धर्म/संस्कृति

    Showing 861-870 of 977 items.
  • आज गाई तिहार , गाईको पूजा गरिदै

    काठमाडौं / यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई तिहार मनाइँदैछ । हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ । गाईलाई पूजा गर्नाले आमाबाट पाएजस्तै माया गाईबाट पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो । गाई जगत जननी भएकाले पनि हिन्दु संस्कार अनुसार पूजा गर्ने गरेको जनविश्वास छ । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिन्छ । आजको दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो मीठो खान दिने गरिन्छ । गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ । आजको दिनलाई गाई तिहार र हलीतिहार समेत भन्ने गरिन्छ । 

    • प्रकाशित मितिः कार्तिक ८, २०७९
    • 194 पटक पढिएको
  • आज गस्तास्त खण्डग्रास सूर्यग्रहण

    काठमाडौं / कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।ग्रहणले आज दिउँसो ४ः५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः २४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिने उहाँले सुनाउनुभयो । नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी करिब ६ः४५ बजे छोड्नेछ । शास्त्रीय मान्यताअनुसार सोमबार राति ४ः५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्न

    • प्रकाशित मितिः कार्तिक ८, २०७९
    • 163 पटक पढिएको
  • आज कुकुर तिहार मनाइँदै

    झापा / तिहारको दोस्रो दिन सोमबार कुकुर तिहार मनाइँदै छ । कुकुरलाई टीका र माला लगाइदिएपछि मीठा परिकार दिएर पूजा गरिन्छ । कुकुरलाई इमानदार जनावर मानिन्छ । घरपरिवारको सुरक्षा गरेबापत कुकुरको पूजा गरिँदै आएको छ ।तिहारको पहिलो दिन आइतबार कागलाई विभिन्न परिकार खुवाएर काग तिहार मनाइयो । आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झनामा कागलाई यस्तो परिकार खुवाउने शास्त्रीय मान्यता छ । तिहारको तेस्रो दिन लक्ष्मीपूजा हो । गाईले परापूर्वकालदेखि नै मानिसलाई धेरै गुण लगाएबापत यसलाई पुज्ने गरिन्छ । कृषि व्यवसायमा गोरुले पुर्‍याएको योगदानको कदर गर्दै तिहारको चौथो दिन गोरुको पूजा गरिन्छ । तिहारको अन्त

    • प्रकाशित मितिः कार्तिक ७, २०७९
    • 217 पटक पढिएको
  • आज यमपञ्चकको दोस्रो दिन, काग तिहार मनाइँदै

    झापा  / यमपञ्चकको पहिलो दिन मनाइने काग तिहार यसपालि भने यमपञ्चक सुरु भएको दोस्रो दिन अर्थात् आज मनाइँदै छ । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार विधिवत् रूपमा हिजो शनिबारबाट नै सुरु भएको हो ।यस वर्ष यमदीपदान शनिबारदेखि सुरु भए पनि काग तिहार आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा लिइन्छ । र मिष्ठान्न खुवाएर कागको पूजा गरिन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त पनि मानिन्छ । त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषण, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन् ।लोक व्यव

    • प्रकाशित मितिः कार्तिक ६, २०७९
    • 153 पटक पढिएको
  • कात्तिक ८ गते खण्डग्रास सूर्यग्रहण लाग्दै , यी राशि भएका मानिसले हेर्न नहुने

    काठमाडौँ / आगामी कात्तिक ८ गते मङ्गलबारको दिन खण्डग्रास सूर्यग्रहण लाग्दैछ । यस दिन सूर्यको केही भागमात्र काटिएको जस्तो देखिने नेपालका खगोलविदले जनाएका छन् । वाल्मीकि क्याम्पसका बरिष्ठ खगोलविद् डा. जयन्त आचार्यका अनुसार नेपालमा सूर्यग्रहण साँझ ४ः५३ बाट मात्र देखिनेछ । ग्रहणको समाप्ति साँझ ५ः२६ मा हुने छ । नेपालबाट करिब ३३ मिनेटमात्र ग्रहण देखिने डा. आचार्यले जानकारी दिए । अमेरिकी खगोल समाजका सदस्य समेत रहेका आचार्यका अनुसार यो खण्डग्रास सूर्य ग्रहणको दृश्य यूरोप, मध्य एसिया, उत्तर अफ्रिका, भारत, मंगोलिया, पाकिस्तान अफगानिस्तान, इरान, इराक, सिरिया, काजकस्थान, नर्वे लगायत मुलुकहरुबाट पनि देख्न स

    • प्रकाशित मितिः कार्तिक ३, २०७९
    • 207 पटक पढिएको
  • यस वर्ष भाइटीकाको साइत कात्तिक १० गते बिहान ११ः३७ बजे

    झापा  / नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ । जसअनु्सार कात्तिक १० गते बिहीबार बिहान ११ः३७ बजे भाइटीकाको साइत उत्तम रहेको छ ।यमपञ्चक कात्तिक ५ गते शनिबारदेखि सुरु हुनेछ । कात्तिक ५ गते शनिबार यमदीपदान सुरु गरिन्छ । यमपञ्चकका अवसरमा दीपदान गर्नाले यम यातना नपाइने धार्मिक विश्वास छ । धनत्रयोदशी (धनतेरस) पर्व पनि त्यसै दिन मनाउनुपर्ने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  कात्तिक ६ गते आइतबार कागतिहार (काकबली) पर्व परेको छ । धनवन्तरी जयन्ती पनि त्यसै दिन मनाइन्छ । कात्ति

    • प्रकाशित मितिः कार्तिक २, २०७९
    • 141 पटक पढिएको
  • कालिस्थानमा धार्मिक महोत्सव एवं श्रीमद्स्कन्ध पुराण हुने

    बिर्तामोड / कालिकापीठ कालीस्थानको १८ औं वार्षिक उत्सवको अवसर पारेर ११ दिवसीय वृहत धार्मिक महोत्सव एवं श्रीमद्स्कन्ध महापुराण आयोजना गरिने भएको छ । धान्य पूर्णिमाको अवसर पारेर आगामी मंसिर १८ गतेदेखि आयोजना हुने वार्षिक उत्सवको तयारीका लागि कालिकापीठमा छलफल सम्पन्न भएको छ । छलफलमा स्कन्ध पुराणबारे जानकारी गराउँदै कालिका संस्कृत विद्यापीठका प्राचार्य रघुनाथ रिजालले पुराणमध्ये स्कन्ध पुराण सबैभन्दा ठुलो रहेको चर्चा गर्दै सर्बजनहिताय, सर्बजनसुखाय एवं पीठमा अक्षयकोष वृद्धिको लक्ष्य राखेर पुराण एवं महारुद्राभिषेक महायज्ञ आयोजना गरिने बताए ।अर्जुनधारा नगरपालिकाका उपमेयर खड्गमाया पराजुलीले&nb

    • प्रकाशित मितिः असोज ३०, २०७९
    • 155 पटक पढिएको
  • भारतबाट १ करोड ६५ लाख रुपैयाँ बराबरको सयपत्रीको माला आयात गरिँदै

    झापा  / नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारका लागि छिमेकी मुलुक भारतबाट तीन लाख थान सयपत्रीको माला आयात गरिँदैँ छ । नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर लामाका अनुसार  भारतबाट करिब १ करोड ६५ लाख रुपैयाँ बराबरको ३ लाख थान माला आयात गरिने भएको हो । गत वर्षको तुलना यो वर्ष नेपालले ६३ हजार थान सयपत्री माला कम आयात गर्ने एसोसिएसनका अध्यक्ष लामाले बताए ।  गत वर्ष ३ लाख ६३ हजार थान माला आयात गरिएको थियो भने यो वर्ष १७ लाख थान माला आन्तरिक उत्पादनबाट तयार गरिने छ ।यो तिहारमा सयपत्री माला २० लाख, मखमली माला ३ लाख २५ हजार र गोदावरी माला २० हजार थान खपत हुने अनुमान

    • प्रकाशित मितिः असोज २८, २०७९
    • 143 पटक पढिएको
  • अलपादेवीको नयाँ नेतृत्व चयन

    सरोज निरौला झापा / झापाको बुद्धशान्ति गाउँपालिका –२ स्थित अलपादेवी कीर्तन मण्डलीले आफ्नो ९ औँ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । अलपादेवी कीर्तन मण्डलीका अध्यक्ष लक्ष्मी प्रसाद सुवेदीको अध्यक्षता, वडा नम्बर २ का वडा अध्यक्ष डिल्ली प्रसाद ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाले नयाँ नेतृत्व समेत चयन गरेको छ । मण्डलीको नयाँ नेतृत्व अन्तर्गत अध्यक्षमा माधव प्रसाद न्यौपाने, उपाध्यक्षमा बलराम पनेरु, सचिवमा गोविन्द सुवेदी, सहसचिवमा गोपाल बानियाँ, कोषाध्यक्षमा जमुना न्यौपाने चयन भएका छन् । यस्तै सदस्यमा सोमनाथ न्यौपाने, कुसुम भुजेल, पंण्डित इश्वरी न्यौपाने, गंगा बराल (सुवेदी

    • प्रकाशित मितिः असोज २७, २०७९
    • 134 पटक पढिएको
  • आज नवरात्रको अन्तिम दिन महानवमी : सिद्धिदात्री देवीको उपासना गरिँदै

    झापा / नवरात्रको आज नवौं तथा अन्तिम दिन । आज विशेषगरी दुर्गाको नवौं स्वरूप सिद्धिदात्री देवीको पूजाआराधना गरिन्छ ।  नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरीको पूजाआराधना गरिएको थियो ।महाअष्टमीका दिन हातहतियार, मेसिन र सवारीसाधनको पूजा नगरेकाहरूले आज बलीसहित विश्वकर्माको पूजा गर्ने गर्छन् । आजै नवदुर्गाको प्रतिकको रू​पमा नौ कन्याहरूको पूजासमेत गरिन्छ । कुमारी, त्रिमूर्ति, कल्याणी, रोहिणी, काली, चण्डिका, शाम्भवी, दुर्गा र सुभद्राको स्वरुपमा नौ कन्याको

    • प्रकाशित मितिः असोज १८, २०७९
    • 130 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.