खेलकुद

    Showing 1,151-1,160 of 1,600 items.
  • एन्फा अध्यक्ष नेम्वाङ अस्पतालमा भर्ना, कार्यसमिति बैठक स्थगित

    काठमाडौँ / एन्फा कार्यसमिति बैठक स्थागित भएको छ । आज दिउँसो तीन बजे बोलाइएको बैठक अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज नेम्वाङ बिरामी हुँदा स्थगित भएको हो ।एन्फाका महासचिव किरण राईका अनुसार अध्यक्ष नेम्वाङ ‘ब्लड प्रेसर’का कारण मेडिसिटी अस्पतालमा भर्ना भएका छन् । सोही कारण अर्को सूचना नआउन्जेल एन्फा कार्यसमिति बैठक स्थगित भएको महासचिव राईले जानकारी दिए ।आज स्थगित भएको बैठकमा विवादित नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसिप बारे छलफल हुने जनाइएको थियो ।पछिलो समय पदाधिकारी चयनमा भने निकै पेचिलो बनेको छ । कर्मा छिरिङ शेर्पालाई पराजित गर्द

    • प्रकाशित मितिः साउन २, २०७९
    • 268 पटक पढिएको
  • आइसिसी विश्वकप लिग–२ : स्कटल्यान्डविरुद्ध बलिङ गर्दै नेपाल

    काडमाडौँ  / नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।टिटवुड ग्लास्गोमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । नेपालले टोलीमा कुनैपनि परिवर्तन गरेको छैन । नेपाल आज पहिलो जितको खोजीमा हुनेछ ।तर, प्रतियोगितामा सबैभन्दा बलियो टोली मानिएको स्कटल्यान्डलाई हराउन भने सहज छैन । स्कटल्यान्ड घरेलु मैदानमा लगातार दोस्रो जित चाहिन्छ ।

    • प्रकाशित मितिः असार २९, २०७९
    • 415 पटक पढिएको
  • एन्फा कार्यसमितिको बैठक साउन पहिलो सातामा बस्ने

    काठमाडौं / अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक साउन पहिलो सातामा बस्ने भएको छ । एन्फाको कार्यसमिति बैठक २ साउनमा बस्ने एन्फा महासचिव किरण राईले जानकारी दिए ।राईका अनुसार बैठकको मुख्य एजेन्डा स्थगित नेपाल सुपर लिग (एनएसएल) रहेको छ । साथै असन्तुष्ट रहेका चार क्लब (थ्रीस्टार, मनाङ मर्स्याङ्दी, संकटा र न्युरोड टिम एनआरटी) र एन्फाको बैठकले प्रतियोगिता रद्द गर्न कार्यसमिति बैठकमा सिफारिस गर्ने निर्णय गरेको थियो ।आइतबारनै एन्फाले एनएसएल आयोजक नेपाल स्पोर्टस् इभेन्ट एण्ड म्यानेजमेन्टसँग अनौपचारिक छलफल गरेको हो । छलफलमा मिलेर जाने र आगामी कार्यसमितिको बैठकले जेसुकै निर्णय गर्नसक्ने महासचिव र

    • प्रकाशित मितिः असार २६, २०७९
    • 207 पटक पढिएको
  • एकदिवसीय सिरिज : क्यानडासँग नेपाल पराजित

    काठमाडौं / क्यानडा विरुद्धको एकदिवसीय खेलमा नेपाल पराजित भएको छ । किङ सिटी स्टेडियममा बुधवार राति भएको खेलमा नेपाल क्यानडासँग ८३ रनले पराजित भएको हो । क्यानडाले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा अलआउट हुँदै १ सय ५ रनमा समेटियो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन जोडेको थियो ।नेपाल दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको हो । तर, पहिलो एकदिवसीय भने वर्षाका कारण रद्द भएको थियो ।विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो ।यस अघि नेपाली टोलील

    • प्रकाशित मितिः असार २३, २०७९
    • 320 पटक पढिएको
  • यू– २० को बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिए

    झापा / भारतमा हुने साफ यू–२० च्याम्पियनसिप र बहराइनमा हुने एएफसी यू–२० एसियन कप छनोटका लागि बन्द प्रशिक्षणमा रहेका ११ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार बन्द प्रशिक्षणमा रहेका ४१ खेलाडीमध्ये ११ खेलाडी बाहिरिएका हुन् । मुख्य प्रशिक्षक मेघराज केसीले ११ खेलाडी बाहिर राख्दै ३० खेलाडीलाई प्रशिक्षणमा राखेको एन्फाले जनाएको छ ।साफ यू–२० च्याम्पियनसिप भारतमा हुँदैछ । च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बङ्गलादेशले खेल्नेछन् । च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ। भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा जुलाई २५ मा उद्घा

    • प्रकाशित मितिः असार १९, २०७९
    • 184 पटक पढिएको
  • नेपालको फिफा वरीयता ८ स्थान तल खस्कियो

    झापा / फुटबलको सर्वोच्च निकाय विश्व फूटबल महासंघ (फिफा) को पछिल्लो वरीयतामा नेपाल आठ स्थान तल खस्किएको छ।गत मार्चमा जारी भएको वरीयता भन्दा आठ स्थान तल झर्दै फिफाले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल १७६औं स्थानमा छ। यसअघि मार्चमा जारी भएको वरीयतामा नेपाल १६८ औं स्थानमा थियो ।नेपालले गत जेठमा कुवेतमा खेलेको एएफसी एसियन कपको अन्तिम चरणको छनोटमा समूह चरणको तीनवटै खेलमा पराजित भएको थियो । छनोटमा नेपाल जोर्डनसँग २–० ले, कुवेतसँग ४–१ ले र इन्डोनेसियासँग ७–० ले पराजित भएको थियो । तीन खेलमा हारेको असर वरीयतामा समेत परेको हो ।नेपाल एकै पटक वरीयतामा धेरै स्थान गुमाएको सन् २०१४ पछि यो पह

    • प्रकाशित मितिः असार ९, २०७९
    • 182 पटक पढिएको
  • एसीसी टी–२० च्याम्पियनसिपः आज नेपाल र कुवेत भिड्दै

    काठमाण्डौ  / एसीसी महिला टी –२० च्याम्पियनसिपमा नेपाल र कुवेत भिड्दैछन् । खेल मलेसियाको किनरा मैदानमा दिउँसो पौने १ बजे सुरु हुनेछ ।नेपालले शुक्रबार भएको पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो । तालिकामा नेपालको २ अङ्क छ । कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले नतिजाविहीन भएको थियो ।कुवेतसँग नेपालले यसअघि खेलेका दुई खेलमा जित निकालेको छ । च्याम्पियनशिपमा १० टोली सहभागी छन् । टोलीलाई २ समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’ मा छ ।उक्त समूहमा हङकङ, कुवेत, भुटान र बहराइन छन् । नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मङ्गलबार हङकङसँग खेल्नेछ ।फाइनल पुग्ने टोली महिला टी–ट्वान्टी एसिया कप

    • प्रकाशित मितिः असार ४, २०७९
    • 212 पटक पढिएको
  • एसीसी महिला टी–२० च्याम्पियनसिपमा भुटान नेपालसँग ५० रनले पराजित

    झापा / एसीसी महिला टी–२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियाको बांगीस्थित यूकेएम–वाईएसडी क्रिकेट ओभरमा पहिले टस जितेर ब्याटिङ गरेको नेपालले भुटानलाई ५० रनले हराएको हो ।  नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन बनाएकी थिइन् । त्यस्तै कप्तान रुबिना क्षेत्रीले २१ रन बनाउँदा इन्दु बर्माले २० रन बनाइन् । अन्य ब्याट्सवुमेनले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।भुटानका लागि सोनामले सर्वाधिक ४ विकेट लिइन् । उनले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चिएकी थिइन् । त्यस्तै अन्जु गुरुङ र टासी चेकीले १/१ विकेट लिए ।९५ रनको लक्ष्य पाएको भुटान भने ४४ रनमै समेटियो । भुटान

    • प्रकाशित मितिः असार ३, २०७९
    • 200 पटक पढिएको
  • आइसिसी विश्वकप लिग–२ : अमेरिकासँग नेपाल ३९ रनले पराजित

    काठमाडौँ / आइसिसी विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग पराजित भएको छ । अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा भएको खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको हो।अमेरिकाले नेपालसामु जितका लागि २४६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले ४७ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै मात्र २०६ रन बनाउन सक्यो।अमेरिका भ्रमणमा रहेको नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो। दोस्रो खेलमा अमेरिकासँग बराबरी खेलेको थियो भने तेस्रो खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको थियो।आइसिसी विश्वकप लिग –२ मा नेपालले हालसम्म १६ खेल खेल्दै १५ अंक जोडेको छ। नेपाल लिग–२ मा पाँचौँ स्थानमा छ।

    • प्रकाशित मितिः असार २, २०७९
    • 316 पटक पढिएको
  • कोस्टारिकाको जितसँगै विश्वकपमा सहभागि ३२ टोलीको नाम टुंगो लाग्यो

    एजेन्सी / यसै वर्ष कतारमा हुने विश्वकप फुटबल २०२२ खेल्ने सम्पूर्ण टोलीको टुंगो लागेको छ । न्युजिल्याण्डलाई हराउँदै कोस्टारिका फिफा विश्वकप फुटबल –२०२२ मा छनोट भएपछि सबै देशको टुंगो लागेको हो ।अन्तर महादेशीय छनोटको प्ले अफ फाइनलमा मंगलबार राति न्युजिल्यान्डलाई १–० गोल अन्तरमा हराउँदै कोस्टारिका छैठौं पटक विश्वकपमा छनोट भएको हो । कतारको दोहास्थित ऐमद बिन अली रङ्गशालामा भएको प्रतिस्पर्धात्मक खेलमा कोस्टारिकालाई जिताउन जोएल क्याम्पबेलले निर्णायक गोल गरे । ६९ औं मिनेटमा कोस्टा बारबारौसेस रातो कार्ड पाउँदै बाहिरिएपछि न्युजिल्यान्ड १० खेलाडीमा समेटियो । त्यसपछि न्युजिल्यान्डको खेलमा फर्कन सकेन ।कोस्ट

    • प्रकाशित मितिः असार १, २०७९
    • 283 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.