खेलकुद

    Showing 121-130 of 1,641 items.
  • चीनमा विश्वकपको रौनक: अर्जेन्टिना, जर्मनी र स्पेनका जर्सीहरू रोजाइमा

    एजेन्सी । प्रत्यक्ष उपस्थित भएर फिफा विश्वकप फुटवल प्रतियोगिता हेर्न नपाएका चिनिया समर्थकहरु व्यापारिक सामग्री किनमेलमा व्यस्त भएका छन् । विश्वकपका धेरैजसो सामग्रीहरू चीनमा उत्पादन गरिन्छ, त्यसैले खुद्रा डिलरहरू र अस्थायी रुपमा संचालनमा रहेका (पप–अप) स्टोरहरूले धेरैको ध्यान आकर्षित गरिरहेको छ । विश्वकप सुरु भएको पहिलो दिनमै बेइजिङमा, किनमेल गर्नेहरूको भीड देखिन्थ्यो । ‘म विश्वकपसँग सम्बन्धित केही रचनात्मक उत्पादनहरू किन्न चाहन्छु । यो एउटा यस्तो कार्यक्रम हो जुन हरेक चार वर्षमा मात्र हुन्छ । उत्पादित डिजाइन गरिएका सामग्रीहरु निकै राम्रा छन् । मस्कटहरू एकसाथ जोडिएका छन्, र मेरो झोलामा राम्

    • प्रकाशित मितिः असार १०, २०८३
    • 386 पटक पढिएको
  • विश्वकपको दोस्रो चरणमा सात टोली, बाँकीको संघर्ष जारी

    काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह चरण जारी रहँदा सात टोलीले अन्तिम ३२ मा स्थान सुरक्षित गरेका छन्। साविक विजेता अर्जेन्टिनासहित अमेरिका, मेक्सिको, जर्मनी, फ्रान्स, नर्वे र कोलम्बियाले उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणको यात्रा तय गरेका हुन्।दक्षिण अमेरिकाबाट अर्जेन्टिना र कोलम्बिया, युरोपबाट जर्मनी, फ्रान्स र नर्वे तथा आयोजक राष्ट्र अमेरिका र मेक्सिकोले समयअगावै अर्को चरणको टिकट काटेका छन्। ४८ टोली सहभागी यसपटकको विश्वकपमा बाँकी स्थानका लागि प्रतिस्पर्धा अझै खुला छ। समूह चरणका बाँकी खेलसँगै नकआउट चरणको समीकरण थप रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ।उपाधि दाबेदार टोलीहरू अघि बढिरहँदा विश्व फ

    • प्रकाशित मितिः असार १०, २०८३
    • 175 पटक पढिएको
  • मोड्रिचको २०० औं खेलमा क्रोएसियाको जित, पानामा विश्वकपबाट बाहिरिने पहिलो टोली

    एजेन्सी । टोरन्टोमा भएको फिफा विश्वकपको समूह ‘एल’ अन्तर्गतको खेलमा क्रोएसियाले पानामालाई १–० ले पराजित गर्दै नकआउट चरण पुग्ने आशा जीवित राखेको छ। हारसँगै पानामा भने समूह चरणकै एक खेल बाँकी रहँदा प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ। खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। तर दोस्रो हाफ सुरु भएसँगै प्रशिक्षक ज्लाट्को डालिचले गरेको रणनीतिक परिवर्तन क्रोएसियाका लागि निर्णायक बन्यो। ५४ औँ मिनेटमा वैकल्पिक खेलाडी एन्टे बुदिमिरले जोसिप स्टानिसीचको क्रसलाई गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए। त्यही गोल नै खेलको नतिजा तय गर्न पर्याप्त बन्यो।यो खेल क्रोएसियाका कप्तान लुका मोड्रिचक

    • प्रकाशित मितिः असार १०, २०८३
    • 73 पटक पढिएको
  • फिफा विश्वकप: कंगोलाई १-० ले पराजित गर्दै कोलम्बिया नकआउट चरणमा प्रवेश

     काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा कोलम्बियाले कङ्गो लोकतान्त्रिक गणराज्यलाई १-० ले पराजित गरेको छ । मेक्सिकोको एस्तादियो ग्वाडालाहारामा भएको खेलमा कङ्गो लोकतान्त्रिक गणराज्यलाई १-० ले पराजित गर्दै कोलम्बिया नकआउट चरणमा प्रवेश गरेको हो । ड्यानियल मुन्योसले गोल गर्दै कोलम्बियालाई अग्रता बताए ।  पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ७६औं मिनेटमा ड्यानियल मुन्योसले गोल गर्दै कोलम्बियाकालाई १-० अन्तरले बीजयी गराउन सफल भए ।

    • प्रकाशित मितिः असार १०, २०८३
    • 212 पटक पढिएको
  • मोड्रिचले बनाए ऐतिहासिक कीर्तिमान, अन्तर्राष्ट्रिय फुटबलमा २०० खेल पूरा

    काठमाडौं । क्रोएसियाका कप्तान लुका मोड्रिचले पुरुष अन्तर्राष्ट्रिय फुटबलमा २०० खेल खेल्ने कीर्तिमान बनाएका छन्। उनी यो उपलब्धि हासिल गर्ने क्रोएसियाका पहिलो तथा विश्व फुटबल इतिहासका चौथा खेलाडी बनेका छन् । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा क्रोएसियाले पानामालाई १–० ले पराजित गर्दा मोड्रिचले आफ्नो २००औँ अन्तर्राष्ट्रिय खेल खेलेका हुन् । सन् २००६ जुन १ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका मोड्रिचले करिब दुई दशकको अन्तर्राष्ट्रिय करियरमा २९ गोल गरेका छन् र अझै पनि टोलीका प्रमुख खेलाडीका रूपमा सक्रिय छन् ।अन्तर्राष्ट्रिय खेलको संख्यामा क्रिस्टियानो रोनाल्डो २३० खेलसहित शीर्ष स्थानमा छन् ।

    • प्रकाशित मितिः असार १०, २०८३
    • 258 पटक पढिएको
  • इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा

    काठमाडौँ। फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा टुङ्गिएको छ । समूह ‘एल’अन्तर्गतको आफ्नो दोस्रो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेले । समूह चरणको आफ्नो पहिलो खेलमा इङ्ग्ल्याण्डले क्रोएसियालाई ४–२ गोलअन्तर र घानाले पानामालाई १–० गोलले पराजित गरेका थिए । विश्वकप प्रतियोगिताअन्तर्गत गए राति भएको खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित गरेको थियो । साथै आज बिहान ४ः४५ बजे पानमा र क्रोएसियाबीच खेल हुँदैछ । साथै बिहान ७ः४५ बजे कोलम्बिया र कङ्गोबीच खेल हुनेछ ।

    • प्रकाशित मितिः असार १०, २०८३
    • 404 पटक पढिएको
  • रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

    काठमाडौँ। फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी भएको छ । समूह ‘के’अन्तर्गतको आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित ग¥यो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो नायक बने । उनले दुई गोल गरे । खेलको छैटौँ मिनेटमा ‘कर्नर’बाट आएको बललाई रोनाल्डाले जाली चुमाउँदै टोलीलाई अग्रता दिलाए । त्यसपछि १७औँ मिनेटमा नुनो मेन्डेसले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए । ३९औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल ३–० को अवस्थामा आयो । खेलको ६०औँ मिनेटमा अब्दवोहिद नेमातोवले र ८७औँ मिनेटमा राफाएल लीओले गोल गरेपछि पोर्चुगलले खेल ५–० गोलअन्त

    • प्रकाशित मितिः असार १०, २०८३
    • 261 पटक पढिएको
  • विश्वकपमा मेस्सीको कीर्तिमान जारी

    काठमाडौं । जारी फिफा विश्वकपमा यसपटक पनि विश्व फुटबलका सुपरस्टारहरूबीचको प्रतिस्पर्धाले प्रतियोगितालाई ऐतिहासिक बनाइरहेको छ, जहाँ अर्जेन्टिनि सुपरस्टार लियोनल मेस्सीले आफ्नो करियरको सम्भवतः अन्तिम विश्वकपमा पनि लगातार उत्कृष्ट प्रदर्शन गर्दै कीर्तिमानमाथि कीर्तिमान बनाइरहेका छन् । समूह चरणको पहिलो खेलमा उनले ह्याट्रिक र त्यसपछिको खेलमा निर्णायक दुई गोलसहित अर्जेन्टिनालाई लगातार जित दिलाउँदै गोल्डेन बुट दौडमा अग्रस्थान कायम राखेका छन् । मेस्सीको अनुभव, शान्त फिनिसिङ क्षमता र निर्णायक क्षणमा खेल बदल्ने शैलीले अर्जेन्टिनालाई उपाधिको प्रमुख दाबेदारका रूपमा स्थापित गरेको छ । अस्ट्रियाविरुद्धको २–०

    • प्रकाशित मितिः असार ९, २०८३
    • 277 पटक पढिएको
  • अल्जेरियाका नाधीरले गोल फर्काएपछि खेल बराबरी

    काठमाडौं । फिफा विश्वकप २०२६ मा अल्जेरियाले नवप्रवेशी जोर्डनविरुद्ध बराबरी गोल फर्काएको छ । अमेरिकाको सन फ्रान्सिस्को बे एरेना स्टेडियममा जारी खेलको ६९औं मिनेटमा नाधीर बेनबोउलीले अल्जेरियाका लागि बराबरी गोल फर्काए । रियाद महरेजले गरेको क्रसलाई नाधीरले हेडरमार्फत गोल गरे ।यसअघि ३६औं मिनेटमा निजार अल रशदानले गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका थिए ।

    • प्रकाशित मितिः असार ९, २०८३
    • 221 पटक पढिएको
  • फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा

    काठमाडौँ। फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नर्वेले सेनेगललाई हराउँदै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । न्यूयोर्क न्यू जर्सी स्टेडियममा आज बिहान सम्पन्न खेलमा नर्वेले सेनेगललाई ३–२ गोलअन्तरले हराउँदै विश्वकपको नकआउट चरण प्रवेश गरेको हो । नर्वेको जितमा एर्लिङ हाल्यान्डले दुई गोल गरे भने मार्कस होल्मग्रेन पेडरसनले एक गोल थपे । यता सेनेगलका लागि भने इस्माइला सारले दुई गोल गरे । खेलको ४३ औँ मिनेटमा मार्कसले गोल गर्दै नर्वेलाई पहिलो अग्रता दिलाए । त्यस्तै नर्वेका अर्का खेलाडी एर्लिङले खेलको ४८ औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ५३ औ

    • प्रकाशित मितिः असार ९, २०८३
    • 274 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.