८ अंक जोडेको जावलाखेल दशौँ स्थानमा रहेको छ । जावलाखेल पनि एनआरटीलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।

    • प्रकाशित मितिः माघ ३, २०७८
    • 208 पटक पढिएको
  • च्यासलका १९ खेलाडीलाई कोरोना देखिएपछि पुलिससँगको खेल स्थगित

    काठमाडाैँ / खेलाडीलाई कोरोना देखिएपछि सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबारको दोस्रो खेल स्थगित गरिएको छ । च्यासल युथ क्लबका १९ जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपछि खेल स्थगित गरिएको अखिल नेपाल फुटबल संघ एन्फाका निर्देशक सञ्जीव मिश्रले जानकारी दिए । आइतबार स्थगित भएको खेल अब एन्फाले १० औँ राउन्डपछि खेलाउने भएको छ। एन्फाले नवौँ राउन्डका खेल सकेपछि लिगलाई करिब एक महिनाका लागि विश्राम दिने तयारी छ।

    • प्रकाशित मितिः माघ २, २०७८
    • 265 पटक पढिएको
  • विराट कोहलीले दिए भारतीय टेस्ट टिमको कप्तानीबाट राजीनामा

    काठमाडौँ / भारतीय टेस्ट क्रिकेट टिमका कप्तान विराट कोहलीले राजीनामा दिएका छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै कोहलीले कप्तानीबाट राजीनामा दिएको बताएका हुन्।सन् २०१४ मा टेस्ट क्रिकेट टिमको कप्तानी सम्हालेका कोहलीले आफूले यस अवधिभर इमानदारिता पूर्वक काम गरेको बताए। ‘यात्राका क्रममा धेरै आरोह अवरोह आए तर त्यसलाई डग्मगाउन दिइनँ’, विज्ञप्ति जारी गर्दै उनले भनेका छन्।उनले आफूलाई कप्तानीको अवसर दिएको भन्दै भारतीय क्रिकेट नियन्त्रण बोर्डलाई धन्यवाद दिएका छन्। दुई महिनाअघि मात्रै टी–ट्वान्टी क्रिकेट टिमको कप्तानीबाट उनले राजीनामा दिएका थिए।

    • प्रकाशित मितिः माघ २, २०७८
    • 166 पटक पढिएको
  • टाइगर कप : महिला तर्फको उपाधि एपीएफलाई

    पोखरा  / पोखरामा भएको दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि एपीएफले जितेको छ । विभागीय डर्बी त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफले उपाधि आफ्नो हातमा पारेको हो।पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शनिबार भएको फाइनलमा आर्मी  एपीएफले आर्मीलाई २५–२३, २५–१५ र २५–२० को सेटमा स्तब्ध बनायो ।उपाधिसँगै एपीएफले ३ लाख प्राप्त गरेको छ भने उपविजेता बनेको आर्मीले १ लाख ५० हजार प्राप्त गर्यो । तेस्रो स्थानमा रहेको न्यु डायमण्डले ७५ हजार प्राप्त गरेको छ।

    • प्रकाशित मितिः माघ १, २०७८
    • 154 पटक पढिएको
  • पीएम कप : पुलिस र प्रदेश १ बीचको खेल स्थगित

    काठमाडौँ  / खेलाडीमा कोरोना भाइरसको आशंका भएपछि नेपाल पुलिस क्लब र प्रदेश –१ बीचको खेल स्थगित भएको छ ।प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा टियु क्रिकेट मैदानमा आज दुबै टिम बीच खेल तय भएको थियो । तर, प्रदेश –१ का खेलाडीमा कोरोनाको आशंका गरिएपछि खेल होल्डमा राखिएको नेपाल क्रिकेट संघ (क्यान)ले बताएको छ ।एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको पुलिसले पहिलो खेलमा सुदूरपश्चिमलाई २ रनले पराजित गरेको थियो । दोस्रो खेलमा आर्मीलाई ४ विकेटले हराएको पुलिसले तेस्रो खेलमा कर्णाली प्रदेशविरुद्ध ८९ रनको सहज जित निकालेको थियो ।पहिलो खेलमा कर्णाली प्रदेशसँग ३१ रनले हारेको प्रदेश -१ ले दोस

    • प्रकाशित मितिः माघ १, २०७८
    • 156 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.