जीवनशैली

    Showing 351-360 of 482 items.
  • यी ६ लक्षण देखियो भने मान्नुहोस, मृगौला फेल हुदैँछ

    काठमाडौं, १७ असार । मृगौला हाम्रो शरीरको एक महत्वपूर्ण अंग हो, जसले रगत शुद्ध गर्ने, शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्ने र रक्तचाप नियन्त्रण गर्ने काम गर्छ । मिर्गौलाको काम सुस्त हुँदा वा राम्रोसँग काम नगर्दा शरीरले केही संकेत दिन्छ। दुर्भाग्यवश, मानिसहरूले यी संकेतहरूलाई सामान्य मानेर बेवास्ता गर्छन् ।समग्रमा मृगौला रोग बिस्तारै विकसित हुन्छ र कहिलेकाहीँ लक्षणहरू यति हल्का हुन्छन् कि मानिसहरूले तिनीहरूलाई बेवास्ता गर्छन्। यदि तपाई यी ६ वटा लक्षणहरू मध्ये कुनै पनि लगातार महसुस गर्दै हुनुहुन्छ भने, यसलाई हल्का रूपमा नलिनु होस्। यो बेवास्ताले पछि मृगौला फेलजस्ता गम्भीर अवस्था निम्त्याउन सक्छ।थ

    • प्रकाशित मितिः असार १७, २०८२
    • 339 पटक पढिएको
  • जलवायु जोखिम न्यूनीकरणका लागि प्रभावित राष्ट्रबीच दरिलो सहकार्य आवश्यक : परराष्ट्रमन्त्री राणा

    काठमाडौं — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायुजन्य जोखिम न्यूनीकरणका लागि अतिकम विकसित, भूपरिवेष्ठित तथा साना टापु राष्ट्रहरूबीच मजबुत सहकार्य आवश्यक रहेको बताएकी छन्।सोमबार इटालीको रोममा आयोजित संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) को ४४औं महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै उनले अब सहकार्यका कार्यक्रमलाई ढिला गर्न नहुने चेतावनी दिइन्।“यी राष्ट्रहरू जलवायु परिवर्तनको उच्च जोखिममा छन्, जसले कृषि उत्पादन र जनजीवनमा प्रत्यक्ष असर पुर्‍याइरहेको छ,” उनले भनिन्, “नेपालले हालै सगरमाथा संवादमार्फत जलवायु एजेण्डामा सहकार्यको सन्देश दिएको छ। अब सबै राष्ट्रबीच साझा उद्देश्यसहित

    • प्रकाशित मितिः असार १६, २०८२
    • 362 पटक पढिएको
  • युवाहरूले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छ : श्रममन्त्री

    काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाली युवाहरूले ‘देशमै केही गर्न सक्छु’ भन्ने आत्मविश्वास विकास गर्नु आवश्यक रहेको बताएका छन्।राष्ट्रिय युवा परिषद्ले सोमबार आयोजना गरेको युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले युवाहरूलाई देशको प्रमुख शक्ति स्रोतको रूपमा उल्लेख गर्दै उनीहरूले स्वदेशमै उद्यम गर्नुपर्नेमा जोड दिए।उनले बाध्यतापूर्ण वैदेशिक रोजगारलाई आगामी १० वर्षभित्र अन्त्य गर्ने लक्ष्यसहित ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ कार्यक्रम अघि सारिएको जानकारी गराए।“वैदेशिक रोजगार स्वेच्छिक हुनुपर्छ, बाध्यात्मक हैन,” मन्त्री भण्डारीले भने, “जो जा

    • प्रकाशित मितिः असार १६, २०८२
    • 476 पटक पढिएको
  • अविरल वर्षाले धनगढीका बस्ती डुबानमा, सडक र पसल जलमग्न

    कैलाली — गए रातिदेखिको लगातार वर्षाका कारण धनगढी बजार र आसपासका धेरै क्षेत्र आज बिहानदेखि जलमग्न भएका छन्। विशालनगर, मिलनचोक, शिवनगर, हसनपुर, क्याम्पस रोड, मालिका टोल, कृष्णनगर, पुरानो भन्सार र कटान गाउँको दक्षिण क्षेत्रमा पानी जमेर बस्तीहरू डुबानमा परेका छन्।भारी वर्षाले सडक र नालीहरू भरिँदा सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ। धेरै पसलहरू पनि पानीमा डुबेका छन्। स्थानीयहरूका अनुसार, पुराना र अव्यवस्थित नाली तथा पानी निकास प्रणाली प्रभावकारी नहुँदा वर्षात्को समयमा डुबानको समस्या बारम्बार दोहोरिँदै आएको छ।वर्षैपिच्छे डुबानको समस्या हुनुमा खोलानाला अतिक्रमण प्रमुख कारण रहेको स्थानीयवासीहरू बता

    • प्रकाशित मितिः असार १६, २०८२
    • 399 पटक पढिएको
  • सिजी फूड्सको व्यापार निरन्तर ओरालो तर्फ

    काठमाडौं - सिजी फूड्सको व्यापार निरन्तर ओरालो तर्फ रहेको पाइएको छ ।क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले गरेको रेटिङ अनुसार पछिल्लो समय बजारमा स्पाइसी चाउचाउको बढ्दो प्रतिस्पर्धाका कारण चौधरी समुहको उत्पादन वाइवाइको व्यापारमा गिराव आएसँगै सिजी फुड्सको व्यापार ओरालो लागेको हो ।इक्रा नेपालले हालै प्रदान गरेको रेटिङ अनुसार सिजी फुड्सको व्यापार सन् २०२५ को ९ महिनामा ५ अर्ब ७१ करोड रुपैयाँमा झरेको छ । सीजीले ९९ करोड ५५ लाख रुपैयाँ कर्जा लिन रेटिङ गराएको हो । यसअघि सन् २०२४ मा सिजी फुड्सको कुल व्यापार ८ अर्ब १० करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । सन् २०२३ मा कम्पनीले ९ अर्ब ११ करोड रुपैया

    • प्रकाशित मितिः असार १६, २०८२
    • 397 पटक पढिएको
  • पाकेकाे भन्दा काँचो आँप खादाँ हुनेछ ४ फाइदा

    काठमाडौं, १६ असार । गर्मी मौसम भनेको आँपको सिजन हो । यो मौसममा मानिसहरु धेरै आँप खान रुचाउँछन् । पाकेको आँपको स्वाद राम्रो हुन्छ तर काँचो आँपको स्वाद पनि अचम्मको नै हुन्छ । यो स्वादमा मिठो र अमिलो मात्र नभएर स्वास्थ्यका लागि पनि निकै फाइदाजनक पनि हुन्छ । काँचो आँप कुनै खजाना भन्दा कम छैन, यसलाई आफ्नो आहारको हिस्सा बनाउनुभयो भने तपाईलाई धेरै फाइदा मिल्नेछ । पोषणविदहरूका अनुसार काँचो आँपमा भिटामिन सी प्रशस्त हुन्छ।  आँपमा प्रचुर मात्रामा एन्टि अक्सिडेन्ट पाइन्छ, जसले फ्री रेडिकलबाट बचाउँछ । जानौं काँचो आँप खाँदा धेरै स्वास्थ्य लाभ हुन्छ ।गर्मीबाट जोगाउनगर्मीमा सबैभन्दा ठूलो समस्या

    • प्रकाशित मितिः असार १६, २०८२
    • 404 पटक पढिएको
  • नेपाली पौरखी हातले तयार ‘जुजु धौै’ : विदेशी समेत झुम्मिन्छन्

    काठमाडौं -  आज ‘असार १५’ अर्थात ‘राष्ट्रिय धान दिवस’ विविध कार्यक्रमसहित मनाइँदैछ । नेपाली कृषिमा महत्वपूर्ण मानिने यस दिनलाई धान दिवसको रूपमा मनाइन्छ भने सांस्कृतिक रूपमा दही–चिउरा खाएर उत्सव मनाउने परम्परा पनि रहेको छ ।असार १५ लाई परम्परागत रूपमा रोपाइँको चरम समयको संकेतको रूपमा लिइन्छ । यही अवसरमा किसानहरू धान रोप्दै, एकआपसमा हिलो छ्यापाछ्याप गर्दै, लोकगीत गाउँदै रमाइलो गर्ने गर्दछन् । यस दिनको विशेषता स्वरूप नेपालीहरू दही र चिउरा, केरा, आँप आदि फलफूल मिसाएर खाने गर्छन् । यो चलनलाई शुभकामनाका रूपमा लिइन्छ – खेती सप्रोस्, वर्षा राम्रो होस् भन्ने विश्वास रहेको छ ।तर आज मनाइने धान दिवस र

    • प्रकाशित मितिः असार १५, २०८२
    • 459 पटक पढिएको
  • बर्षयाममा छालाको स्याहार यसरी गर्नुहोस्

    यस बर्षायामको मौसममा आर्द्रताका कारण शरीरमा टाँसिने र छाला तैलीय हुन थाल्छ । यो समस्या मनसुनमा बढी देखिन्छ । त्यसैले यो समयमा हामीले आफ्नो छालाको विशेष ख्याल गर्नुपर्छ । कतिपय मानिस आफ्नो छालाको हेरचाह गर्न सक्तैनन् ।यदि तपाईं पनि यी व्यक्तिहरू मध्ये एक हुनु हुन्छ भने तपाईंले यो मौसममा आफ्नो छाला हेरचाहका लागि दिनचर्यामा केही परिवर्तन गर्न आवश्यक छ। आउनुहोस्, हामी यो मौसममा पनि कसरी आफ्नो छालालाई ताजा र चम्किलो राख्ने भन्ने बारेमा जानकारी दिनेछौं ।हाइड्रेसनवर्षाको मौसममा छाला तैलीय हुन्छ, जसका कारण छालामा पिम्पल र एक्ने हुन सक्छ। यसका लागि दैनिक रूपमा एलोवेरा जेल प्रयोग गर्न सक्नुहुन्छ। य

    • प्रकाशित मितिः असार १५, २०८२
    • 317 पटक पढिएको
  • पूर्वराजा शाहको जन्मोत्सवमा निर्मल निवास खुला गर्ने तयारी

    काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मोत्सव यही असार २३ गते मनाइने भएको छ । जन्मोत्सवको अवसरमा शुभकामना तथा अभिवादन ग्रहण गर्नका लागि उनको निजी निवास निर्मल निवास सर्वसाधारणका लागि खुला गरिने संवाद सचिवालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।सचिवालयका अनुसार, जन्मोत्सवको दिन असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास सर्वसाधारण, शुभेच्छुक तथा विभिन्न सङ्घसंस्थाका लागि खुला रहनेछ ।

    • प्रकाशित मितिः असार १३, २०८२
    • 390 पटक पढिएको
  • अदालतको अवहेलना मुद्दामा ‘दृष्टि अनलाइन’का सञ्चालक र सम्पादकमाथि धरौटी माग

    काठमाडौं - अदालतको अवहेलनासम्बन्धी मुद्दामा विशेष अदालतले ‘दृष्टि अनलाइन’का सञ्चालक शम्भुलाल श्रेष्ठ र कार्यकारी सम्पादक एमपी सुब्बासँग जनही २५ हजार रुपैयाँ धरौटी माग गरेको छ।विशेष अदालतले बिहीबार जारी गरेको आदेशमा उनीहरूलाई धरौटी बुझाएर तारेखमा राख्न निर्देशन दिएको हो। आदेशमा भनिएको छ, “विपक्षीहरू शम्भुलाल श्रेष्ठ र एमपी सुब्बा उर्फ मानप्रसाद लिम्बूबाट जनही नगद धरौटी २५ हजार रुपैयाँ वा सोबराबरको बैंक जमानत लिएर तारेखमा राख्नू।” धरौटी वा जमानत नबुझाए विशेष अदालत नियमावली, २०८० अन्तर्गत थुनुवा पुर्जी जारी गरी थुनामा राख्न सकिने व्यवस्था पनि आदेशमा उल्लेख गरिएको छ।उक्त मुद्दा दृष्टि साप्ताहिकमा

    • प्रकाशित मितिः असार १३, २०८२
    • 507 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.